छठपर्व सकियो । हुनत त बितेको एक महिनाभित्र तीनवटा ठूला पर्व हिन्दूका र एउटा मुसलमानको बितिसकेको छ । तर छठ बितेपछि ढुक्क हुने कुरा चाहिं यस अर्थमा विवेचनीय छ कि यो पर्व पहिले एउटा खास क्षेत्र र खास समुदायको र पछि विस्तार हुँदै झन्डै बहुसङ्ख्यक नेपाली र बहुक्षेत्रीय पर्व बन्न पुगेको छ । छठ पर्व प्राय: जलाशय वा नदीछेउ मनाइन्छ, त्यसैले नदी सफा गर्न यसपालि प्रशासन नै तम्सिएको थियो भने जलाशय (पोखरी) सफा गर्न सम्भव नहुने हुँदा, पारम्परिक सफाइ जलाशय वरिपरि,पूजास्थलको सफाइ भयो । यस्तो सरसफाइ अभियानमा नेपालमा केही वर्षदेखि सुरक्षा निकायको संलग्नता रहँदै आएको छ । यसपटक नदीको पनि सफाइ सामेल भएकोले नदीमा फोहर फाल्ने उद्योगहरूले प्रशस्त मात्रामा होइन, थोरै मात्रामा फोहर फाले । पर्व सिद्धियो सबै ढुक्क भए । ढुक्क यतिसम्म कि हिजोसम्म छठपूजा गर्ने व्रतालुहरू छठपूजा गर्ने ठाउँमा फोहर गर्न थालेका छन् । उद्योगीहरूको त कुरै गरी साध्य छैन, दुई दिन नदीमा फोहर नफालेर पुण्य कमाए, त्यो पुण्यले वर्षभरि नदीमा फोहर फाल्ने लाइसेन्स नै दियो ।
उदेकलाग्दो के पनि देखियो भने राजनीतिज्ञहरूले छठस्थल पुगेर संविधान निर्माण हुने वर प्राप्त गरे । छठपूजा गर्नु भनेको धार्मिक कर्मकाण्ड हो । धर्मलाई अफिमको नशाजस्तो त्याज्य ठान्ने वामपन्थी–उग्रवामपन्थी नेताहरू छठीमाताको आशीर्वाद प्राप्त गरेर हातहातमा प्रसाद लिएको देखापरे । ती पनि ढुक्क भए, भोलि संविधान बनेन भने दोष आफूमाथि होइन, छठीमातामाथि जान्छ भनेर । छठले लाउनु गुन लगाइदियो प्रशासन, उद्योगी तथा नेताहरूलाई । मौकामा चौका हान्ने पो बहादुर, नचाहिने बेला सरसफाइको कुरा गरेर, खुला दिसामुक्त अभियानको झमारो बोकेर, कहिल्यै नहुने सहमतिको तनाव झेलेर संविधान बनाउने रडाँकोमा को परोस् १ नेपाली जनता धर्मभिरु छ । धर्मको अवसरमा जो देखा पर्छ, उही उसका लागि श्रद्धेय, उही योग्य र उसैको कुरा गम्य हुन्छ । यस अर्थमा वामपन्थी प्रभाव बढिरहेको नेपालमा साम्यवादी नेताहरूले नेपाली जनमानसमा आफ्नो प्रभाव बढ्दै गएकोमा ढुक्क हुने अवसर प्राप्त गरे ।
ढुक्क दुईथरीले हुन सकिन्छ । एउटा आफ्नो दायित्व पूरा गरेर, देय बाँकी नराखेर र अर्को जसप्रति दायित्व हो, उसले सन्तोष मानेको अवस्थामा । दायित्व पूरा गर्नु भनेको धर्म निर्वाह गर्नु हो । धर्मलाई त नेताहरू सिद्धान्तमा मान्दै मान्दैनन्, त्यसैले दायित्व निर्वाह गर्नु कम्तीमा वामपन्थी नेताहरूका लागि आवश्यक नै छैन । तर दायित्व निर्वाह गर्ने काम वामपन्थी नेताहरू मात्र होइन, कुनै पनि नेताले आवश्यक ठान्दैनन् किनभने उसको दायित्व जनताप्रति हो । र, जनता जुनसुकै पनि अवस्थामा सन्तोष मान्ने खालको छ । त्यसैले संविधान बनोस् कि नबनोस् जनतालाई सन्तोष छ । यस संविधानसभाले बनाउन नसक्ला । फेरि संविधानसभाको तेस्रो निर्वाचन होला । एउटै निर्वाचनले सबै काम हुने भए विकसित भनिएका देशमा किन घरीघरी निर्वाचन हुन्थ्यो ? एउटै निर्वाचनबाट देशले किन प्रगति गर्दैन ? किन समस्या जहिले पनि थुप्रिइरहन्छ र पुन: पुन: निर्वाचन गरिरहनुपर्छ ? त्यसैले संविधानको मामिलामा पनि ढुक्क भए हुन्छ । कहिले न कहिले कुनै न कुनै संविधानसभाले त संविधान बनाउला नै । यो दिव्य विचारले हाम्रा नेतागणलाई ढुक्क बनाएको छ । अर्को वर्ष छठ आयो भने पुन: सरसफाइ भई नै हाल्छ, हाललाई जथाभावी दिसा–फोहर गर्न ढुक्क भए हुन्छ ।