प्रस, वीरगंज, ९ कात्तिक÷
छठ पूजाको अवसरमा बारा बहुअरी गाविसमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
बाजागाजासहित शुरु भएको अभियानले पूरै गाउँ तथा छठघाट सरसफाइ गरेको अजय पटेलले बताएका छन् । छठको शुभ अवसर पारी सो गाउँका जनताले आप्mनो क्षेत्र खुला दिसामुक्त घोषणा गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
सरसफाइ कार्यक्रममा प्रभुलाल पटेल, किशोर पटेल, अर्जुन पाल, शम्भु यादव, सरोज यादव, सुनील पाण्डे, मोहन पटेललगायत संलग्न थिए ।
त्यसैगरी वीरगन्जको नगवामा बृहत् सरसफाइ गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय अगुवा नेता, भद्रभलाद्मी तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागितामा नगवामा बृहत् सरसफाइ गरिएको हो । जिल्लामैं छठ पर्वको लागि नगवा बौद्धीमाई छठ घाट सजावटमा र पूजालाई भव्यरूपमा मनाउन दोस्रो परिचित स्थल हो । पहिलो स्थान वीरगन्जको मुटु भनिने घडिअर्वा पोखरीले लिने गरेको छ ।
नगवा बाइपास मूलद्वार देखि बौद्धीमाई पोखरी वरपर बृहत् सरफाइ गरिएको हो । सरसफाइमा खट्नेहरूले हातमा झाडू, फोहोर जम्मा गर्न बोरा लिएका थिए । सरसफाइका सहभागीहरू अरूलाई पनि सरसफाइमा लाग्न उत्प्रेरित गरिरहेका थिए ।