प्रस, वीरगंज, १४ कात्तिक/
वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले वीरगंजको विकासको लागि तीनवटा प्रमुख एजेन्डालाई अगाडि सारेर काम शुरू भइरहेको बताएका छन् । मारवाडी युवा मञ्च वीरगंजले शुक्रवार आयोजना गरेको ‘वीरगंजको विकास र शान्ति सुरक्षा हामी सबैको साझा सरोकार’ विषयक अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत कोइरालाले सो कुरा बताएका हुन् ।
उनले वीरगंजको विकासमा अति नै महत्त्व राख्ने साढे तीन अर्ब रुपैयाँको एसियन विकास बैंकको सहयोगमा सञ्चालन हुने साना तथा मझौला एकीकृत शहरी विकास परियोजनाका लागि पारस्परिक कोषको पहिलो किस्ताबापत नगरपालिकाले जम्मा गर्नुपर्ने रु. ९ करोडको व्यवस्था गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
त्यसैगरी उनले सरसफाइलाई दोस्रो र राजस्व सड्ढलनलाई तेस्रो प्राथमिकतामा राखेर काम शुरू गरिएको बताए । उनले नगरको समग्र विकासका लागि नगरवासीको सहयोग र सुझावका लागि अपिल पनि गरे ।
विगतमा भएका केही सम्झौताको पुनरावलोकन गर्न आवश्यक भएको बताउँदै कोइरालाले वीरगंजको
विकासको लागि सबैभन्दा आवश्यक राजस्व चुहावट नियन्त्रण र आन्तरिक प्रशासनमा सुधार गरी जनतालाई सेवा दिने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले सुरक्षाको सवालमा पर्सा प्रहरी चनाखो रहेको दाबी गरे ।
उनले अपराध अनुसन्धानका लागि सूक्ष्म अनुसन्धान गरी अपराधीलाई उम्कन नदिने र निरपराधीलाई कुनै पनि बहानामा फसाउने काम नगरिने बताए । प्रउ लोहनीले आफू कुनै पनि अवस्थामा दबाबमा नआउने बताउँदै सामाजिक, आर्थिक अपराधीहरूलाई कुनै पनि हालतमा उम्कन नदिने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा वरिष्ठ उद्योगपति जगदीश अग्रवालले योजनामात्र बनाउने काम नगर्न सुझाव दिए । उनले बनाइएका योजनाहरूको कार्यान्वयनतर्फ विशेष ध्यान दिन आग्रह गर्दै उद्योगले राज्यलाई दिएको राजस्वको सही उपयोग नभएकोमा दुखेसो पोखे । सो अवसरमा उद्योगपति अग्रवालले उद्योगहरूमा जाने सडकको व्यवस्था गर्न नसक्नु राज्यको ठूलो कमजोरी भएको टिप्पणी गरे ।
डा. रामअवतार खेतानले भत्काउने कार्य मात्र नगरी भत्काएपछि निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने सुझाएका थिए ।
मारवाडी युवा मञ्च वीरगंजका अध्यक्ष विश्वकरण जैनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोजकुमार दास, गोकर्ण दुवाडी, डा. दीपक शाक्य, अशोक टेमानीलगायतले वीरगंजको विकास र सुरक्षाको सम्बन्धमा सुझावहरू दिएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई जगदीशप्रसाद शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।