$type=ticker$count=12$cols=4$cate=0

समाजमा अपहेलित शूद्र

SHARE:

- शीतल गिरी
    शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी १८४७ ईं. मा रौथले (शब्रह्म एन्ड डाइ ब्राह्मनेन साइटशिफ्ट डेर डोयचेन मेर्गेनलेंडिशेन गजेलशाफ्ट बर्लिन) सड्ढेत गरेका थिए । त्यस समयदेखि सामान्यतया यस्तो विचारधारा चल्दै आएको छ ब्राह्मणकालीन समाजको चौथो वर्ण मुख्यतया आर्येतर मानिस थिए । अथर्ववेदमा पनि दोहर्‍याएको छ, आर्यको देवता इन्द्रलाई दासको विजेताको रूपमा चित्रित गरिएको छ । यस्तो दास मानिस नै थिए जस्तो लाग्दछ । वेदमा इन्द्रले अधम दास वर्णलाई गुफामा बस्न बाध्य पारे भनी भनिएको छ । वेदमा दासको अपेक्षा दस्युको विनाश र तिनीहरूलाई पराधीन बनाउने चर्चा धेरै छ ।
    दस्युहरूका रहनसहनको तरिकाबाट पनि आर्य उनीहरूका बैरी बने । ह्वीलरको दि इन्डस सिभिलाइजेशन अनुसार आर्य पशुपालनमा आधारित जनजाति र अस्थायी जीवनक्रम देशीय संस्कृतिको स्थायी एवं जीवनबाट बेमेल थिए । अथर्ववेदमा इन्द्रबारे भनिएको छ कि ऊ दास र आर्यलाई विभेद गर्दै यज्ञस्थलमा आउँदथ्यो । ऋग्वेदको सातौं मण्डलको एउटा संपूर्ण सूक्त आक्रतुन, अश्रद्धान, अयाज्ञान र अयज्वान जस्तो विशेषणको शृङ्खला मात्र हो । यसको प्रयोग दस्युहरूका लागि पूर्णरूपमा यो सिद्ध गर्नको लागि गरिन्थ्यो कि उनीहरूलाई यज्ञ मन पर्दैन । यज्ञपरायण आर्य र यज्ञविमुख दस्युहरूबीच अन्तर गर भनी इन्द्रसँग भनिएको छ । अनिद्रा (इन्द्रलाई नमान्ने) शब्दको प्रयोग थुप्रै ठाउँमा गरिएको छ, र अनुमानत: यसबाट दस्यु, दास र सम्भवत: केही फरक मतावलम्बी आर्यको बोध हुन्छ । अथर्ववेदको दशौं मण्डलमा उल्लेख भए अनुसार ‘अंगिरस’ मुनिसँग एउटा परम शक्तिशाली रक्षाकवच (जन्तर) थियो जसबाट उनले दस्युहरूको किल्ला ध्वस्त गर्न सक्दथे भन्ने गरिन्छ । ऋग्वैदिक युगमा उनीहरूले जुन लडाइँ लडेका थिए, उनीहरूकै कारण अथर्ववेदमा दस्युहरूलाई दुष्टात्माको रूपमा चित्रित गरिएको छ । अथर्ववेदमा ईश्वरका निन्दक दस्युहरूलाई बलिबेदीमा चढाउनुपर्छ भनिएको छ । आर्य र दस्युको रहनसहनमा जुन फरक छ, त्यसबाट आर्यको व्रत, जसको अर्थ सामान्यतया जीवनको सुनिश्चित तरिकाप्रति दस्युको कस्तो दृष्टि थियो भन्नेबारे थाहा हुन्छ । यदि व्रत र व्रात, जसको अर्थ जनजनतीय दल या समूह हुन्छ, बीच सम्बन्ध स्थापित गर्न सम्भव भएदेखि यस्तो भन्न सकिन्छ कि व्रत शब्दको अर्थ जनजनतीय कानुनको प्रथा हो ।
    दासको लागि यस किसिमको विशेषण प्रयोग भएको छैन, यो ध्यान दिनुपर्ने कुरो हो, यसबाट थाहा हुन्छ दास दस्युहरूका अपेक्षा आर्यका रितिथिती धेरै मन पराउँथे । यस्तो लाग्दछ कि आर्य र उनीहरूका शत्रुको रंगमा अन्तर थियो ।
    विल्सनले लगाएको अर्थ सत्य मान्ने हो भने त दास कालो रंगका हुन्थे यो स्पष्ट हुन्छ । अग्नि र सोमका उपासक आर्यले भारतका काला मानिससँग युद्ध गर्नुपरेको निस्सन्देह प्रस्ट हुन्छ । ऋग्वेदमा एउटा प्रस· आएको छ, जसमा ‘पुरुकुत्स’ का छोरा त्रयदस्यु नामक वैदिक योद्धा कालो रंगको मानिसको नेताको रूपमा वर्णित छ । ऋग्वेदमा ‘मृध्रवाक’ शब्दको प्रयोग विभिन्न रूपमा ६ ठाउँमा भएको छ । यसबाट आर्य र उनीहरूका शत्रुहरूमा बोलचालको तरिका फरक भएको थाहा हुन्छ । यो दुई ठाउँमा दस्युहरूको विशेषण हो । सायणले यसको अर्थ ‘विशेषपूर्ण वचन’ भएको गरेका छन्, र गेल्डनरले यसलाई ‘झूटो बोल्ने’ को पर्याय मानेका छन् । यसबाट थाहा हुन्छ आर्य र दस्युमा भाषाजन्य अन्तर थियो र दस्यु आफ्नो अनुचित वाणीले आर्यको भावनामा चोट पुर्‍याउँदथ्यो । आफ्नो विस्तारको आरम्भिक अवस्थामा आर्यलाई जीविकापार्जनको लागि पशुधनको आकाङ्क्षा रहन्थ्यो । यस कारण स्वभावत: उनीहरूले नगर जीवन र स·ठित कृषिको महत्त्व बुझे भनेर व्हीलरले ‘दि इन्डस सिभिलाइजेसन’मा लेखेका छन् । आर्य आउनुभन्दा पहिलेको नगर बस्तीहरू पूर्णत: ध्वस्त भएको थाहा हुन्छ । युद्धमा शत्रुहरूबाट अपहरित वस्तु, खासगरी पाल्तु जनावरको कारण सरदार र पुरनेहितको शक्ति बढयो होला र त ि‘विश’ बाट माथि उठे होलान् ।
    ऋग्वेदको थुप्रै अनुच्छेदमा पणिहरूमा विख्यात मानिसहरूप्रति सामान्यत: शत्रुतापूर्ण भाव देख्न पाइन्छ । म्यूरले
(जर्नल अफ दि रायल एसियाटिक सोसायटी आफ ग्रेट ब्रिटेन एन्ड आयरल्यान्ड)मा उनीहरूलाई कञ्जुस भनेका छन् । वैदिक इन्डेक्सका प्रणेताहरूका अनुसार ऋग्वेदमा ‘पणि’ शब्द त्यस व्यक्तिको द्योतक हो जो सम्पत्तिशाली छ, तर न ईश्वरलाई हव्य अर्पित गर्दछ, न पुरोहितलाई नै दक्षिणा दिन्छ । फलस्वरूप संहिताका रचयिताहरूको घृणापात्र बन्यो । ऋग्वेदको एउटा अनुच्छेदमा उनीहरूलाई ‘बेकनाट’ या सुदखोर (?) भनिएको छ जसलाई इन्द्रले पराजित गर्‍यो । जुन परिच्छेदमा पणिलाई कन्जुस भनिएको छ र साधारणतया अनुदार व्यक्तिहरूको निन्दा गरिएको छ, त्यसमध्ये केही दान लोभी पुरोहितहरूको इशारामा लेखिएको होला । तर यसबाट सामान्यतया थाहा हुन्छ कि आफ्ना बान्धवलाई मारेर पनि सम्पत्ति जम्मा गर्ने प्रवृत्ति केही आर्यमा पाइन्थ्यो । यस्ता मानिससँग अपेक्षा गरिन्थ्यो कि तिनीहरू आफ्नो सङ्ग्रह गरिएको सम्पत्तिबाट इन्द्र तथा अन्य देवताहरूको यज्ञमा धनराशि अर्पित गरून्, जसबाट यस धनमा ऋग्वेद अनुसार पुन: अरूको पनि केही भाग लाग्न सकोस् र जनसमुदायले बारम्बार सहभोजको अवसर पाओस् । तर लुटको धनमा धेरैजसो अंश जब सरदार र पुरोहितहरूले आफूसँग राख्न थाले तब आर्थिक र सामाजिक विषमताको जन्म भयो । आर्यको अन्य जानजातिहरूसँग र उनीहरूको अन्तर्जातीय सङ्घर्षको कारण समाज विशृङ्खल हुँदै गयो र जसैजसै पशुपालनको अपेक्षा कृषि फस्टाउँदै गयो, सामाजिक वर्गको स्थापना भयो । चाइल्डले ‘दि मोस्ट एनसिएन्ट इस्ट’मा लेखे अनुसार हडप्पा समुदायको शहरी आबादीमा जुन आर्थिक विषमता थियो, त्यो लगभग वर्गभेदजस्तो थियो । यसमा शङ्का छैन । हडप्पाको शहरी आबादीको विकाश नजिकका गाउँका किसानहरूद्वारा अतिरिक्त कृषि उत्पादनको आपूर्तिबिना हुन सक्दैनथ्यो यो मान्नु युक्तिस·त हुनेछ । सिंध घाटीको राजनीतिक स्वरूप सुमेरको राजनीतिक स्वरूप जस्तो मानिएको छ । मैकेले ‘अर्ली इन्डस सिभिलाइजेसन्स’मा लेखे अनुसार जहाँ पुरोहित राजा आज्ञाशील प्रजामा सुगठित कर्मचारीको माध्यमले शासन चलाउँथ्यो । गङ्गाको घाटीमा आर्य जसरी जसरी पूर्वतर्फ बढ्दै गए, बी.बी. लालले ‘एनसिएन्ट’मा लेखे अनुसार उनीहरूले सम्भवत: तामाको हतियार राख्ने मानिसहरूसँग मुकाबिला गर्नुपर्‍यो, जो त्यस क्षेत्रका प्राचीन निवासी थिए । हुन सक्छ कि ताम्रयुगका अन्य मानिसहरू जस्तै यिनीहरू पनि वर्गमा बाँडिएका थिए होलान् । तथ्य उपलब्ध नभएको हुँदा हडप्पा समाजको बचेका मानिस र आर्यबीच के आदानप्रदान भयो, यो भन्न गार्‍हो छ । ऋग्वेदमा रथमा जाँदै गरेको एउटा यजमानलाई ‘धनवान, दाता र सभाहरूमा संस्तुत’ को रूपमा चित्रित गरिएको छ । आर्यको विस्तारभन्दा पहिले बस्तीहरू र दस्यु जस्ता मानिसको विनाश यति धेरै गरियो कि नयाँ समाजमा आर्यको विलयन हेतु उत्तर पश्चिमी भारतमा एकदम थोरै मानिस बाँचेका थिए होलान्, हुन सक्छ पछि उनीहरूको विस्तारको क्रममा यस्तो स्थिति नभएको पनि हुन सक्छ यस्तो लाग्दछ । एकातिर त बाँचेका मानिसहरूमा धेरैजसो मानिस विशेषत: अपेक्षाकृत पिछडिएका वर्गका मानिसले दासता स्वीकार गर्नुपर्‍यो होला तथा अर्कोतर्फ आर्यको समाजमा ‘विश’ को सहज प्रवृत्ति यही थियो होला कि निम्न वर्गमा विलयन गर्ने ।
    आर्य पुरोहित र योद्धाहरूको प्रवृत्ति प्राचीन समाजको उच्च वर्गसँग मिल्ने थियो होला । के यसबाट यस्तो अनुमान लगाउन सकिन्छ कि केही दस्युलाई आर्यको हैसियत दिएर फेरि उनीहरूलाई आर्यविरोधी कार्यकलापको कारण त्यसबाट वञ्चित गरियो होला ? यी तथ्यको आधारमा हामी अनुमान गर्दछौं कि शत्रुको बचेको पुरोहित र प्रमुखलाई आर्यको नया समाजमा उनीहरूको उपयुक्त स्थान (सम्भवत: निम्नतर कोटिको) दिइयो होला । ब्राह्मणवाद आर्यभन्दा पहिलेको संस्था हो भनी ‘एनसिएन्ट इन्डियन सिस्टारिकल ट्रेडिशन’ मा पार्जिटरले भनेका छन् । सम्पूर्ण पुरोहितवर्गको विषयमा यो भन्न गार्‍हो छ । ड्रयुमेजिल अनुसार लैटिन फ्लायेन रोमन राजाहरूद्वारा स्थापित एक प्रकारको पुरोहित पदको अभिधान हो, जसको समीकरण ब्राह्मण शब्दद्वारा गरिएको छ ।
    यस समानताबाहेक वेदकालीन भारतका अथर्वत पुरोहित र इरानका अथर्वनमा सुपरिचित समानता छ ।
    यसको कस्तो अनुपात थियो यो बताउने कुनै सामग्री उपलब्ध छैन, तर आर्य पूर्वका पुरोहितले यस नयाँ समाजमा स्थान पाएको प्रतीत हुन्छ ।
    अनुमानत: आर्यका जुन शत्रु थिए, तिनमा पुरुषहरू मारिए पछि तिनीहरूका पत्नी दासताको स्थितिमा पुगे । दासताको स्थितिमा पुगेकाहरू कार्य गर्दथे । अथर्ववेद संहितामा काली दासीको प्राचीनतम उल्लेख भेटिन्छ । आरम्भिक वैदिक समाजमा दासीहरूबाट गृहकार्य गराउने गरेको थाहा हुन्छ । दासी शब्दको प्रयोगबाट स्पष्ट छ कि तिनीहरू पराजित दासका पत्नीहरू थिए । ऋग्वेदमा कुनै अर्को शब्द पाइँदैन, जसको अर्थ दास लगाउन सकियोस् । यसबाट स्पष्ट हुन्छ आरम्भिक ऋग्वेद कालमा शायद नै पुरुष दास रहेका थिए । उत्तर ऋग्वेद कालमा दासहरूको सङ्ख्या र स्वरूपबारे जुन प्रस· आएको छ त्यसबाट धमिलो चित्र मात्र देखा पर्छ ।
    बालखिल्यमा सय दासको चर्चा आएको छ जसलाई गधा र भेडाको कोटिमा राखिएको छ । ऋग्वेद अनुसार सामान्यत: यस्ता माली दीघतमस्सँग दास थिए ।
    चतुर्वर्ण उत्पत्तिबारे प्राचीनतम अनुमान ऋग्वेदको पुरुषसूक्तमा वर्णित सृष्टिसम्बन्धी पुराकथामा पाइन्छ ।
यस संहिताको दशौं मण्डलमा यो विषयपछि अन्तर्वेशित गरिएको भनिन्छ । तर उत्तर वैदिक साहित्य वाजसनेयि संहितामा र गाथाकाव्य महाभारत, मार्कण्डेय पुराण तथा धर्मशास्त्र बौधायन धर्मसूत्रका अनुश्रुतिहरूमा पनि यसलाई केही फरक गरेर प्रस्तुत गरिएको छ ।
    अथर्ववेदको पैप्पलाद शाखामा आरम्भिक कालमा ब्राह्मण, राजन्य र वैशको उल्लेख त भएको छ, तर शूद्रलाई छाडेको छ । यसबाट स्पष्ट छ अथर्ववेद कालको अन्तमा नै शूद्रलाई समाजको एउटा वर्गको रूपमा चित्रित गरिएको हो । थाहा हुन्छ जुन किसिमबाट सामान्य युरोपियन शब्द ‘स्लेभ’ र संस्कृत शब्द ‘दास’ विजित मानिसको नाममा बनेको थियो, त्यसैगरी शुद्ध शब्द उक्त नामधारी पराजित जनजनतीको नाममा बनेको थियो । ईसा पूर्व चौथो शताब्दीमा शूद्र नामको जनजाति थियो, किनभने डियोडोटसले लेखेका छन् कि सिकन्दरले आधुनिक सिंधको केही इलाकामा बस्ने सोलैई नामक जनजनतिमाथि आक्रमण गरेका थिए । ग्रीक लेखकले जुन जातिको उल्लेख गरेका छन्, त्यसको अस्तित्व अति प्राचीनकालमा पनि पाउँदछौं । अथर्ववेदको आरम्भिक भागमा शूद्रको तीन उल्लेख यस दृष्टिले विवेचना गर्न सकिन्छ । अथर्ववेदको आरम्भिक भागमा शूद्रलाई जनजनति मानिएको छ । मजुमदार र पुसलकरको ‘वैदिक एज’ अनुसार थाहा हुन्छ शूद्र जन उत्तरपूर्व भारतका निवासी थिए, जहाँ महाभारत अनुसार शूद्र जनजनति आभीरसँगै रहन्थे, यो कुरा महाभारतमा उल्लेख छ । अथर्ववेदको एउटा अन्य ऋचामा पनि यस इच्छाको पुनरावृत्ति गरिएको छ कि ज्वरोले विदेशीहरूलाई ग्रसित पारोस् । पैप्पलाद शाखाको एउटा यस्तो ऋचामा शूद्रको ठाउँमा ‘दासी’ शब्दको प्रयोग भएको छ, यसबाट यही प्रकट हुन्छ कि यी दुवै शब्द पर्यायवाची हुन् । महाभारतमा आभीरको साथमा शूद्रको चर्चा पटकपटक जनजातिको रूपमा भएको छ, जसबाट ई.पू. दसौं शताब्दीको परम्पराको आभास पाउँदछौं । महाभारत महाकाव्य पैप्पलाद शाखामा शूद्र कुलको उल्लेख क्षत्रिय र वैश्य कुलको साथमा भएको छ, र शूद्र जनजनतिको वर्णन महाभारतमा आभीर, दरद, तुखार, पहलव आदिको साथमा भएको छ तथा कुल एवं जातिबीच स्पष्ट भेद देखाइएको छ । शूद्र आर्य थिए या आर्य आगमनभन्दा पहिलेका जनजनति थिए र यदि तिनीहरू आर्य थिए तब ती भारतमा कुन समयमा आए । आर.रीथ अनुसार शूद्र जनजनति थिए, पछि कीथको मान्यता बन्यो कि शूद्र आर्यपूर्व जनको एउटा शाखा थियो, तर दुवै विचारहरूको सबल प्रमाण भने पाइएको छैन ।
    यति मात्र होइन, शुद्रलाई आर्यपूर्वका मानिस, जस्तै द्रविड, पुलिंग, शबर आदिको सूचीमा कहिल्यै सामिल गरिएको छैन । उनीहरूलाई मार्कण्डेय पुराणले सधैं उत्तर पश्चिमका निवासी मानेको छ, जे.म्यूरले ‘ओरिजिनल संस्कृत टेक्स्ट्स’मा लेखे अनुसार जहाँ पछि गएर मुख्यत: आर्य नै निवास गर्दथे । यदि शूद्र भारतीय आर्यसँग सम्बद्ध थिए, तब तिनीहरू भारतमा कहिले आए ? आर. रीथले स्पष्ट शब्दमा ‘शब्रह्न एन्ड डाइ ब्राह्मनेन् साइटशिफ्ट डेर डोयचेन मेर्गेनलेंडिशेन’ मा भनेका छन् कि तिनीहरू भारतमा आउने आर्यका कुनै आरम्भिक दलका थिए । तर ऋग्वेदमा यसको उल्लेख छैन, यस कारण सम्भव छ शूद्र ती विदेशी जनजनतिमध्ये थिए जो ऋग्वेदिक कालको अन्त हुनेताका उत्तर पश्चिम भारतमा आए । पुरातत्त्व सम्बन्धी साक्षको आधारमा स्टुअर्ट पिगाटले ‘एन्टिक्विटी’मा यस्तो सम्भवत: ई.पू २००० पछि हजारौं वर्षसम्म मानिसहरू भारतमा ओइरिइ नै रहे भनी लेखेका छन् । यस परिकल्पनाको समर्थन भाषाजन्य प्रमाणबाट पनि हुन्छ भनी टी. बरोले ‘दि संस्कृत लैंग्वेज’मा लेखेका छन् । ऋग्वेदकालमा क्षत्री ब्राह्मणको शत्रु भएको वर्णन कतै पाइँदैन पैजवन शूद्र राजा थिए र शूद्र क्षत्री थियो र तिनीहरूको कर्तव्य र अधिकार फरक रहेको पनि थाहा पाइँदैन ।
    आरम्भमा उपनयन (व्रतबन्ध) संस्कार नहुनु नै शूद्रताको पक्का प्रमाण मानिन्थ्यो, यस्तो सोच्नु गलत हो । शूद्रलाई उपनयनच्युत भएको उत्तर वैदिक कालको अन्तिम समयबाट मात्र पाइन्छ र तब पनि शूद्र दासतासूचक एक मात्र अशक्तता यही मात्र थिएन कि उनीहरूलाई यज्ञोपवितबाट वञ्चित गरियो, यस किसिमबाट अरू थुप्रै अशक्तताहरू थिए । पछि गएर हामी पाउँदछौं कि कुरो यस्तो होइन कि उपनयन नभएको हुँदा आर्य शूद्रमा परिवर्तित भएका थिए, बरु आर्थिक र सामाजिक विषमताहरूले गर्दा तिनीहरू अधोगतिमा पुगेका थिए । वैदिक ग्रन्थमा यस्तो तथ्य छैन, जसबाट यस विचारको पुष्टि हुँदैन । यस अनुश्रुति अनुसार शूद्र पैजवन यज्ञ गर्दथे । महाभारतमा यो कुरो पनि यस्तो प्रस·मा आएको छ, जहाँ भनिएको छ कि शूद्र पाँच महायज्ञ गर्न सक्दथे र दान दिन सक्दथे । भविष्य पुराणले भन्ने गरेको छ, प्राय: यस्तो कथनको यो अर्थ हुँदैन कि क्षत्रीय र ब्राह्मण शूद्रको स्थितिमा पुगेका थिए, बरु यसले यतिमात्र सड्ढेत गर्दछ कि यी मान्य व्यक्तिहरूको उत्पत्ति शूद्रबाट भएको थियो, खास गरेर मातृकुलको तर्फबाट । स्पष्ट छ आर.एस. शर्माले ‘जर्नल अफ दि बिहार रिसर्च सोसायटी’मा आर्य जनजनतिहरू र उनीहरूका संस्थाहरूझैं शूद्र जनजनति पनि सैनिक कार्यको निर्वाह गर्दथे भनेका छन् । शूद्र शब्दको व्युत्पत्यर्थ निकाल्ने जुन प्रयास भएको छ, त्यो अनिश्चितजस्तो लाग्दछ र त्यसबाट वर्णको समस्या सुल्झिनमा शायदै कुनै सहायता पाइँदो हो । सबभन्दा पहिले वेदान्त सूत्रमा बादरायणले यस दिशामा प्रयास गरेका हुन् । भन्ने गरिन्छ कि शड्ढरले जुन जनश्रुतिको उल्लेख गरेका छन्, त्यो अथर्ववेदमा वर्णित उत्तर–पश्चिम भारतका निवासी महावृषमा राज्य गर्दथे ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समाजमा अपहेलित शूद्र
समाजमा अपहेलित शूद्र
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/11/blog-post_54.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/11/blog-post_54.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy