- उमाशङ्कर द्विवेदी
कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा थिए । शिलोञ्छवृत्ति (खेतमा खसेको अन्नको बाला टिपेर त्यसको अन्नको सङ्ग्रह गरेर जीविका चलाउने वृत्ति)ले उनको जीविका चल्दथ्यो । पन्ध्र दिनको सङ्ग्रहपछि एक द्रोण (अन्न राख्ने भाँडोविशेष) अन्न जम्मा हुन्थ्यो । त्यसै अन्नले उनी ‘इष्टिकृत’ नामक यज्ञ गर्दथे तथा पन्ध्रौं दिन प्रत्येक औंसी र पूर्णिमाको दिन ‘दश–पौर्णमास’ यज्ञ गर्दथे । यज्ञमा देउता तथा अतिथिहरूलाई दिनमा उब्रेको अन्नले उनी आफ्नो परिवारसहित निर्वाह गर्दथे । उनको परिवारमा पत्नी, छोरा तथा स्वयम् उनी गरी जम्मा तीनजना थिए । तीनैजना पक्षमा केवल एक दिन मात्र एक छाक खान पाउँदथे । उनको प्रभाव यस्तो थियो कि प्रत्येक पर्वको दिन देवराज इन्द्र स्वयम् उपस्थित भएर आफ्नो भाग लिन्थे । यस प्रकारले मुनिवृत्तिले बस्नु र प्रसन्नचित्तले अतिथिहरूलाई अन्न दान दिनु, यही उनको जीवनको व्रत थियो । कसैप्रति कुनै पनि किसिमको द्वेष नगरेर बडो शुद्धभावले उनी दान दिन्थे । त्यसैले एक द्रोण अन्न पन्ध्र दिनभरिमा कहिले पनि सिद्धिदैन्थ्यो, उल्टै बरोबर बढ्दथ्यो । ढोकामा अतिथिलाई देखेर त्यस अन्नको अवश्य पनि वृद्धि हुन्थ्यो । सयकडौं ब्राह्मण र विद्वान त्यस अन्नबाट भोजन पाउँदा पनि कमी भने हुँदैन्थ्यो ।
मुनिको यस व्रतको ख्याति धेरै टाढासम्म फैलिसकेको थियो । एक दिन उनको कीर्तिकथा दुर्वासा ऋषिको कानमा पनि पर्यो । उनी ना·ै बहुलाहाभैंm भेष बनाएर खौरिएको कपाल तथा कटुवचन फलाक्दै त्यहाँ आइपुगे । आउँदै भन्न थाले– “विप्रवर तपाईंलाइ थाहा हुनुपर्दछ कि म यहाँ भोजन पाउने इच्छाले आएको छु ।” मुद्गलले भने– “म तपाईंको स्वागत गर्दछुु ।” अनि उनले पाद्य, अघ्र्य, आचमीय आदि पूजन सामग्री अर्पण गरे । तत्पश्चात् उनले भोका अतिथिलाई बडो श्रद्धाले भोजन पस्केर खुवाए । श्रद्धापूर्वक प्राप्त त्यो अन्न बडो सरस थियो, मुनि त भोका छँदै थिए, जम्मै खाइदिए । मुद्गलले उनलाई खाना थप्दै गए, मुनि खाँदै गए । अन्त्यमा उठ्न थालेपछि भुइँमा खसेका तथा थालमा उब्रेका खानाका सिताहरूलाई टिपेर आफ्नो शरीरमा पोती लत्पत्याए र जताबाट आएका थिए उतै फर्किहाले । दोस्रो पर्वमा पनि दुर्वासा ऋषि आइपुगे र त्यसैगरी खानापान गरेर फर्किए । मुद्गल मुनि सपरिवार भोकै बस्नुपर्यो । उनले फेरि अन्नको सङ्ग्रह गर्न थाले । स्त्री तथा पुत्रले पनि उनलाई सघाए । भोकले उनको मनमा अलिकति पनि विकार वा खेद भएन । क्रोध, ईष्र्या वा अनादरको भाव पनि उठेन । अर्को पर्वको अवसरमा दुर्वासा ऋषि फेरि प्रकट भए । यस प्रकारले उनी छवटा पर्वसम्म निरन्तर आइरहे तथा भोजन पाइरहे । मुद्गल मुनि सपरिवार भोकभोकै बस्नुपर्यो तर मुद्गल मुनिको मनमा कहिले पनि कुनै विकार वा द्वेष उत्पन्न भएन बरु उनको चित्त शान्त तथा निर्मल भइरह्यो ।
यो देखेर दुर्वासा ऋषि अत्यन्त हर्षित भए । उनले मुद्गल मुनिलाई भने– “मुने, यस संसारमा कोही पनि तपाईंजस्तो दाता छैन । भोकले ठूल्ठूला मानिसहरूको धार्मिक विचारलाई हल्लाउन सक्दछ र धैर्यको हरण गर्न सक्दछ । जिब्रो रसना पो हो, यसले सधैं रसको आस्वादन गर्न चाहन्छ । भोजनले प्राणीहरूको प्राणको रक्षा हुन्छ । मन त यति चञ्चल हुन्छ कि यसलाई वशमा राख्न अत्यन्त कठिन हुन्छ । मन र इन्द्रियहरूको एकाग्रतालाई नै तप भनिन्छ । यी जम्मै इन्द्रियहरूलाई वशमा राखेर भोकको कष्ट सहन गर्दै धनलाई शुद्ध ह्दयले दान गर्नु अत्यन्त कठिन काम हो तर तपाईंले यो सबै कुरा सिद्धि गरिसक्नुभएको छ । तपाईंसित भेटेर म अत्यन्त प्रसन्न भएको छु । इन्द्रिय विजय, धैर्य, दान, शम, दम, दया, सत्य र धर्म आदि जम्मै तपाईंमा पूर्णरूपेण विद्यमान छ । तपाईंले आफ्नो शुभकर्मले जम्मै लोकमाथि विजय प्राप्त गरिसक्नुभयो, परम पद पाइसक्नुभयो । देउताहरूले पनि तपाईंको दानको महिमा गाएर त्यसको सर्वत्र घोषणा गर्दैछन् ।”
दुर्वासा ऋषिले यति कुरा गर्दागर्दै देउताहरूका एकजना दूत एउटा विमानको साथ त्यहाँ आइपुग्यो । त्यस विमानमा दिव्य हंस र सारस चरा जोतिएका थिए तथा त्यसबाट दिव्य सुगन्ध फैलिरहेको थियो । त्यो रथ हेर्नमा बडो विचित्र तथा इच्छागामी थियो । देवदूतले महर्षि मुद्गलसित भने– “मुने, यो विमान तपाईंको शुभकर्मले तपाईंलाई प्राप्त भएको छ, तपाईं यसमाथि बस्नुहोस् । तपाईंले सिद्धि प्राप्त गरिसक्नुभएको छ ।” देवदूतको कुरा सुनेर महर्षिले देवदूतसित भने– “देवदूत, सत्पुरुषहरूमा सात पाइला एकसाथ हिंड्दा नै मित्रता भइहाल्दछ । त्यसै मैत्रीलाई सामुन्ने राखेर म तपाईंसित केही प्रश्न सोध्दैछु, उत्तरमा जुन सत्य हितकर कुरा हो त्यो बताउनुहोस् । तपाईंको कुरा सुनेर अनि आफ्नो कर्तव्य निश्चित गर्नेछु । प्रश्न यो छ कि स्वर्गमा के सुख छ र के दु:ख छ ?” क्रमश...