$type=ticker$count=12$cols=4$cate=0

पढाइको भेल, छैन कतै खेल

SHARE:

- अनन्तकुमार लाल दास
    विद्यालयमा खेलकुद गराइन्छ । ती खेलकुद गतिविधिलाई राम्ररी नियाल्ने हो भने हामी पाउँछौं त्यहाँ खेलकुद भइराखेको छैन । खेलकुदबारे उसो त के भन्ने गरिन्छ भने खेलकुदलाई पनि अन्य विषयजस्तै जीवनका लागि प्रास·िक बनाइनुपर्दछ । विद्यालयमा खेलकुद जुन हिस्सेदारी र स्तरीयरूपमा ल्याउनुपर्ने हो त्यो हुन सकिरहेको छैन । प्रश्न उठ्छ यस्तो किन भनिन्छ ? किनभने प्रायः निजी विद्यालयहरूले यसै वीरगंजमा भर्ना खुल्ने बेला आपूmसँग प्रशस्त खेलकुद गतिविधि रहेको दाबी गर्छन् । कतिपय सरकारी विद्यालयहरूसँग आपैंm ठूला खेल मैदान रहेको पनि छं तर पनि यो प्रश्न उठ्दा स्वभावतः आम पाठकमा उत्सुकता हुन्छ ।
    हामीले देख्ने गरेको खेलकुद गतिविधि भनेको कुनै विद्यालयले प्रार्थनासभाको बेला थोरबहुत शारीरिक अभ्यास गराउनु पनि हो । कतिपय विद्यालयले शुक्रवारको दिन सामान्य कक्षापछि खेलकुदका लागि भनेर राखेका हुन्छन् । थोरै मात्र विद्यालयले दैनिकरूपमा खेलकुद राखेका हुन्छन् वा खेलकुदलाई गृहकार्यका रूपमा राखेका हुन्छन् । मूल कुरो के हो भने शारीरिक शिक्षा अन्तर्गत थोरबहुत कुनै खेलविशेषबारे जानकारी गराइए पनि जीवनका लागि खेलको उपयोगिताबारे बताइएको हुँदैन । विद्यार्थीले खेलमा चाख किन लिनुपर्छ ? सबै विद्यार्थीले किन खेल्नुपर्छ ? नियमित खेल खेल्नुको प्रयोजन के हो ? खेलकुदले उसको पढाइमा के फाइदा पु¥याउँछ ? खेलकुद अवसरको रूपमा कसरी देखापर्छ ? खेलकुद व्यक्तित्व विकासका लागि अनिवार्य किन हो ? विद्यार्थीमा भित्रैदेखि खेल्ने इच्छा कसरी विकसित गराउने ? कुन विद्यार्थीमा कुन खेलको क्षमता छ, त्यसको भेउ कसरी पाउने ? यस्ता प्रश्नहरूको सही उत्तर जबसम्म पाठ्यक्रमले दिंदैन, त्यस पाठ्यक्रमलाई खेलकुदमैत्री रहेको मान्न सकिंदैन । हाम्रो शिक्षानीतिले खेललाई आधारभूत पक्षका रूपमा स्विकारेको मान्न सकिंदैन ।
    बच्चाहरूको व्यक्तित्व विकास र कल्याणमा खेलकुद तथा क्रीडाको प्रभावलाई नेपालका शिक्षाशास्त्रीहरूले पनि केही हदसम्म उपेक्षा गरेका छन् । पाठ्यक्रममा खेलकुदलाई विषयको रूपमा स्वीकार गर्न सकिएको छैन । खेलकुदमा लागेका प्रतिभावान् बालकहरूलाई विद्यालय तहदेखि नै प्रोत्साहन गर्न सकिएको छैन । प्रचलित धारणा अनुसार कुनै पनि व्यक्ति जित्नका लागि खेल्छ तर बच्चाहरूको मामिलामा यो सच्चाई धेरै टाढाको कुरा हो । उनीहरू त खेल रमाइलोका लागि खेल्छन् । एकदम सानै उमेरका बालबालिकाहरू जीतहारबारे सोच्दैनन् । उनीहरूलाई त खेल्नु र रमाउनु नै राम्रो लाग्छ । तर जसै ठूलो हुँदै जान्छन्, उनीहरूमा प्रतिस्पर्धाको भावना थोपरिंदै जान्छ । त्यसबारे पनि चिन्तन भएको छैन । विद्यालयले कुन तहसम्म प्रतिस्पर्धाको भावना राख्नुपर्छ भन्नेबारे अध्ययन र मनन भएकै छैन । शुरुमा व्यक्तित्व निर्माणको केही अवधिसम्म बच्चाहरूलाई खेलको मजा लिन र मौजमस्ती गर्ने स्वतन्त्रता दिनुपर्छ । यस अवधिमा जीत र हारको कुनै महŒव हुनुहुँदैन । उसो त केही मानिस भन्छन् बच्चाहरूमा पनि जीतहारको भावना जगाउनुपर्छ । उनीहरूको बुझाइ प्रतिस्पर्धायुक्त खेलमा कुनै पनि बच्चाले आपूmभित्र प्रतिस्पर्धाको ऊष्मा सञ्चय गरी तुलनात्मकरूपमा उत्कृष्टतातर्पm लम्कन्छन् । यसले उनीहरूमा सहज र स्वाभाविक तरिकाले सामथ्र्य सञ्चय गर्ने ढोका खुल्छ । यसले के देखाउँछ भने हाम्रो शिक्षा प्रणालीमा खेलकुदलाई फराकिलो तरिकाले खोज्ने–बुझ्ने काम हुनसकिरहेको छैन ।
    जब कुनै विद्यालयमा कतै आयोजना हुने खेलकुद प्रतियोगिताबारे सूचना आउँछ अनि विद्यालयले सो अनुसारको खेलकुद गराउन शुरु गर्छ । राष्ट्रपति रनिङ शिल्ड वा अन्य कुनै स्थानीय म्याचहरूबारे जानकारी प्राप्त हुँदा विद्यालय हतारहतार चाँजोपाँजो मिलाउन थाल्छ र बल्लबल्ल एउटा टोली प्रतिनिधित्व गर्न पठाउँछ । विद्यालयमा हुने खेलकुद गतिविधिलाई लिएर केही कुराहरू उठ्छन् । पहिलो बालबालिको लागि उनीहरूको स्वाभाविक रुचि अनुसार खेलकुदमा संलग्न हुन दिनुपर्छ । उसले चाहेको र रोजेको वातावरण अभिभावक र विद्यालयले दिन सक्नुपर्छ । उनीहरूलाई विभिन्न प्रकारका खेल सामग्री उपलब्ध गराइदिनुपर्छ तर कसरी खेल्ने भन्ने स्वतन्त्रता उनीहरूमाथि छाडिदिनुपर्छ । कलिला बालबालिकाका लागि कुनै खेल नियम हुँदैन । उनीहरू देखासिकी स्वस्पूmत्र्त समूह बनाउँछन्, खेलको नियम बनाउँछन्, खेलको अवधि किटान गर्छन् र खेल समाप्त भएको घोषणा गर्छन् । हामी देख्दछौं टोलका बच्चाहरू गल्लीमा भेला भई हिलोमाटोबाट घर बनाउँछन्, खानाका परिकार बनाउँछन् र फेरि आपैंm भताभु· पारिदिन्छन् । यस्तो गर्दागर्दै बच्चाहरू सिकिरहेका हुन्छन् । बुझाइ तन्काउँदै गएका हुन्छन् ।
    अर्को कुरा हो खासगरी शहरिया बच्चाहरूका लागि समयको कमी र खेल्ने ठाउँको कमी । शहरमा पढ्ने विद्यार्थीहरू यतिबिघ्न गृहकार्य, भिडियो गेम्स तथा टिभीमा झुम्मिएका हुन्छन् कि उनीहरू खेल्नका निम्ति मौकै पाउँदैनन् । यसै वीरगंजमा यस्ता धेरै विद्यालयहरू छन् जोसँग आप्mनो खेल मैदान छैन । अनि बच्चाहरू खेल्ने कहाँ ? खासगरी साना बच्चाहरूले, जसका अभिभावक घरबहालमा बस्छन्, ठाउँ अत्यन्त साँगुरो हुन्छ, खेल्ने भनेको खाटबाट भुइँमा, यो ढोकाको कुनामा लुक्ने वा त्यो खाटमुनि खेल्ने जस्ता काम गर्छन् । यस्तो पृष्ठभूमिका बच्चाहरू जसोतसो आप्mनो खेल चाहना पूरा गरिरहेका हुन्छन् । कोहीकोही त कौंसीमा वा गल्लीमा नै क्रिकेट खेल्छन् वा भलिबल खेल्छन् ।
    अलि ठूला विद्यार्थीहरूका लागि विद्यालयसँग खेलदृष्टि छ भने खेलकै माध्यमबाट विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन सक्छ । खेलकुद भएपछि  प्रतिस्पर्धा त हुन्छ । त्यहाँ कोही जित्छ, कोही हार्छ । जित्नका लागि अलि विशेष समन्वय र सहकार्य चाहिन्छ । खेलमा सहभागी बच्चाहरूमा खेलमा हारेर निराश हुने, मनमा हीनता राख्ने वा जित्नेसँग बदला लिने सोच विकसित हुन दिनुहुन्न । सरोकारवालाले सिकाउनुपर्छ खेल भनेको यस्तै हो । जीत र हारलाई दिनरात जस्तै वा विद्यालय खुल्नु र बन्द हुनुजस्तै हो भन्ने बुझाउनुपर्छ । जित्नका लागि आप्mनो टीमप्रति विश्वास, योजना, परिश्रम, नीति र समयको महŒव, विपक्षीको तयारीबारे बुझ्नुपर्छ र यी कुराहरू गर्न सम्भव पनि छ भन्ने बुझाइ विद्यार्थीहरूमा जगाउन सकियो भने एउटा विद्यार्थीले अर्को विद्यार्थीसँग ईष्र्या गर्दैन, डाह गर्दैन । विद्यार्थीमा खेल भावना जगाउन सकियो भने उसले जीवनमा आउने उतारचढावलाई राम्ररी झेल्न सक्छ । सानै उमेरदेखि जीवनप्रति दृष्टिकोण सन्तुलित र सकारात्मक बन्छ ।
    खासगरी शहरी क्षेत्रमा खेलका केही पारम्परिक शत्रुहरू छन् । जसरी दशौं कक्षाको जाँचलाई आयरनगेट भनेर यति हौवा खडा गरिन्छ कि विद्यार्थी स्वयंले खेलकुद बन्द गरिदिन्छ । त्यसैगरी अर्को हौवा हो कोचि· क्लास । बढी अङ्क हासिल गर्ने गोलचक्करमा विद्यालय पछि कोचि· जानुपर्ने बाध्यताले खेलकुदको लागि समय निकाल्नै गा¥हो हुन्छ । जो खेलकुदमा अगाडि बढ्न चाहन्छ ऊ पनि कम अङ्क प्राप्त हुने डरले खेल्न अगाडि सर्दैन । यसैगरी तेस्रो शत्रु हो सामाजिक मिडिया । सामाजिक मिडियाको क्षेत्रमा आएको क्रान्तिले गर्दा अब साथीहरू मात्र एक क्लिकको दूरीमा चौबीसै घण्टा उपलब्ध छन् । यसले पनि विद्यार्थीहरूलाई खेलकुदबाट टाढा लग्दै गएको छ । 
    मेरो प्रस्ट मान्यता के हो भने हाम्रो समाज, जसको प्रतिनिधित्व आमाबुवा र स्कुले शिक्षकले गरिराखेका हुन्छन्, एउटा खास उमेरसम्म त बच्चालाई छूट दिन्छन्, पछि खेलकुदलाई राम्रो मान्दैनन् । त्यो किशोर उमेरमा फिल्मी नकलमा बच्चाहरू मनमनै ‘मसल’ बनाउने सपना देखिराखेका हुन्छन् । उनीहरूलाई सन्तुलित व्यायामभन्दा मसल देखाउने सपना हुन्छ । यो सपनाको चक्करमा उनीहरू शरीर बिगार्ने काम मात्र गर्छन् । यी सब गन्थनमन्थनको आलोकमा के भन्न खोजिएको हो भने खेलको महŒव, त्यसको अवसर र त्यसको स्तरबारे पहिले प्रस्ट होऔं । अनि मात्र बच्चाहरूलाई त्यसतर्पm डो¥याऔंं । अहिले त पढाउने नाममा घोकाउने शैलीको बाहुल्य छ, जहाँ खेलकुदका कुराप्रति कसैले ध्यान दिन सकेको छैन । खेलकुदले जुन रूपमा महŒव पाउनुपर्दथ्यो, बच्चाहरू जुनरूपमा खेलकुदमा सहभागी हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । त्यसैले मेरो भन्नु के छ भने खेललाई बुझौं । खेलकुद गर्नु बच्चाको सार्वभौम अधिकार हो, यसलाई नबिर्सौं ।  
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पढाइको भेल, छैन कतै खेल
पढाइको भेल, छैन कतै खेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxZ8Tgt0UaBW3J5x_JFY_FZeQpoZpPXag1HVO9EvJxLGCyIdi11-Jgkn8HkGQBb49_tPYH7G0JUmYUpjFrAI2WW6O1qtipqNO-W5y-w_QnE2ipjlnbXN-Qb3MDPn4a0BtcpnlNIK8GUfxM/s1600/anant+kumar+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxZ8Tgt0UaBW3J5x_JFY_FZeQpoZpPXag1HVO9EvJxLGCyIdi11-Jgkn8HkGQBb49_tPYH7G0JUmYUpjFrAI2WW6O1qtipqNO-W5y-w_QnE2ipjlnbXN-Qb3MDPn4a0BtcpnlNIK8GUfxM/s72-c/anant+kumar+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_546.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_546.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy