– कुमार रुपाखेती
यसपालिको तिहारमा विद्युत् प्राधिकरणले उत्सव–बत्ती नबाल भन्यो, प्रशासनले आतिशबाजी, पटाका पड्काउन दिएन, भैलो–देउसी भएन, यसो रमाइलो गरौं भने तास खेल्न दिएन, रमझम गर्ने रक्सी पसलबाट मापसेको त्रासले रक्सी किनिएन, जसले गर्दा यसपालिको तिहारमा बसिबियाँलो मात्र भयो । साथीभाइसँग खल्लो तिहार मनाउँदै बसिबियाँलो गर्ने क्रममा थुप्रै गफहरू भए जसमा केही गफहरू रोचक र घोचक थिए ।
नेपालीहरू अचाडू -निहुँखोजुवा० हुन्छन् रे । अब राजनैतिक कुरा गरौं । करिब डेढ दशकदेखि स्थानीय निर्वाचन भएको छैन । स्थानीय जनप्रतिनिधिको सबै कुर्सीहरू खाली छन् । स्थानीय निर्वाचन होस् र मुलुकभरि गाविस, नपा र जिविसमा खाली रहेका हजारौं कुर्सीहरूमा जनप्रतिनिधिहरू बसून् । विकास निर्माणको काम सुचारु होस्, भ्रष्टाचार कम होस् भन्ने आमजनताको चाहना छ । थुप्रै राजनैतिककर्मीहरू समेत स्थानीय निर्वाचन भएपश्चात् मुलुकभर खाली हजारौं कुर्सीमा स्थानीय जनप्रतिनिधिको हैसियतले बस्न लालायित छन् तर सरकार स्थानीय चुनाव गर्ने मुडमा छैन । एकातिर यिनको रवैयाले हजारौं कुर्सी खाली छ भने सुशील कोइराला बस्ने एउटा मात्र कुर्सीमा प्रचण्ड, ओली र देउवा आँखा गडाएर बसेका छन् । यस्तो कार्यलाई ‘अचाडू कार्य’ भनिन्छ । कुर्सीहरू खाली छन्, बस्ने मान्छे छैन, अर्कोतिर एउटा मात्र कुर्सी छ, बस्न चाहने भने थुप्रै छन् ।
तिहारमा विद्युत् प्राधिकरणको उर्दी मानेर उत्सव–बत्ती बालिएन, सरकारी नियम उल्लङ्घन गर्दै लुकेछिपेर अलि–अलि जुवातास चाहिं खेलियो । ओलम्पिक र वल्र्डकपमा समेत अचेल आकर्षक आतिशबाजी गरी मैदानको शोभा बढाइन्छ, पटाका पड्काइन्छ । तर हाम्रFे सरकारले फुलझरी र छुरछुरीसम्म सल्काउन मनाही ग¥यो । भैलो–देउसी खेल्न मनाही गरेकोले यसपालि तिनलाई दक्षिणा दिन ‘बाघमुखे थैली’ खोल्नुपरेन । यसपालि आतिशबाजीमा खर्च गर्न नपरेकोले धेरैले धनै रह्यो मनै रह्यो पनि भने । विद्युत् प्राधिकरणको उर्दीले माटोको दियो पनि महँगो बनाइदियो । दियो बाल्ने तेल स्वतः महँगो हुने नै भयो ।
यसपालि पटाका पड्काउने भाग्यमानीहरूमा, प्रहरीको छोराछोरी, तिनका नातेदार, प्रहरीसँग राम्रो सम्बन्ध भएका पत्रकारहरू, धनाढ्यहरू तथा भारतीय महावाणिज्य दूतावास आदि रहे । यिनलाई ‘खोज्छन् सबै सुख भनी त्यो कहाँ छ, आपूmलाई मिटाइ अरूलाई दिनु जहाँ छ’ भन्ने कुरासँग कुनै मतलब हुँदैन ।
त्यस्तै नेपालमा कात्तिक महिनाको आधा अघिदेखि सयपत्री पूmल ढकमक्क हुन थाल्छ । तिहार चाँडै परेकोले भारतीय सयपत्री निकै महँगोमा यहाँ बिक्री भयो । प्रशासनले जुवातासमा बढी सख्ती गरेकोले लुकीछिपी खुब ‘सोहरैया -कौडा०’ भयो । लाखौं हारजीत भयो । प्रहरीले रमाइलो मनाउने ससाना तास खाललाई मात्र निशाना बनायो । नकली र महँगा मिठाइ बेच्नेलाई तह लगाउने कोही भएन । तरकारीको दामको त कुरै नगरौं । दशैंदेखि तिहार र छठसम्म मीनाबजार र माईस्थान चोक अति नै जाम र भीडभाड हुने भएकोले चाडपर्वमा लाग्ने अस्थायी बजार अन्यत्र सार्नेबारे बहस हुनुपर्नेमा समेत कोहीकोहीले राय दिए । त्यस्तै भारतीय टेलिभिजन च्यानलमा चाडपर्वमा देखाइने ‘र·ोली’ घरघरै बनाएको देखियो । विभिन्न र· र आकारमा बनाइने र·ोली लक्ष्मीपूजामा घरघरै देखिए, यो नेपालमा प्रचलनमा थिएन । लक्ष्मीपूजाको राति जुवाडे समात्न पुगेको प्रहरी नै भागेको देखियो । कुरा के भएछ भने अचेल तासको मैरिज खेलमा तीन थान जोकर राखिन्छ । जसलाई जुवाडे भाषामा ‘भूत’ भनिन्छ । प्रहरी खालमा पुग्दा एउटा जुवाडेले त्यति बेला ‘भूत’ तानेछ र भूत–भूत भनी कराउँदा प्रहरी भागेछ ।
सरकारले नौ बजेपछि भैलो, देउसी खेल्न मना गरेपछि मजस्ता रातभरि नेपाली टेलिभिजन च्यानलहरूबाट प्रसारित भैली–देउसी सुनेर बसे । नेताहरूलाई घोचपेच गरेर प्रसारित भैलो देउसी सुन्दा मनै आनन्दित भयो तर नेताहरूको घैंटोमा घाम लाग्ने कुरामा म आशावादी भने छैन ।
त्यस्तै छठ पूजाको लागि भन्दै कतै–कतै पिठिया करभैंm दउराको हिसाबले पैसा उठाएको देखियो । छठीमैंयाको नाममा कतैकतै अलि बढी नै सख्तीका साथ छठ गर्नेहरूसँग रकम उठाउने प्रचलन शुरु भएको छ । लौका ४ सय रुपियाँतक बिक्यो । बजारको भीडमा छठीमैयाको नाममा हात पैmलाउनेहरूको भीड नै देखियो । छठमा उपयोग हुने छैटी, दउरा, कोसी, दियरी आदि यसपल्ट निकै महँगो रह्यो । छठघाट सजाउनेहरूबीच अघोषित प्रतिस्पर्धासमेत शुरु भएको छ ।
दशैं, तिहार, छठ, फागु आदिमा पैसा उठाउने फेसन नै चलेको छ । यसरी यसपल्ट दशैंदेखि छठसम्म श्रद्धालुहरू निकै अप्ठेरो र महँगाईसँग जुध्दै आप्mनो परम्परा धान्न बाध्य भए । त्यसो त तिहारको बसिबियाँलोमा धेरै अरू कुराहरू पनि थाहा पाइयो । मुखले भन्न नसकिने अन्य कतिपय कुराहरूसमेत लेख–रचनाको माध्यमले जनतामाझ पु¥याउनु पत्रकारिता हो भनिन्छ । तर कतिपय सत्यहरू कडुवा सच अर्थात् सत्य तीतो हुन्छ भन्ने उखान नै भएकोले सरकार र प्रशासनको इज्जत ढाकछोप गर्नका लागि लेख्न परहेज गरेको छु । जस्तै विद्युत् प्रFधिकरणका कर्मचारीहरूले आप्mनै कार्यालयको उर्दीविपरीत झिलिमिली गरे आदि । त्यस्तै शनिवार भाइटीकाको दिन श्रीसिया नदीको किनारा हुँदै पथलैयाको ज·लबाट बाटो बिराएर आएको एउटा गैंडा करिब ११ः३) बजे रक्सौल पुग्यो । मान्छेको भीड बढेकोले डराएको त्यो गैंडा रक्सौल गम्हरिया नहरको पानीमा बसेको छ । यताकालाई पत्ता नभए पनि उताकाहरू त्यो गैंडा बिहारको ज·लमा पठाउने तयारीमा छन्, आदि इत्यादि ।