प्रस, वीरगंज, २० कात्तिक/
घण्टाघर नजिक पार्क क्षेत्रबाट नगरपालिकाले हटाउने भएपछि शुरु भएको वीरगंज तरकारी तथा फलफूल व्यवसायी सङ्घको आन्दोलन आज दोस्रो दिन पनि जारी रहयो ।
व्यवसायीहरू तरकारी बजार बन्द गरेर सोही स्थानमा धर्ना बसेका थिए । व्यवसायी र वीउमनापाबीच आज भएको वार्ता कुनै टु·ोमा पुग्न सकेन ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको रोहबरमा उनकै कार्यकक्षमा भएको छलफल तथा
वार्तामा व्यवसायीका प्रतिनिधिहरूले पार्कबाट यतिकै नहट्ने, हट्नै परे पायक पर्ने स्थानमा नगरपालिकाले बजारघर स्थापना गरिदिनुपर्ने अडान राखेका थिए ।
वीउमनपाका प्रतिनिधिहरूले भने केही महिनाभित्रै निर्माणाधीन मीनाबजार कमप्लेक्स तयार हुने र स्थायी बजार व्यवस्था हुने भएकोले तत्काल अन्यत्र बजार निर्माण गर्न नगरपालिकाले खर्च नगर्ने बताए । तत्काल केही समयको लागि पुरानो बसपार्कमा तरकारी बजार सञ्चालन गर्न सकिने नगरपालिका पक्षको तर्क थियो ।
छलफल तथा वार्तामा वीउमनपाको तर्फबाट अधिकृत विजय ड·ोल र तरकारी तथा फलफूल व्यवसायी सङ्घबाट अध्यक्ष विदुर गुप्ताले नेतृत्व गरेका थिए । छलफलका लागि पुन: बस्ने सहमति भएको व्यवसायी सङ्घका कार्यालय सचिव ग्यासु मियाँले जानकारी गराएका छन् ।
यसैबीच खुद्रा वस्त्र व्यवसायी सङ्घ पनि आजदेखि आन्दोलनमा उत्रेको छ । बिक्री स्टल बन्द गरेर धर्नामा बसेका व्यवसायीहरूले साँझ जुलुस प्रदर्शन गर्दै नगरको विभिन्न क्षेत्रको परिक्रम गरेका थिए । विपी उद्यानस्थित तरकारी बजार बन्द भएपछि नगर क्षेत्रका उपभोक्ता प्रभावित भएका छन् ।
आसपासका तरकारी बजार मुर्लीचोक र बिर्तामा तरकारी खरिदकर्ता बाक्लिएका छन् । त्यहाँ क्रेताको सङ्ख्या वृद्धि भएपछि तरकारीको मूल्य बढेको छ । आलुको खुद्रा मूल्य प्रतिकिलो
रु ५० बाट ७५ पुगेको छ । त्यसैगरी प्यास ४० बाट प्रतिकिलो ५० मा बिक्री भइरहेको छ ।
बाहिरबाट आउने आलु, प्याज, लसुन लगायत तरकारीको मुल्य बढेको छ भने वीरगंज आसपास पर्सा र बाराको ग्रामीण क्षेत्रबाट आउने तरकारीको थोक मूल्य घटेको छ ।
हरियो साग रायो, पालक, तोरी, बन्दा, कोभीलगायत स्थानीय तरकारी सस्तोमा बिक्री भएको छ ।
मुख्य तरकारी बजार बन्द भएपछि नगर क्षेत्रको टोलटोलमा साइकल, ठेला र टोकरीमा तरकारी राखी घुमाएर बिक्री गर्नेहरूको सङ्ख्या बढेको छ ।
बारा डमरापुरका तरकरी किसान नारायण साहले साइकलमा घुमाएर तरकारी बिक्री गरेको बताए । नगर क्षेत्रमा घुमाएर तरकारी बिक्री गर्दा बजारमा थोकमा दिएभन्दा बढी मूल्य पाएको र उपभोक्ताले भने बजारमा भन्दा ताजा र सस्तो पाएको साहको भनाइ थियो ।