प्रस, वीरगंज, १३ मङ्सिर/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले रामजानकी विवाहको जन्तीलाई जनकपुरबाट अयोध्या फकिर्ने क्रममा वीरगंजमा भव्य स्वागत गरेको छ ।
सेवा केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविणा दिदीले जन्तीमा सहभागी महामण्डलेश्वर, गुरु, साधु, सन्तहरूलाई आत्मस्मृतिको टीका लगाइ स्वागत गरेकी थिइन् ।
सो अवसरमा ब्रह्माकुमार जीतेन्द्र तथा गोवर्धन चौधरीले फूलमालाले जन्तीलाई स्वागत गरेका थिए ।
समारोहमा एभरेस्ट सुगर मिल, गौशालाका सञ्चालक ओमप्रकाश सर्राफ, वीउवासङ्घका पूर्वअध्यक्ष गणेश लाठलगायतका उद्योगी, व्यपारी तथा राजयोगी भाइबहिनीहरूले रामजानकीको जन्तीलाई स्वागत तथा सम्मान गरेका थिए ।
साधु महासङ्घद्वारा स्वागत रामजानकी विवाह जन्ती यात्रा आज वीरगंज हुँदै भारत फर्किएको छ । वीरगंजमा जन्ती आइपुग्दा नेपाल साधु महासङ्घले घण्टाघर चोकमा स्वागत गरेको थियो ।
राम जन्मभूमि अयोध्याबाट मङ्सिर १ गते जनकपुरका लागि आएको जन्ती आज वीरगंज हुँदै पुन: अयोध्या फर्केको हो । जन्तीका सहभागीहरूलाई बाजागाजासहित फूलमाला लगाएर वीरगंजमा स्वागत गरिएको थियो । जन्तीमा १५१ जना साधुसन्त रहेका नेपाल साधु महासङ्घले जनाएको छ ।
बाबा राजेन्द्रसिंह बाबा सुनीलजीको नेतृत्वमा सो जन्ती जनकपुर गएको थियो ।
जन्ती तीन घण्टा जाममा
राजेश केशरीवाल, रक्सौल/
रामजानकीको जन्ती वीरगंज हुँदै रक्सौलतर्फ जाने क्रममा आज तीन घण्टा जाममा परेको छ ।
नेपाल भन्सारदेखि भारतीय रेलवे ढालासम्म सडकजाम थियो । नेपाल भन्सारदेखि शड्ढराचार्य प्रवेशद्वारसम्म पुग्न मात्रै सवा घण्टा लागेको जन्तीमा सहभागी बाबाहरूले बताए ।
जन्तीका केही सवारी पहिले नै रक्सौल पुगिसकेका थिए भने अधिकांश सवारी जाममा परेका थिए ।
नेपाल–भारत सीमामा खटिएका सुरक्षाकर्मीहरूले जाम हटाउने प्रयास गरे पनि उनीहरूबाट पार लाग्न सक्ने अवस्था थिएन । यति ठूलो जन्ती आउनेबारे अग्रीम जानकारी हुँदाहुँदै पनि सम्बन्धित सडक क्षेत्रको व्यवस्था नमिलाएको कारण समस्या भएको वीरगंजका बासिन्दाहरूले गुनासो गरेका छन् । नागरिकको सम्मानले प्रफुल्लित रामजानकीका जन्तेहरू सुरक्षाकर्मीको अदूरदर्शिताका कारण जाममा परेर धूलोले निसासिएपछि निराश देखिएका रक्सौलका बासिन्दाहरूको टिप्पणी छ ।