प्रस, वीरगंज, ९ कात्तिक÷
टिपरको ठक्करबाट नगवा पोखरी अगाडि एक युवक सख्त घाइते भएका छन् । घाइते हुनेमा वीउमनपा–१९ शिरोमणि टोल निवासी पवनदास रहेका छन् । दासले चलाएको ना ४ प ८३९१ नं.को मोटरसाइकललाई ना ३ प ७७८५ नं.को टिपरले ठक्कर दिएको थियो । ठक्करको कारण मोटरसाइकल पूर्ण रूपले क्षतिग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।
टिपर र चालक नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । घाइते दासका अनुसार ठक्कर दिने टिपरले पुनः ब्याक गरेर किच्न खोज्दा स्थानीय बासिन्दाले बचाएका थिए । दासको उपचार नारायणी उपक्ष्Fेत्रीय अस्पतालमा भइरहेको छ ।
त्यसैगरी वीरगंज, बसपार्कमा बाटो काट्ने क्रममा आज बसले ठक्कर दिंदा एक पैदल यात्री गम्भीर घाइते भएका छन् । बसपार्कबाट ना ५ ख ३९५२ नम्बरको बसले ठक्कर दिंदा जिल्ला बारा बरैनिया ७ बस्ने ६) का रामबाबू कलवार सख्त घाइते भएका छन् । कलवारको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि काठमाडौंको बिएनबी अस्पताल रेफर गरिएको छ ।
कलवारको दुवै खुट्टा क्ष्Fतविक्षत भएको थियो ।
यसैगरी तीव्र गतिमा रहेको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा पर्साको परर्सौनीमा एकजना गम्भीर घाइते भएका छन् । मनवाबाट श्रीपुर पचगावातर्फ जाँदै गरेको ना ३१ प ५६)४ नम्बरको मोटरसाइकलले सखुवा परसौनी–५ रामभवरी टोलमा पैदलयात्री देवरवाना–४, कल्याणपुरका २५ वर्षका मिठ्ठु माझीलाई ठक्कर दिएको हो । माझीको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । माझीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक सखुवा परसौनी–२ का छन्नु पासवानलाई इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले नियन्त्रण राखेको प्रहरी निरीक्षक उमाशङ्कर यादवले जानकारी दिएका छन् ।