प्रस, वीरगंज, ११ मङ्सिर/
बरियापुरमा लागेको पाँच वर्षे गढीमाई मेलामा यस वर्ष पशुबलिका लागि ७ हजार राँगा सड्ढलन भइसकेको छ । राँगाको ठेक्का लिएका अरविन्द गुप्ताले आजको मितिसम्म ७ हजार राँगा दर्ता भएको र आउने क्रम जारी रहेको बताए । उनले भोलि पञ्चबलिपछि राँगाको बलि दिइने र पर्सि १३ गते बोका, सुँुगुर, कुखुरा आदिको बलिदान दिइने बताए ।
भारतले आफ्नो भूभागबाट गढीमाई मेलामा पशुबलिका लागि आउने राँगा, बोकाहरूमा रोक लगाएको बावजुद सात हजार राँगा दर्ता भएको हो । भारतबाट मेलाका लागि आधाभन्दा बढी राँगा आउने गरेको छ ।
गढीमाई मेलामा दर्शनार्थीको घुइँचो, राँगा भित्रिने क्रम जारी
सिकेन्द्र पासवान, कलैया/
पशुबलिले परिचित बाराको बरियारपुरस्थित गढीमाई मेला मङ्सिर १ देखि शुरू भएसँगै दर्शनार्थीहरूको ११ औ दिन बिहीवार बिहानदेखि भीड
बढेको छ ।
आज दश लाखभन्दा बढी दर्शनार्थीले भगवती गढीमाईको दर्शन गरे ।
मङ्सिर १ गतेदेखि अहिलेसम्म झन्डै चालीस लाख भक्तजनले दर्शन गरेको मेला समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।
आठ बजेसम्म झन्डै चार हजारको हाराहारीमा राँगा बधशालामा पुगिसकेको बलि व्यवस्थापन समितिका सदस्य सुनील कुशवाहाले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र ट्राफिक प्रहरी गरी एक हजार चार सय प्रहरी सुरक्षाको लागि परिचालन गरिएको छ । दर्शनार्थीहरूको भीड बढेपछि पङ्क्ति व्यवस्थापनदेखि सुरक्षा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मे परेको थियो । मेलामा लाखौ दर्शनार्थी तथा मेला अवलोकन गर्ने मानिसहरू बढेपछि प्रहरीलाई सुरक्षा दिन हम्मे परेको प्रहरी उपरीक्षक चन्द्रबहादुर मल्लले बताए ।
गढीमाईको दर्शन गर्न तथा मेला अवलोकन गर्न आउने मल्हनी, सेमरा, इनर्वाचोक, मैनी गाउँ, दहियारको रामजानकी मठ, भुतही पुल गरी ६ वटा नाकामा प्रहरी निरीक्षकको नेतृत्वमा ७५/७५ जनाको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सहजरूपले श्रद्धालुहरूलाई देवीको दर्शन होस् भनेर एक सयजनाको सङ्ख्यामा पङ्क्ति व्यवस्थापन टोली, बलि व्यवस्थापन टोली, मन्दिर व्यवस्थापन टोली, बजार व्यवस्थापन, मनोरञ्जन व्यवस्थापन टोली, विशेष आपराधिक गतिविधितर्फ ध्यान दिने सादा पोशाकका एक सयजनाको टोली, क्युआरटी टोली, रिजर्भ टोली, पिकेट, पोस्ट, मोबाइल टोली परिचालन गरिएको छ ।
गाडी व्यवस्थापनका लागि एक सय जनाको सङ्ख्यामा ट्राफिक खटाइनुका साथै मन्दिरलगायत क्षेत्रको १६ वटा ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
मेलामा आएका दर्शनार्थीको स्वास्थ्यमा आइपरेको समस्या समाधान गर्न र आवश्यकता अनुसार उपचार गर्न सयौं निश्शुल्क स्वास्थ्य शिविर सञ्चालनमा रहेको छ ।
मेला अवलोकनकर्ताहरूले हेलिकप्टरबाट समेत दृश्यावलोकन गरेका छन् ।
समाचार सड्ढलनका लागि अमेरिका, स्वीडेन, भारतलगायत नेपालका विभिन्न ठाउँबाट पत्रकारहरू मेलामा आएका छन् ।
२०६६ सालमा लागेको मेलामा १५ हजार राँगाको बलि चढाइएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशवाहाले बताए ।
भोलि बिहान ६ बजेदेखि बलि शुरू हुने र आज मध्य राति गढीमाईको पूजा गरिने पुजारी म·ल चौधरीले बताए ।