- विश्वराज अधिकारी
यो आलेख तयार परिरहँदासम्म काठमाडौंमा १८ औं सार्क सम्मेलन आयोजना गर्न सरकारी एवं नागरिक, दुवै स्तरमा भव्य तयारी चलिहरेको छ । मङ्सिर १० र ११ गते दुई दिनमा सम्पन्न हुने यस सम्मेलनका लागि, नेपालले आफ्ना स्रोत र साधनहरूले भ्याएसम्म, भव्य तयारी गरेको छ । नेपालले गरेको तयारी हेर्दा र सार्क सम्मेलन सम्बन्धी आएका समाचार, विचार आदिको विश्लेषण गर्दा नेपालले यो १८ औं सम्मेलन मात्र होइन, सार्क स·ठनलाई पनि अति महत्त्व दिएको सरल किसिमबाट अनुमान गर्न सकिन्छ । साथै नेपालले सार्क स·ठनबाट ठूलो अपेक्षा राखेको पनि प्रस्ट हुन आउँछ । नेपालमा छोटोछोटो अवधिमा हुने सरकार परिवर्तन, सत्ता लिप्साका कारण नेताहरूमा हुने विग्रह र कलह, अस्थिर राजनीति एवं कमजोर सरकार आदिको कारण नेपालले सार्कको उपयोग आफ्नो हितमा बढी मात्रामा गर्न नसक्नु विश्लेषणको अर्काे पाटो हो तर वर्तमान स्थितिमा र यो सरकारले यो सम्मेलन सफलतापूर्वक आयोजना गर्न जुन किसिमको हौसल र तत्परता देखाएको छ, त्यसले यो मुलुकले सार्क स·ठनबाट ठूलो अपेक्षा राखेको र साथै सार्क सम्मेलनलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाएको प्रस्ट हुन आउँछ । नेपालको यस्तो अपेक्षा सार्कले कसरी पूरा गर्ने हो त्यो भने भविष्यले देखाउने छ ।
ब·लादेशको राजधानी ढाकामा भएको पहिलो शिखर सम्मेलन (ठ–ड म्भअझदभच, ज्ञढडछ) र सो सम्मेलनमा जारी भएको ‘ढाका घोषणा’ बाट सार्क स·ठन विधिवत अस्तित्वमा आएको हो । स्थापनाकालदेखि नै यसले सदस्य राष्ट्र
(नेपाल, भारत, पाकिस्तान, ब·लादेश, श्रीलड्ढा, भुटान र मालदिभ्स) बीच कृषि एवं ग्रामीण विकास, जैविक प्रविधि, संस्कृति, अर्थतन्त्र एवं व्यापार, शिक्षा, ऊर्जा, वातावरण, वित्त, कोषप्रवाह पद्धति, सूचना, सञ्चार तथा सञ्चार माध्यम, व्यक्ति–व्यक्तिबीच सहयोग, गरिबी निवारण, विज्ञान एवं प्रविधि, सुरक्षा, सामाजिक विकास, पर्यटन आदि जस्ता क्षेत्रहरूमा एक अर्कालाई सहयोग पुर्याउने र ती क्षेत्रहरूको विकासमा मिलेर कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै आएको छ । तर भारतको शहर बंगलोरमा सन् १९८६ मा भएको दोस्रो शिखर सम्मेलनदेखि माल्दिभ्सको शहर एडु शहरमा सन् २०११ मा भएको सत्रौं सम्मेलनसम्मको स्थितिलाई हेर्दा सार्क स·ठनले कुनै उल्लेखनीय उपलब्धि हासिल गरेको देखिंदैन । सार्क क्षेत्रका गरिबहरूको जीवनमा कुनै ठूलो सकारात्मक परिवर्तन ल्याउन कुनै किसिमको भूमिका खेलेको पनि देखिंदैन । जबकि सार्कलाई ‘गरिबहरूको स·ठन’ पनि भन्ने गरिन्छ । हुन पनि यसका क्रियाकलापहरू पनि मुख्यगरी गरिबी निवारणमा केन्द्रित हुनुपर्ने हो । यस क्षेत्रका निर्धनहरूको जीवन अति नै कष्टकर छ । वर्षाैको गृह युद्धले अफगानी अर्थतन्त्र त झन चुँडिएको स्थिति छ जुन विस्तारैविस्तारै जोडिने क्रममा छ ।
सार्कको स्थापना कालदेखि अहिलेसम्मको स्थिति हेर्ने हो भने समय समयमा कुनै एक सदस्य राष्ट्रको एक शहरमा सार्क राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू जम्मा हुने र उनीहरू बीच भेटघाट भई हालखबर आदानप्रदान हुनेबाहेक सार्क स·ठनबाट केही खास उपलब्धिमूलक कार्य हुन सकेको छैन ।
सार्कले यस क्षेत्रको गरिबी निवारणमा उल्लेखनीय भूमिका खेल्न नसक्नुको मुख्य कारण सार्क राष्ट्रहरू बीच सुमधुर सम्बन्ध नहुनु हो, केही सदस्य राष्ट्रहरूबी पारस्परिक शड्ढाको दृष्टि राख्नु हो । परम्परागत शत्रुताको मानसिकताबाट बाहिर आउन नसक्नु हो । सदस्य राष्ट्रहरूबीच सुमधुर सम्बन्ध नभएकोले न गरिबी निवारण सम्बन्धी नयाँ साझा प्रतिबद्धताहरू निर्माण हुन सकिरहेका छन्, न पहिले निर्माण भएका प्रतिबद्धताहरूको कार्यान्वयन हुन सकेको छ । गरिबी निवारण एक यस्तो बृहत् एवं चुनौतीपूर्ण मुद्दा हो, जसले सार्कका सदस्य राष्ट्रहरूबीच अनेक क्षेत्रहरूमा साझा धारणा एवं सहकार्यको जोडदार अपेक्षा गर्दछ ।
भारत–पाकिस्तान विभाजन कालदेखि नै, भारत र पाकिस्तानबीच समधुर सम्बन्ध कायम हुन सकेको छैन । यी दुई देशका नागरिकले जनस्तरमा सम्बन्ध सुमधुर बनाउन खोजे पनि दुवै मुलुकतिर सक्रिय स्वार्थी शक्तिहरूले यी देशहरूबीच राम्रो सम्बन्ध कायम हुन दिइरहेका छैनन् । ती स्वार्थी शक्ति वा तत्त्वहरूले यी दुई देशबीच फाटो बढ्नुमा नै आफ्नो फाइदा देख्छन् । कश्मीर–समस्या त झन् भारत र पाकिस्तानका लागि यस्तो घाउ हुन पुगेको छ, जसलाई दुवै देशले मलम लगाएर कम पार्न त सक्छन् तर सधैंका लागि निको भने पार्न सक्तैनन् । अर्थात् समस्या समाधानको दिशातर्फ अग्रसर हुन सक्छन् तर समाधान गर्न सक्तैनन् । यो समस्या समाधान गर्न दुवै पक्षले ठूलो सदाशयता देखाउनुपर्ने हुन्छ । त्यस्तो हुन सकिरहेको छैन । तर यो घाउ भने बेलाबेला बल्झिने गर्दछ । यसैगरी भारतको सहयोगमा तत्कालीन पश्चिमी पाकिस्तानबाट छुट्टिएर पूर्वी पाकिस्तान हालको ब·लादेश बन्दा पनि भारत र पाकिस्तानबीच मात्र होइन पाकिस्तान र ब·लादेशबीचको सम्बन्ध पनि अमिलो हुन पुगेको थियो । सुमधुर सम्बन्धको कुरा गर्ने हो भने विश्लेषकहरू भन्छन्– ब·लादेश र भारतबीचको सम्बन्ध पनि सौहार्दपूर्ण छैन । र यसका कारणहरू पनि अनेक छन् । केही सतहमाथि छन् भने केही सतहमुनि । चकमा शरणार्थी समस्याले पनि ब·लादेश र भारतबीचको सम्बन्धलाई प्रभाव पारेको छ । तालिबान र अफगानिस्तानभित्र हुने विभिन्न किसिमका हिंसापूर्ण घटनाहरूलाई लिएर पाकिस्तान र अफगानीस्तानबीच बेला बेलामा कटुता उत्पन्न हुने गर्दछ । साझा सिमाना र साझा संस्कृति रहेका यी दुई मुलुकबीच जति सुमधुर सम्बन्ध हुनुपर्ने हो त्यति हुन सकेको छैन । श्रीलड्ढमा, भेलुपिल्लई प्रभाकरनको नेतृत्वमा लिबरेशन टाइगर्स अफ तमिल इलमले छुट्टै तमिल राज्य स्थापना गर्न चलाएको जुन आन्दोलन थियो, त्यसलाई बलपूर्वक दबाउन त्यहाँका राष्ट्रपति महिन्दा राजपाक्षेले शक्तिको अति प्रयोग गरे भन्ने कुरामा धेरै भारतीय नेताहरू विश्वास गर्छन् । यसैगरी नेपाली मूलका धेरै भुटानी नागरिकलाई भुटान सरकारले भेदभावपूर्ण व्यवहार गरेर भुटान छाडी शरणार्थी हुन बाध्य पार्यो । नेपाली मूलका धेरै भुटानी नेपालमा मात्र होइन, विश्वका अनेक राष्ट्रहरूमा पुगेर शरणार्थी जीवन बिताउन विवश हुनुपर्यो । तर देश फर्किन चाहने ती शरणार्थीहरूलाई भुटान सरकारले फर्किन दिनुपथ्र्याे । भुटान सरकारले त्यस्तो गर्न दिएन । भुटानको यो कार्यले धेरै नेपालीहरूको मन दुखेको छ । अर्काेतिर भुटान नेपालसँग ‘ओषधी सेवनको सम्बन्ध’ राख्न चाहन्छ । अर्थात् आवश्यक परेको बेला नजिक हुने नत्र टाढै बस्ने नीति राख्दछ । नेपालसँगको सम्बन्ध घनिष्ठ भएमा नेपाली मूलका भुटानीहरूले भुटानमा गडबड गर्ने मानसिकताबाट भुटान बाहिर आउन सकेको छैन ।
सार्क स·ठनका सदस्य राष्ट्रहरूबीच केवल कटुतापूर्ण सम्बन्ध छ भन्ने कुरा मात्र देखाउन खोजिएको होइन र त्यसका लागि विभिन्न उदाहरणहरू पेश गरिएको पनि होइन । देखाउन के खोजिएको हो भने सार्क स·ठनका सदस्य राष्ट्रहरूबीच अनेक आग्रह र पूर्वाग्रहहरू छन् र ती आग्रह र पूर्वाग्रहहरूले सार्क स·ठनका सदस्य राष्ट्रहरूबीच एक अर्कालाई सहयोग गर्ने सन्दर्भमा साझा दृष्टिकोण र साझा प्रतिबद्धता निर्माण हुन दिइरहेका छैनन् । यी कारणहरूले गर्दा सार्क स·ठनले आफ्नो स्थापनालाई उपलब्धिमूलक बनाउन सकेको छैन । न भविष्यमा बनाउने सम्भावना नै देखिन्छ । त्यस कारण सार्क स·ठनलाई अर्थपूर्ण पार्नका लागि सार्कले केवल आर्थिक क्षेत्रमा मात्र आफूलाई केन्द्रित गर्नु उचित एवं प्रभावकारी देखिन्छ । राजनैतिक, सामाजिक, सांस्कृतिक आदि आदि विषयलाई महत्त्व नदिएर केवल आर्थिक क्षेत्रमा र आर्थिक क्षेत्रमा पनि बढी मात्रामा व्यापारमा केन्द्रित हुन आवश्यक देखिन्छ । राजनीतिलाई त सार्कले सधैंका लागि अलग राखे हुन्छ किनकि राजनैतिक मुद्दा सम्बोधन गर्नु आफ्नो अस्तित्व समाप्त पार्ने दिशामा अग्रसर हुनु हो ।
विश्व व्यापार स·ठनले जुन किसिमको कार्यलाई आफ्नो उद्देश्य र प्राथमिकताको सूचीमा राखेको छ सार्कले पनि त्यसै किसिमबाट केवल व्यापार सम्बन्धी कुराहरूलाई मात्र आफ्नो उद्देश्य र प्राथमिकतामा राख्न आवश्यक छ । सार्कले आफ्नो ध्यान सदस्य राष्ट्रहरूबीच रहेका विभिन्न किसिमका व्यापार बाधा (त्चबमभ दबचचष्भचक) हरू हटाउन वा कम पार्न, सदस्य राष्ट्रका नागरिकहरू एक अर्काको राष्ट्रमा सजिलै जान पाउने पार्न, सदस्य राष्ट्रहरूबीच खरिदबिक्री सरल तुल्याउन, एक देशको सामान अर्काे देशमा सरल किसिमले प्रवेश दिलाउनेतर्फ केन्द्रित गर्न आवश्यक छ । सदस्य राष्ट्रहरू बीच हुने आर्थिक कारोबारलाई सरल किसिमले सम्पन्न गराउन सदस्य राष्ट्रका केन्द्रीय एवं व्यापारिक बैंकहरूबीच प्रभावकारी सहकार्य एवं समन्वय गराउन अग्रसर हुनुपर्ने देखिन्छ । यस्तो गर्न सके मात्र सार्कको स्थापनालाई अर्थपूर्ण र सार्क क्षेत्रको गरिब जनताको हितमा सार्थक तुल्याउन सकिन्छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm