प्रस, परवानीपुर, १० कात्तिक/
छठको अवसरमा श्रीसिया खोलाको पानी जति सफा हुने आश लगाइएको थियो, त्यो हुन सकेन।
खोलाको पानी अहिले पनि विभिन्न कलकारखानाको विसर्जित पानी र केमिकलबाट प्रदूषित छ। बारा,
गढीमाई नगरपालिकाको रामवनदेखि जीतपुरको ललका पुलसम्म पानी सफा र स्वच्छ देखिन्छ भने परवानीपुर पुलसम्म आउँदा पानीको रङग र स्वरूप अर्कै देखिन्छ।
जीतपुर, सिमराबीच रहेका केही उद्योगको प्रदूषित पानी अहिले पनि निर्वाधरूपमा नदीमा मिसिन पुग्छ। त्यस्तै छातापिपरा र रामपुर टोकनी गाविस, लिपनीबिर्ता गाविसमा रहेका केही उद्योगले राति खोलामा उद्योगको विसर्जित पानी खसाउने गरेको स्थानीय बासिन्दा बताउँछन्।
श्रीसिया खोला वन्यजन्तु आरक्ष बारा भएर पर्साको विभिन्न गाविस एवं वीरगंज उपमहानगरपालिकाको रानीघाट हुँदै भारत, रक्सौल भएर बग्ने हुँदा छठको अवसरमा नेपाल–भारतका हजारौं व्रतालु प्रभावित हुने गरेका छन्।
गत असोज २६ गते प्रमुख जिल्ला अधिकारी हिमनाथ अधिकारीको निर्देशनमा सहायक प्रजिअ अनुज भण्डारीको नेतृत्वमा अनुगमन समिति गठन भएको थियो र उद्योगी एवं सुरक्षा निकायबीच चाडपर्वको बेला खोलालाई प्रदूषणमुक्त बनाउन प्रयास थालिएको थियो। सोबारे प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीसँग सोध्दा एकपटक अनुगमन गरिसकेको र केही दिनमा फेरि अनुगमन गरेर यदि कसैले खोला प्रदूषण गरेको पाइए कारबाईको दायरामा ल्याउने आश्वासन दिए।