वीरेन्द्र यादव
१८औ सार्क सामेलन नेपालमा भएकोले समग्र नेपाली गर्वान्वित हुनुका साथै मधेसीमा एउटा विशेष प्रकारको उत्साह र अपेक्षा थियो । यस अघिको भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमणले मधेसीलाई खासै उत्साहित नपारे पनि तराईको जनकपुर र लुम्बिनीमा हुने भनिएको भ्रमणको खबरले विकासको अपेक्षा मात्र बढाएको थिएन, मधेससितको विभेद अन्त्य हुने, मधेसीको भारतसँग रहेको गुनासो अन्त्य हुने र मधेसको धार्मिक, आर्थिक एवं पर्यटकीय स्थलले अन्तर्राष्ट्रिय जगत्मा पनि पहिचान पाउने अपेक्षा थियो । यसबाट मधेसमा विद्यमान विभेद अन्त्य गर्न सरकारलाई दबाब पथ्र्यो भने आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय जगत्मा पनि मधेसको पहिचान स्थापित हुन्थ्यो । गौतम बुद्धको जन्मभूमिबारे बेलाबखत हुने गरेको बेतुक बहसले विराम पाउने थियो । यस भ्रमणले बुद्धको जन्मस्थल नेपाल भूमिमा पर्छ भन्ने कुराको वस्तुनिष्ठ आधारसहित अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाहित हुन्थ्यो । मधेसको सामाजिक कुरीति हटाउन बाहय सहयोगको सम्भावना बढ्थ्यो भने मधेसभित्रको वर्तमान शान्तिको अनुभूतिले विदेशी लगानी वृद्धि हुने सम्भावना थियो ।
विश्वकै विशालतममध्ये एक मुलुकका प्रधानमन्त्रीको आगमानले थोरै भए पनि यस क्षेत्रको विकासमा योगदान पुग्थ्यो नै । नेपालको अर्थतन्त्रको एउटा ठूलो आधार पर्यटन र रेमिटान्स हो, जुन मधेसमा न्यून छ । मोदीको यस भ्रमणले वृद्धि हुने सम्भावना थियो । खुला सीमाको कारण मधेसको शान्ति एवं आर्थिक विकासमा परेको प्रतिकूलता थोरै भए पनि कम हुने अपेक्षा थियो । किनभने २०६३ साल यता मधेसमा एउटा पनि ठूलो लगानीको उद्योग स्थापना भएको छैन तर गैरमधेस क्षेत्रमा धेरै खुलेका छन् । तराईबाट पूँजी पलायन नै भएको छ । सीमावर्ती नेपालीले छिमेकीहरूबाट पाइराखेको दु:ख परेशानी तथा हैरानीमा पनि राहत पाउने अवस्था थियो ।
भारतका प्रधानमन्त्री मोदीको मात्र होइन, समग्र सार्क राष्ट्रकै राष्ट्र तथा सरकार प्रमुखहरूलाई यस क्षेत्रको भ्रमण गराउने हो भने अझ बढी लाभ पाउने अवस्था छ । तर दुर्भाग्य भनौं जनकपुर– लुम्बिनीलगायत मोदीको भ्रमणको सम्पूर्ण तयारी भएपछि एक्कासि रद्द गरिएको छ, जुन समग्र मुलुककै लागि दुर्भाग्य हो । यद्यपि भारतीय प्रधानमन्त्रीले कुन ठाउँको भ्रमण गर्ने र कुन ठाउँको नगर्ने भन्ने कुरा भारतको नितान्त निजी मामिला हो । यसमा कुनै पनि नेपाली वा सरकारले चाहेर हुँदैन । यद्यपि भ्रमण रद्द हुनुमा भारतको आन्तरिक कारण देखाइएको छ । त्यो हुन पनि सक्छ, तर विचारणीय प्रश्न के छ भने यत्रो ठूलो मुलुकको प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेपछि रद्द हुनुमा त्यहाँको आन्तरिक कारण मात्र हुन सक्दैन । कि पहिले नै निर्णय हुने थिएन वा नेपालको कारणले जोखिम हेरी रद्द भएको हुनुपर्छ । भ्रमण रद्द हुनु अघिको हाम्रो व्यवहार पनि यसको कारक हुन सक्छ, किनभने त्यत्रो ठूलो मुलुकको प्रधनमन्त्रीको जनकपुर र लम्बिनी भ्रमणकै सन्दर्भमा सबै नेपाली नेताहरूको सर्वसम्मति भएन । मोदी प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल आउँदा पनि यहाँका नेताहरूको विराधाभासका कारण जनकपुरको मठ मन्दिरको दर्शन गर्न पाएनन् भने यस बेला पनि सरकार पक्षधर र मधेसवादीलगायत प्रतिपक्ष समेत एकमत भएका देखिएनन् । सम्बोधन कुन ठाउँमा गर्ने भन्ने कुरामा रडाँको मचाइयो । बन्द, हडतालसम्म भयो । सम्बोधनमा नै अवरोध पुर्याउने चेतावनीसम्म आयो । यस्तो अशान्त अवस्था हुने देखेपछि कुनै पनि राष्ट्रप्रमुखको लागि जोखिम बढ्छ र जोखिम मोलेर अरूको विकासको लागि कोही आउँदैन । मोदीको भ्रमणको लागि मधेसवादी दलहरूबीच जुन खाले चासो र सरोकार हुनुपथ्र्यो त्यो पनि भएन । भारतीय साधुसन्त जन्ती नै आएको बखत भ्रमण टोली आउने अवसर जुरे पनि एक्कासि रद्द हुनुबाट भारतीय पक्षभन्दा नेपाली पक्षकै कमजोरी बढी लाग्छ । भ्रमण रद्द हुनुमा कुनै ठोस कारण पनि नरहेको अवस्थामा सरकारद्वारा जोडदार अनुरोध भएको देखिएन । यस अवस्थामा भ्रमण रद्द हुनु अस्वाभाविक होइन । जे होस् जसको कारणले मोदीको जनकपुर भ्रमण रद्द भए पनि त्यसबाट मधेसले नै अवसर गुमाएको छ । यसले नेपाल सरकारको मात्र होइन मधेसवादी दलहरूको पनि असफलता पुष्टि हुन्छ । मधेसको विकासमा अझ हृदय खोलेर नलागेको पनि सन्देश प्रस्फुटित हुन्छ । जुन मधेससित अन्याय हो । एक्कासि भ्रमण रद्द हुनुले समग्र मधेसीमा पिर परेको छ । सरकारबाट निराश भएका छन् ।
२००७ सालमा दुवै अप्रजातान्त्रिक शासकको अन्त्य पछि दुवै शासकले गरेको हजारौ निर्णय परिवर्तन गरियो विभिन्न खाले विकासको लहर छायो तर मधेस जहाँको त्यहीं रहयो । यसमा नेपाल सरकार तथा भारत दुवैसित मधेसीको गुनासो रहँदै आएको छ । मधेसको विकासमा भारतले पनि खासै चासो नराखेको आरोप छ । भारतका महान् विद्वान्हरूले भारतीय जनताको भाषा, संस्कृतिलगायत संरक्षण गर्ने प्रयास गरे भने नेपाली शासक र गैरमधेसी विद्वान्ले गैरमधेसीको भाषा, संस्कृति, रहनसहनको संरक्षण गर्ने कार्य गरे तर मधेसको भाषा, संस्कृतिको जर्गेना गर्न कोही अघि सरेन । रामायण, महाभारतजस्ता धार्मिक ग्रन्थहरू तयार भए, तर मधेसीहरूको कला, संस्कृति र कुलदेवताहरूको चर्चा गरिएन । कारिक महाराज, गोविन महाराज, सलेश सोखा, बनि गोरयाजस्ता घरदेवताको नाम ईश्वरको रूपमा उच्च आस्थाका साथ मधेसी समुदायको मान्यतामा परेको छ, त्यस्तै अनेकौ देवी देवताको नाम मधेसी समुदायले उच्च आस्थाका साथ मान्दै आएको छ, तर कुनै पनि धार्मिक ग्रन्थहरूमा तीबारे उल्लेख नहुनुले मधेसी सुमदायको धार्मिक आस्था पनि विकासको मामिलामा पछाडी पारियो । मधेस क्षेत्रमा विभिन्न सीमान्त ठाउँहरूमा सिमानाको बीस–पचीस मिटर दक्षिणपट्टि अग्लो, ठूलो बाँध तटबन्ध गरी मधेसलाई डुबानमा पारेको पनि दृष्टान्त छ भने मधेस भूमिको सुरक्षा निम्ति सिमाना पनि स्पष्ट पार्ने कार्य गरिएको छैन । कहिले सुस्ता त कहिले कञ्नचपुर त कहिले बारालगायत मधेस भूमिमा भारतीय पक्षबाट अतिक्रमण भएको आरोप छ । गण्डकी, कोशी, महाकालीजस्ता समझौताहरूबाट अन्य क्षेत्रभन्दा बढी मधेस तथा मधेसीले नै नोक्सानी उठाएको गुनासो छ । भारतीय पूँजीपति नेपालमा प्रवेश गरी व्यापार गर्दछन् तर आम्दानी भारत लग्ने र रोजगार भारतीय जनतालाइ दिने गरेको पनि शिकायत छ । भारतीय कम्पनीमा भारतीय कर्मचारीलाई बढी तथा नेपाली कर्मचारीलाई कम तलब दिने गरिएको मधेसी युवाहरूको गुनासो छ । खुला सिमाना भएको कारण कृषि उत्पादन लगायत अधिकांश उत्पादन मधेसमा प्रवेश गरी नेपाली उत्पादनलाई विस्थापित गर्दा मधेस नोक्सान उठाउन बाध्य छ । मधेसको वनज·लको राम्रो काठलगायत तस्करी भई भारत पुग्छ भन्ने हजारौ गुनासा आम जनताको थियो ती सम्पूर्ण गुनासाहरूको हल मोदी भ्रमणले दिन सक्थ्यो । यस दृष्टिले पनि मोदीको भ्रमण रद्द हुनुले मधेसलाई ठूलो आर्थिक नोक्सानी पुगेको भन्न सकिन्छ । यसको सोधभर्ना निम्ति भारतीय प्रधानमन्त्रीले एकपटक मधेसको धार्मिक स्थलहरूको मात्र होइन, सीमावर्ती क्षेत्रकै भ्रमण गर्दा उपयुक्त हुन्छ । त्यस्तो वातावरण निर्माणमा दुवै सरकार तथा मधेसवादी दलहरूको भूमिका महत्त्वपूर्ण हुनेछ । मोदीको भ्रमण रद्द भएबाट निराश हुनुको सट्टा अर्को विस्तृत भ्रमण गराउने उपयुक्त समय र वातावरण बनाउन सम्बद्ध सबै सरोकार समूह सक्रिय हुनुपर्छ । सबै शक्ति एकमत भएर स्वागत गर्न तयार हुनुपर्छ ।