श्रीमन्नारायण मिश्र
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालप्रति देखाएको सदाशयता र सद्भावको सदुपयोग नेपालले गर्न सकेमा देशले नयाँ गति लिन सक्दछ । धार्मिक र सांस्कृतिक भावनाले उनलाई नेपाल र नेपालीको नजिक पनि ल्याइदिएको छ तर उनको तीर्थस्थलको धार्मिक भ्रमण गर्ने हार्दिक इच्छामाथि रोक लगाउने काम गरेर हामीबाट त्रुटि भएकै हो । विभिन्न किसिमका कूटनीतिक प्रश्न तेस्र्याएर तथा काल्पनिक भयले जसरी नेपालको महत्त्वपूर्ण तीर्थस्थलहरूको भ्रमण गर्नबाट उनलाई रोक्ने काम भएको छ, यसले हाम्रो सरकारको कूटनीतिक असफलतालाई दर्शाएको छ । देशका सत्ताधारी दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेता एवं मन्त्रीहरू तथा प्रतिपक्षमा रहेका एकीकृत नेकपा माओवादीका कतिपय नेताहरूको सड्ढीर्ण मानसिकता, अपरिपक्व कूटनीतिक ज्ञान एवं अदूरदर्शितालाई समेत प्रदर्शित गरेको छ ।
सामान्यतया कुनै देशका विशिष्ट अतिथिको भ्रमण समय छँदै तय हुने गर्दछ । दुई देशका दूतावासमार्फत् सूचनाहरूको आदानप्रदान, परराष्ट्र मन्त्रालयको संयोजनमा भ्रमणको मिति तय गर्ने र त्यसबारे दुवै देशका सरकार बसेर टु·ो लगाउने काम हुन्छ । भ्रमण गर्ने स्थल र त्यसको व्यवस्थापनका लागि सरोकार राख्ने सुरक्षालगायत मामिला परिचालन गर्ने काम सरकारले गर्दछ । नेपालमा भारतीय प्रधानमन्त्री मोदीले भ्रमण गर्ने ती ठाउँबारे निर्णय त साउनमा नै भइसकेको थियो, स्वयं मोदी साउन महिनामा नेपाल आउँदा यसपालि आफू लुम्बिनी र जनकपुर भ्रमण गर्न नसकेको तर सार्क सम्मेलनमा आउँदा राजा जनक र भगवान् बुद्धलाई नमन गर्ने एक किसिमको प्रतिबद्धता नै व्यक्त गरेका थिए । नेपालका परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिएर आएको पनि निकै भइसक्यो । नेपाल सरकारले मोदीको जनकपुर भ्रमणको तयारी पनि गर्यो, मुक्तिनाथ र लुम्बिनीमा रङरोगन र सुरक्षा बन्दोबस्तको काम गर्यो, यसका निम्ति करोडौं रुपियाँ खर्च पनि भयो । स्थानीय जनतामा प्रचारप्रसार गर्ने काम पनि भयो । मोदीको भ्रमणबाट ती धार्मिक स्थलको बाहय दुनियाँमा हुने निश्शुल्क प्रचारबाट देशलाई फाइदा पनि हुन सक्दथ्यो । तर पञ्चायती राष्ट्रवादको मानसिकताले ग्रसित देशका राजनीतिक दलका नेताहरूले मधेसमा मोदी उपस्थितिले पार्न सक्ने राजनीतिक लाभहानिका अनेक वास्तविक, अवास्तविक हिसाब गर्न थाले ।
आफ्नो सर्मथकलाई भारतमा राजदूत बनाउने स्वार्थले ग्रसित भएका कारण नेपाली काङ्ग्रेस र एमालेले भारतजस्तो महत्त्वपूर्ण देशमा राजदूत नियुक्तिसमेत गर्न दिएका छैनन्, गर्न सकेका छैनन् । दलीय स्वार्थका कारण परराष्ट्र सम्बन्ध जस्तो महत्त्वपूर्ण एवं संवेदनशील क्षेत्रमा पनि कति हदसम्म गैरजिम्मेवार हुन सकिन्छ ? यसको उदाहरण खोज्न हामीले अन्यत्र जानुपर्देन । यदि भारतमा नेपालको राजदूत भएका भए यस्तो अवस्था उत्पन्न हुने थिएन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण विशुद्ध धार्मिक भ्रमण थियो । भगवान् श्रीरामको जन्मस्थली अयोध्याबाट प्रत्येक वर्ष श्रीरामको बरात (जन्ती) विवाह पञ्चमीको शुभ अवसरमा जनकपुर आउने गर्दछ । मोदी त्यस जन्तीमा सहभागी हुने कार्यक्रम थियो । अयोध्याबाट श्रीरामको सन्देश लिएर जनकपुरसम्म पुर्याउने कार्यक्रम विशुद्ध धार्मिक नै मान्नुपर्दछ । सार्क सम्मेलनको आयोजना पनि विवाह पञ्चमीको तिथि नजिकै हुनु एउटा संयोग मात्रै थियो । जनकपुर जान नसकेकोमा दु:ख भारतीय प्रधानमन्त्रीलाई पनि भएको हुनुपर्छ । तर उनले जनकपुर र अयोध्याको सम्बन्ध प्रगाढ रहि नै रहने विश्वास दिलाउने हरसम्भव प्रयास गरेका छन् ।
नरेन्द्र मोदीले लुम्बिनी र जनकपुर जस्तो तीर्थस्थलमा आफ्नो अभिव्यक्ति राख्ने कुरालाई दुई देशबीचको सांस्कृतिक घनिष्ठताको परिवेशमा स्वाभाविकरूप्मा लिनुपर्ने थियो । धर्मनिरपेक्ष भारतमा गएर नेपालका तत्कालीन राजा वीरेन्द्रले धार्मिक भाषण दिंदा त्यहाँ कुनै विरोध भएन । नेकपा माओवादी जनयुद्धका बेला पार्टीका नेता कृष्णबहादुर महराले अयोध्यामा राममन्दिर बन्नुपर्दछ (अमर उजालामा प्रकाशित समाचार) भन्ने टिप्पणी गर्दा त्यहाँ कुनै विरोध भएन तर हाम्रो देशमा काल्पनिक भयको आधारमा छिमेकी देशको प्रधानमन्त्रीको कार्यक्रम रद्द गरियो । मोदीले
जनकपुरको बार्हबिघा मैदानमा
भाषण गरे मुलुकको सार्वभौमिकता नै समाप्त हुने भन्दै राष्ट्रवादको अतिवादबाट ग्रसित नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका नेताहरूले यसलाई अनावश्यकरूपमा विवादित बनाउने काम गरे ।
मोदीलाई भाषण गर्न दिनैहुन्न, त्यसले मुलुकको सार्वभौमिकतामा प्रश्न उठाउनेलाई मौका मिल्छ, सरकार कमजोर भएको आलोचना खेप्नुपर्छ भनेर प्रधानमन्त्री समक्ष अडान राख्ने देशका गृहमन्त्रीको भूमिका पनि दूर्भाग्यपूर्ण नै रहयो । एमाले, एमाओवादी र काङ्ग्रेसका केही सभासद्हरूले पनि यस विषयलाई संविधानसभाको राज्य व्यवस्था समितिमा उठाउने काम गरे । चार महिना अघि देशको सार्वभौम संसद्मा जुन नेताको भाषणमा हाम्रा सभासद्हरूले ताली बजाएका थिए, मुक्तकण्ठले प्रशंसा गरेका थिए, तिनै नेताको भाषण धार्मिकस्थलमा हुन लाग्दा त्यसको विरोध गर्ने काम गरे । व्यवस्थापिकाको मन्दिर संसद्मा हुने सम्बोधनलाई सार्वभौमिकताको अनुकूल र विश्व प्रसिद्ध धार्मिकस्थलमा हुने भ्रमणलाई सार्वभौमिकताको प्रतिकूल ठान्ने मानसिकतामाथि दया मात्रै गर्न सकिन्छ । सार्वभौमिकता र राष्ट्रवादको नेपाली परिभाषा राजनीतिशास्त्रको शब्दकोषमा अपवादकै रूपमा होला । पञ्चायती राष्ट्रवादको घुम्टोभित्र आफ्नो विद्रुप अनुहार लुकाउन खोज्ने राजनीतिक दलहरू देशभित्र र देश बाहिर पनि ना·िएका छन् । कुनै पनि विदेशी पाहुनाको नेपाल भ्रमणलाई सफल बनाउने मुख्य दायित्व देशका गृहमन्त्री र परराष्ट्रमन्त्रीको हुने गर्दछ । संयोगले गृहमन्त्री शुरुदेखि नै राजधानी बाहिर मोदीको भ्रमण होस् भने पक्षमा थिएनन्, परराष्टू मन्त्री पनि सोही कित्तामा आउँछन् । राज्य व्यवस्था समितिको बैठकमा जसरी एमाले सभासद्हरूले मोदीको राजधानी बाहिरको भ्रमणलाई विरोध गरेका थिए, त्यसले शुरुमैं सड्ढेत दिने काम गरिसकेको थियो कि एमाले यस भ्रमणको विरोधमा छ । गृहमन्त्री र परराष्ट्रमन्त्रीको अभिव्यक्तिले यसलाई पुष्टि गर्ने काम पनि गर्यो । नेपाली काङ्ग्रेसका मन्त्री र सभासद्हरूको भूमिका पनि एमालेभन्दा कम थिएन ।
कतिपयले मोदीद्वारा साइकल वितरण गर्नु मर्यादित हुँदैन भन्दै विरोध गरे । जुन देशको राजनीतिक पार्टी कार्यालयमा एक सयभन्दा बढी कम्प्युटर विदेशबाट प्राप्त हुन्छ र त्यसलाई सहर्ष स्वीकार गरिन्छ । विदेशले दिएको मोबाइल खल्तिमा राख्न अप्ठयारो मानिदैंन, विदेशीले दिएको ल्यापटप र कम्प्युटर आफ्नो पार्टी कार्यालय र कोठामा राख्न लज्जानुभूति हुँदैन, छोराछोरीलाई विदेश पठाउन तिनै देशको दूतावासमा हारगुहार गर्न धक मानिंदैन, तर देशका गरीब एवं निर्धन व्यक्तिले साइकल प्राप्त गर्दा अमर्यादित कसरी हुन्छ ? एमाले र काङ्ग्रेसका नेताहरूमा एउटा होड मचेको थियो । मोदीको जनकपुर भ्रमण रद्द गराउन सबैभन्दा बढी प्रभावकारी भूमिका कसले खेल्न सक्दछ ? नेपाली काङ्ग्ेरसका मन्त्री जसले मोदीको भ्रमण सफल बनाउने जिम्मा पाएका थिए उनले नै खुशीखुशी हतारहतारमा भ्रमण रद्द भएको घोषणा गरे । जबकि आयोजन गर्ने जिम्मेवारी पाएका व्यक्तिले आफ्नो दायित्व सफल बनाउन हरसम्भव र अन्त्यसम्म प्रयास गर्नुपर्दथ्यो । तर उनले यसलाई आफ्नो टाउकोमा राखिएको भारी सम्झेका थिए र सक्दो छिटो बिसाउन चाहेका थिए । जहाँको मुख्य आयोजक नै पाहुनाको स्वागत गर्न र आतिथ्य धर्म निर्वाह गर्न अनिच्छुक देखिन्छ त्यस्तो ठाउँमा कुनै पाहुना कसरी आउन सक्दछ ? त्यसमा पनि त्यस्तो पाहुना जसको लोकप्रियता विश्वभरि छ र जसलाई हेर्न एवं सुन्न विश्व समुदाय व्यग्र छ । जापान, अस्ट्रेलिया, अमेरिका, संयुक्त राष्ट्र सङ्घ, आसियान, ब्रिक्स र जी २० सम्मेलनमा त यही साबित भएको छ ।
विश्व र·मञ्चमा मोदीले आफूलाई एउटा जिम्मेवार, शिष्ट, मर्यादित र सशक्त नेताको रूपमा पेश गरेका छन् । उनले छिमेकी राष्ट्रहरूसँग राजनीतिक सम्बन्ध कायम गर्न चाहेका छन् । ठूलो देशको हैसियतले सबै साना छिमेकीसँग सम्बन्धमा स्थायित्व र विकासमा जोड दिएका छन् । यसका निम्ति भारतले उदारता र सद्भावको नीति अँगाल्ने स्पष्ट पारिदिएका छन् । नेपालमा उनले दिएका अभिव्यक्ति नेपालमा स्थायित्व, राष्ट्रिय सद्भाव, नेपालीबीच एकता र प्रजातन्त्रको पक्षमा रहेका कारण नेपालीहरूले उनको प्रशंसा गरेका छन् स्वागत गरेका छन् तर जनकपुर भ्रमणलाई रद्द गराउनमा सरकारी पक्ष एवं प्रतिपक्षले खेलेको भूमिकाका कारण नेपाल कूटनीतिकरूपमा असफल साबित भएको छ । प्रतिपक्षी दलहरूको भूमिका पनि सत्ता पक्षभन्दा कम गैरजिम्मेवार थिएन । सार्क सम्मेलनपछि, वर्तमान प्रधानमन्त्रीलाई कूटनीतिक र प्रशासनिक रूपमा असफल बनाउने काममा सक्रिय भएर लागेका मन्त्रीहरूको ठाउँमा नयाँ र ऊर्जावान व्यक्तिको चयन गर्नु सरकारको हितमा हुनेछ । यस प्रकरणमा सरकार पूर्णत: असफल साबित भएको छ । दक्षिणी छिमेकीसँग बन्न लागेको बलियो सम्बन्ध कमजोर बनाउने काम भएको छ, अविश्वास बढाउने काम भएको छ । भारतीय पक्षले संयमित, सन्तुलित जिम्मेवार एवं परिपक्व टिप्पणी गरेको छ तर यो
राजनीतिक होइन कूटनीतिक हो भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ । यसको दूरगामी प्रभाव पर्नेछ । ट्रमा सेन्टरको उद्घाटनको बेला बोलिएका केही शब्दले धेरै कुरा बोलेको छ ।