प्रस, वीरगंज, ११ मङ्सिर/
जिल्ला प्राकृतिक प्रकोप व्यवस्थापन समितिको बैठक जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ ।
बैठकमा चिसो बढ्नु अघि नै चिसोबाट पर्सेली जनतालाई कसरी जोगाउनेबारे छलफल भएको छ । छलफलको क्रममा पर्सा जिल्लाको नगरदेखि गाउँसम्म चोक चौराहामा दाउरा वितरण गरिने, न्यानो कपडा तथा जाडोबाट बच्नको लागि जनचेतनामूलक सामग्री, पर्चा पम्पलेट विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बैठकबाट निर्णय गरिएको छ ।
बैठकमा दैविप्रकोप व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विगतमा भएको कमी–कमजोरीलाई सच्याउँदै अगाडि बढ्न सम्पूर्ण निकायलाई आग्रह गरेका थिए । तराईका जिल्लाहरूमा खास गरेर शीतलहरको बेला र यसबाट जोगिन सम्पूर्ण सुरक्षा निकायलाई आफ्नो क्षेत्रको जनतामा चेतना जगाउने कार्यक्रम लैजान आग्रह गरेका थिए । दैवीप्रकोप व्यवस्थापन समितिमा सदस्य रहेका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले जिम्मेवारी पाएको कार्य निर्वाह गर्न आग्रह गरेका थिए ।
गत वर्ष काठ–दाउरा वितरणमा देखिएको पक्षपात यसपालि नहुने र जनताले चाहे बमोजिम शीतलहरको बेला काठ–दाउरा वितरण गर्ने बताएका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी गुरु सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा, प्रहरी उपरीक्षक दिवेश लोहनी, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फूलमहम्मद मियाँ, बरख गणका क्याप्टेन दिपेश विष्ट, जिल्ला वन कार्यालयका प्रमुख राजबहादुर राउत, वीउमनपाका प्रकाश अमात्य, वीउवासङ्घका प्रतिनिधि शम्भुप्रसाद गुप्तालगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले गरेका थिए ।