दुर्घटना कसैले जानीजानी गराएको हुँदैन । दुर्घटनाजस्तो देखिने तर नियोजित घटना छ भने त्यसलाई दुर्घटना मान्न सकिन्न । मानिसले आफ्नो क्षमता अनुसार, सम्पूर्ण बुद्धि विवेक लगाउँदा पनि रोक्न नसकिने र त्यसमा कुनै पनि प्रकारको क्षति हुन्छ भने त्यो दुर्घटना हो । तर हामी दुर्घटना हुने परिस्थितिलाई रोक्दैनौं, दुर्घटनाका कारणहरूको खोजी गरी त्यसको सुधारतर्फ ध्यान दिंदैनौं भने त्यो जानीजानी गरेको/गराएको घटना हो । त्यसलाई दुर्घटना भन्न मिल्दैन र त्यस्तो घटनाका लागि जहाँ भौतिक तथा मानवीय क्षति हुन्छ, त्यसका कारकमाथि दण्डविधान लागू हुनुपर्छ । दशैंदेखि मङ्सिरको दोस्रो सातासम्मको सडक दुर्घटनाको लेखाजोखा गर्यौं भने यसबीच अति कारुणिक सवारी दुर्घटनाहरू भएको पाउँछौं । जब चालकले मापसे गरेर सवारीसाधन चलाउँछ, जब थोत्रो बसमा नयाँ बसको क्षमताभन्दा बढी यात्रु चढ्छन्, जब खोलाको तिरमा रहेको सडक जीर्णशीर्ण भएर चालकले सवारीसाधनमा नियन्त्रण राख्न सक्दैन, जब कबाडमा थन्काउने सवारी साधनहरू पनि गुडाइरहने अनुमति दिइन्छ भने यसलाई जानीजानी दुर्घटना गराएको मान्नुपर्छ ।
शरीरका सम्पूर्ण अवयवहरू यथायोग्य रहँदा पनि कसैले मृत्यु वरण गर्नुपर्छ भने त्यो अकाल मृत्यु हो । अकाल मृत्यु मानिसको शारीरिक अवस्थाले होइन, बाहय कारणले हुन्छ । बाहय कारण भनेको शरीरमा प्रहार, आगो, पानी आदिको सामना गर्नुपर्यो, भिरपाखाबाट कोही खस्यो वा उसमाथि कुनै षड्यन्त्रात्मक परिस्थिति लादियो वा नियोजित किसिमले हानि पुर्याउने काम गरिनेजस्ता कारणहरूबाट अकाल मृत्यु हुनु हो । कसैलाई चरम डाइबिटिज भन्ने जान्दाजान्दै गुलियो कुरा खान दिइयो भने त्यो नियोजित हत्या हो, यद्यपि कुनै पनि देशको कानुनले त्यसलाई हत्या मान्नेछैन । त्यसैगरी राज्यले सडकलाई जीर्णशीर्ण रहन दिनुहुँदैन, त्यस सडकमा सवारीसाधन चल्न दिनुहुँदैन, जीणीशीर्ण सडकमा जीर्णशीर्ण सवारीसाधन त झन् चल्न दिनुहुँदैन । यस्तो हुन नदिनु सरकारको दायित्व हो । तर सरकारले नै राजस्व लिएर जब जीर्णशीर्ण सडकमा जीर्णशीर्ण सवारीसाधन चलाउने अनुमति दिन्छ भने उसले प्रकारान्तरमा दुर्घटना निम्त्याउन अनुमति दिएको मान्नुपर्छ । उसले जनताको जीवनसँग खेलवाड गरेको मान्नुपर्छ ।
मानिस त स्वभावले नै लोभी हुन्छ । एउटा सवारीधनीलाई थोत्रो सवारीसाधनबाट पनि लाभ भइरहन्छ भने उसले थोत्रो सवारीसाधन थोत्रो सडकमा चलाइरहन्छ । यो दायित्व सरकारको हो कि उसले यस्तो हुन नदेओस् । यसको अर्थ सबै जीर्ण सडकहरूमा यातायात नै ठप्प पारिदिने होइन । राज्यलाई यस कुराको बोध हुनुपर्यो कि सडक जीर्ण रहन दिनुहुँदैन । थोत्रा सवारीसाधनहरू कसैले व्यक्तिगत प्रयोजनमा जोखिम लिएर चलाउँछ भने उसको जिम्मेवारी तर कुनै पनि अवस्थामा थोत्रो सवारीसाधनमा यात्रु ओसार्न दिनुहुँदैन भन्ने प्राथमिकतालाई राज्यको सम्बद्ध निकायले ध्यान दिने हो भने दिनहुँजसो भइरहने दुर्घटना रोक्न सकिन्छ, थोत्रो बस चलाउन नदिने नीति लागू गर्ने हो भने धनीलाई पनि थोत्रो सवारीसाधनको साटो नयाँ साधन खरिद गर्न कर लाग्छ । आज भैंसे–फर्पिङ बाटोमा जीप हुइँक्याएर कति दुर्घटना भए, ती थोत्रा थिएनन् तर साँगुरो बाटोमा बढी पालो गर्ने लोभले गर्दा दुर्घटना हुने गरेको हो । यति पनि राज्यले निगरानी नराख्ने हो भने राज्य हुनुको के अर्थ ?