$type=ticker$count=12$cols=4$cate=0

मिथिलाको दीपावली र भ्रातृद्वितीया पर्व

SHARE:

बासुदेवलाल दास
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
    कार्तिक महिनाको कृष्णपक्षको अमावस्या तिथिमा दीपावली पर्व पर्दछ । यसलाई मिथिला क्षेत्रमा दीयाबाती, सुखरात्रि अथवा सुकराती भनिन्छ । यस दिन श्रीलक्ष्मीको व्रत तथा पूजा गरिन्छ एवं दीप बाल्ने गरिन्छ । यसैले यस पर्वलाई लक्ष्मीपूजा तथा दीपावली पनि भनिन्छ । वस्तुतः यस पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि नै हुने गर्दछ । त्रयोदशीका दिनलाई तेरस वा धनतेरस पनि भनिन्छ । यसै दिन श्रीधन्वन्तरि देवताको विशेष पूजा गरी उनको जयन्ती मनाइन्छ । श्रीधन्वन्तरिलाई आयुर्विज्ञान तथा चिकित्साशास्त्रका अधिष्ठाता देवताको रूपमा मानिन्छ । यसको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण चतुर्दशी तिथिका दिन यमराजलाई दीपदान गर्ने गरिन्छ । यस दिनलाई मिथिला क्षेत्रमा यमदीयारी भनिन्छ । यस दिन साँझपख एउटा दीप बालेर आप्mनो घरको मुख्य प्रवेशद्वारको अगाडि पूर्वाभिमुख पारेर राखिने गरिन्छ । यसरी यमराज देवतालाई दीपदान गरेमा उनको सत्कृपा प्राप्त भइरहने तथा परिवारमा अकाल मृत्युको भय नरहने विश्वास गरिन्छ । 
    कार्तिक अमावस्याका दिन बिहान गोबरले आँगन लिप्ने गरिन्छ । यस अवसरमा गाउँ क्षेत्रमा घरहरूलाई केही दिन पहिलेदेखि नै लिपपोत गरी सफा गरिएको हुन्छ । घरका भित्ताहरूमा अनेक प्रकार चित्र बनाएर सिंगारिन्छ ।  अमावस्या तिथिमा श्रीलक्ष्मीको व्रत गरी दिनभरि उपवास राखिने तथा साँझपख विशेष विधिपूर्वक श्रीलक्ष्मीमाताको पूजन तथा प्रसाद ग्रहण गरी व्रतको पारण गरिन्छ । यस दिन साँझमा चारैतिर दीप बालिन्छ । मिथिलामा कतिपय परिवारमा यस दिन कुलदेवताको स्थान अर्थात् सिराग समक्ष विशेष पूजा गरिन्छ । यस अन्तर्गत कुलदेवताको स्थान रहेको घरको मुख्य दैलोमा कलशको विशेष अरिपन लेखिन्छ । त्यस अरिपनमाथि आम्रपल्लवसहित जलपूर्ण कलशको स्थापना गरी त्यसमाथि दीप बालेर राखिन्छ । त्यस्तै आँगनमा चौमुख दीप अर्थात् चारओटा मुख भएको दीपको अरिपन लेखिन्छ, जसमाथि त्यस्तै दीप बालेर राखिन्छ ।
    यसरी नै यस दिन अपराह्न खढंबाट ऊक बनाइन्छ । ऊक भनेको खढंलाई लामो पारेर त्यसमा विशेष प्रकारले पाँच स्थानमा परालले बाँधेर त्यसको बीच भागमा सण्ठी -सन वा पाटको डाँठ० घुसारेर बनाइने वस्तु हुन्छ, जसमा आगो सल्काएर विशेष विधिहरू गरिन्छ । ऊक बनाउने कार्य पिता जीवित हुने व्यक्तिले गर्न हुँदैन । अर्थात् पिताको देहान्त भइसकेका पुरुष व्यक्तिद्वारा नै ऊक बनाइन्छ । यस बखत आँगनमा जतिओटा घर हुन्छ, तथा परिवारमा जतिजना पुरुष पात्र रहन्छ, त्यति सङ्ख्यामा ऊक बनाइने गरिन्छ । साँझपख सूर्यास्त भइसकेपछि घरका प्रत्येक छानामाथि एउटाका दरले ऊक चढाइने गरिन्छ, यसबाट हुरीबतासको तथा आगलागीको भय नहुने अर्थात् वायुदेवताको तथा अग्निदेवताको प्रकोप नहुने विश्वास गरिन्छ । त्यस्तै परिवारमा रहेका प्रत्येक पुरुषपात्रले यसदिन ‘ऊक भाँजबु’ अर्थात् ऊकमा आगो सल्काएर नचाउने कार्य गर्नुपर्ने अनिवार्यता मानिने भएकाले त्यसै अनुरूपको सङ्ख्यामा ऊक बनाइने गरिन्छ ।
    यस दिन श्रीलक्ष्मीको प्रतीक मानिने घरमा व्यवहारमा ल्याइने वस्तुहरू यथा सूप -नाङ्लो० र तामा -काठको भाँडोविशेष० धोएर सफा गरी तिनमा पिठार–सिन्दूर लगाइने गरिन्छ । यसका साथै प्रत्येक ढोकाको माथितिर तेल र सिन्दूर लगाइने गरिन्छ । यस दिन साँझमा देहरिनाङ्घब विधि गरिन्छ, जसमा घरका प्रधान पुरुषपात्रले आप्mनो दाहिने हातमा समातेको ऊकमा आगो सल्काएर देब्रे हातमा धान र दूबोका मुन्टाहरू लिएर प्रथमतः कुलदेवता समक्ष त्यसपछि प्रत्येक घरका दैलोको मध्यभागको भित्र र बाहिर गरी दुवै स्थानमा प्रज्वलित ऊक स्पर्श गराउँदै धान–दूबो छर्किने गर्दछ । यस बखत भित्रपट्टिको स्थानमा ऊक स्पर्श गराउँदा ‘अन्न–धन–लक्ष्मी घर आऊ’ एवं बाहिरपट्टि स्पर्श गराउँदा ‘दारिद्र्य बाहर जाऊ’ भन्ने शब्दहरू उच्चारण गरिन्छ । यसरी क्रमशः सबै घरका दैलामा विधि सकेपछि ऊक घुमाउँदै र ‘दारिद्र बाहर जाऊ’ शब्दहरू भन्दै आँगनबाट बाहिरतिर जाने गरिन्छ । यसलाई अर्को शब्दमा ऊक भाँजब पनि भनिन्छ । यस्तै घरका सबै पुरुषपात्रले ऊकमा आगो सल्काएर नचाउँदै घुमाउने गर्दछन् । ऊक भाँज्ने कार्य पुरुषपात्रले मात्र गर्नुहुने भनिन्छ । यस अवसरमा साना बालकहरू ऊकका साथै विशेष प्रकारले बनाइएको ऊकालोलीमा आगो सल्काएर ‘ऊका लोलीलोलीलोली, दीया बातीबातीबाती’  एवं ‘ऊकालोली भूजैछी, मच्छर के झरकबैछी’ जस्ता शब्दहरू उच्चारण गरी रमाउने गर्दछन् । यसरी ऊक भाँजब विधिको अन्त्यमा जलेर शेष रहेको ऊकको भागलाई ऊक भाँज्नेले सण्ठीसहित खेत वा बारीमा गाडिदिने तथा यसरी गाडिएको ऊकलाई पश्चिमबाट पूर्वदिशातर्फ पर्नेगरी तीनपटक नाघ्ने गर्दछ । यसबाट शारीरिक स्वस्थ्यता लाभ तथा चर्मरोग नहुने विश्वास रहेको पाइन्छ । यसरी नाघिसकेपछि ऊकको भित्रबाट सण्ठी झिकेर राखिने गरिन्छ । यो सण्ठीले रातिको अन्तिम प्रहरमा नाङ्लो बजाउने विधि गरिन्छ, यसलाई मैथिली बोलीमा सूप डेङाएब भनिन्छ । यस अन्तर्गत घरका प्रधान स्त्रीपात्रद्वारा कुलदेवताको स्थानबाट आरम्भ गरी नाङ्लो बजाउँदै सबै घरका दैला एवं आँगन क्षेत्रमा घुम्दै तीनपटक गरिन्छ । यसरी नाङ्लोको आवाज पुग्ने स्थानसम्म दारिद्रताको वास नरहने विश्वास गरिएको पाइन्छ । यसका साथै मार्गशीर्ष महिनामा नवान्नपूजा हुने दिन साँझपख यसै सण्ठीलाई बालेर घरहरूमा साँझ देखाउने गरिन्छ ।
    कार्तिक अमावस्या अर्थात् लक्ष्मीपूजाको राति निशाभागमा मिथिला क्षेत्रमा कालीपूजा गर्ने प्रचलन रहेको छ । भगवती कालीमाताको विग्रह रहेको स्थान वा मन्दिरमा यस अवसरमा विशेष विधि विधानसहित पूजा गरिन्छ । यसका साथै अन्य स्थानमा पनि काली अथवा कालिका भगवतीको माटोको मूर्ति बनाएर विशेष विधिपूर्वक पूजा गर्नुका साथै मेला लगाइने गरिन्छ । यस अवसरमा बनाइने कालिकाको मूर्ति असुरका नरमुण्डको माला लिएकी, नरहस्तहरूका आवरणले शरीरको अधोभाग आवेष्टित गरेकी, हातमा खड्ग र खप्पर लिएर, कृष्णवर्णा, उन्मत्तावस्थामा रहेकी, भगवान् शिवको वक्षस्थलमाथि चरण रोपेकी, रक्त जिह्वा निकालेकी स्वरूपको हुने गर्दछ । भनिन्छ शास्त्रीय रूपबाट भगवतीको पूजा आश्विन शुक्लपक्षको नवरात्रमा गरिन्छ भने तान्त्रिक रूपबाट भगवती कालिकाको पूजा चाहिं दीपावलीको निशाभागमा गरिन्छ । मिथिला तन्त्रदर्शनको क्षेत्र रहिआएको छ । यहाँको जनजीवनमा तन्त्रको गहिरो र व्यापक प्रभाव रहेको पाइन्छ । तन्त्रशास्त्रमा कालिका वा कालीको महŒवपूर्ण स्थान रहेको हुन्छ । तन्त्र शिवप्रणीत मानिन्छ एवं कुनै पनि तान्त्रिक अनुष्ठान, खासगरी शिव विषयक तान्त्रिक अनुष्ठानमा शिवा र भैरवीको प्रमुखता रहने गर्दछ । भगवती कालीको शिवसित अनन्य सम्बन्ध रहेको भनिन्छ । यस प्रकार कार्तिक अमावस्याको दिनमा कालीपूजा गरी यस दिनलाई तान्त्रिकसिद्धि प्राप्ति गर्ने दिनको रूपमा पनि मानिएको पाइन्छ । यस अवसरमा अनेक प्रकारका तान्त्रिक अनुष्ठानहरू गरिन्छन् । यस कारण दीपावलीको दिनलाई मिथिलामा कालीपूजा भनेर समेत अभिहित गरिएको पाइन्छ ।
    मिथिलाको समाजमा बोक्सीको उपस्थिति स्वीकार गरिएको पाइन्छ ।  बोक्सीहरू तन्त्रमन्त्रको सिद्धि प्रायः आश्विन शुक्लपक्षमा अर्थात् दुर्गापक्षमा गर्ने गर्दछन् । परन्तु त्यस अवधिमा सिद्धि प्राप्त गर्न नसकेका वा नभ्याएका व्यक्तिहरूका लागि यो सुखरात्रिको अवसर अत्यन्त महŒवपूर्ण मानिन्छ । मैथिलीमा एउटा भनाइ पाइन्छ ‘दशमी बाँचब त सुकराति नाचब” । अर्थात् दशमीको बेला गर्न नसकिएका कृत्यमा यस बेला सफलता प्राप्त गर्न सकिन्छ । सुखरात्रिको अवसरमा कतिपय परिवारमा नवविवाहित वरवधूलाई सुखरात्रिको चुमाओन गर्ने गरिन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा जस्तै यस राति पनि पचीसी, कौडंी आदि खेलिने गरिन्छन् । गाउँघरमा कतिपय स्थानमा जूआ -द्यूत० खेल्ने गरिन्छ । यस दिन रोटी पकाउने गरिंदैन एवं रातिको भोजनमा दही, तरुआ आदि विशेष खानेकुरा खाने चलन रहेको पाइन्छ । यस पर्वसित सम्बन्धित केही भनाइहरू मिथिला क्षेत्रमा रहेको पाइन्छ जसमा भनिन्छ कि “सुख सुकराती देवउठान, तकरे बारहे होए लबान, तकरे बारहे खेत खरिहान, तकरे बारहे कोठी धान” अर्थात् दीवापली पर्वपछि देवउठान अथवा देवोत्थान एकादशी हुन्छ, त्यसपछि लबान अर्थात् नवान्न पूजा गरिन्छ, त्यसपछि धानलाई खेतबाट खरिहानमा ल्याइन्छ तथा त्यसपछि त्यसलाई कोठी अर्थात् भकारीमा राखिन्छ । यसरी नै एउटा अर्काे भनाइमा “जितिया दशे दशमी, दशमी सोलहे सुकराती, सुकराती छवे छठि” अर्थात् आश्विन कृष्णपक्षको अष्टमी तिथिमा मनाइने जितिया पर्वको दश दिनमा नवरात्रा लागिसकेको हुन्छ तथा दशमी अर्थात् नवरात्राको शुक्लपक्ष बितिसकेको सोह्र दिनमा सुकराती अर्थात् दीपावली हुन्छ एवम् दीपावलीको छैठौं दिनमा मिथिला क्षेत्रको सबभन्दा ठूलो पर्व छठिपर्व हुन्छ ।
    यसरी नै कार्तिक महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिन मिथिला क्षेत्रमा गोवर्धनपूजा गरिन्छ । यस दिनलाई अन्नकूट पनि भनिन्छ । यस तिथिमा भगवान्लाई छप्पनभोग चढाइने प्रचलन रहेको पाइन्छ । यसका साथै गोपूजा अर्थात् गाईवस्तुको पूजा गरिन्छ । गाईको गोबरबाट गोवर्धनको प्रतिमा बनाएर, जसलाई गोधन भनिन्छ, विधिवत् पूजा गरिने चलन रहेको छ । यो गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ -मुसल विशेष० द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिलावर्ग द्वारा गरिन्छ । यस बेलामा गोधनगीत गाइन्छ । गोवर्धन पूजनको अवसरमा भन्ने मन्त्र ः
“ॐ गोवर्धन धराधार गोकुलत्राणकारक ः।
कृष्णबाहुकृतच्छाय गवांकोटिप्रदो भव ।।
     कार्तिक शुक्ल प्रतिपदामा गोवर्धनपूजा गरेमा पशुवर्गको श्रीवृद्धि हुनुका साथै सन्तान तथा धनधान्य वृद्धि हुने विश्वास रहेको पाइन्छ । यस दिन गाई दुहुने तथा हलो जोत्ने कार्य गर्न निषेध मानिन्छ । यस दिन गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई रातो, पहेंलो, हरियो आदि र·ले र·िने गरिन्छ । कतिपय स्थानमा गाईवस्तुको शरीरमा हातका पञ्जाका र·ीन छाप लगाइदिने समेत गरिएको पाइन्छ । गोरुको घाँटीमा नयाँ घण्टी बाँधिन्छ । यस दिन गोरुहरूलाई पखेव खुवाइने गरिन्छ । पखेव भनेको अनेक औषधीय वनस्पतिलाई एकत्र गरी तिनीहरूलाई ऊखरि
-ओखल०मा कुटेर पानी हालेर तरल बनाएर गोरुलाई खुवाउने झोल पदार्थ हो । यसरी खुवाउने बेलामा गोरुहरूलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधिने गरिन्छ तथा काँरी -बाँसबाट बनाइने ढुङ्ग्रो विशेष०को सहायताले मुखमा खुवाउने गरिन्छ । पखेव तयार गर्दा बटवृक्षको जरा वा पात, बकाइनका पात, चिरचिरीका पात -अपामार्ग०, लपटाका पात, ककहियाका पात, भाटका पात, धतुरो फल, बरियारका पात, बाँसका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, काँचो बेसार, पचगुनिया -वनस्पति विशेष०, सतञ्झा -सात प्रकारका अन्न०, नून, मरीच, खानेतेल इत्यादि वस्तुहरू मिसाइने गरिन्छ । पखेवका वस्तुहरूमा स्थानभेदले गर्दा केही फरक पनि देखिन्छ । यो पखेव केही मात्रामा मादक हुने गर्दछ । पखेव खुवाएपछि गोरु दौडाइने गरिन्छ, जसबाट एक प्रकारको मनोरञ्जन पनि हुने गर्दछ । यो पखेव गोरुवर्गलाई मात्र खुवाइन्छ, अन्य जनावरलाई खुवाइँदैन । वार्षिक नक्षत्र आरम्भको गणना अनुसार विशाखा नक्षत्रको आगमन भइसकेको अवस्थामा भने पखेव खुवाइने गरिंदैन । यसरी नै कार्तिक महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिन आरम्भ गरी मार्गशीर्ष महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिन विसर्जित गरिने एक महिनासम्म मनाइने हरिसोंपर्व  मिथिला क्षेत्रमा गरिन्छ । यो कुमारी कन्याले गर्ने पर्व हो । विवाह भइसकेपछिको वर्षमा यो पर्व गरेर समाप्त गरिन्छ ।
    भ्रातृद्वितीया पर्वलाई मिथिलाको बोलीमा भरदुतिया पावनि भनिन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन मनाइने, यो दिदीबहिनी र दाजुभाइको पर्व हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व सूर्यकी कन्या यमुनाले आप्mना भाइ यमलाई निमन्त्रण दिएर भोजन गराएकीले सौभाग्यशालिनी भएकी भन्ने प्रचलित एउटा पौराणिक आख्यानको आधारमा मनाइने गरिएको भनिन्छ । यस कारण यस पर्वलाई यमद्वितीयापर्व  पनि भनिन्छ । यस दिन मिथिला क्षेत्रमा प्रत्येक महिलावर्गले गोबर छुनु अनिवार्य भनिन्छ । यसबाट भाइवर्गको दीर्घायु हुने विश्वास गरिन्छ । यस दिन आँगनलाई गोबरले लिपिन्छ । आँगनको एक भागमा माटोले लिपिन्छ, जसलाई ठाँ भनिन्छ । यस ठाँमाथि पानको पात र आसनको अरिपन लेखिन्छ । यो अरिपन पूर्वाभिमुख बस्ने गरी लेखिन्छ । आसन अरिपनमाथि राखिने काठको पीढी -पिर्का०माथि पनि पिठार–सिन्दूर लगाइन्छ ।
    दाजुभाइहरू यस दिन दिदीबहिनीको घरमा भोजन गर्नुपर्ने भनिन्छ । यसका लागि दाजुभाइहरू सामथ्र्य अनुसार  वस्त्र, उपहार, द्रव्य, मिष्टान्न आदि लिएर दिदीबहिनीको घरमा जान्छन् । यस अवसरमा दिदीबहिनीका लागि लगिने वस्तुमा द्रव्य -रुपियाँ०, मधुर -मिष्टान्न०, मखान -पानीमा फल्ने मिथिलाको एउटा विशिष्ट पवित्र फल ० तथा दिदीबहिनी कुमारी वा विवाहिता भए सिन्दूर अनिवार्यरूपमा राखिन्छ । दिदीबहिनी विधवा भए सिन्दूरबाहेक अन्य वस्तु राखिन्छ । यसका साथै दिदीबहिनीतर्फ डाला -बाँसबाट बनाइने भाँडो विशेष० सजाएर राख्ने गरिन्छ । यस अन्तर्गत डालामा पानको डाँठसहित पाँचओटा पात, सुपारी, बजरी अँकुरी -केराउका दाना०, सिक्का, फर्सीको पूmल, पिठार, सिन्दूर आदि राखिएको हुन्छ ।
    दाजुभाइ आइपुगेपछि नुत लेब  भन्ने विधि गरिन्छ । नुत भनेको निमन्त्रण हो । यसका लागि दाजुभाइलाई दिदीबहिनीले गोडा धोएर ठाँ, अरिपन गरिएको स्थानमा आसनको पिर्कामाथि पूर्वाभिमुख पारी बसाल्ने गर्दछन् । दाजुभाइको सङ्ख्या एकाधिक भएमा पालैपालोसित दिदीबहिनीहरूले नत लेब विधि गर्दछन् । यस विधि अन्तर्गत दाजु ÷भाइको अञ्जलिमा फर्सीको पूmलले पिठार तथा दाहिने हातका औंलाले सिन्दूर लगाएर त्यसमाथि पानको पात, सुपारी, बजरी -केराव०, सिक्का आदि राखेर आप्mनो दाहिने हातले माथिबाट छोपिराखेर मन्त्रलाई तीनपटक उच्चारण गर्दै देब्रे हातले लोटामा राखेको अछिञ्जल पानी खन्याइने गरिन्छ । यसरी दिदीबहिनीको सङ्ख्या एकाधिक भएमा सबैले सामूहिकरूपमा एकत्र नै हातले छोप्ने गर्दछन् । यस अवसरमा कतिपय स्थानमा कुभिन्डोको पूmलको प्रयोग गरिएको पाइन्छ, तथा यस्ता पूmल, पानका पात, सुपारी आदिको सङ्ख्या कतै पाँचओटा भने कतै छओटा राखिने पनि गरिएको पाइन्छ । यस बेला भनिने मन्त्र ः–    
यमुना नतलनि यम के,
हम नतैछी -अमुक० भाइ के ।
जतेक ग·ायमुना मे बाढिं आबए,     ओतेक हमर भाइ के आयु बढंए  ।।
    यसपछि दाजुभाइले हातका वस्तुहरू -एकाधिक दिदीबहिनी भए० कुनै एक दिदीबहिनीको आँचल भागमा राखेर उपस्थित अन्य सबै दिदीबहिनीका लागि उपहारको पोको दिने गर्दछन् । त्यसपछि भाइलाई बजरीसहित मधुर र मखान खुवाइदिने गरिन्छ । यस दिन दिदीबहिनीको घरको अन्न खानाले दीर्घायु हुने विश्वास गरिन्छ । यसका साथै यसै दिन चौध यममध्ये एक मानिएका श्रीचित्रगुप्तको पूजा गरिन्छ । भगवान् श्रीचित्रगुप्तलाई कायस्थ जातिका आदिपुरुष मानिन्छ, त्यसैले कायस्थ जातिका व्यक्ति यस दिन कलम र मसीदानीको पनि पूजा गर्दछन् । मसीदानीलाई मैथिली भाषामा दुआइत भनिन्छ, अतः यस दिनलाई दुआइत पूजा भनेर पनि अभिहित गरिन्छ । यस दिन मिथिला क्षेत्रमा कायस्थ जातिका मानिस कलम चलाउने गर्दैनन् । यसै दिनदेखि मिथिला क्षेत्रको प्रसिद्ध सांस्कृतिक पर्व सामा आरम्भ हुन्छ । यस पर्वलाई अर्को शब्दमा सामा–चकेवा पनि भनिन्छ । भगवान् श्रीकृष्णकी कन्याको रूपमा सामालाई मानिन्छ । सामाको विसर्जन कार्तिक पूर्णिमाको रात्रिकालमा विशेष विधिपूर्वक गरिन्छ ।
    यस प्रकार मिथिला क्षेत्रमा दीपावलीदेखि भ्रातृद्वितीयासम्म अर्थात् कार्तिक महिनाको कृष्णपक्षको अमावस्या तिथिदेखि शुक्लपक्षको द्वितीया तिथिसम्मका दिनहरू पर्वमय हुन्छन् । यस अवसरमा समाजका सबै मानिस हर्ष तथा उल्लासमय भावले भरिएका देखिन्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मिथिलाको दीपावली र भ्रातृद्वितीया पर्व
मिथिलाको दीपावली र भ्रातृद्वितीया पर्व
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_452.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_452.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy