$type=ticker$count=12$cols=4$cate=0

दुष्कर्मको भोगाइ

SHARE:

- गोपाल ठाकुर
    हाम्रा आध्यात्मिक मान्यताहरूले सत्कर्म र दुष्कर्मका फलबारे धेरै चर्चा गरेका छन् । तर ती सबै चर्चाहरू आखिरकार पूर्वजन्म र पुनर्जन्ममा गएर टुङ्गिएको पाइन्छ । अर्थात् कसैले सुखी जीवन बाँचेको छ भने उसले पूर्वजन्ममा सत्कर्म र दुःखी छ भने दुष्कर्म गरेको विश्वास गर्न ती मान्यताहरूले सिकाउँछन् । त्यति मात्र होइन, यस जन्ममा पनि सत्कर्म वा दुष्कर्म गर्दा परजन्ममा त्यसको सकारात्मक वा नकारात्मक भोगाइ भोग्नुपर्ने पनि सिकाउँछन् । तर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादले सत्कर्म र दुष्कर्म यसै भौतिक संसारमा भौतिकरूपले नै भोग्य हुने हुनाले त्यसको प्रतिफल पनि यसै भौतिक विश्वमा भोग्नुपर्ने सिकाउँछ । किनभने यस दर्शनले पूर्वजन्म वा परजन्ममा विश्वास गर्दैन । दार्शनिक हिसाबले यो मान्यता नै सबैभन्दा पछिल्लो साबित भएको छ । यसै दर्शनमा विश्वास गर्नेहरूले बीसौं शताब्दीको नेतृत्व गरेको पनि सर्वविदित छ । तर यस दर्शनमा विश्वास गरेको नाटक गर्नेहरूले दण्डित हुनुपरेको पनि बीसौं शताब्दीका अन्तिम वर्षहरूले छर्ल· पारेका छन् । एक्काइसौं शताब्दीको पदार्पणसँगै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको पराजय भएको पनि ठूलै ढ्याङ्ग्रो ठटाउन प्रारम्भ गरिएको देखिन्छ । तर यस शताब्दीको पहिलो दशकभित्रै अमेरिकालगायत पश्चिमी पूँजीवादी मुलुकहरूमा शुरु भएको आर्थिक मन्दी अहिले पनि पूरै हट्न सकेको छैन । त्यसको प्रभावस्वरूप हामी पनि कहिले मौद्रिक तरलताको अभाव त कहिले प्रचुरताको चपेटामा पर्दै आइरहेका छौँ ।
    यस्ता वैश्विक विचलनबाट आजको अन्तर्निर्भरताको युगमा हामी अछुतो रहन पनि सक्तैनौं । तर राजनीतिकरूपमा सचेत भएर अघि बढ्दा त्यसको न्यूनीकरण गर्न सकिन्छ । अन्तर्निर्भरताको नाममा परनिर्भरताबाट जोगिन सकिन्छ । तर हामी दिनानुदिन परनिर्भर हुँदै गइरहेका छौं । हाम्रा उत्पादन निर्यातमूलक हुनु त परै जाओस् निर्वाहमूलक पनि हुन छोड्दै गएको छ । कृषिप्रधान मुलुकमा खाद्यान्नमा पनि हामी अहिले परनिर्भर हुन पुगेका छौं । तुरुन्तै केही भइहाल्ने आशा पनि दरो भइरहेको छैन । कारण के हो भने हामी राजनीतिक स्थितरता कायम गर्न सकिरहेका छैनौं । हामीकहाँ जारी संविधान निर्माण प्रक्रिया सकारात्मक दिशामा अघि बढेर पूर्णता नपाएसम्म राजनीतिक स्थिरताको कुरा पनि गर्न सकिंदैन । आखिर किन ?
    यस परिप्रेक्ष्यमा हाम्रा राजनीतिक घटनाक्रमहरूलाई केलाउनुपर्ने हुन्छ । गोरखा राज्य विस्तार अभियानको क्रममा स्थापित शाहवंशीय राजशाहीदेखि राणाशाहीसम्म त राजनीतिक स्थिरता सम्भवै थिएन । तर २))७ सालको राजनीतिक परिवर्तनदेखि आजसम्म पनि त्यो सम्भव देखिएको छैन । किनभने यथास्थितिवादविरुद्ध प्रगतिशील शक्तिको रूपमा उदाउने राजनीतिक दलहरू नै एक पछि अर्काे गरी प्रतिगमनको मतियार बन्ने हाम्रो पछिल्लो राजनीतिक इतिहास छ । मुख्य राजनीतिक शक्तिको रूपमा २))७ सालको असफल क्रान्तिको बलमा भए पनि नेपाली काङ्ग्रेस अग्रगामी शक्तिको रूपमा स्थापित भयो । तर तिनकै क्रान्तिले स्थापित गरेको संविधानसभा र गणतन्त्रप्रति ऊ वफादर हुन सकेन ।
    २))९, २)११ र २)१३ सालका किसान आन्दोलनहरूबाट लोकप्रिय बन्दै गएको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पनि दरबार पसेकै हो । यिनै कारणहरूले गर्दा राजा महेन्द्रले २)१७ सालमा फौजको मदतले प्रजातन्त्र अपहरण गरे । २)४६ सालको संयुक्त जनान्दोलनबाट पुनः स्थापित भएका नेपाली काङ्ग्रेस र नेकपा एमाले एक दशक पनि नपुग्दै पूर्व पञ्चहरूकै समरूप हुन पुगे । दस वर्षे जनयुद्ध र दोस्रो संयुक्त जनान्दोलन २)६३ को बलमा नेपाली काङ्ग्रेस र नेकपा एमाले चोखिए भने एउटा उदीयमान शक्तिको रूपमा नेकपा -माओवादी० स्थापित भयो । यी तीनोटै राजनीतिक शक्तिको सहमतिबाट राजतन्त्र निलम्बित भयो तर पहिचान आधारित शोषण–उत्पीडनको ओखतीको रूपमा सङघीयता स्थापना गर्न यिनीहरू बेइमान नै देखिए । फलतः मधेस आन्दोलनले सङ्घीयता र मधेसलगायतको स्वायत्त प्रदेशहरूको स्थापना संवैधानिक बनायो ।
    लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई व्यवस्थित गर्न नै पहिलो संविधानसभा गठन भयो । त्यसको पहिलो बैठकले गणतन्त्र व्यवस्थित ग¥यो । तर संविधानसभाको गठनसँगै नेपाली काङ्ग्रेस र नेकपा -एमाले० महेन्द्रीय मण्डले राष्ट्रवादको नवोत्तराधिकारीको रूपमा प्रस्तुत हुन शुरु गरे । मधेसवादीहरूले सत्ताप्राप्तिको लागि चोइटिने प्रतिस्पर्धा शुरु गरे । घुमाउरो पारामा सत्तासङघर्षमा एमाओवादीहरू पनि रूमलिएरै रहे । हुँदाहुँदा संवधानसभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनःसंरचना आयोगको प्रतिवेदन मात्रै होइन, चार सय सत्रजना सभासद्हरूले समिति वा आयोगकै प्रतिवेदन अनुसार सङ्घीय संरचनाको पक्षमा हस्ताक्षर गरेर पनि प्रचण्डलाई दिए । तर ती हस्ताक्षरहरू प्रचण्डकै खल्तीमा कुहिए । आखिर चार वर्षमा पनि संविधान नल्याई संविधानसभाले मृत्युवरण गर्नुप¥यो ।
    यसरी यस बिन्दुसम्म आइपुग्दा आम जनताको नजरमा पछिल्ला अग्रगामी राजनीतिक शक्तिको रूपमा पलाएका एनेकपा -माओवादी० र मधेसवादीहरू पनि नेपाली काङ्ग्रेस र नेकपा -एमाले० भन्दा धेरै भिन्न रहेको देखिन छाडेकै हुन् । तैपनि पहिचानसहितको सङघीयताबारे नेपाली काङ्ग्रेस र नेकपा -एमाले० प्रतिगामी कित्तामा तथा एनेकपा -माओवादी० र मधेसवादीहरू अग्रगामी कित्तामा उभिएको यथार्थ बिर्सन सकिन्न । तर पछिल्ला दिनहरूमा एमाओवादीहरू पनि एक ठाउँमा रहन सकेनन् ।
    यस्तो अवस्थामा पहिलो संविधानसभाको अवधि थप गरेर वा पुनःस्थापना गरेर संविधान जारी गर्न सकिन्थ्यो । तर आप्mनो शक्ति क्षतविक्षत अवस्थामा हुँदा पनि एमाओवादी र मधेसवादीहरूका पार्टी पङ्क्तिले के प्रतिवेदन दिए कुन्नि, यिनीहरू नै संविधानसभाको दोस्रो निर्वाचनका प्रवक्ता भएर हिंडेको देखिए । यति मात्रै होइन, अग्रगमनको पक्षमा हुने लाटोले पनि विश्वास गर्न नसक्ने, संविधानसभाका न्यायिक हत्यारा खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष, निर्वाचन आयुक्त भइसकेका नीलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्त, लोकतन्त्रको सवालमा अयोग्य ठहरिएका लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने जघन्य अपराधमा काङ्ग्रेस–एमालेभन्दा पनि एमाओवादी र मधेसवादी नेताहरू अग्रिम पङ्क्तिमा देखिएकै हुन् । राष्ट्रिय परिस्थितिलाई यसरी नै अग्रगामी भनाउँदाहरूले आप्mनै प्रतिकूल बनाए । अन्तर्राष्ट्रिय परिस्थिति त सधैंजसो यथास्थितिवादी नै हुन्छ । त्यसमा पनि अग्रगमनको एजेन्डालाई जातिवादी भनेर पञ्चाङ्ग्रेसी नेतृत्वले झ्याली नै पिटेका थिए । खासगरी हाम्रा उत्तरी र दक्षिणी छिमेकीहरूलाई तर्साउनुतर्साएका थिए । यस्तो अवस्थामा स्वच्छ–निष्पक्ष निर्वाचनको त सामान्य मान्छेले पनि आशा गर्न सक्तैन । आखिर देशमा २)३६–)३७ को जनमत–सङ्ग्रह दोहोरियो । ठीक त्यसैगरी जसरी मनमोहन अधिकारीले जनमत–सङ्ग्रहमा धाँधली भएको भन्दा कसैले पत्याएन, संविधानसभाको दोस्रो निर्वाचनमा भएको धाँधली प्रकरणबारे पनि प्रचण्डलगायतको आवाज त्यसै सेलायो ।
    अहिले पञ्चाङ्ग्रेसीहरू सङघीयताको विषयलाई मतदानद्वारा टुङ्ग्याउन कम्मर कसेर लागेका छन । सहमतिको प्रयासको कुरा गर्नु त उनीहरूको नाटक मात्रै हो । यस घडीमा आएर प्रचण्डको नेतृत्वमा बनेको २२ दलीय मोर्चा होस् वा त्यस बाहिर रहेका अन्य साना–ठूला अग्रगामी राजनीतिक शक्ति वा नागरिक समाज, उनीहरूको लागि आन्दोलनबाहेक अन्य कुनै विकल्प बाँकी छैन ।
    होइन भने रामचरितमानसमा तुलसीदासले भनेको भनाइ यस प्रकार छः जस करनी तस भोगहु ताता । नरक जात काहे पछताता । यसरी आफैंले गरेको गलतीको दण्ड त देशका अग्रगामी शक्तिहरूले भोग्नुपरिरहेकै छ । तर परिश्रम गर्दा नर्कलाई पनि स्वर्ग बनाउन सकिन्छ । अहिले हाम्रो साझा शत्रु भनेको खस–उच्चजातीय अहङ्कारवादी घरेलु साम्राज्यवाद र आन्तरिक उपनिवेशवाद हो । यसविरुद्ध पहिचान पक्षधर देशका सबै उत्पीडित समुदाय एकजुट भई उठ्नै पर्दछ । यो राष्ट्रिय मुक्ति आन्दोलन नै हो । पराधीनता आन्तरिक होस् वा बाह्य, शान्ति र प्रगतिको ठूलो बाधक हुन्छ । उत्पादनको ठूलो अवरोधक हुन्छ । तर अहिलेसम्म वर्गीय सङ्ग्रामको नाममा नेतृत्वले वर्ग परिवर्तन मात्रै रोजेको छ । यस प्रवृत्तिमा धेरै हदसम्म माओवादी वृत्त पनि फसिसकेको अनुभूत भएकै छ । तर कोशिश गर्दा त्यसलाई चिर्न सकिन्छ । दुष्कर्मलाई प्रायश्चित्तले सच्याउन सकिन्छ । नभए अरूले सच्याउँदा दण्ड भोग्नु सिवाय अर्काे विकल्प रहँदैन । फेरि कसैले पनि आपूmलाई निर्विकल्प नसोचे हुन्छ । त्यसैले सिउँडीको रूखबाट आँप फल्ने मोहबाट बाहिर आएर अग्रगामी मोर्चा निर्माण गरी पुनः एकपटक राष्ट्रिय आत्मनिर्णयको अधिकारको पक्षमा पूर्ण समानुपातिक प्रतिनिधित्व र स्वायत्तताको लागि सङघर्ष अपेक्ष्Fित देखिएको छ ।
वाणस्थली, महादेवस्थान–७, काठमाडौं
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : दुष्कर्मको भोगाइ
दुष्कर्मको भोगाइ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEheWChbfkrg6UDeqhjn-MtkTImzfON7W0IeFdQvPP2B161A8LPRwWWsGSP1uA1a_sa1XFF8iQLJMEZdLVMKbBmmblN2jUra8MHVBtWRaOEQnFuy4kcr9Welc2gIPQB-bKnBybPoDndq_Zff/s1600/gopal+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEheWChbfkrg6UDeqhjn-MtkTImzfON7W0IeFdQvPP2B161A8LPRwWWsGSP1uA1a_sa1XFF8iQLJMEZdLVMKbBmmblN2jUra8MHVBtWRaOEQnFuy4kcr9Welc2gIPQB-bKnBybPoDndq_Zff/s72-c/gopal+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_951.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_951.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy