Posts

Showing posts from December, 2014

२०७१ पुस १६ बुधवार

२०७१ पुस १६ बुधवारको प्रतीक दैनिक पढ्नुहोस

माघ ८ गते संविधान जारी भएन भने मुलुकमा ठूलो दुर्घटना हुने मन्त्री खड्काको दाबी

Image
प्रस, वीरगंज, १५ पुस/     शहरी विकासमन्त्री डा. नारायण खड्काले माघ ८ गते संविधान जारी हुन नसके त्यसपछिका दिनमा मुलुकमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना देखिएको बताएका छन् ।     प्रेस युनियन पर्साको आयोजनामा स्थानीय होटल कुमुमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले सबै दलका जिम्मेवार नेताहरूले माघ ८ गते संविधान जारी गर्ने पूर्वसहमति गरेका भए पनि अहिले आएर केही विवादित विषयहरूमा सहमति हुन नसक्दा तोकिएको समयमा संविधान जारी नहुने सड्ढेत देखा परेको बताए । उनले वार्ता प्रभावकारी र सहमति नजिक भएको बताउने तर बाहिर आएर आन्दोलन गर्ने दोहरो चरित्र अवलम्बन नगर्न आग्रह गरे । उनले विवादित विषयमध्ये निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्य पुनर्संरचना र शासकीय स्वरूपबारे गम्भीर भएर सहमति बनाउन सके संविधान जारी हुन सक्ने बताए । उनले सहमति नभएको खण्डमा प्रक्रिया अवलम्बन गरेर संविधान बनेको विश्वमा धेरै उदाहरण भएको र छिमेकी देश पाकिस्तानमा त्यसको अभ्यास गरिएको बताए ।     पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री खड्काले आफूले सम्पत्ति विवरण एक महिना अगावै सार्वजनिक गरिसकेको बताए ।     राष्ट्रिय

३० दलीय गठबन्धनद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

प्रस, वीरगंज, १५ पुस/     एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय गठबन्धनले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय विरोध कार्यक्रमबारे जानकारी गराएको छ । पर्सामा ३० दलीय गठबन्धनका नेतृत्व पाएका मधेसी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले पत्रकार सम्मेलनमा वर्तमान सरकारले महेन्द्रकालीन नीति अवलम्बन गरेर अञ्चल र विकास क्षेत्रको संरचनातर्फ फर्काउने कार्य गरेको आरोप लगाए ।     उनले देशमा राजनीतिक अस्थिरता र समावेशिताविरोधी क्रियाकलापलाई काङ्ग्रेस र एमालेले बढावा दिने कार्य गरेको हुँदा २०६२–०६३ सालको जनान्दोलन, त्यसपछिको मधेस विद्रोह, त्यसअघिको माओवादी जनयुद्ध र आदिवासी जनजाति, थारू, मुस्लिम, पिछडा वर्ग तथा महिलालगायतका आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकोले ३० दलीय गठबन्धन आन्दोलनमा होमिन बाध्य भएको बताए । अध्यक्ष यादवले काङ्ग्रेस एमालेले संविधान जारी नगरी मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको आरोप पनि लगाए ।     अध्यक्ष यादवले ३० दलीय गठबन्धनको आयोजनामा यही पुस १९ गते वीरगंजको माईस्थानमा विरोधसभा गर्ने, पुस २८ गते मधेस तथा थरूहट बन्द र माघ ५ गते नेपाल ब

हिमालयन युवा क्लब फाइनलमा

प्रस, पथलैया, १५ पुस/     हिमालयन युवा क्लब पथलैयामा जारी प्रथम अर्पण स्मृति कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।     बकुलिया ११ लाई २–० गोल अन्तरले पराजित गर्दै हिमालयनले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । हिमालयनको जितमा युवराज खड्का र सौरभ मगरले गोल गरेका थिए । मगर खेलको म्यान अफ द म्याच घोषित भए ।     प्रतियोगिता अन्तर्गत बुधवार आयोजक पथलैया युनाइडेट क्लब र नव जनप्रगति युवा क्लब, सिमराबिच खेल हुनेछ । औराहा युवा क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै जनप्रगति अन्तिम सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सनराइज लिग च्याम्पियन

प्रस, पथलैया, १५ पुस/     मौवादेवी युवा क्लब, बडहर्वाविरुद्ध गोल वर्षा गर्दै सनराइज युवा क्लब, उमजनले मनहर्वामा जारी जिल्ला रेडबुल लिग पुरुष फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।     मनहर्वाको बडहर्वामा सम्पन्न अन्तिम भिडन्तमा उमजनले मौवादेवीलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । उमजनको जितमा रवि पासवान, गजेन्द्र चौधरी, नागमणि चौधरीले समान दुई–दुई गोल गरेका थिए । टिमका लागि चतुर्धन चौधरी र दिलमणि चौधरीले एक–एक गोल गरे ।     लिग विजेता सनराइजले नगद रु २० हजार हात पारेको छ भने उपविजेता मौवादेवीले १० हजार पायो । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ, कार्यवाहक कोषाध्यक्ष रवीन्द्र श्रेष्ठ, मनहर्वा गाविसका निवर्तमान अध्यक्ष देवचन्द्र चौधरी र मनहर्वा गाविसका निवर्तमान उपाध्यक्ष मिठुराज भारतीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका सनराइजका रवि पासवनालाई साइकल वितरण गरिएको स्थानीय आयोजक बारा जिल्ला फूटबल सङ्घका उपाध्यक्ष कयामुद्दिन मंसुरले जानकारी दिए ।     लिगको समापन कार्यक्रममा बोल्दै एन्फा कार्

परवानीपुर क्रिकेट क्लब र पिवाइसी विजयी

प्रस, वीरगंज, १५ पुस/     नेपाल राष्ट्रिय खेलकुद समाजद्वारा आयोजित च्याम्पियन ट्राफी टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा परवानीपुर क्रिकेट क्लब र पिवाइसी विजयी भएको छ ।     पहिलो खेलमा परवानीपुर क्रिकेट क्लबले सूर्या क्रिकेट क्लब मुर्लीलाई ८६ रनको अन्तरले पराजित गरेको थियो । पहिलो ब्याटिङ गर्दै परवानीपुर क्रिकेट क्लबले २०९ रनको लक्ष्य दिएकोमा सूर्या क्रिकेट १२३ रनमा सीमित भएको थियो । यो खेलमा पाँच विकेट लिएका हासिम अन्सारी म्यान अफ द म्याच घोषित भए ।     यसैगरी दोस्रो खेलमा पिवाइसीले श्रीपुर क्रिकेट क्लबलाई पराजित गरेको थियो । २०८ रनको लक्ष्य पाएको पिवाइसीले १८ ओभरमा लक्ष्य हासिल गरेको समाजका अध्यक्ष रूस्तम अली अन्सारीले बताएका छन् । यो खेलमा नकआउट १०७ रन जोडेका भुलावन म्यान अफ द म्याच घोषित भएका थिए ।

राष्ट्रिय मेलमिलाप: सीमाक्षेत्र र ऐतिहासिक सन्दर्भ

Image
गोपाल ठाकुर     नेपाली काङ्ग्रेस तथा विपीका अनुयायीहरूले आज ‘निष्ठा’ प्रदर्शन गर्दै राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छन् । यो ३९औं राष्ट्रिय मेलमिलाप दिवस हो । २०३३ सालमा आजैको दिन विश्वेश्वरप्रसाद कोइराला नेपाली काङग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्वासनबाट स्वदेश फिर्ता हुने निर्देशन जारी गर्दै भारतबाट नेपाल फर्केका थिए । त्यस बेला कतिपय पञ्चहरूले उनको ज्यान सजायको माग पनि गरेका थिए । यस विषम परिस्थितिको आकलन गर्दै उनका कतिपय हितैषीहरूले निर्वासन नत्याग्न सल्लाह पनि नदिएका होइनन् । तर उनी राष्ट्रिय मेलमिलापको आह्वान गर्दै नेपाल फिरेका थिए । तिनताक उनको राष्ट्रिय मेलमिलापको नीतिलाई राजा र काङ्ग्रेस बीच सम्बन्ध सुधारको प्रयासको रूपमा बुझिएको थियो । यदि राष्ट्रिय मेलमिलापको नीतिलाई फगत त्यति नै ऐतिहासिक सन्दर्भमा हेर्ने हो भने २०६५ जेठ १५ पछि त्यो औचित्यहीन बनिसकेको छ । त्यसैले राष्ट्रिय मेलमिलाप दिवसलाई आज असान्दर्भिक भन्दा अत्युक्ति नहोला । २०३३ पुस १६ मैं उनले नेपाली जनतालाई गरेको सार्वजनिक अपिल र बेला–बखत राष्ट्रियताबारे व्यक्त गरेका विचारहरूलाई हेर्ने हो भने राष्ट्रिय मेल

नेताहरूले कम्मर कस्नुपर्‍यो

    अहिले सरकारले देशका अलिकति पनि घना र शिक्षित  गाउँहरूलाई नगरपालिका बनाउने घोषणा गर्ने नीति लिएको छ । यद्यपि विकासका पूर्वाधार नगरपालिकालाई मात्र चाहिन्छ भन्ने कुरा होइन, गाउँमा पनि मानवीय आवश्यकताका पूर्वाधार पुर्‍याउने नैतिक दायित्व सरकारको हो । नगरपालिका घोषणा गरेपछि सरकारलाई झन् नैतिक दायित्व हुन्छ, नगरमा समावेश गाउँहरूको द्रुत गतिमा पूर्वाधार निर्माणलगायत नागरी सुविधा पुर्‍याउन । यस अर्थमा गाउँहरू नगरपालिका घोषणा हुनुलाई त्यहाँका नागरिकलगायत राजनीतिक दलहरूका नेताजीहरूले अवसरका रूपमा लिनुपर्दछ । नेताजीहरूले नगर घोषणा भइसकेका गाउँहरूलाई पुन: गाउँमा फिर्ता गर्न आफ्नो ऊर्जा खर्चनुको साटो सरकारलाई विकासका पूर्वाधार निर्माण गर्न दबाब दिएर गाउँको स्तरोन्नतिका लागि कम्मर कस्नुपर्ने बेला हो यो । नगरमा गाभिएकोमा बढी कर तिर्ने मात्र गाउँवासीको चिन्ता हो, त्यसका लागि नेताजीहरूले यसै महिना हुन लागेको नगर परिषद्मा नयाँ गाभिएका गाउँको हकमा परिवर्तित कर निर्धारित गर्न लगाएर निश्चित अवधिभित्र गाउँहरूमा विकासको पूर्वाधार तयार पार्ने योजना बनाउन लगाउनुपदर्छ ।     नेताले सदैव जनताको उन्नति र विकास

२०७१ पुस १५ मङ्गलवार

२०७१ पुस १५ मङ्गलवारको प्रतीक दैनिक पढ्नुहोस

प्रहरी, प्रशासनका प्रमुखलाई प्रमुख अतिथि बनाएर इभेन्टको नाममा ठगी गर्ने प्रवृत्ति बढ्दो

प्रस, वीरगंज, १४ पुस/     वीरगंजमा अहिले विभिन्न सङघ संस्थाहरूको नाममा आयोजना भइरहेको कार्यक्रमबाट आम उपभोक्ता ठगिने गरेको पाइएको छ । भर्खरै वीरगंज राणीसति अतिथि सदन वीरगंजमा आधुनिक इन्टरटेन्टमेन्टले आयोजना गरेको नारायणी मिस ग्ल्यामरमा आयोजकले ठगी गरेको भनी चारजनाले जिल्ला प्रशासन कार्यालय, पर्सामा लिखित उजुरी दिएका छन् ।     सो संस्थाले गएको शनिवार आयोजना गरेको नारायणी मिस ग्ल्यामरमा नियोजित तरिकाले आयोजकले प्रतियोगितामा उत्कृष्ट घोषित गरेको, एसएमएस भोटिङबाट ठगी गरेको, पुरस्कार वितरणमा पनि अनियमितता गरेको भनी रीता श्रीवास्तव, शिल्पा पन्थी, भारती गुप्तालगायत चार प्रतियोगीले लिखित उजुरी दिएका छन् । प्रतियोगीहरूले प्रथम हुनेलाई स्कुटी पुरस्कार दिने घोषणा गरेकोमा प्रतियोगीहरूसँग शुरुमैं कबोल गराई शर्त मानेपछि पुरस्कृत गरिएको र सोही अनुरूप अन्य प्रतियोगीहरूलाई सशर्त पुरस्कृत गर्ने काम भएको आरोप लगाइएको छ ।     उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले आधुनिक इन्टरटेन्टमेन्टका सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरेपछि अहिले सञ्चालकहरू फरार छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले एसएमएस भो

बिजुली महसुल तिर्न घण्टौं कुर्नुको साथै तीन गुणा रकम खर्च हुने बाध्यता

प्रस, रौतहट, १४ पुस/     रौतहट जिल्लाका ग्रामीण भेगका उपभोक्तालाई बिजुली महसुल तिर्न सदरमुकाम गौरमा घण्टौं लाइनमा बस्ने बाध्यता छ । प्राधिकरणलाई पटकपटक अनुरोध गर्दा पनि स्थानविशेषमा महसुल काउन्टर नराख्दा ग्राहकले बढी सास्ती पाएका हुन् ।     रौतहटको उत्तरी र पश्चिमी  भेगका बासिन्दा न्यूनतम महसुल तिर्न महिनै पिच्छे सदरमुकाम आउने गर्छन्। पायक पर्ने ठाउँमा महसुल बुझाउने काउन्टर नहुँदा बिलको न्यूनतम रकम रु ८० तिर्न तीन गुणा बढी खर्च हुने गरेको र एक दिनको ज्याला पनि गुमाउनुपरेको पतौरा गम्हरियाका पृथ्वीनारायण यादवले बताए । पैसा तिर्न कार्यालयसम्म आउँदा र जाँदा गाडी भाडा र खाना खर्च तिर्नुपर्ने महसुलभन्दा बढी हुने गरेको राजनीतिककर्मी कमल राय यादवको गुनासो छ ।     नेपाल विद्युत् प्राधिकरणले ग्रामीण केन्द्रहरूमा सर्वसाधारणलाई पायक पर्ने गरी काउन्टर राख्न पटकपटक गरेको मागको बेवास्ता भएको धर्मपुर गाविसका दिनेश यादवको भनाइ छ । जनशक्ति अभावका कारण गाउँमा काउन्टर राख्न नसकिएको प्राधिकरण रौतहट शाखाले जनाएको छ ।

सिजी कपको तेस्रो शृङ्खला सम्पन्न

प्रस, वीरगंज, १४ पुस/     दिल्ली पब्लिक स्कूलले विद्यालयको प्रा·णमा स्वस्थ नागरिक, स्वस्थ देश भन्ने मूल उद्देश्यका साथ सिजी एजुकेशन फूटबल कपको तेस्रो शृङ्खला आज सम्पन्न गरेको छ ।     आज तेस्रो शृङ्खलाको समापन खेल होली एन्जल्स उमावि,निजगढ र जिएचपी. मावि वीरगंजबीच भएको थियो, जसमा होली एन्जल्स उमावि, निजगढले  २–० गोल अन्तरले जित हासिल पारेको छ ।     अखिल नेपाल फूटबल सङ्घका कार्यकारी अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा ए्न्फाका सञ्जीव मिश्र, कार्यकारी कोषाध्यक्ष रवीन्द्र जोशीको आतिथ्यमा समापन कार्यक्रम सम्पन्न गरिएको थियो ।     समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका शैक्षिक विभाग प्रमुख भूषण गुरुङले सम्पूर्ण सहभागी विद्यालयका विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । सिजी फूटबल कपले बारा र पर्साका विद्यालय र विद्यार्थीहरूलाई मात्र नभई समग्र राष्ट्रिय फूटबलमा योगदान गर्न सक्ने र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिन्छ भनी बताए ।     तत्कालीन विद्यालय व्यवस्थापनका अध्यक्ष भिखमचन्द अग्रवालको सभापतित्वमा सम्पन्न समारोहमा विद्यार्थीहरूले विभिन्न कला तथा नृत्य प्रस्तु

मौवादेबी र सनराइज उपाधिका लागि भिड्ने

प्रस, पथलैया, १४ पुस/     मनहर्वाको बडहर्वामा जारी जिल्ला रेडबुल लिग पुरुष फूटबल प्रतियोगिताको उपाधिका लागि मौवादेवी युवा क्लब र सनराइज युवा क्लब, उमजन भिड्ने भएका छन् ।     प्रतियोगिता अन्तर्गत सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा मौवादेवीले निजगढ युवा क्लबलाई ५–३ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय पनि गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो ।     प्रतियोगिताको उपाधिका लागि म·लवार मौवादेवी र सनराइजले प्रतिस्पर्धा गर्ने आयोजक बारा जिल्ला फूटबल सङ्घका उपाध्यक्ष कयामुद्दिन मंसुरले जानकारी दिए ।

नव जनप्रगति सेमिफाइनलमा

प्रस, पथलैया, १४ पुस/     औराहा युवा क्लब, सिमरालाई टाइब्रेकरमा ३–२ ले पन्छाउँदै नव जनप्रगति युवा क्लब, पथलैयामा जारी फूटबल प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ ।     प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्ने क्रममा जनप्रगतिका लागि राजकुमार थापा, प्रमोद वाइवा र अखिलेश गुरुङले गोल गरेका थिए । औराहाका तर्फबाट प्रवीण सापकोटा र महेन्द्र लामाले मात्र गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।     प्रतियोगिता अन्तर्गत म·लवारदेखि सेमिफाइलन खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनल खेल बकुलिया युवा क्लब र हिमालयन युवा क्लब निजगढबीच हुने आयोजक टिमका सुनील कार्कीले जानकारी दिएका छन् ।

वर्तमान संविधानसभाको अग्नि परीक्षा

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     विश्वमा कहीं पनि नभएको काम हामीले दोस्रो संविधानसभा निर्वाचन गरेर देखायौं । यो एक किसिमको दुर्भाग्य हो भने सर्वस्वीकार्य एवं टिकाउ संविधान बनाउने अवसर पनि हो । चरम गरीबीको चक्रव्यूहमा फसेको मुलुकमा लगभग ४५ अर्ब रुपियाँ संविधानसभा निर्वाचनमा मात्र खर्च हुनु भनेको विकासलाई दशकौं पछाडि धकेल्नु हो र विदेशी निर्भरता बढाउनु, महँगी, बेरोजगारी बढाउनु तथा सङ्क्रमणकालको आयु लामो बनाउनु हो । यसर्थ यो दुर्भाग्यपूर्ण हो तर पहिलो संविधानसभाको चार वर्षको कार्यकालमा देखा परेका चुनौती र समस्या पहिचान गरी नयाँ संविधान बनाउने अवसर पनि हो । पहिलो संविधानसभाले पहिचान गरेको समस्या र त्यसको सामाधानको मार्गलाई फराकिलो दिमागले सोचेर संविधान बनाउने हो भने सबै समस्या हटाउने संविधान मात्र बन्दैन,  सर्वस्वीकार्य पनि हुन्छ । अन्य मुलुकको संविधानजस्तै चाँडचाँडै संशोधन गर्ने बाध्यता पनि सिर्जना हुदैन । माझिएको र खारिएको लोकतान्त्रिक संविधान बन्न सक्छ । यस मानेमा दोस्रो संविधानसभा अवसरको रूपमा छ । संविधानसभा जस्तो निकायको प्रतिबद्धता आफै ठूलो संवैधानिक प्रावधान हो जुन हरहालतमा पूरा

मानसिकतामा परिवर्तन जरुरी

    प्रहरी र नागरिकबीच सम्बन्ध सहयोगात्मक रहेन, समन्वयात्मक र सौहार्दपूर्ण रहेन भने काम गरेकोमा न प्रहरीलाई सन्तुष्टि हुन्छ न सेवा पाए पनि नागरिकको मनमा सद्भाव जाग्छ । प्रहरी र नागरिकको मूलभूत मनोविज्ञानमा पहिले परिवर्तन आउनु आवश्यक छ । प्रहरी नागरिकको मित्र होइन, ‘यिनको न मित्रता राम्रो न शत्रुता नै राम्रो’ भन्ने नागरिकमा जन्मेदेखि संस्कार बसेको छ । प्रहरीमा पनि वर्दी लगाउने बित्तिकै धाक–रवाफ देखाउनै पर्छ, कडकेर बोल्नुपर्छ, हप्कीदप्की गर्नुपर्छ भन्ने मानसिकता आजसम्म जान सकेको छैन । यस कुराको बोध नागरिक अगुवाहरूलाई जति छ, त्यतिकै प्रहरीको व्यवहार रुखो छ भन्ने कुरा प्रहरी अधिकृतहरूले पनि बुझेका छन् । अन्यथा ‘मुस्कानसहितको प्रहरी’ भन्ने नारा लगाएर, तालिम दिएर समय खर्च गर्नुको औचित्य थिएन । मुस्कानसहितको प्रहरी अभियान थालेको वर्ष दिन बितिसक्दा पनि त्यसको ताजगीकरण भएको छैन । नागरिकले टीठ लाएर प्रहरीलाई मुस्कानसहित देख्न खोजेको हो, तर त्यस्तो भएको थोरै मात्र अनुभव नागरिकलाई छ ।     नेपाल प्रहरीको विकास ‘पहिले थुन अनि सुन’ बाट भएको हो । त्यस बेला त्यही चलन थियो । आज नागरिक शिक्षित भएको छ, प्

२०७१ पुस १४ सोमवार

२०७१ पुस १४ सोमवारको प्रतीक दैनिक पढ्नुहोस

मसान पन्छाउने भन्दै धनगढीबाट लुटिएको गहना जीतपुरमा २० तोला गहना र लुटेराबारे प्रहरी अनभिज्ञ

Image
प्रस, पथलैया, १३ पुस/     घरभित्र रहेको मसान भगाउन पूजा गर्नुपर्ने बहाना बनाएर कैलालीको धनगढीबाट लुटिएको गहनामध्ये केही प्रहरीले जितपुरबाट बरामद गरी सार्वजनिक गरेको छ ।     नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदालाई झुक्याएर लुटिएको ५१ तोला मध्ये ३१ तोला गहना प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले अरू २० तोला गहना र लुटेरा दुई महिलाबारे अनभिज्ञ रहेको बताएको छ ।     पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक कुमार विक्रम थापाले सूचनाको आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद भएको बताए । उनले घटनामा संलग्न मियाँकी पत्नी ३१ वर्षीया तैरून नेशा र उनकी बहिनी २६ वर्षीया खैरून नेशा फरार रहेको बताए । तैरूनका पति इसरायल पनि फरार रहेको थापाले बताए ।     हामीले सूचनाको आधारमा छापामारी गर्दा दराजभित्र सुन राखेको भेटियो, घटनामा संलग्न फरार छन् खोजी भइरहेको छ ।     लुटेराले धनगढीबाट गहना लुटेर घरसम्म ल्याएर राखेको सुचना आएको बताउने प्रहरीले उनीहरू कहाँ छन् भन्ने अनभिज्ञता जनाएको छ । अरू २० तोला गहनाबारे थाहा नभएको थापाले बताए । लुटेरा र गहनाको खोजी भइरहेको थापाको भ

रामसपाद्वारा एकीकृत सम्पत्तिकरको विरोध

प्रस, वीरगंज, १३ पुस/     वीरगंज उपमहानगरपालिकाले लागू गरेको एकीकृत सम्पत्ति करको विरोधमा राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साले आज वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालालाई ज्ञापन  बुझाएको छ । जिल्ला अध्यक्ष प्रेमबाबू पटेलको नेतृत्वमा गएको रामसपाका कार्यकर्ता, नेताहरूले कार्यकारी अधिकृत कोइरालालाई ज्ञापन बुझाएका हुन् ।     सरकारले कर सड्ढलनलाई छरितो र प्रभावकारी बनाउन एकीकृत सम्पत्ति कर लागू गरे पनि सो करबाट निमुखा जनता र विशेषगरी खेतीपाती गर्दै आएका कृषकहरूको ढाड सेक्ने काम भएको ज्ञापनमा उल्लेख छ । उक्त कर प्रणालीले फरक–फरक शीर्षकको करलाई एउटै दायरामा ल्याउँदा खेतीपाती हुँदै आएको जमिनको पनि व्यवसायको लागि प्रयोग भएका भवन र व्यापारिक गृह सरहको कर तिर्नुपर्ने बाध्यता सृजना भएको भन्दै सो करको विरोध गरिएको छ ।     एकीकृत कर प्रणालीले उद्योग, व्यापार–व्यवसाय, भाडाका भवन, अपार्टमेन्ट, खेतीयोग्य जमिन र खोल्साखोल्सी सबैलाई एकै हिसाबले मूल्याड्ढन गर्ने हुँदा खेतीपाती गर्ने किसानको करको दायरा अकासिन गएर अन्य व्यापार, व्यवसाय सरहकै कर तिर्नुपर्दा अप्ठेरो भएको उल्लेख छ  । वीरगंज उपमहानगरपालिक

रूख काट्दै सरकारी सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्यो

रामेश्वर मेहता, सिम्रौनगढ, १३ पुस/     सिम्रौनगढ र सो आसपासको क्षेत्र नगरपालिका घोषणा भएपछि सार्वजनिक ऐलानी जग्गाहरू कब्जा गर्ने र त्यस्ता स्थलमा भएका रूखहरू काटेर बिक्री गर्ने क्रम बढेको छ ।     नगरपालिका घोषणा भएपछि सार्वजनिक जग्गाहरूको तथ्याड्ढ लिने डरले ती जग्गामा आबादी बसाउने क्रम बढेको हो ।     विशेषगरी नदी उकास, नहर आसपास पोखरीको डिल र सार्वजनिक पर्ती ऐलानी जग्गामा रहेका शिशमका बोटहरू काटेर ठेकेदारलाई बेच्ने क्रम बढेको छ ।     नम्बरी निजी जग्गामा रहेका रूख बिरुवाहरू काटेर बिक्री गर्न पाउने कानुनी प्रावधान रहे तापनि स्थानीय प्रहरी प्रशासनको मौन स्वीकृतिका कारण ऐलानी सरकारी तथा सार्वजनिक स्थलका रूखहरूसमेत नम्बरीकै आधारमा बिक्री भइरहेको छ भने त्यसरी रूख हटाइएका जग्गाहरू अतिक्रमण गरी खेतीबाली लगाउने र घडेरी बनाउने प्रतिस्पर्धा नै चलेको छ ।

हिमालयन युवा क्लब विजयी

प्रस, पथलैया, १३ पुस/     पथलैयामा जारी फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा हिमालयन युवा क्लब, निजगढ विजयी भएको छ ।     हिमालयनले मङ्गोलियन युवा क्लब, अमलेगंजलाई २–० गोल अन्तरले पराजित गरेको हो । हिमालयनको जितमा युवराज खड्का र सौरभ मगरले  एक–एक गोल गरेका थिए ।     प्रतियोगिता अन्तर्गत सोमवार नव जनप्रगति युवा क्लब, सिमरा र औराहा युवा क्लब, सिमराबीच खेल हुने आयोजक पथलैया युनाइटेड क्लबका सुनील कार्कीले जानकारी दिए ।

पिवाइसी क्रिकेट विजयी

प्रस, वीरगंज, १३ पुस/     राष्ट्रिय खेलकुद समाज पर्साद्वारा आयोजित वीरगंज च्याम्पियन ट्राफि टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पिवाइसी क्रिकेट क्लब विजयी भएको छ । पिवाइसी क्रिकेट क्लबले नयाँ टोल स्पोर्ट्स क्लबलाई ३६ रनको अन्तरले पराजित गरेको हो । पहिलो ब्याटि· गरेको पिवाइसीले निर्धारित ओभरमा १२७ रन जोडेको थियो । प्रतिउत्तरमा नयाँ स्पोट्र्स क्लब ९१ रनमा सीमित भएको राष्ट्रिय खेलकुद समाज नेपाल पर्साका अध्यक्ष रूस्तम अली मन्सुरीले बताए ।     आजको खेलमा चार विकेट लिन सफल विशाल म्यान आफ द म्याच घोषित भएका थिए ।

उमजन र निजगढ बिजयी

प्रस, पथलैया, १३ पुस/     मनहर्वाको बडहर्वामा जारी जिल्ला रेडबुल लिग पुरुष फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा सनराइज युवा क्लब उमजन र निजगढ युवा क्लब विजयी भएका छन् । प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गर्ने क्रममा सनराइजले सिमरा एकेडेमीलाई २–० गोल अन्तरले पराजित गरेको छ । सनराइजको जितमा दिलमणि चौधरी र चतुर्धन चौधरीले गोल गरेका थिए । जितसँगै सनराइज लिगको फाइनलमा प्रवेश गरेको छ ।     यसैगरी अर्को खेलमा निजगढले नव जनप्रगति युवा क्लब, सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । निजगढको जितमा रूपक लामाले हयाट्रिक पुरा गरे । टिमका लागि रन्जित धामी र सुरेश कुशवाहाले एक–एक गोल गरेका थिए । जितसँगै निजगढ सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि निजगढले सोमवार मौवादेवी युवा क्लब, बडहर्वासँग प्रतिस्पर्धा गर्ने आयोजक बारा जिल्ला फूटबल सङ्घका उपाध्यक्ष कयामुद्दिन मंसुरले जानकारी दिए ।

सिजी फूटबल प्रतियोगितामा जिपिएच र होलिएन्जल्स विजयी

प्रस, वीरगंज, १३ पुस/     डिपिएस वीरगंजले आयोजना गरेको तेस्रो अन्तर्विद्यालय सिजी शिक्षा फूटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलमा जिएचपी र होलि एन्जल्स मावि विजयी भएका छन् ।     डिपिएसको खेल मैदानमा भएको फूटबल प्रतियोगिताको पहिलो खेलमा जिएचपीले सिमरा पब्लिक स्कुललाई ४ को विरुद्ध ५ गोल अन्तरले पराजित गरेको थियो । जिएचपीका आजाद हुसैन, प्रस· अर्याल, सनी चौधरी, रतनलाल गुप्ता र करण पटेलले एक/एक गोल गरेर पाँच गोल गरेका थिए । सिमरा पब्लिक स्कूलका रोशन तामाङ, विशाल श्रेष्ठ, अनुप लामा र  हिमन आलेले एक/एक गरी चार गोल मात्र गर्न सकेका थिए ।     यसैगरी आजै भएको दोस्रो खेलमा होलि एन्जल्सले वीरगंज पब्लिक स्कूललाई १ को विरुद्ध तीन गोल अन्तरले पराजित गरेको थियो । होलि एन्जल्सका नवीन श्रेष्ठले एक र लभु पनुहारले २ गोल गरेका थिए भने वीरगंज पब्लिक स्कुलका संदीप चौधरीले एक गोल गरेका थिए ।

संविधान आउ मुलुक बचाउ

Image
–कुमार रुपाखेती     एकताका राजा आऊ देश बचाऊको नारा खुबै घन्किन्थ्यो, अहिले संविधान ल्याऊ, मुलुक बचाऊ भन्नुपर्ने अवस्था छ ।     सरकारमा बस्नेहरू माघ ८ गते जसरी नि संविधान आउँछ भन्छन्, विपक्षमा रहेकाहरू कसरी आउँछ लौ हेरौं भन्दै पाखुरा सुर्कंदैछन् । यस्तो अवस्थामा संविधान ल्याऊ, मुलुक बचाऊको हविगत पनि पञ्चहरूको अलाप ‘राजा आऊ देश बचाऊ’ भन्दा पृथक नहुने देखिन्छ । अब यो त पक्कापक्की छ कि एउटा ठूलो शक्ति नेपालमा संविधान नबनेको र अस्थिरता भएको हेर्न चाहन्छ । केही पदलोलुप समूहहरूसमेत पदविहीन भएकोले घुर्कीको बाटो अवलम्बन गर्दै, अर्घेलो प्रदर्शन गर्दै संविधान निर्माणमा भाँजो हाल्दैछन् ।     संविधान, समग्र मुलुक र देशवासीको हितमा बन्ने विश्वव्यापी नियम भए पनि हाम्रोमा दलगत स्वार्थ हावी भएको देखिन्छ, जसले गर्दा क्षेत्रीयता, साम्प्रदायिकताका सामु राष्ट्रियता बौना साबित हुँदै गएको छ ।     नेपालमा राणाहरूको मौखिक कानुन थियो, राजाहरूले आफ्नै बनाए, २०४७ सालमा ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र’ पक्षधरहरूले आफ्नै अनुकूल संविधान बनाए तर अहिले मुलुकको मूल कानुन संविधान बनाउन जति बखेडा सिर्जना गरि

धराशायी हुँदैछ मधेसको सार्वजनिक शिक्षा

Image
- अनन्तकुमार लाल दास     कक्षाकोठामा शिक्षक पढाइरहेका छन् । मोबाइलको घन्टी बज्न थाल्छ । शिक्षक कक्षाकोठाबाट बाहिरिन्छन् र शुरु हुन्छ बरन्डामा शिक्षकको वाकि· । कहिले उनी हाँस्छन्, कहिले फर्कन्छन् । उनको यो डुलाइले अरू कक्षाहरूमा के कति प्रभाव पारेको छ, त्यसबारे उनलाई कुनै सरोकार हुँदैन । यसरी एउटा शिक्षक अध्यापनमा खर्च गर्नुपर्ने समय गफमा खर्चन्छन् ।     शिक्षा कार्यालयमा वा जिल्ला शिक्षा अधिकारीको निवासमा चाकरी–चापलुसी अभियान अन्तर्गत गणेश परिक्रमा चलिरहन्छ । कोही विद्यालयको हेडमास्टर हुन्छ भने कोही शिक्षक । यो म्याराथनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पनि सहभागिता देखिन्छ । भन्न के खोजिएको हो भने यतिखेर केवल शिक्षा क्षेत्रका प्वालहरूबारे मात्र चियोचर्चा भइरहेको छ तर सबैले बुझ्नुपर्ने कुरो के हो भने प्वाल टालेर मात्र फड्को मार्ने स्थिति छैन । यतिखेरको खाँचो भनेको आमूल परिवर्तन हो । आमूल परिवर्तन त गर्ने तर के, कहाँ र कसरी गर्ने त्यो पनि महत्त्वपूर्ण पक्ष हो ।     केही दिन पहिले बारा, पर्सामा लागेको गढीमाई मेला अत्यन्त चर्चाको विषय बनेको थियो । गढीमाई मेला हेर्न जाने वा माईको द

बिग्रेकोलाई सपार्नुपर्छि

    गाविसहरू नगरपालिकामा समावेश भएकामा कहीं हर्ष मनाइएको छ भने वीरगंज उपमहानगरपालिकामा गाभिएका गाविसहरूमा केही व्यक्ति यसको विरोधमा उत्रेको लामो भइसकेको छ । जस्तो कि चलन छ–भीडको मानसिकता हेरेर हाम्रा नेताजीहरू भीडको पछि लाग्छन्–यस विरोधमा पनि चाल मारेर संलग्न हुन थालेका छन् । नेताको काम भीडलाई आफ्नो पछि लगाउने हो, भीड जता जान्छ त्यता जाने होइन । त्यसैले नगरपालिकामा गाभिएका गाविसका गाउँलेहरूको कुरालाई यथार्थको धरातलमा तौलेर उनको यथार्थ भनाइ के हो, त्यसलाई बुझ्नुपर्ने हो । अहिलेसम्म प्राप्त समाचारहरूमा गाउँलेहरूले उठाएको मुद्दा हो–पूर्वाधार निर्माणबिना नगरमा न गाभ । किनकि नगरपालिकामा जाने बित्तिकै करको भार बढ्छ, काम भनेको हामीकहाँ त्यही हो–राजा गइसकेपछि पनि, राजाको काम कहिले जाला घाम । मानवीय, नैतिक वा कुनै पनि धरातलमा बसेर हेर्ने हो भने लेन र देनको मामिला ठीक्क बस्यो भने राम्रो हुन्छ, अन्यथा भोलि पनि हिलो, फोहर, अव्यवस्था, अनियमितता र गन्जागोलमैं बाँच्नुपर्ने हो भने किन चाहियो नगरपालिका ?     निश्चय नै गाउँ नगरपालिकामा परिणत भयो भने  त्यहाँको जनताले बढी सुविधा पाउँछ, अवसर पाउँछ, सम्पत्त

२०७१ पुस १३ रविवार

२०७१ पुस १३ रविवारको प्रतीक दैनिक पढ्नुहोस

बज्जिका पूर्ण भाषा –भाषिक सर्वेक्षण

प्रस, गरुडा, १२ पुस/     बारादेखि महोत्तरीसम्म बोलिने बज्जिका भाषा आपैंmमा पूर्ण भाषा रहेको सर्वेक्षणले देखाएको छ ।     त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागद्वारा गत वर्ष गरिएको स्थलगत सर्वेक्षणको रिपोर्टमा बज्जिका पूर्ण भाषा भएको स्पष्ट पारिएको छ ।     त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दानराज रेग्मीको नेतृत्वमा आएको टोलीले सर्लाहीको मल·वा, बरहथवा, रौतहटको गरुडा, गौर र कटहरियामा कार्यक्रम गरेर तथा विभिन्न क्षेत्रका मानिसहरूसित भाषाको वैज्ञानिक किसिमले बोलीको अध्ययन गरेको थियो ।     विभागबाट आएको स्थलगत सर्वेक्षण टोलीमा डा. बलराम प्रसाई, डा. अम्बिका रेग्मी, गोपाल ठाकुर र भाषाविज्ञान विभागसँग सम्बन्धित अन्य केही महत्त्वपूर्ण व्यक्तित्वको सहभागिता थियो ।     नेपालको भाषिक सर्वेक्षण परियोजनाका निर्देशकसमेत रहेका प्रा.डा. रेग्मीको टोलीद्वारा गरिएको स्थलगत अध्ययनको रिपोर्ट तयार भएपछि डा. रेग्मीले प्रतिक्रिया दिंदै भनेका छन्– “बज्जिका आपैंmमा पूर्ण भाषा हो ।”     विभिन्न छिमेकी भाषाहरूले बज्जिकामाथि आफ्नो दाबी गरिरहेको अवस्थामा त्रि

अठराहाँमा निश्शुल्क आँखा परीक्षण शिविर सम्पन्न

Image
प्रस, वीरगंज, १२ पुस/     पर्साको अठराहाँमा आज निश्शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । केडिया आँखा अस्पताल वीरगंज, नेत्र ज्योति सङ्घ सेवा फाउन्डेसन काठमाडौं र ज्येष्ठ नागरिक सङ्घ पर्साको संयुक्त आयोजनामा भएको शिविरमा मोतियाबिन्दु, खस्रेरोग (ट्रकोमा)का साथै आँखासम्बन्धी विभिन्न रोगहरूको परीक्षण तथा उपचार गरिएको थियो ।     वरिष्ठ आँखा रोग विषेशज्ञ डा. जुन–सुकी आकुरा (जापान) र केडिया आँखा अस्पताल वीरगंजका निर्देशक डा. पद्म विष्टको नेतृत्वमा रहेका चिकित्सकहरूको टोलीले सेवा पुर्‍याएको उक्त शिविरमा ३२५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १७५ जनामा मोतियाबिन्दु देखिएकोले केडिया आँखा अस्पतालमा निश्शुल्क शल्यक्रियाको व्यवस्था रहेको नेत्र ज्योति सङ्घका महासचिव एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य श्याम पोखरेलले बताए ।     स्थानीय नागरिक समाजका अगुवा रामरूपप्रसाद कुर्मीको बैठाकामा शिविर सम्पन्न भएको थियो । कार्यक्रमको प्ररम्भमा सहभागीहरूलाई अगुवा कुर्मीले स्वागत तथा सम्मान मन्तव्य व्यक्त गरेका थिए ।     शिविरमा बगही, भवानीपुर, उदयपुरघुर्मी, सुगौली बिर्ता, अलौं, बैर

च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता शुरू

प्रस, वीरगंज, १२ पुस/     राष्ट्रिय खेलकुद समाज नेपालको आयोजनामा आजदेखि वीरगंजमा च्याम्पियन ट्रफी क्रिकेट प्रतियोगिता शुरू भएको छ ।     प्रतियोगिताको पहिलो दिन श्रीपुर क्रिकेट क्लब र राधेमाई क्रिकेट क्लबबीच भएको प्रतिस्पर्धामा श्रीपुर क्रिकेट क्लब विजयी भएको थियो । पहिले ब्याटिङ गरेको श्रीपुर क्रिकेट क्लबले निर्धारित २० ओभरमा २०३ रन बनाएको थियो ।     प्रतिउत्तरमा राधेमाई क्रिकेट क्लबले १८.३ ओभरमा सबै विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो ।     आजै सम्पन्न दोस्रो खेलमा लायन्स क्रिकेट क्लबले योयो हन्टर क्लबलाई पराजित गर्‍यो । पहिले ब्याटिङ गरी हन्टर क्लब ८० रनमा सीमित भयो भने लायन्सले १७.३ ओभरमा विजय लक्ष्य हासिल गरेको राष्ट्रिय खेलकुद समाजका रुस्तम अली मन्सुरीले बताए ।

निर्लज्ज राजनीतिक मञ्चन

Image
ओमप्रकाश खनाल     साताअघि एकजना कलेज सहपाठीले फोन गरे । एक दशकभन्दा लामो समयान्तरपछिको सम्पर्कले म उत्साहित हुनु अस्वाभाविक थिएन । वीरगंजको ठाकुर राम क्याम्पसमा अध्ययनताका प्राय: चञ्चल र प्रसन्न मुद्रामा देखिने मित्र विश्वराज घिमिरेसितको कुराकानीमैं यसपटक भने निराशामिश्रित आक्रोश भल्किन्थ्यो । उनी भन्दै थिए–“विकासका मामिलामा अति पछि पर्‍यौं । गाउँको विकासमा कसैले ध्यान दिएन । न राज्यको आँखा गयो, न त चुनेर पठाएका प्रतिनिधिले नै हाम्रो आवश्यकतालाई सम्झिए ।” पर्सा सुवर्णपुरका स्थायी बासिन्दा उनी वैदेशिक रोजगारीमा समेत गएछन् । स्वदेशमा आर्थिक उपार्जनको अवसर नजुटेपछि औसत युवाभैंm विदेश भासिनु उनका लागि बाध्यता थियो । मैले उनीमा शुरूदेखि नै राजनीतिक चेतना पाएको थिएँ । सम्भवत: यसैले पनि उनलाई अस्ट्रेलियाको आकर्षणले धेरै समय लोभ्याउन सकेन । अहिले आफ्नै गाउँमा डेरी खोलेर आम्दानीको उपायमा केन्द्रितमात्र छैनन्, विकासे अवसरको अभावमा पर्साको पश्चिमी क्षेत्रका बासिन्दाले भोग्नुपरेका असहजता समाधानका लागि दबाब अभियानमा लागेका रहेछन् । उनैको शब्दमा पश्चिमी पर्साका १२ गाविसका अगुवाहरूको भेलाले मुलुकले

युग परिवर्तनको अर्थ

    युग परिवर्तनको अर्थ हो, आमूल परिवर्तन । सानातिना सुधार र सामान्य परिवर्तनले जब अपेक्षित कुरा प्राप्त हुँदैन भने सम्पूर्ण युग नै परिवर्तन गर्नु जरुरी हुन्छ । साम्यवादी आन्दोलनले आफ्नो प्रारम्भिक दिनमा निकै गर्वका साथ घोषणा गर्‍यो कि संसारका सारा समस्या समाधान गरिदिन्छु । उसको के धारणा थियो भने सबै समस्याको कारण धनको कमी हो । धन बढयो भने सबै समस्याहरू स्वत: समाप्त भएर जानेछन् । यसका लागि बढी उत्पादन गर्नेतर्फ जति ध्यान दिनुपर्ने थियो, त्यति दिइएन, अपितु धनीहरूलाई गरीबीको कारण ठहर्‍याएर वर्ग सङ्घर्ष उत्पन्न गराइयो । यस वर्ग सङ्घर्षले संसारमा निकै मारकाट मचायो, रक्तपात र अशान्ति फैलायो, जुन जगजाहेर छ ।     पूँजीवादी क्षेत्रमा पनि संसारका कठिनाइ र समस्याहरूको निवारणका लागि थोरै प्रयत्न गरिएन । विज्ञान र वैज्ञानिकहरूले यसका लागि अनेकानेक आविष्कार मात्र गरेनन्, अपितु वैभव र समृद्धिका लागि थुप्रै आधार निर्माण गरे । यसबाट सफलता पनि निकै प्राप्त भयो । पूर्वजहरूका तुलनामा वर्तमान पीढी बढी समृद्ध पनि भयो । सुविधा र साधनहरूको दृष्टिले वर्तमान पीढीका मानिस यति सौभाग्यशाली छ, जति सृष्टिको आरम्भदे

२०७१ पुस १२ शनिवार

२०७१ पुस १२ शनिवारको प्रतीक दैनिक पढ्नुहोस

गढीमाई नगरपालिकाभित्र सडक विस्तार तथा निर्माण कार्य शुरू, अतिक्रमण हटाइयो

Image
प्रस, जीतपुर, ११ पुस/     गढीमाई नगरपालिका क्षेत्रभित्र सडक निर्माण कार्य शुरू भएको छ । नगरपालिकाको १६ वटा वडालाई जिल्ला सदरमुकाम कलैयासँग सहजै जोड्न सक्ने गरी सडक योजना तर्जुमा भएको नगरपालिका कार्यालयले जनाएको छ ।     सडक निर्माण भएपछि नगर क्षेत्रका उद्योगी, व्यवसायी एवं सर्वसाधारण सहजरूपमा सदरमुकाम कलैया र नगर आसपासका क्षेत्रमा सम्पर्क भएर नगर पालिका, आसपासका गाउँ र जिल्ला सदरमुकाम क्षेत्रलाई समेत आर्थिक उन्नतिमा टेवा पुग्ने योजना निर्माताहरूले बताएका छन् ।     गढीमाई नगरपालिकाका   कार्यकारी अधिकृत कृष्णप्रसाद चापागाईंका अनुसार नपा क्षेत्रभित्र पर्ने १६ वटा वडाका बासिन्दाहरूको पहुँचलाई मध्यनजर गरी वडा नं. १ अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको पथलैया ४ किमि भन्ने स्थानबाट वडा नं. ४ औराहा, वडा नं. ५ बकुलिया, वडा नं. ८ लोहसन्डा–रमौली–गमरगावसम्म करिब १० किमि सडक निर्माण तथा ग्रेभलिङ गर्ने काम शुरू गरिएको छ ।     वडा नं. ८ स्थित गमरगावाबाट कलैया जाने सडकमा सो सडक जोड्ने योजना रहेको ८ नं. वडा नागरिक मञ्चका संयोजक बद्री सहनीले प्रतीकलाई  बताए ।     गढीमाई नपा क्षेत्रभित्र पर्ने सिमरा,

धर्मनिरपेक्षतालाई लाद्ने कोशिश कदापि स्वीकार नगरिने –अध्यक्ष थापा

Image
प्रस, निजगढ, ११ पुस/     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्धिस्ट र ३ प्रतिशत किरात गरी ९४ प्रतिशत जनताको आस्था र पहिचानको संरक्षण हुनुपर्ने बताएका छन् ।     उनले यति धेरै सनातन हिन्दू धर्मावलम्बी रहँदा रहँदै पनि केही नेताहरूले विदेशी इशारामा देशमा धर्मनिरपेक्षता लादेका आरोप लगाए ।         नयाँ संविधानमा सनातन हिन्दू धर्म सुनिश्चित गर्न सशक्तरूपमा  जनदबाब सिर्जना गर्न ९ गतेबाट झापाबाट शुरू भएको मेची—महाकाली पशुपतिनाथ रथयात्रा आज निजगढ आइपुगेको छ । सो अवसरमा शुक्रवार दिउँसो बाराको निजगढमा सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले नेताहरूकै कारण सनातन धर्मलाई खल्बल्याइ गौं हत्या जस्ता जघन्य अपराध हुने क्रम दिनानुदिन बढी रहेको बताउँदै योजनाबद्धरूपमा डरत्रास, लोभलालच देखाइ, भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने काम भइरहेको अध्यक्ष थापाको आरोप थियो ।     लाखौं लाख जनताको उर्लंदो भावनालाई विदेशीको दबाब एवं प्रभावमा परेर समाप्त नपार्न र जनभावनामाथि खेलवाड नगर्नसमेत अध्यक्ष थापाले मुख्य राजनीतिक दलहरूलाई चेतावनी दिए एउटै धर्मलाई मात्र राज्यले

मौवादेवी र सनराइज विजयी

प्रस, पथलैया, ११ पुस/     मनहर्वामा जारी जिल्ला रेडबुल लिग पुरुष फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा मौवादेवी युवा क्लब, बडहर्वा र सनराइज युवा क्लब, उमजन विजयी भएका छन् ।     बारा जिल्ला फूटबल सङ्घको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा मौवादेवीले जनशक्ति युवा क्लब, कोल्हवीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । मौवादेवीको जीतमा कृपा महतो, देवराज चौधरी र कृष्णलाल श्रेष्ठले समान एक/एक गोल गरेका थिए । जनशक्तिका लागि भने सागर चौधरी र अनिल चौधरी गोल फर्काए पनि हार टार्न सकेनन् ।     यसैगरी दोस्रो खेलमा सनराइजले थ्री स्टार युवा क्लब, सपहीलाई १–० गोलले पराजित गरेको छ । सनराइजका लागि दिलमणि चौधरीले गोल गरेका थिए । जीतसँगै सनराइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।     प्रतियोगिता अन्तर्गत शनिवार सिमरा एकेडेमी र निजगढ युनाइटेड क्लबबीच पहिलो खेल हुनेछ । यसैगरी दोस्रो खेलमा रतनपुरी युवा स्पोर्टस् क्लब र मौवादेवी युवा क्लब भिड्ने आयोजक सङ्घका कयामुद्दिन मन्सुरले जानकारी दिए ।

पथलैया युनाइटेडको फराकिलो जीत

प्रस, पथलैया, ११ पुस/     जगदम्बा युवा क्लब, सिमरालाई ८–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक पथलैया युनाइटेड क्लब पथलैयामा जारी फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।     प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने क्रममा पथलैयाका लागि मन्दीप लामा, कुमार दोङ र तिलक कार्कीले समान दुई/दुई गोल गरेका थिए । पथलैयाका लागि मानबहादुर राना र सन्तोष गुरुङले समान एक/एक गोल थपे । जगदम्बाका लागि अजित पाण्डेले सान्त्वना एक गोल फर्काए ।     जगदम्बालाई पन्छाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका रामकुमार कुमाल खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिवार बकुलिया फूटबल क्लब र राम मन्दिर युवा क्लब, अमलेखगंजबीच खेल हुने आयोजक टिमका सुनील कार्कीले जानकारी दिए ।

हरि खेतानमा बुद्धिचाल प्रतियोगिता

प्रस, वीरगंज, ११ पुस/     हरि खेतान बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सवको अवसरमा पुस १ गतेदेखि सञ्चालित अतिरिक्त क्रियाकलाप अन्तर्गत आज बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।     क्याम्पस भवनमा सम्पन्न बुद्धिचाल प्रतियोगितामा ४० जना सहभागी भएका थिए । छात्रातर्फ वाणिज्य सड्ढायकी प्रिया कण्ठ प्रथम भएको क्याम्पस प्रमुख डा.भगवानप्रसाद यादवले बताएका छन् ।     यसैगरी छात्रतर्फ कक्षा १२ विज्ञान सड्ढायमा अध्ययनरत सुरज ठाकुर प्रथम, कक्षा १२ मानविकी सड्ढायका सुबोध चौधरी द्वितीय भएका थिए ।      बुद्धिचाल प्रतियोगिताको निर्णायकमा प्राध्यापक रजनीकान्त मिश्र, राधेश्याम यादव र सुनील जैसवाल थिए ।

हिरो

– मुकुन्द आचार्य     काठमाडौंको चिसोमा जाँड नखाने त कमै पाइन्छन् । तर जाँड खाएर भाँडभैलो गर्ने पनि कमै हुन्छन् । भातको माँडको साटो जाँड खाने साहसी गोर्खाली पनि कम्ता हुँदैनन् ।     बिहानैदेखि टिल्ल भएर फतफताइरहने एउटा यस्तै चरित्र हाम्रो समाजमा ‘ट्वाँके’ को नामले सुपरिचित छ । यस्तो व्यक्तिसँग बोल्न पनि डरै लाग्छ । कतिखेर जाँडको सुरमा त्यसले के गर्छ– क्यै भन्नै, बुझ्नै गार्‍हो । त्यसैले यस्तालाई म परैबाट नमस्कार गरेर बाटो काटेर हिंड्ने गर्छु ।     एक दिन लोकल बसको हुलमा म च्यापिएर खाँदिएर उभिएको थिएँ । सास फेर्न पनि गार्‍हो थियो । कन्डक्टर बज्जिया चैं हरेक बस बिसौनीमा यात्रु हुल्न खोज्थ्यो । सिटमा बस्ने र बीचमा उभिने दुवैथरीलाई सकस थियो । उसै त बुहारी भटमास खाएकी भनेभैंm यस्तो आपतकालीन अवस्थामा कसै–कसैले अपानवायु त्याग गरेर वातावरण झन् असह्य बनाएर मर्थे । मिनीबसभित्र मिनी नर्क भोग्दै थियौं ।     म उभिएकै ठाउँमा नजिकै त्यै ट्वाँके सिटमा बसेको रै’छ । मलाई देख्नासाथ उसले भन्यो– “बाज्या १ आउनुस्, यहाँ बस्नुस् । म उभिएरै जान्छु ।” यति भनेर उसले त बलजफ्ती आफ्नो ठाउँमा बसाएरै छोड्यो । उसको हरे

द्रौपदीहरण–३

उमाशङ्कर द्विवेदी     दासीले भनी– “इन्द्रको समान पराक्रमी यी पाँच पाण्डवको अपमान गरेर जयद्रथले द्रौपदीको हरण गरेर लग्यो । हेर्नुहोस्, अहिले पनि उसको रथको लिक र सैनिकहरूको पदचिह्न टड्कारै छ । अहिलेसम्म राजकुमारी टाढा गएकी छैनन्, छिट्टै रथ फर्काएर जयद्रथलाई लखार्नुहोस्, विलम्ब नगर्नुहोस् ।”     दासीको कुरा सुनेर पाण्डवहरू क्रोधित सर्पभैंm फणा काढेर फुफ्कार्दै र आफ्नो धनुषलाई बारम्बार टड्ढार्दै त्यसै बाटोमा हिंड्न थाले । केही परसम्म हिंडेपछि जयद्रथको फौजका घोडाहरूको टापले उडेको धूलोको बादल देखियो । उनीहरूले जयद्रथको सेनाको बीचमा हिंडिरहेका धौम्य ऋषिलाई पनि देखे, जसले आर्त स्वरमा भीमलाई डाक्दै थिए । पाण्डवहरूले धौम्य ऋषिलाई आश्वासन दिए– “पुरेत बाजे, अब तपाईं सुखपूर्वक हिंड्नुहोस्, हामीहरू आइपुगेका छौं । अब तपाईं मन्दबुद्धि जयद्रथको सर्वनाश हेर्नुहोस् ।” अनि उनीहरूले एउटै रथमा आफ्नी प्रियात्मा द्रौपदी र जयद्रथलाई बसिरहेको देखेर उनीहरूको क्रोधाग्नि प्रज्वलित हुन पुग्यो । अनि त भीम, अर्जुन, नकुल र सहदेव जम्मैजनाले जयद्रथलाई युद्धको निम्ति हाँक दिन थाले । पाण्डवहरू आएको देखेर शत्रुहरूको होश नै

मिथिलाका केही सामाजिक प्रचलनहरू

Image
गताङ्कको बाँकी सनेस : सनेस शब्दको अर्थ कोसेली अथवा उपहारको रूपमा लगाउन सकिन्छ । मिथिला क्षेत्रमा कौटुम्बिक परिवारबीच परस्पर सनेस, विशेषगरी खाद्यवस्तु आदिका साथै वस्त्र पनि पठाइने गरिन्छ । यसलाई सम्मान, स्नेह, आदर, आत्मीयता र सत्कारको प्रतीक भनिन्छ । सनेस पठाइने अवसर अन्तर्गत खासगरी छोरी, बुहारीको आवागमनको अवसर हुने गर्दछ । यसका साथै शुभ सांस्कारिक अवसरहरू एवं व्रत, पर्वका अवसरहरू हुने गर्दछन् । सनेसका वस्तुहरूमा चिउरा, दही, फलफूल आदिका साथै अनेक प्रकारका पकवान तथा मिष्टान्न रहने गर्दछ । मिथिला क्षेत्रमा सनेस भनेर पठाइने पकवानमा ठकुआ, भूसबा (चामलबाट बनाइने लड्डू विशेष), पलकिया (पिरुकिया), पू (पूआ), खजूर (खजुरिया) आदि तथा मिष्टान्नमा लड्डू, बताशा, खाजा, गाजा आदि हुने गर्दछ । लड्डूमा बेसनबाट बनाइने लड्डू, जसलाई मूङबाको लड्डू भनिन्छ, यस क्षेत्रमा विशेष लोकप्रिय देखिन्छ । सनेस पठाउँदा सिन्दूर पनि पठाइने प्रचलन रहेको छ, जसलाई सौभाग्यको प्रतीक ठानिन्छ । सनेसका वस्तुलाई ढक्की आदि भाँडामा राखेर एवं भारको रूपमा समेत पठाइन्छ । यसका साथै सनेसका खाद्यवस्तुलाई छरछिमेकमा ‘बएन’ भनेर बाँड्ने गरिन्छ