- सञ्जय साह ‘मित्र’
अहिले गढीमाई मेलाको कारण नेपाल एक हिसाबले विश्वमा चर्चाको शिखरमा रहेको छ । बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने र मेलामा लाखौं बलि दिइने हुनाले यो चर्चामा आएको हो किनभने मेला नजिकिएको छ । सर्वसाधारणमा कस्तो पनि विश्वास रहेको छ भने गढीमाई मेला भनेको संसारमा एकैदिन सबैभन्दा बढी बलि दिइने ठूलो मेला हो । यसको पुष्टि भएको वा नभएको भन्नेतर्फ कसैले पनि आधिकारिक मानेको प्रमाण दिंदैन अर्थात् यो दाबी हल्ला मात्र भएको पनि हुन सक्छ । तर के पनि सत्य हो भने यस क्षेत्रमा गढीमाई मेलाको कारणले समाजमा आस्थाको एउटा छुट्टै पिरामीड रहेको छ ।
हाम्रो समाज विविधताको समाज हो । विविधतापूर्ण समाजमा अनेक किसिमका चलनहरू रहेका हुन्छन् । यो स्वाभाविक पनि हो । यही स्वाभाविकतालाई बलि प्रथाले पनि अँगालेको छ । नेपालको विभिन्न समाजमा बलि प्रथाले जरो गाडेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्लान् तर अझ कतिपय समाजले यसलाई आफ्नो सम्पत्ति मानेको छ । कुनै दिन यस्तो थियो कि कतिपय समाजले नरबलिलाई पनि मानेको थियो भन्ने कुरा केही लोककथाहरूले पुष्टि गरेको देखिन्छ तर अहिले विश्वले नै यसलाई कानुनी अपराध घोषणा गरेको छ र विश्वको सम्भवत: कुनै पनि समाजमा नरबलि प्रथा कायम छैन । कानुनी अपराध घोषणा भएपछि मानव समुदायले यसलाई विश्वबाटै हटाएको हो ।
वास्तवमा कुनै प्राणीको हत्यालाई राम्रो मान्न सकिन्न तर नेपाली समाजमा अझै पनि पशुबलि प्रथा कायम छ । दशैंको समयमा हरेक घरमा खसी काटिन्छ र अधिकांश शक्तिपीठहरूमा पशुबलि दिइन्छ । समग्र नेपाली समाजमा दशैंको महाअष्टमी र महानवमीको दिन पनि लाखौं बलि दिइन्छ । बलि दिइनुलाई हाम्रो संस्कृतिले नराम्रो मानेको छैन । कतिपयले धर्ममा बलिप्रथा नरहेको तर्क दिइरहेका छन् र मुख्यगरी यो त्यो समयमा भइरहेको छ जतिखेर गढीमाई मेलामा बलिका लागि पशुको सङ्ग्रह हुन थालिसकेको छ ।
कुनै पनि संस्कृतिमा परिवर्तन हुन कैयौं वर्ष लाग्न सक्छ । एकैचोटि हस्तक्षेप गर्ने कुरा अलि मिलेकोजस्तो लाग्दैन । अन्तर्राष्ट्रिय कानुनले पनि कुनै संस्कृतिमाथि ठाडो हस्तक्षेप गर्न भनेको नहोला । यदि कुनै संस्कृतिमा अन्धविश्वास नै छ भने त्यसलाई एकै दिनमा एकैचोटि हटाउन पनि सकिंदैन । हरेकले हरेकको संस्कृतिको सम्मान गर्नु राम्रो हो । हो, यदि गढीमाई मेलामा दिइने पशुबलि नै रोक्ने हो भने नेपालका अन्य धार्मिक स्थल तथा सांस्कृतिक अवसरमा हुने बलिप्रथा पनि रोक्नेतर्फ विचार गरिनुपर्छ वा कुनै कानुन बनाएर मात्र गढीमाईमा दिइने बलि रोक्नुपर्छ । एकैचोटि मेलाको मुखमा आएर विरोध गर्नु वा हस्तक्षेपको लागि आवाज उठाउनु संस्कृतिमाथि प्रहारको रूपमा मान्न सकिन्छ ।
बिना कुनै आधार कुनै समुदायको धर्म, संस्कृति तथा उत्सवहरूमा हस्तक्षेप गर्ने तर्क राख्नेहरूले के कुरामा विचार गर्नु उचित हुन्छ भने गढीमाई मेलामा सामूहिक बलि दिइएजस्तै नेपालका थुप्रै शक्तिपीठहरूमा दिइने बलि पनि विचारणीय हुनुपर्छ ।
बाराको बरियारपुरस्थित गढीमाईमा चढाइने बलिको कारण यो ठाउँ र मेला विश्वमा प्रसिद्ध छ । यस मेलाबाट बलि झिकिदिएमा यो मेला मणि हराएको सर्पजस्तै हुनेछ किनभने गढीमाई मेलाको विशिष्टता र विशेषता भनेकै अत्यधिक सङ्ख्यामा दिइने पशुबलि हो ।
यहाँ हिंसाको वकालत गरिएको कदापि अर्थ नलगाइयोस् तर गढीमाई मेलालाई मात्र हिंसाको दृष्टिले हेनुपर्दछ भन्ने दृष्टिकोण सच्याउनुपर्छ भन्ने भनाइ मात्र हो । बलिप्रथाको विरोध त गरौं कुनै एक ठाउँप्रति पूर्वाग्रह राखेर होइन ।