प्रस, वीरगंज, ५ कात्तिक÷
उद्योगमन्त्री महेश बस्नेतले वीरगंज चिनी मिल र कृषि औजार कारखानाको निरीक्षण गरेका छन् ।
सरकारको अदूरदर्शी नीतिले गर्दा नेपालमा सरकारले चलाउँदै आएको १७ उद्योगमध्ये १४ वटा उद्योग बन्द भएको बताए । विगत १४ वर्षदेखि बन्द कृषि औजार कारखाना र वीरगंज चिनी मिलको निरीक्ष्Fण गर्दै उद्योगमन्त्री बस्नेतले बन्द कारखना सञ्चालन गर्न सकिने बताए ।
उनले रु १५ करोड सरकारले छेट्याए औषधि लिमिटेड र वीरगंज चिनी कारखाना सञ्चालन गर्न सकिने दाबी गरे । मन्त्री बस्नेतले सरकारले किसानको सहभागितामा सहकारी मोडेलबाट कारखाना सजिलै सञ्चालन गरे उद्योगको आम्दानी र उखु कृषकले फाइदा लिन सक्ने बताए ।
मन्त्री बस्नेतले जनतालाई भ्रममा पार्न नखोजेको बताउँदै वर्षौंदेखि बन्द कारखाना सञ्चालन गर्न निकै चुनौती भए पनि सस्तो लोकप्रियताका लागि मन्त्री भएर बोलिदिंदैमा उद्योग सञ्चालन हुन नसक्ने भएकोले प्रक्रियाको माध्यमले उद्योगलाई सञ्चालनोन्मुख गर्न पहल भइरहेको बताए ।
एकीकृत माओवादीले शहीदको नाममा रु ३ अर्ब अपचलन गरेको बताउँदै उक्त रकम सरकारले बन्द उद्योग खोलाउन लगाएको भए अहिलेसम्म १७ वटै उद्योग सञ्चालन भइसक्ने बताए । उद्योगमन्त्री बस्नेतलाई वीरगंज उद्योग वाणिज्य सङ्घ र एमाले भ्रातृ स·ठन युवा सङ्घ नेपालले सम्मान गरेको छ ।
रामगढवा गाविसमा रहेको एमाले पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा मन्त्री बस्नेतलाई युवा सङ्घले दोसल्ला ओढाई सम्मान गरेको थियो ।
त्यसैगरी वीरगंज उद्योग वाणिज्य सङ्घले उद्योगमन्त्री बस्नेतको स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अपरिपक्व औद्योगिक नीतिका कारण निजी क्ष्Fेत्रका उद्योगहरू ठप्प हुने गरेको बताए । उद्योग नीति तयार भइसकेको तर नेताहरूले जालझेल गरी पास हुन नदिएको आरोप लगाउँदै सो नीति पास गराइछाड्ने बताए ।
उद्योगीहरूले राखेको जिज्ञासाको उत्तर दिंंदै मन्त्री बस्नेतले औद्योगिक नीति नियम पारित भएपछि नेपालमा विदेशी लगानीको भीड लाग्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले स्वागत मन्तव्य दिंदै लामो समयदेखि कोरिडोरलाई औद्योगिक क्ष्Fेत्र घोषणा गर्न माग गर्दै आएको बताए ।
नेपालमा उद्योग नीतिको कारण टे«डमार्कको समस्या, विद्युत्को अभावको कारण लगानीकर्ता हच्किरहेको बताए । वीरगंज औद्योगिक क्ष्Fेत्रको कामकाजमा सहजता ल्याउन वीरगंजमा रजिस्ट्रारकार्यालयको माग गरे । अध्यक्ष बैदले अधूरो आइसिपी, हुलाकी राजमार्ग, सिमरामा रात्रि विमान अवतरण, फास्ट ट्र्याकजस्ता निर्माण काम अविलम्ब सुचारु गर्न माग गरेका थिए ।