सिकेन्द्र पासवान, कलैया, १० मङ्सिर/
गढीमाई मेलामा बुधवार भक्तजनहरूको सङ्ख्या निकै बढेको छ ।
नेपाली भक्तजनहरूको तुलनामा भारतीय भक्तजनहरूको सहभागिता बढी रहेको मेला समितिले जानकारी गराएको छ । १२ गते हुने पशुबलिका लागि भारतको रगाह, बैरगनिया, घोडासहन, छौडादानो, आदापुर, रक्सौललगायतका नाकाहरूमा भारतीय सुरक्षाकर्मीले राँगा रोकेपछि धेरै राँगाहरू मेलासम्म आउन नसकेको बलि व्यवस्थापन उपसमितिका सदस्य राजकुमार साहले जानकारी गराए । भारत, बिहार, बैरगनिया थाना प्रस्टोका जब्दी निवासी नन्दु पासवानले आफूले निकै कष्ट सहेर राँगा नेपाल भित्र्याउन सफल भएको बताए । अहिलेसम्म ११ सय राँगामात्र परिधिभित्र छिरेको बलि व्यवस्थापन समितिले बताएको छ ।
मेलामा १२ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए । मेलाका मनोरञ्जनात्मक कार्यक्रमहरूलाई व्यवस्थित गरिएको र जुवातास एवं रक्सी बिक्री वितरणमा पूर्ण रोक लगाइएको निमित्त प्रजिअ दुलालले बताए ।
विगतमा मेला समितिले खानेपानी र विद्युत्को महसुल बाँकी राखेको कारण यसपालिको मेलामा भक्तजनहरूलाई केही असुविधा भइरहेको बताउँदै उनले स्थानीय प्रशासनको तर्फबाट भक्तजनहरूलाई दिइने सुविधाहरू सम्पूर्ण उपलब्ध गराएको बताए ।
मेलामा शड्ढास्पद गतिविधि गर्ने, मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास खेलाउने, मदिरा बेच्ने, भेटीलगायत अन्य ठाउँमा कार्डको दुरुपयोग गर्ने व्यक्तिहरूको प्रभावकारीरूपमा निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न दशजनालाई पक्राउ गरी कारबाई प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी उपरीक्षक चन्द्रबहादुर मल्लले बताए । १० बजे रातिसम्म मात्र अर्केस्ट्रा चलाउन पाइने र अश्लील दृश्यहरू प्रदर्शन गर्न नपाउने प्रउ मल्लले बताए ।
मेलामा जुवातास, रक्सी बिक्री, अर्केस्ट्रामा महिलाद्वारा राति अश्लील दृश्यहरू प्रदर्शन गर्ने जस्ता कार्यहरू भइरहेकोप्रति बारा नागरिक समाज, विभिन्न राजनीतिक दलका युवाहरूले गलत क्रियाकलाप रोक्नुपर्ने माग गरेका छन् । मेलामा खानेपानी र शौचालयको निकै समस्या भइरहेको भक्तजनहरूले बताएका छन् । त्यस्तै अन्य सामानहरू पनि चर्को मूल्यमा बिक्री भइरहेको उनीहरूले दाबी गरेका छन् ।