छठपर्वलाई स्वच्छता र शुद्धताको पर्व पनि मानिन्छ । कतिसम्म भने अबोध चराचुरु·ी र बालबालिकाले पनि गरेको अशुद्धता क्षम्य हुँदैन । तर त्यही छठीमाताका पुजारी, श्रद्धालू र व्रतालूहरू भने वर्षभरि अघोर फोहरमा बस्ने, गाउँ–नगर र सार्वजनिक स्थल फोहर पार्ने कार्यमा दत्तचित्त रहनु बाध्यता कि संस्कृति भन्ने प्रश्न अहिले तेर्सिन पुगेको छ । कुनै कार्य गर्नु, कुनै देवी–देवताको पूजा गर्नु, कुनै उत्सव मनाउनु, कुनै दिवस मनाउनुको निहितार्थ कार्य वा देवीदेवताको प्रयोजन पूरा गर्नु हो । छठपर्व, अहिले त देशभरि नै, तराईवासी मात्र होइन, प्रायः सबै जातजातिले मनाउने गर्दा पनि छठको दुई दिन पूर्व र छठको धङधङी नसकिउन्जेल, बढीमा दुई दिन, जुन पोखरी, नदी, जलाशय छेउ व्रत गरेका हुन्छन्, पूजा गरेका हुन्छन्, त्यही खुला दिसा बस्ने, दिसा धुने गरेको परम्परादेखि हेर्दै आएको कुरा हो । यति पवित्रता र शुद्धता चाहिने छठीमाता मानिसले दिसा बसेको ठाउँमा पूजित हुन, मानिसले दिसा धोएको पानीबाट अभिषिक्त हुन कसरी सहन गर्छिन् होला, तिनका भक्तजनमा यो विचार फुर्न सकेको भने पाइएको छैन ।
बरु बारा जिल्लाको बहुअरी गाउँमा छठघाटको सफाइ गर्ने क्रममा त्यहाँका भक्तजनमा यो सुविधार आयो र अब आइन्दा छठघाटलगायत आप्mनो गाउँलाई खुला दिसामुक्त बनाउने प्रण गरे । वीरगंजमा एसएसपी सर्वेन्द्र खनालले सडक छेउ दिसा बस्नेहरूलाई लघार्दा केही दिन सडक वरिपरि सफा भएको थियो, आज सबै सडकको त्यही हाल छ । प्रभात भ्रमणमा निस्कँदा नाकै थुन्नुपर्ने र खुट्टाले आची कुल्चिने भय नभए आँखै छोप्नुपर्ने अवस्था विद्यमान छ । प्रायः हाम्रो समाजमा के देखिएको छ भने जसले जुन देवीदेउताको आराधना गर्दछ, ऊ चनाखो भएर आप्mनो आराध्यको बानी–बेहोराको अनुगामी बन्दछ । गाँजा–भाङ खानेलाई महादेव मन पर्छन्, अघोरीलाई भैरव मन पर्छन्, सुरा र सुरिलाहरूलाई दुर्गा मन पर्छिन्, संयमित र शाकाहारी भक्तजनलाई विष्णु मन पर्छन् । शक्तिहुनेले महावीरको आराधना गर्छन् । तर विलक्षण कुरा छठीमाताको आराधना गर्नेहरू दुई दिन त सफासुग्घर बस्दछन्, पवित्र र शुद्ध आचरण अँगाल्छन्, तर पछि छठीमाताको पूजास्थलमा आची गर्छन् र भाखल पूरा गर्न उषाकालदेखि सूर्योदयसम्म भिजेर उभिने पानीमा आची धुन्छन् ।
यसपालि स्वीमिङपुल परिसरमा छठीमाताको पूजा गर्नेहरूले पोखरीको पुरानो पानी निकालेर नयाँ पानी भरे । नुहाएको पानी फोहर हुने भएकोले होला । स्वीमिङपुलमा छठ गर्नेहरू नगरका धनाढ्य हुन्, उनीहरूसँग पैसा छ, खर्च गरे । बहुअरी, घडिअर्वा पोखरी, बौद्धिमाई पोखरीमा त्यस्तो सम्भव छैन । घडिअर्वा पोखरी त जसोतसो खुला दिसा गर्नेहरूको दुष्कर्मबाट जोगिएको छ तर अन्य पोखरी, तालतलैयाको दुर्गति छठीमाताका भक्तजनले नै गरेका छन् । चरा–चुरु·ी र अबोध बालबालिकाद्वारा हुने त्रुटि सहन नसक्ने छठीमाताले आप्mनै भक्तजनद्वारा गरिएको फोहर कसरी सहन गर्छिन्, छठीमाताका भक्तजनले अब सोच्नुपर्छ । धन्य बहुअरीका छठीमाताका भक्तजन, जसले ढिलै भए पनि भीष्म प्रतिज्ञा गरेका छन् । उनीहरूले आप्mनो गाउँलाई खुला दिसामुक्त क्षेत्र बनाउने प्रण छठीघाट सरसफाइको क्रममा व्यक्त गरेका हुन् । निश्चय नै यिनीहरू छठीमाताका अपूर्व भक्त हुन् । यस्तै प्रतिज्ञा सबै गाउँ–नगरका मानिसले गर्ने हो भने जनस्वास्थ्य सप्रने र छठीमाता पनि कति प्रसन्न हुने थिइन् १