– कुमार रुपाखेती
नेपालका केही प्रधानमन्त्रीहरूको क्रियाकलाप अनौठो खाले देखिन्छ । तीमध्ये धेरैले पद अनुरूपको आचरण देखाउन नसकेको देखिन्छ ।
राणा प्रधानमन्त्री ज·बहादुर राणाको किस्सा बताइरहनुपर्दैन । कोतपर्व, भण्डारखाल पर्व गर्ने यिनी अपराधी प्रवृत्तिका देखिन्थे र यिनको मृत्यु पनि ज·लमा शिकार खेल्न जाँदा शड्ढास्पद अवस्थामा भएको थियो । भीमसेन थापा राष्ट्रभक्त प्रधानमन्त्रीमध्ये गनिन्थे । पञ्चायतकालका प्रधानमन्त्रीहरूमा कीर्तिनिधि विष्ट सुकिला–मुकिला प्रधानमन्त्री भनिन्थे, जुवातासको शौकिन यिनी सक्रिय राजतन्त्रको सेवक भएर पनि चीनमुखी मानिन्थे । पञ्चायतकालकै सूर्यबहादुर र लोकेन्द्रबहादुर पदलोलुप प्रधानमन्त्री कहलिन्थे, त्यसैले प्रजातन्त्रवादीहरूको बुइ चढेरसमेत यिनले प्रजातन्त्रकालमा पञ्चायती मजा लिए । दिव·त मरिचमान सिंह पूरै दरबारमुखी राष्ट्रवादी र भारतसँग समेत नडराउने प्रधानमन्त्री मानिन्थे । काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई उटपटया· बोल्ने खालका प्रधानमन्त्री थिए, रसिक थिए । गिरिजालाई नेपालकै हठवादी प्रधानमन्त्री भनिन्छ । ताक परे तिवारी नत्र गोतामे यिनको चरित्र थियो । त्यतिखेर गिरिजासँग आजित एमालेले आफ्नो घटिया बानी प्रदर्शन गर्दै ‘यस पालिको हैजा, गिरिजालाई लैजा’सम्म भन्न भ्यायो ।
यिनका दाजु विपी कोइरालामा राजनीतिक र साहित्यिक दुवै गुण थियो भने अर्का प्रधानमन्त्री दाजु मातृकाप्रसाद कोइराला नेपालकै पहिलो पार्टी गोर्खा पार्टी परिषद्का टड्ढप्रसाद आचार्यको निकट गई दरबारमुखी भई प्रधानमन्त्री बन्न भ्याएका थिए भने टड्ढप्रसाद नेपालकै शालीन प्रधानमन्त्री मानिन्छन् । डा. केआइ सिंह दुस्साहसी थिए र दुस्साहस गर्दै प्रधानमन्त्री बनी टोपले । माधव नेपाल सधैं पराजित मनस्थितिका मान्छे बुझिन्छन् । सदा प्रधानमन्त्री बन्न लालायित यिनी ज्ञानेन्द्रको पालामा प्रधानमन्त्री बन्न नपाए पनि दुवैतिरबाट पराजित हुँदाहुँदै गणतन्त्रमा प्रधानमन्त्री बने र सिन्को भाँच्न सकेनन् । रक्षामन्त्री रामबहादुर थापाको लहलहैमा रुक्मा·त कटवालसँग जोरी खोज्दै प्रचण्डले प्रधानमन्त्री पद गुमाउन पुगे । भारतका प्रबल विरोधी यिनी प्रधानमन्त्री भएपछि भारतमुखी बने । तर भनिन्छ यिनलाई भारतले नै प्रधानमन्त्रीको कुर्सीबाट खेदेको हो । शेरबहादुरजस्तो कुर्सी टिकाउन यिनले सांसदहरूलाई अनापसनाप सुविधा दिन सकेनन्, कुर्सीप्रेमी देउवाले त अक्षमको लेबुल खेप्दाखेप्दै, काङ्ग्रेस फोर्दाफोर्दै तथानाम गरे र आज पनि प्रधानमन्त्रीको रेसमा छन् । तोतेबोली बोलिरहन्छन् ।
झलनाथ खनाल ड्ेरस डिजाइनर टाइपका प्रधानमन्त्री थिए । लुगाफाटाका शौकिन यिनी प्रधानमन्त्री हुँदा फेसन शोको मोडेलझै नयाँ–नयाँ फेसनेबल लुगासम्म मात्र सीमित रहे । विद्वान् भनिने बाबुरामलाई त पत्नी हिसिलाले नै ओझेलमा पारिदिइन् । प्रचण्डसँग पैठेजोरी खेल्दै प्रधानमन्त्री बनेका यिनी जनतामाझ खरो बोल्ने र पत्नी अगाडि ज्वरो आउने प्रवृत्तिका थिए । भारतमुखी भनिने यिनले काठमाडौंको सडक चौडा गर्ने नाममा तोडफोडबाहेक क्यै गर्न सकेनन् । संविधान त होइन यिनले सडक चाहिं चाक्लो पारे ।
सुशील कोइराला नेपालका कान्छा प्रधानमन्त्री हुन् तर उमेरले उनी सबैभन्दा पाको र वृद्धाश्रममा रामनाम जपेर बस्ने अवस्थाका छन् । बर बिरामी परिरहने यिनी रिसाहा र रन्काहा प्रवृत्तिका प्रधानमन्त्री मानिन्छन् । यिनी एमालेका मनमोहन अधिकारीभन्दा गरिब सर्वहारा प्रवृत्तिका प्रधानमन्त्री हुन् । बूढा मनमोहनले त मुलुक र जनताका लागि प्रधानमन्त्री हुँदा थोरै भने पनि केही गरे । वृद्ध भत्ता निर्धारण गरे, जुन वृद्धभत्ता कृष्णप्रसाद भट्टराईले समेत लिन्थे र राज्यले दिएको सुविधा किन छोड्ने भन्ने भट्टराईको तर्क थियो।
रन्केको बेला सुशील कसैलाई चिन्दैनन्, बालुवाटारका आफ्ना सहयोगीलाई शड्ढा गर्ने, भतिजी सुजातालाई अनापशनाप कुरा लिएर अब तँ मेरोमा नआउनू भन्ने संविधान निर्माण नहुन्जेल (माघ ८) तक पदबाट हट्दिनँ भन्ने र सरकारबाट हट्छौं भन्ने एमालेका ओलीलाई –हटे हट एक्लै सरकार चलाउँछु भनी आफ्नो रिस र रन्काहा प्रवृत्तिको परिचय दिए । एमालेका ओली पनि प्रधानमन्त्रीको लाइनमा छन् । सुशील के बोल्छन्, त्यो दोभाषेले समेत ठम्याउन गार्हो पर्छ । सुशीलले के गरिरहेका छन् र के गर्छन्, उनका सहयोगी र सहयोगी दल एमालेले पनि ठम्याउन सकेको छैन । बिरामीले थलिएका आराम गर्नुपर्ने अवस्थामा संविधान बनाउन सक्रिय छु भन्छन् । उनकै पार्टीका रामचन्द्र पौडेल, शेरबहादुर देउवा र काङ्ग्रेसकै ठूलो खेमा उनको विपक्षमा छ । भनिन्छ संविधान निर्माणभन्दा उनलाई काङ्ग्रेसको उत्तराधिकारी कुनै कोइराला वंशकै होस् भन्ने चाहना छ । त्यसैले अचेल उनी विपी पुत्र शशाड्ढ कोइरालालाई काङ्ग्रेसको बागडोर सुम्पिन आन्तरिक गृहकार्यमा जुटेका छन् । परिवारवादले भारतमा काङ्ग्रेसलाई कुन अवस्थामा पुर्यायो र राहुल–सोनियाको कस्तो हविगत छ भन्ने हेक्का वयोवृद्ध सुशीललाई थाहा छैन । सुशील सदा थकित, मलिन मुहार र रिसाएको देखिन्छन् तर पनि माघ ८ सम्ममा संविधान दिने वाचा गर्दछन् । भनिन्छ यिनी भारत–चीन कुनै मुखी होइनन् । दबाबमा काम गर्दैनन् र के गर्नुपर्छ भन्ने सुद्धि पनि राख्दैनन् । सुद्धि हराएकाझै देखिन्छन् सुशील । तर त्यागी त त्यागी हुन् रे । एकताका फारबिसगंजमा नेपाल राष्ट्र बैंकको पैसा लुट्न प्लेन हाइज्याक हुँदा सुशीलले प्लेन सकुशल अवतरण गराउने जिम्मा लिएका थिए रे ।
पहिलो संविधानसभादेखि अहिलेसम्म प्रचण्ड, माधव, झलनाथ, बाबुराम र अहिले दोस्रो संविधानसभापछि सुशील संविधान बनाउँछु भनेर लागि परेका छन् । प्रचण्ड, माधवजस्ता लक्का जवानहरूले पटक–पटक समय थप्दा पनि बनाउन नसकेको संविधान सुशील कोइरालाजस्तो अरूले लगाई, खुवाई र समातेर हिंडाइदिनुपर्ने, आफूले बोल्ने, आपैंmले बुझ्ने, रिसाहा, रन्काहा र हुस्सुले कसरी बनाउलान् भनेर सबै रमिते बनेका छन् । तर नपत्याउने खोलाले बगाउँछ भनेभैंm यिनै हुस्सुले नेपालको कायापलट गर्ने हुन् कि भन्नेहरू पनि छन् । जस्तो कि विगतमा प्रधानमन्त्रीसरह मन्त्री परिषद्का अध्यक्ष बनेका खिलराज रेग्मीले सहजै सजिलै संविधानसभा निर्वाचन गराएर सबैलाई अचम्भित पारिदिए भने सुशीलले पनि संविधान बनाएर सबैलाई जिल्ल पारिदिन के बेर १ यसरी नेपालका केही प्रधानमन्त्रीहरूको कार्यशैलीलाई सरसर्ती हेर्दा यीमध्ये धेरैले पद अनुरूपको आचरण गर्न नसक्नेहरूबाट जनता र मुलुकले खुद्राबाहेक होलसेल (थोक) विकासको आशा नराखे हुन्छ । किनकि यीमध्ये धेरैको कसरत प्रधानमन्त्री पद पाउन्जेल तक सक्रिय हुन्छ, पद प्राप्तिपछि शून्य, हिरो होइन जीरो ।