जब संस्कृति ओझेल पर्छ
गोपाल ठाकुरको लेख ‘धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता’मा स्वतन्त्रतापूर्वक आफ्नो धर्मको उपयोग गर्न धर्मनिरपेक्षतामा नै सम्भव छ भन्ने विचारसँग म सहमत छु । केवल धर्मको सम्बन्धमा मात्रै मेरो यो मन्तव्य सीमित छ कि पृथ्वीनारायण शाहले हिन्दू धर्मको लागि जे गरे समयसापेक्ष राम्रो गरे । हिन्दू धर्मको अवसानको बेला यस्तो गर्न गोरखनाथले पनि सघाएका थिए । गैरखसहरूलाई पनि गोर्खाली बनाउने कुरा वा मधेसमाथि थिचोमिचो सर्वथा भिन्न विषय हो । त्यो लडाइँ र सङ्घर्षमा हामी पछाडि पर्ने छैनौं । अहिलेको परिप्रेक्ष्यमा हामी सांस्कृतिक सङ्घर्ष गर्दैछौं । धार्मिक सङ्घर्ष कमल थापाहरू यसैलाई ओझल पार्न गर्दैछन् । यसविरुद्घ स·ठित हुनुपर्छ तर विषय संवेदनशील भएकोले बुद्घि पुर्याउनु बढी जरुरी छ । हिन्दू धर्मको विरोध गरियो भने पासा पल्टिन सक्छ । राजदूत स्पाक्र्सको पत्रले यसमा तर· ल्याइदिएको छ ।
धर्म परिवर्तनलाई लेखकले अपराध भनेका छन्, जुन मलाई मन पर्यो । पृथ्वीनारायण शाहको समय फरक भएपनि अब यस विषयलाई विश्व परिप्रेक्ष्यमा हेर्नुपर्छ । कमल थापाहरूले आज ऊर्जा पाएका छन् । म आफ्नो धर्मको हिमायती हँु र धर्मनिरपेक्षताको पनि । गाँधीभन्दा बढी हिन्दू र बढी धर्मनिरपेक्ष म कसैलाई मान्दिनँ । अरू पक्षधरहरू जिन्नाको पङ्क्तिमा खडा छन् ।
पीटर कमलेश्वर सिंहलाई बडा दिनको शुभकामना
१० गते प्रतीकमा डा. पीटर कमलेश्वर सिंहको ‘ख्रीस्टमस र परमेश्वरको प्ेरम’ लेख पढियो । सनातन धर्मबीच आजभोलि साइँबाबा, जय गुरुदेव, ॐ शान्ति धेरै भित्रिएका छन् । तर दुनियाँमा हिन्दू, बौेद्ध, इसाई र मोहम्मद मत नै प्रमुख हुन् । यसमा सबैभन्दा प्राचीन धर्म हिन्दू धर्म हो, जसमा पनि अनेक मतमतान्तर हँुदै हिन्दू धर्म एउटा विशाल रूख बनेको छ । एक प्रकारले बौद्ध धर्म र मुस्लिम धर्म पनि त्यसैको विकृति र परिस्कारबाट आएको धर्म हो । बौद्ध धर्म हिंसाको विरोधमा आयो र केही हदसम्म बुद्ध र महावीरले हिन्दू धर्मलाई नै परिस्कृत गरे । कुनै बेला मध्य एसियामा पनि सनातन धर्म नै थियो तर यसको बहुईश्वरवादको विरोधमा एकेश्ववादको जन्म भयो । त्यो एकेश्वरवादमा पनि हिंसा भएकै हो । यरुसलममा येशूको जन्म भयो र लेखकको अनुसार परमेश्वरले आफ्नै आकारमा मनुष्यलाई बनाएका हुन् । यसको मतलब ईश्वर कुनै हाडमांसको आकारका असाधारण मानिस हुन् । यो एउटा साधारण हिन्दूको लागि हास्यास्पद कुरा हो । कुनै पनि हिन्दूले मूर्तिमा भगवान् देख्छ । त्यो मूर्तिमा निराकार भगवान् हुुन्छन्, जसलाई मानिसले आफ्नो आकार दिन्छ । त्यो आकार मानिस, माछा, बाराह आदि सबै हुन सक्छन् । यदि परमेश्वर मानिस जस्ता छन् भने अरूको परमेश्वर उनी हुन सक्दैनन् । यदि येशूले कुनै धर्मको प्रचार गरेनन् भने इसाई धर्म कहाँबाट आयो । मुक्ति अरूले होइन, स्वयम्ले मात्र प्राप्त गर्न सकिन्छ । यदि सबै पापको जिम्मा येशूले लिन्छन् भने जति पाप गरे पनि भयो । शैतानको कुराले पनि कुनै अलग सत्ताको निर्माण गर्छ, जो प्रभुभन्दा अलिकति कमजोर देखिन्छ । तर सनातन धर्ममा यस्तो छैन । सनातन धर्ममा ईश्वरबाहेक अरूको सत्ता नै छैन । जेहोस् लेखकले यो बहस जुराइदिएकोमा म उनलाई धन्यवाद दिन चाहन्छु । साथै ख्रीस्टमसको अवसरमा क्रिश्चियन समुदायमा म आफ्नो सद्भावना व्यक्त गर्न चाहन्छु ।
– डा. शिवशड्ढर यादव
छपकैया, वीरगंज
कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm