अधिवक्ता वीरेन्द्रप्रसाद यादव
तराईमा वर्षको दुईपटक मनाइने छठ पर्वले समाजभित्रको असमानता र विभेद अन्त गर्ने थुप्रै सङकेत दिन्छ। छठ पर्वको नियम अलिकति पनि उल्लङ्घन नहोस् भनेर व्रतालुहरू एकदम सचेत रहन्छन् । केटाकेटीहरूले पनि अज्ञानतावश पर्वको नियम उल्लङ्घन नगरून् भनेर व्रतालु मात्र होइन, हरेक व्यक्ति सचेत रहन्छ। पर्वको नाममा कुनै काम गर्न पनि कसैले न इन्कार गर्छ, न अवरोध नै पुर्याउँछ । व्रतको सामान चोरहरूले पनि चोर्दैनन् भने ठगहरू पनि पैसा नतिरी लादैंनन्। जस्तै बेइमान र कन्जुसले व्रतको सामान किन्यो, तर पसलेले पैसा माग्न बिर्सियो भने सम्झना आएपछि आफैं तिरेर आउँछ । सधैं गलत गर्नेले पनि गलत गर्ने मानसिकता नबनाउनु सभ्य समाज निर्माणको निम्ति कम सकारात्मक होइन । प्रमुख कारण छ अदृश्य शक्तिद्वारा अनिष्टको डर।
अदृश्य शक्तिको डरले पर्वको नियम कडाइका साथ पालन गर्न बाध्य हुने मानिसलाई यस पर्वले मुलुकको नियम कानुन पालना गर्ने मनस्थिति तयार पार्न मदत गर्छ। छठ पर्वको नियम पालन जस्तै मुलुकको कानुन पालनमा समाजलाई गम्भीर बनाउने हो भने समाजबाट गैरकानुनी काम तथा अशान्ति, सामाजिक विकृति–विसङगति धेरै हदसम्म अन्त हुने निश्चित छ। पर्वले समाजद्वारा महत्त्वहीन ठानिएका अधिकांश वस्तु पूजाको सामल बनाउँछ र एकै दिनको लागि भए पनि प्रयोगविहीन समान सबैको निम्ति अपरिहार्य बन्छ। वर्षभरि अछूतको रूपमा हेरिने जातिले बनाएको वस्तुमा पूजा सामग्री राखेर पूजा गर्न बाध्य तुल्याएको छ। छठमा बाँसको छैटी (दउरी) चाहिन्छ भने अर्को दिन बाँसकै सुपली चाहिन्छ। त्यो छैटा र सुपली समाजले गैरकानुनी रूपले अछूत मानिएको जातिले बनाएको हुनुपर्छ। खानपानको कुरै पर जाओस्m जीउसमेत छोइनु नहुने जातिले बनाएको छैटा र सुपलीमा नै पूजा सामग्री राखी देवताको पूजा गर्ने परम्पराले समाजबाट छुवाछूतको पनि विभेद हटाउने धेरै महत्त्वपूर्ण सन्देश यस पर्वले दिएको छ। व्रत गर्ने घरपरिवारले छुवाछूतको भेदभावलाई महत्वहीन मान्ने हो भने समाजबाट छुवाछूतजस्तो विकृति हट्न बेर लाग्दैन।
कुनै पनि सामान र व्यक्तिलाई कम महत्त्व दिनुहुँदैन भन्ने सन्देश छठले दिन्छ । हिन्दूहरूले यो पर्व गर्छन्। हिन्दूमा पनि नीचउँच, जातपातको वर्गीकरण गरिएको छ। डोम, चमार, मुसहर, तेलीलगायत धेरै जातिसँग छुवाछूतको भेदभाव राखिंदै आएको छ । तर छठ पर्वमा सबै जात एकै ठाउँमा एक अर्कासँग टाँसिएर पूर्जा गर्छन्। छुवाछूतको भेदभाव राख्नेहरू पनि यस्तो गर्न हच्किंदैनन्। यसले जातीयरूपले मानिसमा भेदभाव छैन र भेदभाव गर्नु हुँदैन भन्ने सकारात्मक सन्देश दिएको छ।
छठको पूजाका लागि प्राय: प्रयोग नहुने वस्तु हुन्छ। पर्वको निम्ति साठी धानको चामल, खीर, ठेकुवा चढाइन्छ। साठी धान यस्तो धान हो जो मानिस प्राय: खाँदैनन्। यो धानहरूमध्ये रद्दी धान मानिन्छ। यदि यसलाई पूजा सामग्रीमा प्रयोग नगर्ने हो भने यसको खासै उत्पादन पनि हुँदैन र यसको बीउको अस्तित्व आज देखिने पनि थिएन। यसैगरी सुथनी, जसको न त तरकारी बन्छ, न अन्य प्रयोजनमा आउँछ। जौ पनि यस्तो खाद्यान्न हो, जुन प्राय: मानिस खाँदैनन्। कोहीकसैले सातुको रूपमा मात्र प्रयोग गर्छन्। बोडी पनि धेरै प्रकारका हुन्छन् तर तरकारीमा प्राय: प्रयोग नहुने बोडीलाई छठिया बोडी भनिन्छ र त्यसैबाट पूजा गरिन्छ। समाजले खासै महत्त्व नदिएको वस्तुलाई पूजा सामग्री मान्नुले हरेक सामानको महत्त्व छ भन्ने दर्शाउँछ। पर्वमा उखु प्रयोग हुन्छ। उखु यस्तो बाली हो जुन छठ हुनुपूर्व नै खानेयोग्य भइसकेको हुन्छ । उखु खेतबाट चोर्ने सम्भावना बढी हुन्छ, तर छठ पर्व नबितेसम्म उखु खेतबाट चोर्नुहुँदैन, खानु हुँदैन। छठभन्दा पहिले उखु खायो भने छठी माता रिसाएर अनिष्ट गर्नुहुन्छ भन्ने विश्वास समाजमा कायम छ। जसले गर्दा छठमा उखु चढाइसकेपछि उखु बाली कसैले न काट्छ, न चोर्छ नै। छठमा उखु चढाइ सकेपछि तुरुन्त कटान हुन्छ र मिलमा पठाइन्छ। तबसम्म उखु छिपिएर उत्पादन को तौल बढिसकेको हुन्छ। यसले बाली नालीको उत्पादन मात्र बढाउँदैन चोरी लुटपाटको पनि नियन्त्रण गर्छ। पर्वपश्चात् प्रसाद आफन्तकहाँ वितरण गरिन्छ र भ्याएसम्म सबैलाई दिइन्छ। बैरीलाई पनि प्रसाद दिन इन्कार गर्नुहुँदैन भन्ने सामाजिक मान्यता छ। दुश्मनले पनि पर्व गरेको छ भने त्यसमा अवरोध सिर्जना गर्नुहुँदैन भने मान्यता छ। यसले समाजमा मायाप्रेम मात्र बढाउँदैन विगतका रिस राग हटाउन मदत पुग्छ। पर्वको अवसरमा सफाइमा पनि त्यतिकै महत्त्व दिइन्छ।
भविष्य पुराण एवं देवी भागवतमा कार्तिक षष्टीबारे भनिएको छ–
षष्ठी तिथि महराज सर्वदा सर्वकामदा उपोष्या तु प्रयत्नेन सर्वकाल जयार्थिन अर्थात् यसले सबै महान् काम पूरा गर्छ पुत्रहीनलाई पुत्रप्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन प्रदान गर्ने लगायत मान्यता छ। अत्रिमुनिकी पत्नी सती अनसुइयाले व्रत गरेपछि दम्पतीबीच अगाध मायाप्रेम बढेको थियो भने द्रौपतिले यो व्रत गरेकीले उनका पति धर्मराज युधिष्ठिरको प्रतिज्ञाको पालन हुनुका साथै विजय हासिल भएको ऐतिहासिक मान्यता छ।
चाडपर्व हाम्रा सांस्कृतिक सम्पदा हुन् । यस सम्पदाको संरक्षण र संवद्र्धन गर्नु हाम्रो दायित्व हो भने यस भित्रका विकृति तथा नकारात्मक सन्देश हटाउनु हाम्रो कर्तव्य पनि हो। चाडपर्वले समाजमा सिर्जना गरेको अन्धविश्वासजस्तै ग्यास्टिक रोगीले पनि पानीसम्म नखाई व्रत बस्ने चलन हटाउनुपर्छ। अदृश्य शक्ति उपरको विश्वासले डाइन–बोक्सी लगायत विकृतिलाई मलजल दिएको छ । बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्नु, मलमुत्र खुवाउने कार्य गर्नुलगायत सामाजिक विकृति धार्मिक अन्धविश्वासमा टिकेको छ। यद्यपि यस्ता पर्वले अन्धविश्वासको बढावा दिएको छैन । अपव्यख्याले विकृत स्थान पाएको हो। जस्तै तीज पर्व महिलाको वैवाहिक स्वतन्त्रताको द्योतक मानिन्छ। पार्वतीले आफूखुशी महादेवसँग विवाह गरे पनि तीज पर्वले पतिलाई देवता मानेको, पतिको लामो आयुको निम्ति गर्नुपर्छ भन्ने अपव्याख्याहरूले विकृति जन्माएको छ। विवाहकै सन्दर्भमा कुरा गर्ने हो भने आफ्नै जातमा मात्र विवाह गर्नुपर्छ, होइन भने कुलको धर्म नाश हुन्छ भन्ने सामाजिक मान्यता छ। तर धर्मशास्त्रले पनि आफ्नै जातमा मात्र विवाह गर्नुपर्छ भनेर सीमित पारेको देखिन्न। रामायण कै कुरा गर्ने हो भने सीताको विवाह निम्ति हरेक जात, धर्मका वीरपुरुषलाई आह्वान गरिएको थियो। यहाँसम्म कि रावणजस्तो राक्षस पनि स्वयंवरमा सहभागी थियो। रावणले धनुष तोड्ने अवसर पाएको भए सीताको विवाह रावणसित हुन कसैल्ो रोक्दैनथ्यो होला । धर्मग्रन्थमा उल्लिखित स्वयंवरहरूले के देखाउँछ भने छोरीको विवाह उसले रोजेको मानिससँग तब मात्र गर्नुपर्छ जब ऊ आफ्नो पति छान्ने निर्णय गर्न सक्ने हैसियतमा पुग्छे। स्वयंवरमा सहभागी राजकुमारीहरूले आफ्नो स्वविवेकले निर्णय गरेर जसको गलामा माला लगाउँथे उसैसँग विवाह हुने धर्मग्रन्थले बताउँछ। अर्थात् धर्मग्रन्थले पनि नाबालक केटीको विवाह गर्नुपर्छ र छोरीको लागि जीवनसाथी अभिभावकले नै खोजिदिनुपर्छ भन्ने कतै उल्लेख छैन, तर पनि समाजले उही कुरालाई बढी स्थान दिएको छ। यसर्थ यस्ता विकृति हटाउन यस पछाडि रहेको अन्धविश्वास हटाउनुपर्छ। अन्धविश्वासको निरन्तरतालाई राज्यको व्यवहारले प्रश्रय दिएको छ। राज्यको धर्म हुनु, राज्यद्वारा बलिप्रथालाई मान्यता दिनु, राज्यद्वारा दैवीशक्तिलाई महत्व दिनु । राज्यले नै दशैमा बलि चढाएपछि शक्ति बढ्छ, चाहेको कुरा प्राप्त हुन्छ भन्ने नीति राख्छ भने नागरिकले सोच्नु अस्वाभाविक होइन। जबसम्म अदृश्य शक्तिप्रति राज्यले विश्वास गरिरहन्छ, समाजबाट अन्धविश्वास बिदा हुँदैन भन्ने कुरा शासकले बुझ्नुपर्छ।
छठ पर्वले सबैलाई समान महत्त्व मात्र दिएको छैन, समाजले त्यति महत्त्व नदिएको वस्तुलाई पूजा सामग्रीको रूपमा ग्रहण गरेकोले पर्वलाई सबै तहका मानिसको पहुँचभित्र पारेको यथार्थ आत्मसात् गर्नुपर्छ। तसर्थ पर्वमा बढी खर्च गरेर आडम्बर देखाउने चलन नबसोस् भनेर अत्यन्त महत्त्वहीन वस्तुलाई पूजा सामग्री बनाएर यस पर्वले समानताको सन्देश पनि दिएको छ। सबैको पहुँचभित्रको पूजाको सामल र आडम्बर प्रदर्शित गर्ने कुनै निहु छठ पर्वले दिएको छैन। रहयो कुरा छठमा महँगा पहिरन र गरगहना लगाउने कुरा यो पनि आधुनिक विकृति मात्र हो। दिवाली र दशैंजस्तो यस पर्वमा त्यस्तो गर्नुपर्ने कुनै धार्मिक विधान पनि छैन। कसैले आफूसँग सम्पत्ति छ भनेर अन्यभन्दा आफू ठूलो भएको भाव पाल्नुहुँदैन। जसले जति तडकभडक गरे पनि पूजा गर्ने सामग्री उही हो, पुजिने भगवनन, स्थान समय पनि उही हो।