अधिकारका कुरामा हामी जति सचेत छैं, दायित्व निर्वाहमा पनि त्यति नै सचेत भइदिएको भए, शायद देश र समाजको यो गति हुने थिएन । देशलाई एक छिनका लागि सरकारको जिम्मा छाडिदिने हो भने पनि समाज त नागरिकको भागमा परेको छ । सरकारले समाज बनाउन र बिगार्नका लागि केही गर्दैन, त्यसको मेलोमेसो नागरिकले नै गर्नुपर्दछ । तर नेपाली नागरिकले जानेको कुरा के हो भने सरकारले भनेको ठीकविपरीत गर्नु । देशमा बिजुलीको सङ्कट छ, त्यसको समाधान तत्काललाई छैन, विद्युत् प्राधिकरणले दीपावलीमा बढी विद्युत् खर्च हुने हुँदा तडकभडक र बढी ऊर्जा खपत गर्ने उपकरण सकेसम्म प्रयोग नगर्न सूचना दिएको थियो । प्राधिकरणको सदशयतापूर्ण आह्वानबारे नेपाली नागरिकको प्रतिक्रिया -फेसबूकलगायत० सञ्चारका अन्य माध्यममा हेर्दा लाग्दछ, नागरिक भनेको सरकारको विपक्षी हो । सन् १९६४ मा भारत–चीन युद्ध हुँदा भारत सरकारले नागरिकसँग मदत मागेको थियो, प्रत्येक परिवारले पैसा, नभए गहना मात्र होइन, हप्तामा एक छाक नखाएर देशलाई मदत गरेको थियो ।
नागरिकको खर्च गर्न सक्ने क्ष्Fमता हुनु राम्रो कुरा हो, तर अभाव भएको चीज किफायत गरेर खर्च गर्नु पनि नागरिककै दायित्व हो । र कुनै निकायले कुनै कुरा किफायत गर्नुभन्दा झन् बढी खर्च गर्ने मानसिकता देखाउनुलाई राम्रो मान्न सकिंदैन । सरकारको आह्वानको प्रतिकूल जानु भनेको त्यस कुराको विरोध गर्नु हो । वीरगंजमा यसपालि शायद उक्त आह्वानको फलस्वरूप नै होला, पहिलेभन्दा बढी बिजुलीका उपकरणहरूको प्रयोग भयो । यस्तो विरोधले उपलब्धि के प्राप्त हुन्छ ? विरोध गर्नुछ भने सरकारले नीतिमा अनुकूल परिवर्तन ल्याएर बढीभन्दा बढी बिजुली उत्पादन गरोस् र जनतालाई इच्छाभरि खर्च गर्न देओस् भन्ने हुनुपर्छ । बिजुली अभावको विरोध त जहिले पनि भइ नै रहेको छ, तर सरकारलाई बिजुली उत्पादन गर्न बाध्य पार्ने विरोध चाहिं हामीले गर्न सकेका छैनौं । विद्युत्विज्ञहरूले बताउँदै आएका छन् नेपालमा कम्तिमा ८३ हजार मेगावाट विजुली उत्पादन हुन सक्छ, चरणबद्ध आयोजनाहरू निर्माण गर्न सकियो भने लाखौं मेगावाट उत्पादन हुन सक्छ । खोइ सरकारले गर्न सकेको र खोइ नागरिकले त्यो हुन नसक्दा विरोध गरेको ?
तिहार ज्योतिको, उज्यालोको पर्व हो । तिहारमा सबै ठाउँ जगमग होस् भन्ने चाहना सबैको हुन्छ । तिहार मौसम परिवर्तनको सन्धिकाल हो । वर्षा र गर्मी बिदा भएर चिसो बढ्न थालेको हुन्छ । यो मौसम लामखुट्टेलगायत तमाम कीटहरूको प्रजननकाल हो । कीरा–फट्याङ्ग्राहरूले सास्ती दिने बेला हो । त्यसैले हाम्रा मनीषी समाजशास्त्रीहरूले तिहारमा दियो बाल्ने प्रचलन चलाए । सबै घरमा तीन दिनसम्म दीपावली गरियो भने कीट–पत·को नाश हुन्छ । तर बिजुलीको सुविधा पाएर मानिसले हिजोभन्दा बढी झिलीमिली त पा¥यो, तिहारको धार्मिक मर्मको निर्वाह ग¥यो तर तिहारको मूल मर्म निर्वाह गर्न सकेन, तिहारको सामाजिक र वैज्ञानिक पक्ष अ·ीकार गर्न सकेन । निश्चय नै बिजुलीको उपकरणले घर–नगर झिलीमिली पार्नुभन्दा तेलको दियो बाल्नु उपलब्धिमूलक र सस्तो पनि पर्छ । दियोको उपभोग गर्दा त्यससँग सम्बन्धित पेशा जीवित रहन्छ । दियो बनाउने हातहरूले रोजगार पाउँछ । हामीले बिजुलीको उपकरण प्रयोग गरेर कसको रोजगार बढाइरहेका छौं ? यता पनि ध्यान दिने कि ?