ई. गोपाल श्रेष्ठ
आजको विश्वव्यापीकरण र उदारीकरणको युगमा एक देशको सामान मात्र होइन, जनशक्ति पनि अर्को देशमा स्थानान्तर भइरहेछ । हाम्रो देशको चिया, पस्मिना, कार्पेट आदि अरू देशमा गइरहेछ भने, अर्को देशको मेसिन, उपकरण, इन्धन, औद्योगिक कच्चापदार्थ, लत्ताकपडा तथा जिन्सी सामान आदि हाम्रो देशमा आइरहेछ । साथै, जनशक्तिको हकमा हामीहरूमध्ये धेरैजसो रोजगारको सिलसिलामा भारतमा गई काम गरिरहेका छौं भने भारतीयहरू पनि हाम्रो देशमा आई काम गरिरहेका छन् । भारतबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा आदि देशमा उच्च शिक्षा हासिल गरेको हाम्रो जनशक्ति कार्यरत छ भने कतार, मलेसिया, दुबई, बहराइन, कोरिया, साउदी अरब आदि देशमा पनि हाम्रो दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति कार्यरत छ । रोजगारको सिलसिलामा विदेशमा गई काम गर्नु सुख–दु:ख जे भए पनि आम्दानी रकम स्वदेश भित्र्याउनु सकारात्मक नै मानिन्छ । यसरी विदेशमा गई काम गर्नुलाई कतिपयले मन पराउँछन् भने कतिपयले मन पराउँदैनन् ।
विदेशवाट स्वेदशमा पठाइएको रकमलाई विप्रेषण/रेमिटेन्स भन्ने गरिएको छ । सन् २०१४ मा भारतले ७१ बिलियन डलर विप्रेषण प्राप्त गरी अधिकतम विप्ेरेषण प्राप्त गर्ने मुलुकहरूमा पहिलो स्थान हासिल गरेको छ भने ६४.१ बिलियन डलर विप्रेषण प्राप्त गरी चीन दोस्रो स्थानमा छ । २८.३ बिलियन डलर विप्रेषण प्राप्त गरी फिलिपिन्स तेस्रो स्थानमा छ भने २४.७ बिलियन डलर विप्रेषण प्राप्त गरी फ्रान्स चौथो स्थानमा छ । मेक्सिको, नाइजेरिया, इजिप्ट, पाकिस्तान, जर्मनी र ब·लादेश क्रमश: पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् । यो सूचीमा फ्रान्स र जर्मनीजस्तो विकसित मुलुक पनि परेका छन् । यो तथ्यले विप्रेषणलाई नराम्रो मान्नुहुँदैन भन्ने सन्देश गएको छ । कति मुलुकको जिडिपीमा विप्रेषण हिस्सा अचम्मलाग्दो छ । सन् २०१३ मा ताजकिस्तानमा जिडिपीको हिस्सा ४२.१ प्रतिशत रहेको थियो भने हाम्रो देश नेपालको २८.८ प्रतिशत रहेको थियो । त्यस्तै मालडोभा, लेसोथो, हैटी, लाइबेरिया आदि देशहरूको पनि जिडिपी विप्रेषण १८.५ प्रतिशतभन्दा माथि नै छ । विप्रेषण रकम विश्वव्यापीरूपमा हेर्दा क्रमश: बढ्दै गएको छ । सन् २०११ मा यो रकम ५०० बिलियन डलर थियो भने सन् २०१४ मा ५८२ बिलियन डलर पुग्ने प्रक्षेपण छ । विप्रेषणको रूपमा ठूलो रकम बाहिरिने मुलुकहरूमा अमेरिका, साउदी अरब, स्वीजरल्यान्ड, रूस र कुबेत पर्छन् । अमेरिकाबाट ५१ बिलियन डलर बाहिरिने तथ्याड्ढ छ भने साउदी अरबबाट २८.२३ बिलियन डलर बाहिरिन्छ । त्यस्तै स्वीजरल्यान्डबाट २७.४७ बिलियन डलर बाहिरिएको तथ्याड्ढ छ भने रूसबाट १७.०६ बिलियन डलर बाहिरिएको तथ्याड्ढ छ ।
बाहय देशमा काम गर्दागर्दै कति नेपाली आफ्नो व्यवसाय शुरु गरी सफल व्यवसायी पनि भएका छन् । विदेशमा कमाएको धन स्वदेश ल्याएर लगानी गर्नु र रोजगार सिर्जना गर्नु सकारात्मक पक्ष हो । कतिपय नेपालीले विदेशमा काम गर्दागर्दै अद्वितीय काम गरेर आफ्नो र आफ्नो देशको नै गरिमा बढाएका छन् । अब जनशक्ति विकास गर्दा आफ्नो देश मात्र होइन, विश्वकै माग र आवश्यकतालाई मध्यनजर राख्नुपर्छ । उच्च शिक्षा प्राप्त अति दक्ष र महँगो जनशक्ति बाहय मुलुकमा गएर काम गर्दा एकातिर सम्मानजनक विप्रेषण प्राप्त हुन्छ भने अर्कोतिर राष्ट्रको शान र मान पनि बढ्छ । हाम्रो व्यावसायिक स्कूल, कलेज तथा युनिभर्सिटीबाट शिक्षा/तालिम प्राप्त युवाहरू जहाँ गए पनि सम्मानजनक रोजगार प्राप्त गर्न सक्छन् । हाम्रा कतिपय इन्जिनियर, डाक्टर, वकिल, एकाउन्टेन्ट, अडिटर बाहय देशमा कार्यरत छन् । यो हाम्रो राष्ट्रले गौरव गर्नुपर्ने कुरा हो । हाम्रो देश सानो छ र देशको सानो आकार अनुसार अवसरको आकार पनि सानो छ । त्यसैले हामीले विश्व जनशक्ति बजारमा के के सीप, दक्षता आदिको माग छ, सोको सूक्ष्म ढ·ले दरिलो अनुगमन गरी सोही अनुसार जनशक्ति तयार गर्नुपर्छ । आफ्नो देशको सेवा त गर्नु नै पर्छ, तर विश्व पनि हाम्रो नै हो भन्ने सोच राखी विश्वको कुनै पनि कुनामा गई दक्षता अनुसार काम गर्नु हिच्किचाउनुहुँदैन । हाम्रो उत्कृष्ट काम र त्यसबाट प्राप्त हुने विप्रेषण आम्दानीले हाम्रो राष्ट्रिय पहिचानलाई नै अन्तर्राष्ट्रिय उत्कृष्टता प्रदान गर्यो भने योभन्दा सराहनीय र गौरवान्वित काम अरू के नै हुन्छ र १