(१)
माग्नु छ भने ईश्वरसँग माग बादशाह अकबर एक दिन ज·लमा आखेट गरिरहेका थिए । उनी ज·लमा भटकेर बाटो बिर्सिए । ढिलो भएपछि उनलाई प्यास र भोकले सताउन थाल्यो । यस्तो प्रतीत हुन्थ्यो कि अब उनको प्राण जानेछ । त्यसैबेला उनले एउटा खेतमा एकजना किसानलाई काम गरिरहेको देखे । उनी किसाननजिक गएर भने,“तिम्रो साथमा केही खानेकुरा छ ?”
किसानले भने,“छ नि, आऊ बस ।” किसानले बादशाह अकबरलाई आफूसँग भएको रूखोसूखो रोटी खुवाए, टाढाबाट ल्याएको पानी पनि पिलाए । खाएर–पिएर बादशाह प्रसन्न भए र किसानलाई भने,“तिमी के काम गर्छौं ।”
किसानले भने,“खेतीबारी गर्छु, धेरै कठिनतापूर्वक जीवन निर्वाह भइरहेको छ ।”
अकबरले भने,“सुन, म भारतको बादशाह हुँ । कहिल्यै पनि तिमीलाई केही आवश्यकता भए मकहाँ आगरा आउनू ।” यति भनी अकबर त्यहाँबाट हिंडे । किसानले जाने मार्ग बताइदिए ।
यो घटना घटित भएको धेरै वर्ष बितिसकेको थियो । एकपटक वर्षभरि वर्षा भएन । किसानको खेत सुख्यो । किसानले सोच्यो कि बादशाहकहाँ जान्छु र उनीसँग केही सहायता माग्छु । किसान आफ्नो गाउँबाट हिंडे र राजधानी आइपुगे । उनले त्यहाँ बादशाहको सवारी गइरहेको देखे । बादशाहको साथमा धेरै ठूलो लावालस्कर थियो । बादशाह हात्तीमा बसेका थिए । किसानले देख्नेबित्तिकै कराए,“अकबर १ ओई अकबर १”
सुन्नेहरू आश्चर्यचकित भए कि यो असभ्य व्यक्ति कहाँबाट आयो ? कसैले भन्यो,“यसको टाउको काट । यो असभ्य छ ।”
अकबरले पनि यो कुरा सुने । टाढाबाट नै उनले किसानलाई चिने । बादशाहले किसानलाई आफूनजिक बोलाए र आफूसँगै हात्तीमा पनि बसाए । जब बादशाह महल पुगे, उनले नोकरहरूलाई आज्ञा दिए,“उनी मेरो कोठामैं सुत्छन् । उनले मेरो ज्यान बचाएका थिए । मेरो कोठामा उनको लागि पल· लगाइदिनू ।” अकबरले राति किसानलाई आफूसँगै खाना खुवाए र किसान सुतिसकेपछि मात्र स्वयम् सुते ।
प्रात:काल किसान उठ्दा देख्छन् कि बादशाह एउटा कपडा बिछ्याएर त्यसमा बसेका छन् र घुँडा टेकेर, हात फैलाएर कसैसित केही मागिरहेका छन् १ वस्तुत: बादशाह नमाज पढिरहेका थिए । जब बादशाह निवृत्त भए, तब किसानले सोधे,“यो तिमी के गरिरहेका थियौं ?”
बादशाहले भने,“आशीर्वाद मागिरहेको थिएँ ।”
किसानले सोधे,“कससँग ?”
बादशाहले भने,“भगवान्सँग ।”
किसानले भने,“राम्रो ।” अनि किसान आफ्नो लठ्ठी उठाएर हिंडे ।
बादशाहले भने,“अरे, तिमी कहाँ गइरहेका छौं ? यो त बताऊ कि तिमी किन मकहाँ आएका थियौं ?”
किसानले भने,“बादशाह १ म त आएको थिएँ तिमीसँग सहायता माग्न तर यहाँ आएर देखें कि तिमी पनि माग्दा रहेछौं । अब म पनि उसैसँग माग्छु १ तिमी स्वयम् माग्नेवाला रहेछौं, तिमीसँग म के मागूँ ।”
यस्तो अटल विश्वास जसको ह्दयमा छ, ऊ नै परमात्माको उपासनाको अधिकारी हो ।
(२)
ज्ञानमयी श्रद्धा
भारतका लोकमान्य बालग·ाधर तिलक बाल्यकालमा आफ्नो गाउँमैं एकजना मौलवीसाहबकहाँ पढ्थे । प्रारम्भिक पढाइ समाप्त भएपछि उनी पढ्न पाठशाला गए । अब प्रश्न उठ्यो कि ‘मौलवीसाहबलाई के भेट दिने ?’ उनका पिताले मौलवीसाहबलाई मासिक तलबका अतिरिक्त अरू केही भेट दिन चाहन्थे ।
तब तिलकले भने,“बुबा १ उनलाई आफ्नो राम्रो दूध दिने गाई दिनुहोस् । उनले मलाई सबैभन्दा राम्रो विद्याको दूध पिलाएका छन् ।”
शिष्यको यस ज्ञानमयी श्रद्धाले पिता तथा गुरू दुवैजना पुलकित
भए ।