- बासुदेवलाल दास
मिथिला क्षेत्र प्राचीनकालदेखि नै दार्शनिकहरूको भूमि रहिआएको छ । यहाँका विद्वान् चिन्तक, मनीषीहरूले भौतिक तथा आध्यात्मिक सबै पक्षमा व्यावहारिक क्रियाकलाप विषयक विवेचन गरेका छन् । आफूभन्दा श्रेष्ठ मान्यजनलाई प्रणाम गर्नु एवं उनीहरूबाट आशीर्वाद प्राप्त गर्नु मानिसका लागि कल्याणकारी हुने विश्वास गरिन्छ । यस अन्तर्गत श्रेष्ठ व्यक्तिका साथै गुरु, पुरोहित, देवीदेवता, प्रकृति, वनस्पति इत्यादिप्रति आस्था र श्रद्धा राख्ने तथा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्ने प्रथा रहेको पाइन्छ । आशीर्वादलाई आशीष पनि भनिन्छ । यस अन्तर्गत आशीर्वादाकाङ्क्षीप्रति सुख, समृद्धि, सन्तति, सुस्वाथ्य, दीर्घायु, सफलता, मनोकाङ्क्षापूर्ति, उत्तरोत्तर उन्नति तथा प्रगति आदिको कामना गरिने प्रचलन देखिन्छ ।
श्रेष्ठजनलाई चरणस्पर्श गरेर प्रणाम गरिन्छ । मैथिली भाषामा प्रणामका लागि ‘गोर लागब’ अथवा ‘पैर छूअब’ शब्दहरू प्रचलित रहेका छन् । मैथिली बोलीमा चरणलाई ‘गोर’ पनि भनिन्छ । यसरी प्रणाम गर्दा सामान्यत: प्रणम्यको दाहिने चरणमाथि प्रणाम गर्नेको देब्रे हात तथा देब्ेर चरणमाथि दाहिने हात द्वारा स्पर्श गरिन्छ । मिथिला क्षेत्रमा खासगरी सधवा महिलावर्गद्वारा कसैलाई प्रणाम गर्दा प्रणम्यको दाहिने चरणमाथि आफ्नो देब्ेर हातले स्पर्श गर्दै दाहिने हातले उनको देब्ेर चरणमाथि तीनपटक स्पर्श गरी प्रणाम गर्ने प्रचलन पाइन्छ । यस्तै सधवा महिला द्वारा दैनिक गौरपूजन गरिने अवसरमा तथा अन्य अवसरमा समेत देवी गौरीलाई प्रणाम गर्दा आफ्ना दुवै हातका औंलाहरूलाई परस्पर योनिमुद्रा स्वरूपमा राखेर प्रणाम गर्ने परम्परा रहेको छ । सामान्यत: प्रणम्यको निर्धारण समाज मा आयु, पद, प्रतिष्ठा इत्यादिका आधारमा हुने गर्दछ । यस प्रकार प्रणाम गर्दा आशीर्वादस्वरूप खुशी होऊ, सुखी होऊ, युगयुग बाँच, चिरञ्जीवी होऊ, दीर्घायु होऊ, स्वस्थ होऊ, शुभाशीर्वाद, शुभाशिष, कल्याण होओस्, विजय होओस्, जय होओस् इत्यादि शब्दहरू भनिने गरिन्छ । त्यस्तै कुमारी कन्यालाई असल वर र राम्रो घर प्राप्तिको एवं विवाहितालाई अटल, अखण्ड सौभाग्यवती हुने तथा दूधपूतले भरिपूर्ण रहने आशीर्वाद दिने गरिन्छ । यसलाई अर्को शब्दमा मैथिली भाषामा ‘मांग कोखि जुडाएल रहए’, अर्थात् सौभाग्य तथा सन्ततिद्वारा सदैव भरिपूर्ण रहने तथा ‘एक स एकइस होअए’ अर्थात् वंशको अभिवृद्धि हुने आशीर्वाद पनि भनिन्छ । अति वयोवृद्धजन साना बच्चालाई आशीर्वाद दिंदै आफ्नो टाउकोबाट सेतो फुलेको कपाल तोडेर बच्चाको टाउकोमा राख्दै दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् । यसरी नै देवपितृवर्ग एवं सूर्य, चन्द्र, जल, वायु, अग्नि, आकाश, पृथ्वी, वनस्पति इत्यादि प्राकृतिक तत्त्वहरूप्रति पनि श्रद्धाभाव राखेर उनीहरूबाट आशीर्वाद प्राप्त गरिन्छ । यस्ता देवपितृवर्ग अथवा प्राकृतिक तत्त्वद्वारा व्यक्त शब्दमा भने आशीर्वाद प्रदान गरिंदैन, अपितु उनीहरूद्वारा प्रदत्त आशीर्वादको बोध गरिन्छ ।
मिथिला क्षेत्रमा प्रचलित मान्यता अनुसार शरीरको अन्त्य भएपश्चात् अमर आत्मा पितृरूपमा विद्यमान रहन्छन् एवं आफ्ना सन्ततिलाई आशीर्वाद प्रदान गरिरहेका हुन्छन् । यस क्षेत्रमा पितृपूजाको आफ्नै किसिमको प्रथा रहेको देखिन्छ । भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाइन्छ । यो पर्व मिथिलाको मौलिक पर्व हो । यस अवसरमा ‘मडर’ भनेर खीरपुडीको नैवेद्य अर्पित गरिन्छ, जुन चन्द्र देवतालाई पितृ स्वरूपमा पूजा गरिएको प्रतीक मानिन्छ । यो मडर प्रसादलाई पुरुषजनले मात्र ग्रहण गर्छन् । यसै सन्दर्भमा वर्षा ऋतुको समयमा कहिलेकाहीं रात्रिकालमा चन्द्रमाका चारैतिर वृत्ताकार स्वरूपको शुभ्र आभामण्डलको घेरा देखिन्छ, जसलाई मिथिलाका निवासीहरू ‘सभा लागब’ भन्ने गर्दछन् । समाजमा यस्तो धारणा रहेको पाइन्छ कि त्यस सभामा सबैका पितृजन बसेका हुन्छन् । त्यसैले उतातिर फर्काएर आफ्नो तर्जनी (चोर) औंला देखाउनुहुँदैन । यसो गरेमा औंला देखाउनेको पितृजनलाई त्यस स्थानबाट उठाइदिने गरिन्छ । विद्वान्हरूको विचारमा यो सभा तथा पितृजन विषयक धारणा वस्तुत: चन्द्र देवतालाई पितृ स्वरूपमा मानिएको अवधारणा हो । चौठचन्द्र पर्व चन्द्र देवताको पर्व हो एवं यो पर्व गर्नाले चन्द्र देवताद्वारा पितृभावको आशीर्वाद प्राप्त हुने मान्यता रहेको पाइन्छ ।
यसरी नै आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष भनिन्छ । यस पक्षमा समाजका पुरुषजन तर्पण, पार्वण, पिण्डदान आदि गर्दै आफ्ना दिव·त पितृजनप्रति भक्ति प्रदर्शित गरी उनका आशीर्वाद प्राप्त गर्दछन् । त्यस्तै पितृपक्षको अष्टमी तिथिका दिन महिलावर्गद्वारा गरिने जितिया व्रतको अवसरमा दिव·त महिलापितृजनप्रति नैवेद्य अर्पित गर्दै उनीहरूको आशीर्वाद प्राप्त गर्ने चलन रहेको छ । यस प्रकार कुलपुत्रवर्गद्वारा मात्र नभई कुलवधूवर्गद्वारासमेत पितृजन प्रति श्रद्धा व्यक्त गर्ने प्रथा मिथिला क्षेत्रमा पाइन्छ । यस क्षेत्रमा एउटा भनाइ पाइन्छ कि ‘बाढहिं पूत पिता के घरमें, खेती उपजए अपने करमें’, अर्थात् पितृहरूको धर्म (आशीर्वाद) द्वारा नै वंशवृद्धि हुन्छ तथा खेती कार्यमा आफ्नो कर्मको आधारमा उब्जनी हुन्छ ।
मिथिला क्षेत्रमा आशीर्वादको परम्परा अन्तर्गत प्रत्येक आगमन तथा गमनका अवसरहरूमा श्रेष्ठजनलाई प्रणाम गर्ने तथा कनिष्ठजनलाई आशीर्वाद दिइने गरिन्छ । यसरी नै पूजा तथा अनुष्ठान इत्यादिको अवसरमा पुरोहितद्वारा यजमानवर्गलाई आशीर्वाद दिने गरिन्छ । पुरोहितद्वारा यजमानलाई आशीर्वाद दिने केही अन्य अवसरहरूमा आषाढ महिनाको शुक्लपक्षको पहिलो रविवारका दिन पुलिकमूलबन्धन गरिने अवसर हुन्छ । यसमा पुलिकमूल नामक बोटको जराको सानो टुक्रा धागोद्वारा पुरुषवर्गको दाहिने हातको नाडीमा तथा महिलावर्गको देब्रे हातको नाडीमा विशेष मन्त्रोच्चारणका साथ बाँध्ने गरिन्छ । यसलाई अर्को शब्दमा इसरगज पनि भनिन्छ । यो बाँध्नाले सर्पको भय नरहने विश्वास गरिन्छ । यसलाई कार्तिक पूर्णिमाको दिन विसर्जन गरिन्छ । यस्तै श्रावण महिनाको पूर्णिमा तिथिका दिन रक्षाबन्धन तथा आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि अर्थात् विजयादशमीका दिन जमरा (जयन्ती) बन्धन गरिन्छ । यसका साथै विभिन्न सांस्कारिक अवसरहरूमा व्यक्तिगत तथा सामूहिकरूपबाटसमेत आशीर्वाद दिइने प्रचलन देखिन्छ । यस्ता कतिपय अवस्थामा प्रणाम नगर्दा पनि आशीर्वाद दिइने गरिन्छ, जुन प्राय: सामूहिक स्वरूपको हुने तथा सांस्कारिक अनुष्ठानको अवसरमा दिइने हुन्छ ।
मिथिला क्षेत्रमा शिशु जन्म उपरान्त अशौच–शुद्धिको अवसरमा प्रसूताको नङ काट्ने प्रथा रहेको छ । यस अवसरमा नवजात शिशुका नङ पनि काटिन्छन् । यो कार्य हजाम जातिका व्यक्तिद्वारा सम्पन्न गरिन्छ । यस अवसरमा ‘निछाउर’ भनेर चामल र द्रव्य दिइने गरिन्छ । यो निछाउरमा घरका श्रेष्ठ, ज्येष्ठ महिलावर्गद्वारा द्रव्यलाई नवजातको टाउकोको चारैतिर वृत्ताकार घुमाएर राखिने गरिन्छ । यसपछि हजाम जातिका व्यक्तिद्वारा जच्चा एवं बच्चा दुवैलाई