Posts

Showing posts from November, 2014

सोचहीनताको परिणाम

    दुर्घटना कसैले जानीजानी गराएको हुँदैन । दुर्घटनाजस्तो देखिने तर नियोजित घटना छ भने त्यसलाई दुर्घटना मान्न सकिन्न । मानिसले आफ्नो क्षमता अनुसार, सम्पूर्ण बुद्धि विवेक लगाउँदा पनि रोक्न नसकिने र त्यसमा कुनै पनि प्रकारको क्षति हुन्छ भने त्यो दुर्घटना हो । तर हामी दुर्घटना हुने परिस्थितिलाई रोक्दैनौं, दुर्घटनाका कारणहरूको खोजी गरी त्यसको सुधारतर्फ ध्यान दिंदैनौं भने त्यो जानीजानी गरेको/गराएको घटना हो । त्यसलाई दुर्घटना भन्न मिल्दैन र त्यस्तो घटनाका लागि जहाँ भौतिक तथा मानवीय क्षति हुन्छ, त्यसका कारकमाथि दण्डविधान लागू हुनुपर्छ । दशैंदेखि मङ्सिरको दोस्रो सातासम्मको सडक दुर्घटनाको लेखाजोखा गर्‍यौं भने यसबीच अति कारुणिक सवारी दुर्घटनाहरू भएको पाउँछौं । जब चालकले मापसे गरेर सवारीसाधन चलाउँछ, जब थोत्रो बसमा नयाँ बसको क्षमताभन्दा बढी यात्रु चढ्छन्, जब खोलाको तिरमा रहेको सडक जीर्णशीर्ण भएर चालकले सवारीसाधनमा नियन्त्रण राख्न सक्दैन, जब कबाडमा थन्काउने सवारी साधनहरू पनि गुडाइरहने अनुमति दिइन्छ भने यसलाई जानीजानी दुर्घटना गराएको मान्नुपर्छ ।     शरीरका सम्पूर्ण अवयवहरू यथायोग्य रहँदा पनि कसैले म

२०७१ मङ्सीर १४ गते आइतवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

२०७१ मङ्सीर १४ गते आइतवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

रामजानकीको जन्ती वीरगंज हुँदै अयोध्या फिर्ती सवारी, वीरगंजमा भव्य स्वागत

Image
प्रस, वीरगंज, १३ मङ्सिर/     ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले रामजानकी विवाहको जन्तीलाई जनकपुरबाट अयोध्या फकिर्ने क्रममा वीरगंजमा भव्य स्वागत गरेको छ  ।     सेवा केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविणा दिदीले जन्तीमा सहभागी महामण्डलेश्वर, गुरु, साधु, सन्तहरूलाई आत्मस्मृतिको टीका लगाइ स्वागत गरेकी थिइन् ।     सो अवसरमा ब्रह्माकुमार जीतेन्द्र तथा गोवर्धन चौधरीले फूलमालाले जन्तीलाई स्वागत गरेका थिए ।     समारोहमा एभरेस्ट सुगर मिल, गौशालाका सञ्चालक ओमप्रकाश सर्राफ, वीउवासङ्घका पूर्वअध्यक्ष गणेश लाठलगायतका उद्योगी, व्यपारी तथा  राजयोगी भाइबहिनीहरूले रामजानकीको  जन्तीलाई स्वागत तथा सम्मान गरेका थिए । साधु महासङ्घद्वारा स्वागत रामजानकी विवाह जन्ती यात्रा  आज वीरगंज हुँदै भारत फर्किएको छ । वीरगंजमा जन्ती आइपुग्दा नेपाल साधु महासङ्घले घण्टाघर चोकमा स्वागत गरेको थियो ।        राम जन्मभूमि अयोध्याबाट  मङ्सिर १ गते जनकपुरका लागि आएको जन्ती आज वीरगंज हुँदै पुन: अयोध्या फर्केको हो । जन्तीका सहभागीहरूलाई बाजागाजासहित फूलमाला लगाएर वीरगंजमा स्वागत गरिएको थियो । जन्तीमा १५१ जना साधुसन

भौतिक पूर्वाधारको अभावमा बैरिया विद्यालय

Image
प्रमोद यादव, र·पुर, १३ मङ्सिर/     श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सोनवर्षा बैरियामा भौतिक पूर्वाधार अभावको कारण पठनपाठनमा समस्या परेको छ ।     कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा दुई कोठे पुरानो भवन मात्र छ । सो भवनको कर्कटपाता पनि कुहिएर सडिसकेको कारण घामपानी थेग्न नसक्ने अवस्थामा छ ।     डेस्क बेन्चसमेत पर्याप्त नरहेकाले बालबालिकाहरू आफ्नो घरबाटै बोरा लिएर जाने र सोही बोरा ओछ्याएर पढ्ने गरेका छन् ।     विद्यालयमा २०० जनाभन्दा बढी विद्यार्थी रहेका प्रधानाध्यापक श्रीराम गिरीले बताए । विद्यालय भवन व्यवस्थित नरहेको कारण महत्त्वपूर्ण कागजपत्रहरूसमेत सुरक्षित राख्न नसकिएको प्रअ गिरीको दु:खेसो छ ।    गाउँमा राजनीतिक खिंचातानीका कारण सोको असर विद्यालयमा परेको र भौतिक पूर्वाधार निर्माण हुन नसकेको सोनवर्षाका बासिन्दाहरूले बताए ।

विद्यासागर र हिमालयन विजयी

प्रस, वीरगंज, १३ मङ्सिर/     प्याब्सन टी–२० नकआउट क्रिकेट टुर्नामेन्टको प्रीक्वार्टर फाइनल खेल आजदेखि प्रारम्भ भएको छ ।     गोल्डेन फ्युचर र विद्यासागरबीच आज भएको पहिलो प्रीक्वार्टर फाइनल खेलमा गोल्डेन फ्युचरले टस जिती ब्याटिङ गर्दै १७.१ ओभरमा सबै विकेट गुमाइ ७० रन बनाएको थियो । जवाफमा विद्यासागरले १०.५ ओभरमैं १ विकेटको क्षतिमा ७५ रन बनाएर ९ विकेटको अन्तरले जीत हासिल गरेको थियो । विद्यासागरका म. हुसेनले ४ ओभरमा ३ रन दिएर ३ विकेट लिएकाले म्यान अफ दि मैच घोषित भए ।     यसैगरी आज सम्पन्न दोस्रो प्रीक्वार्टर फाइनल खेलमा हिमालयनले टस जिती ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनायो । सोको जवाफमा सेन्ट जेभियर्सले १७.३ ओभरमा सबै विकेट गुमाइ मात्र ८५ रन बनाएकोले  हिमालयन मावि ५६ रनको अन्तरले विजयी भएको छ । उक्त खेलमा ४ ओभरमा १५ रन दिई ४ वटा विकेट ढालेका हिमालयनका इरफान अन्सारी म्यान अफ दि मैच घोषित भए ।     भोलि पहिलो खेल साउथजोन र सनराइज तथा दोस्रो खेल डीएभी र अल्पाइनबीच हुने आयोजकले बताएको छ ।

मोदी मन्त्रणाको अन्तर्य

Image
- ओमप्रकाश खनाल     दक्षिण एसियाली क्षेत्रीय सहयोग स·ठन (सार्क)को १८ औं शिखर सम्मेलन भर्खरै सकियो । आयोजन गर्नुका कारण पनि हामीकहाँ सम्मेलनका अर्थराजनीतिक आयामहरूमाथि विवेचनाको पारो उच्चबिन्दुमा देखिनु अस्वाभाविक होइन । चर्को हल्लाखल्लाबीच मूल उद्देश्यमा सीमित उपलब्धि सम्मेलनको सार हो भन्न उतिसारो माथापच्ची आवश्यक परेन । शुरूमैं सार्कका एजेन्डाभन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तित्व बखान र उनको धार्मिक भ्रमणबारे निर्लज्ज विरोधाभाषहरूले सार्क सम्मेलनको सार्थकतामा पर्याप्त आशड्ढा उत्पादन भएकै हो । मोदीको धार्मिक भ्रमण र प्रस्तावनाका कार्यक्रमहरूको अन्तर्वस्तु जेसुकै भएपनि त्यसको उपयुक्त समायोजनमा हाम्रो कूटनीति अल्लारे देखियो । अन्तत: संशय धेरै हदसम्म सही निस्किए ।     राजधानीको चिसोमा सम्मेलन शुरू भइरहँदा सार्कका उद्देश्यभन्दा सबैको चासोलाई भारत–पाकिस्तान कटुताको तापमानले छिचोल्यो । धुलिखेल रिसोर्टमा भारत–पाक नेतृत्वको हातमिलान नै सार्कको उद्देश्यजस्तो देखियो । समाचार माध्यममा आएका खबरहरूबाट यस्तै भान हुन्थ्यो । अन्तत: आठ सदस्य राष्ट्रको सम्मेलनको लक्ष्य दुई देशको वै

मनन गर्न योग्य

(१)   माग्नु छ भने ईश्वरसँग माग        बादशाह अकबर एक दिन ज·लमा आखेट गरिरहेका थिए । उनी ज·लमा भटकेर बाटो बिर्सिए । ढिलो भएपछि उनलाई प्यास र भोकले सताउन थाल्यो । यस्तो प्रतीत हुन्थ्यो कि अब उनको प्राण जानेछ । त्यसैबेला उनले एउटा खेतमा एकजना किसानलाई काम गरिरहेको देखे । उनी किसाननजिक गएर भने,“तिम्रो साथमा केही खानेकुरा छ ?”     किसानले भने,“छ नि, आऊ बस ।” किसानले बादशाह अकबरलाई आफूसँग भएको रूखोसूखो रोटी खुवाए, टाढाबाट ल्याएको पानी पनि पिलाए । खाएर–पिएर बादशाह प्रसन्न भए र किसानलाई भने,“तिमी के काम गर्छौं ।”     किसानले भने,“खेतीबारी गर्छु, धेरै कठिनतापूर्वक जीवन निर्वाह भइरहेको छ ।”     अकबरले भने,“सुन, म भारतको बादशाह हुँ । कहिल्यै पनि तिमीलाई केही आवश्यकता भए मकहाँ आगरा आउनू ।” यति भनी अकबर त्यहाँबाट हिंडे । किसानले जाने मार्ग बताइदिए ।     यो घटना घटित भएको धेरै वर्ष बितिसकेको थियो । एकपटक वर्षभरि वर्षा भएन । किसानको खेत सुख्यो । किसानले सोच्यो कि बादशाहकहाँ जान्छु र उनीसँग केही सहायता माग्छु । किसान आफ्नो गाउँबाट हिंडे र राजधानी आइपुगे । उनले त्यहाँ बादशाहको सवारी गइरहेको देखे । बादश

२०७१ मङ्सीर १३ गते शनिवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ मङ्सीर १३ गते शनिवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

गढीमाई मेलामा पशुबलि शुरू

Image
जीतलाल श्रेष्ठ/सिकेन्द्र पासवान, बारा, १२ मङ्सिर/     बाराको बरियारपुरमा लाग्ने बलिका लागि विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा शुक्रवार विधिवत् पूजाआजा गरी पशुबलि शुरू भएको छ । मङ्सिर १ गतेदेखि शुरू भएको मेलामा दर्शनार्थीहरू आउने जाने क्रम जारी रहे पनि १० गतेदेखि गढीमाई मेलामा मानवसागर उर्लिएको छ । दुई सय बिघाभन्दा पनि बढी क्षेत्रफलमा लागेको मेलामा दर्शनार्थीहरूको भीड निकै नै बढेको छ । आस्थाकी देवी गढीमाईको विधिवत् पूजा आराधनासँगै साड्ढेतिक नरबलि, पञ्चबलि दिएपछि भाकलका लागि भक्तालुहरूले ल्याएका राँगाहरूको बलि शुक्रवार बिहान ९ बजेबाट शुरू भएको हो ।     पौराणिक मान्यता अनुसार मकवानपुरका सेन राजाहरूको अन्तिम समयमा तत्कालीन बाराको फत्तेपुर सेमरी गाउँका एक आदिवासी भगवान चौधरी सेन राजाको राजस्व प्रशासनको चपेटामा परी मकवानपुरगढीमा थुनामा कैदी जीवन बिताइरहेका थिए । उनी माईका भक्त थिए । एक दिन राति सपनामा मकवानपुरगढीकी माईले चौधरीलाई  यहाँबाट अन्यन्त्र लैजान भनिन् ।     माईको प्रतापले चौधरी थुनामुक्त भएपछि उनले माईलाई बोकी पहाड, जङ्गल छिचोल्दै बरियारपुरमा पुग्दा उज्यालो भइसकेको थियो ।

मेलामा दलितहरूले सिनो उठाउन दिएनन्, राँगाको ठेकेदार क्षतिपूर्ति माग्ने तयारीमा

रामेश्वर मेहता, सिम्रौनगढ/     बलिप्रथाको लागि चर्चित बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा यसपटक पनि राँगाको ठेक्का सफल हुन सकेन । पछिल्लोपटकको मेलामा नेपाल–भारतका दलितहरूले सिनो लिने अडानका बावजुद रु. ४१ लाखमा राँगाको ठेक्का लागेको थियो । यसपटक दलितहरूले सिनो बहिष्कार घोषणा गरेपछि रु. १ करोड ६० लाखमा ठेक्का लागेको थियो ।      तर सिनो बहिष्कार गरेका नेपाल–भारतका दलितहरू आज एकाबिहानै राँगाको बलिदान हुने स्थानमा पुगेर सिनोको लागि विवाद खडा गरेका थिए । दिनभरि विवाद भएपछि समितिले दलितहरूको दबाब थेग्न नसकी साँझपख सिनो दलितहरूलाई दिने निर्णय गरेको थियो । राँगाको ठेकेदारमध्येका धीरज सहनीले बिहान साढे आठ बजेदेखि राँगाको बलि शुरू भएपछि दलितहरूले सिनोका लागि विवाद गरेका र आफूहरू सिनो उठाउन तयारी अवस्थामा रहे पनि उठाउन नसकेको बताए ।      उनले सिनो उठाउनका लागि १२ सय कामदार, ४० वटा ट्रक र ट्रयाक्टरका साथै कलैयामा २ वटा र परवानीपुरमा १ वटा कोल्डस्टोरेजको व्यवस्था गरिएको बताए । उनले बलि चढेको राँगाको पेट काटेर आन्द्राभुँडी निकाली त्यसमा बरफ राखी कलैया र परवानीपुरको कोल्डस्टोरेजमा सञ्चय ग

मुद्गल ऋषि

- उमाशङ्कर द्विवेदी     कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा थिए । शिलोञ्छवृत्ति (खेतमा खसेको अन्नको बाला टिपेर त्यसको अन्नको सङ्ग्रह गरेर जीविका चलाउने वृत्ति)ले उनको जीविका चल्दथ्यो । पन्ध्र दिनको सङ्ग्रहपछि एक द्रोण (अन्न राख्ने भाँडोविशेष) अन्न जम्मा हुन्थ्यो । त्यसै अन्नले उनी ‘इष्टिकृत’ नामक यज्ञ गर्दथे तथा पन्ध्रौं दिन प्रत्येक औंसी र पूर्णिमाको दिन ‘दश–पौर्णमास’ यज्ञ गर्दथे । यज्ञमा देउता तथा अतिथिहरूलाई दिनमा उब्रेको अन्नले उनी आफ्नो परिवारसहित निर्वाह गर्दथे । उनको परिवारमा पत्नी, छोरा तथा स्वयम् उनी गरी जम्मा तीनजना थिए । तीनैजना पक्षमा केवल एक दिन मात्र एक छाक खान पाउँदथे । उनको प्रभाव यस्तो थियो कि प्रत्येक पर्वको दिन देवराज इन्द्र स्वयम् उपस्थित भएर आफ्नो भाग लिन्थे । यस प्रकारले मुनिवृत्तिले बस्नु र प्रसन्नचित्तले अतिथिहरूलाई अन्न दान दिनु, यही उनको जीवनको व्रत थियो । कसैप्रति कुनै पनि किसिमको

बलिप्रथाको विरोधको औचित्य

Image
- सञ्जय साह ‘मित्र’     अहिले गढीमाई मेलाको कारण नेपाल एक हिसाबले विश्वमा चर्चाको शिखरमा रहेको छ । बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने र मेलामा लाखौं बलि दिइने हुनाले यो चर्चामा आएको हो किनभने मेला नजिकिएको छ । सर्वसाधारणमा कस्तो पनि विश्वास रहेको छ भने गढीमाई मेला भनेको संसारमा एकैदिन सबैभन्दा बढी बलि दिइने ठूलो मेला हो । यसको पुष्टि भएको वा नभएको भन्नेतर्फ कसैले पनि आधिकारिक मानेको प्रमाण दिंदैन अर्थात् यो दाबी हल्ला मात्र भएको पनि हुन सक्छ । तर के पनि सत्य हो भने यस क्षेत्रमा गढीमाई मेलाको कारणले समाजमा आस्थाको एउटा छुट्टै पिरामीड रहेको छ ।     हाम्रो समाज विविधताको समाज हो । विविधतापूर्ण समाजमा अनेक किसिमका चलनहरू रहेका हुन्छन् । यो स्वाभाविक पनि हो । यही स्वाभाविकतालाई बलि प्रथाले पनि अँगालेको छ । नेपालको विभिन्न समाजमा बलि प्रथाले जरो गाडेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्लान् तर अझ कतिपय समाजले यसलाई आफ्नो सम्पत्ति मानेको छ । कुनै दिन यस्तो थियो कि कतिपय समाजले नरबलिलाई पनि मानेको थियो भन्ने कुरा केही लोककथाहरूले पुष्टि गरेको देखिन्छ

मिथिलामा आशीर्वादको परम्परा

Image
- बासुदेवलाल दास     मिथिला क्षेत्र प्राचीनकालदेखि नै दार्शनिकहरूको भूमि रहिआएको छ । यहाँका विद्वान् चिन्तक, मनीषीहरूले भौतिक तथा आध्यात्मिक सबै पक्षमा व्यावहारिक क्रियाकलाप विषयक विवेचन गरेका छन् । आफूभन्दा श्रेष्ठ मान्यजनलाई प्रणाम गर्नु एवं उनीहरूबाट आशीर्वाद प्राप्त गर्नु मानिसका लागि कल्याणकारी हुने विश्वास गरिन्छ । यस अन्तर्गत श्रेष्ठ व्यक्तिका साथै गुरु, पुरोहित, देवीदेवता, प्रकृति, वनस्पति इत्यादिप्रति आस्था र श्रद्धा राख्ने तथा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्ने प्रथा रहेको पाइन्छ । आशीर्वादलाई आशीष पनि भनिन्छ । यस अन्तर्गत आशीर्वादाकाङ्क्षीप्रति सुख, समृद्धि, सन्तति, सुस्वाथ्य, दीर्घायु, सफलता, मनोकाङ्क्षापूर्ति, उत्तरोत्तर उन्नति तथा प्रगति आदिको कामना गरिने प्रचलन देखिन्छ ।     श्रेष्ठजनलाई चरणस्पर्श गरेर प्रणाम गरिन्छ । मैथिली भाषामा प्रणामका लागि ‘गोर लागब’ अथवा ‘पैर छूअब’ शब्दहरू प्रचलित रहेका छन् । मैथिली बोलीमा चरणलाई  ‘गोर’ पनि भनिन्छ । यसरी प्रणाम गर्दा सामान्यत: प्रणम्यको दाहिने चरणमाथि प्रणाम गर्नेको देब्रे हात तथा देब्ेर चरणमाथि दाहिने हात द्वारा स्पर्श गरिन्छ ।

मोफसलको पत्रकारिता – साख र हाँक

Image
- चन्द्रकिशोर स्थानीय समाचारमाध्यमको सबलता, गुणस्तरीयता र प्रभावकाररिताको आधारमा मुलुक र लोकतन्त्रको अवस्था मापन गर्न सकिन्छ भन्ने मान्यता राख्नु अस्वाभाविक ठहर्दैन होला । त्यस्तै अर्को प्रश्न पनि मोफसलको पत्रिकासँग जोडिएर यतिखेर उठिरहेको छ, मोफसलका साना दैनिकहरूले बनाइदिएका हरिया बजारमा राजधानीका ठूला पूँजीका अखबारहरू विचरण गर्न पुगिरहेका छन् । त्यस बेला उनीहरूले टिकिरहने उपायको खोजी कसरी गर्ने ?     यथार्थ के हो भने २०४६ सालको राजनीतिक परिवर्तनले मोफसलको पत्रकारिता क्षेत्रलाई पनि व्यावसायिक प्रतिस्पर्धा र जिम्मेवारी निर्वाहतर्फ अभिप्रेरित गरेको छ । त्यसैको फलस्वरूप अहिले मोफसलको पत्रकारिता क्षेत्रमा उल्लेख्य लगानी हुन थालेको छ । बढी पाठकहरू माझ पुग्ने होडबाजीले विषयगत विविधतातिर पनि पत्रपत्रिकाको ध्यान जान थालेको छ ।     व्यावसायिक स्वरूप ग्रहण गर्न थालेपछि राजनीतिक आस्था र विचारको प्रभावबाट भने मुक्त हुन सकिरहेको छैन । तर पनि राष्ट्रियस्तरका पत्रपत्रिका समयमा नपुग्ने र पुगे पनि बजारको माग अनुसार आपूर्ति नहुने भएकोले स्थानीयस्तरमा प्रकाशित समाचार नै मोफसलका पाठकहरू सूचनाको स्रोत बन

क्षयरोगमुक्त समाज र देश निर्माण गर्न साझा सड्ढल्पको खाँचो

    पछिल्लो समयमा पर्वतको ठूलीपोखरी गाविसमा कुष्ठरोग लागेको आरोपमा समाजले एक परिवारलाई गाउँबाटै निकाल्यो । देवीदेवताको शापका कारण कुष्ठरोग लागेको समाजको बुझाइ थियो । आजको बदलिंदो परिवेशमा यस्तो अज्ञानताको शिकारमा कयौं परिवार पीडित छन् । क्षयरोगलाई पनि पुरानै मान्यताको परिभाषामा बुझ्ने हाम्रै शिक्षित समाज सक्रिय छ । क्षयरोग सरुवा रोग भएको हुनाले यसबाट जोगिन र जोगाउन अति आवश्यक छ । क्षयरोग लागेमा गाउँ समाजमात्र होइन, आफ्नै परिवारभित्र फरक दृष्टि राखेको पाइन्छ भने महिलाले यस्ता रोगलाई समाज र परिवारबाट लुकाउने मनस्थितिले गर्दा महिलाहरू क्षयरोगबाट बढी सङ्क्रमित हुने गरेका छन् । क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको उदासीनता र अज्ञानताले भरिएको सोचले क्षयरोगी थपिनु प्रमुख कारण पनि हो ।     क्षयरोग नियन्त्रण गर्न एक्लो प्रयासले सम्भव नहुने हुँदा यसमा सबै गैसस तथा आम नागरिकको मुख्य भूमिका अपरिहार्य छ । जसरी पनि क्षयरोगलाई नियन्त्रण गरी क्षयरोगमुक्त समाज र देश निर्माण गर्नमा साझा सड्ढल्पको खाँचो छ ।     नेपाल क्षयरोग निवारण संस्थाले ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा “सम

विद्यालयहरूमा पढाइभन्दा कमाइमा ध्यानकेन्द्रित

Image
- वैद्यनाथ ठाकुर     सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निरन्तर खस्किंदै जानु सर्वत्र चिन्ता र चासोको विषय विगत एक दशकदेखि रहँदै आएको छ । शिक्षा मन्त्रालयदेखि प्रधानाध्यापकसम्मले बेलाबखतमा खस्किंदो शैक्षिक गुणस्तरप्रति चिन्ता जाहेर गरेको भेटिन्छ । अन्तर्राष्ट्रिय दातृसंस्थाहरूले समेत नेपाली शिक्षामा सुधारको लागि अर्बौं रुपियाँ लगानी गर्दै आएको छ । विश्व बैंकलगायत केही अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाली शिक्षाका केही अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाली शिक्षाको गुणस्तर वृद्धिको लागि पाँच वर्षीय विद्यालय सुधार योजना शीर्षकमा योजना नै निर्माण गरी अर्बौ रुपियाँ लगानी गरेको देखिन्छ । तर सरोकारवालाहरूमा इमानदारी तथा उच्च नैतिकताको अभावको कारण शिक्षामा लगानी बालुवामा पानी सरह हुन गएको सर्वविदितै छ ।     अध्ययन अध्यापन एउटा चक्रजस्तै हो । यसमा धेरै तत्त्वहरूले भूमिका निर्वाह गर्नुपर्छ । कुनै पनि पक्षले आफ्नो भूमिका अनुसारको क्रियाशीलता नदेखाएपछि सिकाइ प्रक्रिया प्रभावित हुन जान्छ । विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा कार्यालयलगायतले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन

तरकारीखेती गर्ने कि ?

    एमाओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरको छतमा मौलाएको तरकारीखेतीको तस्वीर सार्वजनिक भएको छ । सानेपास्थित निवासको छतमा गरिएको तरकारीखेती अर्गानिक भएको डा. भट्टराईले खुलासा गरेका छन् । काठमाडौंका लागि यस किसिमको तरकारीखेती यो पहिलो भने होइन । यसअघि काठमाडौं र अन्य शहरका बासिन्दाहरूले पनि छतमा तरकारीखेती गरेका खबर पत्रपत्रिकाका पाना र टेलिभिजनका पर्दाहरूमा छाइसकेका छन् । उनीहरू समाजका त्यति चर्चित व्यक्ति नभएकाले होला, अरूले त्यसको सिको गरेनन् । तर भट्टराई जस्तो ओहोदा र उच्च नाम कमाइसकेका व्यक्तिले छतमा गरेको तरकारीखेती भने सम्भवत: यो पहिलो हो । डा. भट्टराई देशविदेशले पत्याएका विद्वान हुन् । उनी मुलुकका पूर्वप्रधानमन्त्री र वर्तमान संविधानसभाको राजनीतिक संवाद समितिका सभापतिसमेत हुन् । भट्टराईको छतमा हुर्किरहेको हरियो तरकारी अर्गानिक भएको कुरा पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।     प्लटिङ र शहरीकरणको नाममा उब्जाउ जमीन कङ्क्रिटले ढाक्ने क्रम बढ्दो छ । मागअनुरूपको हरियो तरकारी आपूर्ति हुन नसक्दा सीमित व्यापारीले मुलुकको तरकारी बजारलाई आफ्नो कब्जामा राखेका छन् । यसो

२०७१ मङ्सीर १२ गते शुक्रवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ मङ्सीर १२ गते शुक्रवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

शीतलहरबाट जिल्लावासीलाई जोगाउन समितिको पूर्व तयारी बैठक सम्पन्न

Image
प्रस, वीरगंज, ११ मङ्सिर/     जिल्ला प्राकृतिक प्रकोप व्यवस्थापन समितिको बैठक जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ ।     बैठकमा चिसो बढ्नु अघि नै चिसोबाट पर्सेली जनतालाई कसरी जोगाउनेबारे छलफल भएको छ । छलफलको क्रममा पर्सा जिल्लाको नगरदेखि गाउँसम्म चोक चौराहामा दाउरा वितरण गरिने, न्यानो कपडा तथा जाडोबाट बच्नको लागि जनचेतनामूलक सामग्री, पर्चा पम्पलेट विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बैठकबाट निर्णय गरिएको छ ।     बैठकमा दैविप्रकोप व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विगतमा भएको कमी–कमजोरीलाई सच्याउँदै अगाडि बढ्न सम्पूर्ण निकायलाई आग्रह गरेका थिए । तराईका जिल्लाहरूमा खास गरेर शीतलहरको बेला र यसबाट जोगिन सम्पूर्ण सुरक्षा निकायलाई आफ्नो क्षेत्रको जनतामा चेतना जगाउने कार्यक्रम लैजान आग्रह गरेका थिए । दैवीप्रकोप व्यवस्थापन समितिमा सदस्य रहेका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले जिम्मेवारी पाएको कार्य निर्वाह गर्न आग्रह गरेका थिए ।     गत वर्ष काठ–दाउरा वितरणमा देखिएको पक्षपात यसपालि नहुने र जनताले चाहे बमोजिम शीतलहरको बेला काठ–दाउरा वितरण गर

बलिका राँगाको सङ्ख्या ७ हजार पुग्यो

प्रस, वीरगंज, ११ मङ्सिर/     बरियापुरमा लागेको पाँच वर्षे गढीमाई मेलामा यस वर्ष पशुबलिका लागि ७ हजार राँगा सड्ढलन भइसकेको छ । राँगाको ठेक्का लिएका अरविन्द गुप्ताले आजको मितिसम्म ७ हजार राँगा दर्ता भएको र आउने क्रम जारी रहेको बताए । उनले भोलि पञ्चबलिपछि राँगाको बलि दिइने र पर्सि १३ गते बोका, सुँुगुर, कुखुरा आदिको बलिदान दिइने बताए ।     भारतले आफ्नो भूभागबाट गढीमाई मेलामा पशुबलिका लागि आउने  राँगा, बोकाहरूमा रोक लगाएको बावजुद सात हजार राँगा दर्ता भएको हो । भारतबाट मेलाका लागि आधाभन्दा बढी राँगा आउने गरेको छ । गढीमाई मेलामा दर्शनार्थीको घुइँचो, राँगा भित्रिने क्रम जारी सिकेन्द्र पासवान, कलैया/     पशुबलिले परिचित बाराको बरियारपुरस्थित गढीमाई मेला मङ्सिर १ देखि शुरू भएसँगै दर्शनार्थीहरूको ११ औ दिन बिहीवार बिहानदेखि भीड बढेको छ ।     आज दश लाखभन्दा बढी दर्शनार्थीले भगवती गढीमाईको दर्शन गरे । मङ्सिर १ गतेदेखि अहिलेसम्म झन्डै चालीस लाख भक्तजनले दर्शन गरेको मेला समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।     आठ बजेसम्म झन्डै चार हजारको हाराहारीमा राँगा बधशालामा पुगिसकेको बलि व्यवस्थापन समितिका सद

सार्कको मूल एजेन्डा के हुनुपर्ने हो ?

Image
- विश्वराज अधिकारी     यो आलेख तयार परिरहँदासम्म काठमाडौंमा १८ औं सार्क सम्मेलन आयोजना गर्न सरकारी एवं नागरिक, दुवै स्तरमा भव्य तयारी चलिहरेको छ । मङ्सिर १० र ११ गते दुई दिनमा सम्पन्न हुने यस सम्मेलनका लागि, नेपालले आफ्ना स्रोत र साधनहरूले भ्याएसम्म, भव्य तयारी गरेको छ । नेपालले गरेको तयारी हेर्दा र सार्क सम्मेलन सम्बन्धी आएका समाचार, विचार आदिको विश्लेषण गर्दा नेपालले यो १८ औं सम्मेलन मात्र होइन, सार्क स·ठनलाई पनि अति महत्त्व दिएको सरल किसिमबाट अनुमान गर्न सकिन्छ । साथै नेपालले सार्क स·ठनबाट ठूलो अपेक्षा राखेको पनि प्रस्ट हुन आउँछ । नेपालमा छोटोछोटो अवधिमा हुने सरकार परिवर्तन, सत्ता लिप्साका कारण नेताहरूमा हुने विग्रह र कलह, अस्थिर राजनीति एवं कमजोर सरकार आदिको कारण नेपालले सार्कको उपयोग आफ्नो हितमा बढी मात्रामा गर्न नसक्नु विश्लेषणको अर्काे पाटो हो तर वर्तमान स्थितिमा र यो सरकारले यो सम्मेलन सफलतापूर्वक आयोजना गर्न जुन किसिमको हौसल र तत्परता देखाएको छ, त्यसले यो मुलुकले सार्क स·ठनबाट ठूलो अपेक्षा राखेको र साथै सार्क सम्मेलनलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाएको प्रस्ट हुन आउँछ । नेप

खाद्य सुरक्षामा सार्क सफल हुन सकेको छैन

Image
शीतल महतो     आर्थिक समृद्धिका अपार सम्भावना हुँदाहुँदै पनि बढ्दो जनसङ्ख्याका कारण दक्षिण एसियाली मुलुकहरू खाद्य सुरक्षाको दृष्टिबाट सक्षम हुन सकेका छैनन् । दक्षिण एसियाली मुलुकहरूमा अहिले पनि करिब १६ प्रतिशत जनसङ्ख्याले सुरक्षित खाना पाउन सक्ने अवस्था छैन । खाद्यान्नको अभावमा उनीहरू कुपोषण तथा भोकमरीबाट पीडित हुने गरेका छन् । सामान्य अवस्थामा पनि नेपालका करिब ४० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खाना पाउन सक्ने अवस्था छैन । हिमाली क्षेत्रमा करिब ४५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र मधेस तराई क्षेत्रमा ३७ प्रतिशत जनताको खाद्य सुरक्षित छैन । खाद्य उत्पादनको दृष्टिले हेर्ने हो भने नेपालको ४१ जिल्लामा खाद्य उत्पादन अति न्यून छ । दुर्गम पहाडी जिल्लाहरूमा त खाद्यान्नको अभावले आम नागरिक ठूलो सड्ढटमा पर्ने गरेको यथार्थ छ ।     बढ्दो जनसङ्ख्या, अनियन्त्रित बसोवास, शहरीकरणको तीव्र गतिमा विकास तथा विस्तार, कृषि भूमिको कमी, रोजगारका लागि कृषि श्रमशक्ति विदेश पलायन हुनु, जलवायु परिवर्तन, भूमिको उत्पादन क्षमतामा र्‍हास आउनु, पर्याप्त सिंचाइ व्यवस्थाको अभाव तथा उन्नत बीउबिजन र स्रोत संरक्षण आधुनिक

मोदीको जनकपुर भ्रमण रद्द र आर्थिक विकासको सवाल

वीरेन्द्र यादव     १८औ सार्क सामेलन नेपालमा भएकोले समग्र नेपाली गर्वान्वित हुनुका साथै मधेसीमा एउटा विशेष प्रकारको उत्साह र अपेक्षा थियो । यस अघिको भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमणले मधेसीलाई खासै उत्साहित नपारे पनि तराईको जनकपुर र लुम्बिनीमा हुने भनिएको भ्रमणको खबरले विकासको अपेक्षा मात्र बढाएको थिएन, मधेससितको विभेद अन्त्य हुने, मधेसीको भारतसँग रहेको गुनासो अन्त्य हुने र मधेसको धार्मिक, आर्थिक एवं पर्यटकीय स्थलले अन्तर्राष्ट्रिय जगत्मा पनि पहिचान पाउने अपेक्षा थियो । यसबाट मधेसमा विद्यमान विभेद अन्त्य गर्न सरकारलाई दबाब पथ्र्यो भने आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय जगत्मा पनि मधेसको पहिचान स्थापित हुन्थ्यो । गौतम बुद्धको जन्मभूमिबारे बेलाबखत हुने गरेको बेतुक बहसले विराम पाउने थियो । यस भ्रमणले बुद्धको जन्मस्थल नेपाल भूमिमा पर्छ भन्ने कुराको वस्तुनिष्ठ आधारसहित अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाहित हुन्थ्यो । मधेसको सामाजिक कुरीति हटाउन बाहय सहयोगको सम्भावना बढ्थ्यो भने मधेसभित्रको वर्तमान शान्तिको अनुभूतिले विदेशी लगानी वृद्धि हुने सम्भावना थियो ।     विश्वकै विशालतममध्

विश्व जनशक्ति बजार र हामी

Image
ई. गोपाल श्रेष्ठ     आजको विश्वव्यापीकरण र उदारीकरणको युगमा एक देशको सामान मात्र होइन, जनशक्ति पनि अर्को देशमा स्थानान्तर भइरहेछ । हाम्रो देशको चिया, पस्मिना, कार्पेट आदि अरू देशमा गइरहेछ भने, अर्को देशको मेसिन, उपकरण, इन्धन, औद्योगिक कच्चापदार्थ, लत्ताकपडा तथा जिन्सी सामान आदि हाम्रो देशमा आइरहेछ । साथै, जनशक्तिको हकमा हामीहरूमध्ये धेरैजसो रोजगारको सिलसिलामा भारतमा गई काम गरिरहेका छौं भने भारतीयहरू पनि हाम्रो देशमा आई काम गरिरहेका छन् । भारतबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा आदि देशमा उच्च शिक्षा हासिल गरेको हाम्रो जनशक्ति कार्यरत छ भने कतार, मलेसिया, दुबई, बहराइन, कोरिया, साउदी अरब आदि देशमा पनि हाम्रो दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति कार्यरत छ । रोजगारको सिलसिलामा विदेशमा गई काम गर्नु सुख–दु:ख जे भए पनि आम्दानी रकम स्वदेश भित्र्याउनु सकारात्मक नै मानिन्छ । यसरी विदेशमा गई काम गर्नुलाई कतिपयले मन पराउँछन् भने कतिपयले मन पराउँदैनन् ।     विदेशवाट स्वेदशमा पठाइएको रकमलाई विप्रेषण/रेमिटेन्स भन्ने गरिएको छ । सन् २०१४ मा भारतले ७१ बिलियन डलर विप्रेषण प्राप्त गरी अधिकतम विप्ेरेषण

सरकारको कूटनीतिक असफलता

Image
श्रीमन्नारायण मिश्र    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालप्रति देखाएको सदाशयता र सद्भावको सदुपयोग नेपालले गर्न सकेमा देशले नयाँ गति लिन सक्दछ । धार्मिक र सांस्कृतिक भावनाले उनलाई नेपाल र नेपालीको नजिक पनि ल्याइदिएको छ तर उनको तीर्थस्थलको धार्मिक भ्रमण गर्ने हार्दिक इच्छामाथि रोक लगाउने काम गरेर हामीबाट त्रुटि भएकै हो । विभिन्न किसिमका कूटनीतिक प्रश्न तेस्र्याएर तथा काल्पनिक भयले जसरी नेपालको महत्त्वपूर्ण तीर्थस्थलहरूको भ्रमण गर्नबाट उनलाई रोक्ने काम भएको छ, यसले हाम्रो सरकारको कूटनीतिक असफलतालाई दर्शाएको छ । देशका सत्ताधारी दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेता एवं मन्त्रीहरू तथा प्रतिपक्षमा रहेका एकीकृत नेकपा माओवादीका कतिपय नेताहरूको सड्ढीर्ण मानसिकता, अपरिपक्व कूटनीतिक ज्ञान एवं अदूरदर्शितालाई समेत प्रदर्शित गरेको छ ।     सामान्यतया कुनै देशका विशिष्ट अतिथिको भ्रमण समय छँदै तय हुने गर्दछ । दुई देशका दूतावासमार्फत् सूचनाहरूको आदानप्रदान, परराष्ट्र मन्त्रालयको संयोजनमा भ्रमणको मिति तय गर्ने र त्यसबारे दुवै देशका सरकार बसेर टु·ो लगाउने काम हुन्छ । भ्रमण गर्ने

जनता र जिम्मेवारीबोध

    वीरगंज–ठोरी हुलाकी सडक जिल्लाको अधिकांश ज·ली भूभाग भएर चलेको थियो ।  एक ठाउँबाट अर्को ठाउँमा चिटठी–पत्र पुर्‍याउन हुलाकी हिंड्ने बाटोलाई नै हुलाकी सडक भनिएको हो । त्यति बेला खबर आदानप्रदान गर्नका लागि चिटठी–पत्रबाहेक अर्को विकल्प थिएन । बाटोमा हुलाकी आइरहेको छ भने उसलाई बाटो छोडिदिएर अन्य यात्रुहरू छेउ लाग्नुपथ्र्यो । किनभने हुलाकीलाई कुनै पनि कारणले विलम्ब गर्ने /गराउनेलाई दण्ड हुने कानुनी व्यवस्था थियो । साथै त्यति बेला हुलाकीलाई तुच्छ बोल्नु वा हुलाकी हिंड्ने बाटोमा छेकबार, अवरोध खडा गर्नुलाई समाजले पाप ठान्थ्यो । हाम्रो मुलुकमा राणाकालदेखि पञ्चायती व्यवस्थाको उत्तरार्धसम्म यो मान्यता कायम थियो।     वीरगंज–ठोरी हुलाकी सडक पनि त्यही ऐतिहासिक हुलाकी सडक हो । भारत सकारकारले तराई सडक परियोजना अन्तर्गत उक्त सडकलाई कालोपत्रे बनाइदिने भएपछि केही स्थानमा भने सडक स्थल परिवर्तन गरिएका छन् । सर्भेको क्रममा भएका वातावरणीय परीक्षण र बस्ती विकासको अवस्था मध्यनजर गरेर सरोकारवालाहरूकै राय सल्लाह अनुसार स्थान परिमार्जन गरिएको हो । सडक स्थानीय विकासको पहिलो र अपरिहार्य पूर्वाधार मानिन्छ । सडक निर

२०७१ मङ्सीर ११ गते बिहीवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ मङ्सीर ११ गते बिहीवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

गढीमाई मेलामा भक्तजनहरूको घुइँचो

Image
सिकेन्द्र पासवान, कलैया, १० मङ्सिर/ गढीमाई मेलामा बुधवार भक्तजनहरूको सङ्ख्या निकै बढेको छ ।     नेपाली भक्तजनहरूको तुलनामा भारतीय भक्तजनहरूको सहभागिता बढी रहेको मेला समितिले जानकारी गराएको छ । १२ गते हुने पशुबलिका लागि भारतको रगाह, बैरगनिया, घोडासहन, छौडादानो, आदापुर, रक्सौललगायतका नाकाहरूमा भारतीय सुरक्षाकर्मीले राँगा रोकेपछि धेरै राँगाहरू मेलासम्म आउन नसकेको बलि व्यवस्थापन उपसमितिका सदस्य राजकुमार साहले जानकारी गराए । भारत, बिहार, बैरगनिया थाना प्रस्टोका जब्दी निवासी नन्दु पासवानले आफूले निकै कष्ट सहेर राँगा नेपाल भित्र्याउन सफल भएको बताए । अहिलेसम्म ११ सय राँगामात्र परिधिभित्र छिरेको बलि व्यवस्थापन समितिले बताएको छ ।     मेलामा १२ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए । मेलाका मनोरञ्जनात्मक कार्यक्रमहरूलाई व्यवस्थित गरिएको र  जुवातास एवं रक्सी बिक्री वितरणमा पूर्ण रोक लगाइएको निमित्त प्रजिअ दुलालले बताए ।     विगतमा मेला समितिले खानेपानी र विद्युत्को महसुल बाँकी राखेको कारण यसपालिको मेलामा भक्तजनहरूलाई केही असुविधा भइ