प्रस, वीरगंज, १४ कात्तिक/
केटी जिस्क्याएको विषयलाई लिएर पर्सा जिल्लाको बगही र पचरुखी गाविसका दुई टोलाबीच बन्ठी खोलाबगरमा आज बिहान भएको भिडन्तमा एक दर्जन मानिस घाइते भएका छन् ।
सो घटनालाई साम्य पार्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।
हिजो साँझ बगही–८ इनर्वाका केही युवाले पचरुखी–९ हर्दियाकी एक युवतीलाई घाँस काट्न गएको बेला जिस्क्याएको विषयलाई लिएर आज इनर्वा र हर्दियाका बासिन्दाबीच भिडन्त भएको हो ।
दुई गाउँबीचको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय परवानीपुरको टोलीलाई सहयोग गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय सुगौली बिर्ता, एकटाँगा, सशस्त्र प्रहरी बेल्वासहितका सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए ।
भिडन्तमा श्रीराम महतो, लक्ष्मण राउत, भागीरथ राउत, शिवपुजन पण्डित, कञ्चन यादव, हीरालाल यादव, छठु माझी, आकाश यादव, परशुराम महतो, ह्दयनारायण महतो, रामनारायण साह, देवनाथ पटेल, जयराम महता, सचिन पटेल, इनल साह, दीपलाल मण्डल, अर्जुन पटेललगायत घाइते भएका छन् ।
घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएपछि दुवै गाउँका बासिन्दाको सहभागितामा छलफल भएको थियो । छलफलमा घाइतेहरूको उपचार हुनुपर्ने र आइतवार जिप्रका पर्सामा समस्याको समाधान गर्ने सहमति भएको प्रउ लोहनीले जनाएका छन् ।
हाल झडप भएको क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ गरी कडा सुरक्षा व्यवस्था गरिएको प्रउ लोहनीले बताए ।
दुई टोलका बासिन्दाबीच झडप, आधा दर्जनभन्दा बढी घाइते
प्रस, निजगढ/
दुई टोलका बासिन्दाबीच झगडा हँुदा एकजना १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । झडपमा अन्य आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा निजगढ–२ भरतगंजसिंगौलका सुदर्शन घिमिरे रहेका इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
एउटै वडाको दुई टोलबीच दशैंताका सामान्य विवाद भएको र सोही विवादलाई लिएर अहिले झडप भएको एकजना स्थानीय बासिन्दाले बताए ।
निजगढबाट गाउँ फर्कदै गरेको एक पक्ष र गाउँबाट निजगढ आउँदै गरेको अर्को पक्षबीच ज·लको बाटोमा म·लवार दिउँसो जम्काभेट भएपछि पुरानो इबी साध्न झगडा भएको थियो । ४०/५० जनाको बीचमा झगडा हुँदा १४ वर्षीय बालकलाई विपक्षी व्यक्तिहरूले कुटपिट गरेका प्रत्यक्षदर्शीहरूले बताए ।
घाइते बालकको अनुहार र टाउकोमा गहिरो चोट लागेको छ । निजलाई उपचारको लागि काठमाडौं पठाइएको पीडितका हजुरबुबा तोयनाथ सापकोटाले जानकारी दिए ।
घटनामा संलग्न रहेको आशड्ढामा १८ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक कैलाश राईले बताए ।