रामेश्वर मेहता, सिम्रौनगढ/
बलिप्रथाको लागि चर्चित बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा यसपटक पनि राँगाको ठेक्का सफल हुन सकेन । पछिल्लोपटकको मेलामा नेपाल–भारतका दलितहरूले सिनो लिने अडानका बावजुद रु. ४१ लाखमा राँगाको ठेक्का लागेको थियो । यसपटक दलितहरूले सिनो बहिष्कार घोषणा गरेपछि रु. १ करोड ६० लाखमा ठेक्का लागेको थियो ।
तर सिनो बहिष्कार गरेका नेपाल–भारतका दलितहरू आज एकाबिहानै राँगाको बलिदान हुने स्थानमा पुगेर सिनोको लागि विवाद खडा गरेका थिए । दिनभरि विवाद भएपछि समितिले दलितहरूको दबाब थेग्न नसकी साँझपख सिनो दलितहरूलाई दिने निर्णय गरेको थियो । राँगाको ठेकेदारमध्येका धीरज सहनीले बिहान साढे आठ बजेदेखि राँगाको बलि शुरू भएपछि दलितहरूले सिनोका लागि विवाद गरेका र आफूहरू सिनो उठाउन तयारी अवस्थामा रहे पनि उठाउन नसकेको बताए ।
उनले सिनो उठाउनका लागि १२ सय कामदार, ४० वटा ट्रक र ट्रयाक्टरका साथै कलैयामा २ वटा र परवानीपुरमा १ वटा कोल्डस्टोरेजको व्यवस्था गरिएको बताए । उनले बलि चढेको राँगाको पेट काटेर आन्द्राभुँडी निकाली त्यसमा बरफ राखी कलैया र परवानीपुरको कोल्डस्टोरेजमा सञ्चय गर्ने र त्यहाँबाट छाला हटाएर मासु बिक्री गर्ने योजना रहेको बताए । दलितहरूले सिनो उठाउन समितिले निर्णय गरेपछि आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको ठेकेदार सहनीको गुनासो छ ।
ठेक्कासहित सम्पूर्ण खर्चको आकलन गर्दा करिब साढे तीन करोडको घाटा हुन सक्ने प्रारम्भिक अनुमान रहेको ठेकेदार सहनीले प्रतीकलाई बताए । समितिले ठेक्काबापतको रकम बुझेर सम्झौता गर्दा राँगाको बलिका लागि स्थान दिने, सुरक्षा दिने र आवश्यक सबै सेवासुविधाहरू उपलब्ध गराउने लिखत गरेको भएपनि सिनो उठाउने बेलामा विवाद साम्य पार्न नसकेको, सम्झौताबमोजिमको सुरक्षा दिन नसकेको सहनीले आरोप लगाए ।
गत मेलामा दलितहरूले सिनो लुटेर लग्दा पनि करिब २३ सय सिनो उठ्न सकेको थिएन । अत्यधिक दुर्गन्ध फैलिएपछि तत्कालीन मेला समितिले खाल्डो खनेर सिनो व्यवस्थापन गर्नुपरेको थियो ।