$type=ticker$count=12$cols=4$cate=0

लोकतन्त्र र पत्रकारिता

SHARE:

- चन्द्रकिशोर
समाज र राष्ट्रको दीर्घ उन्नति र विकासको स्थिर गति लोकतन्त्रमैं सम्भव छ । जतिसुकै तानाशाही फन्को घुमेर पनि अन्त्यमा मानव सभ्यताले वास बस्न पुग्नुपर्ने प्रणाली लोकतन्त्र नै हो । विचार र अभिव्यक्तिको स्वतन्त्रता राजनीतिक स्वतन्त्रताको जग हो, लोकतान्त्रिक समाजको आधारस्तम्भ हो, स्वतन्त्रताको जननी हो । प्रेस स्वतन्त्रतामाथि नै लोकतन्त्र निहित रहने हुनाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य छ भन्ने स्पष्ट छ । स्वतन्त्रत प्रेसबिना खुला समाजको परिकल्पना गर्न सकिंदैन । लोकतन्त्र र पत्रकारिता पानी र माछोजस्तो एक अर्काका परिपूरक हुन् । विराटनगरका वरिष्ठ पत्रकार कोषराज रेग्मीको शब्दमा–“स्वतन्त्र प्रेसको माने स्वतन्त्र राष्ट्र हो ।”
    सञ्चार माध्यमहरू लोकतान्त्रिक प्रणालीका अभिन्न अ· हुन् । त्यसैले सञ्चारमाध्यम वा सञ्चारकर्मीहरू लोकतान्त्रिक मान्यता र प्रक्रियाका प्रहरी बनेका हुन् । अर्को शब्दमा लोकतान्त्रिक वातावरण सञ्चारमाध्यमहरूको विकासको अनिवार्य शर्त हो । त्यसैले सञ्चारकर्मीहरू सदा लोकतन्त्रप्रति प्रतिबद्ध र समर्पित हुन्छन् ।
    भनिन्छ लोकतन्त्रमा प्रेस, जनता र सरकारबीच सन्तुलन हुनु अत्यावश्यक छ । जनता, प्रेस र सरकारको सन्तुलनले मात्र लोकतान्त्रिक संस्कार र परिपाटी सुदृढ हुन सक्छ । सरकार र जनताबीच सम्बन्धको दोहोरो भूमिका खेल्न सक्ने सशक्त माध्यम प्रेस जगत् नै भएको कारण आज विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेसको सम्मान छ । डा. तुलसी भट्टराई भन्नुहुन्छ, प्रेसलाई राज्यले, सरकारले, जनताले, सबैले मान्दछन् । प्रेस जगत् साँचो अर्थमा मुख, कान र आँखाको संयुक्त रूप हो । मानव शरीरका यी तीन अ·को जस्तो महत्त्व छ, राष्ट्ररूपी शरीरका लागि प्रेसको त्यतिकै महत्त्व र उपयोगिता छ ।
    वास्तवमा प्रेस वर्तमान युगमा लोकतान्त्रिक राष्ट्रहरूमा जनहित र जनशक्तिको महान् प्रवक्ता हो, जनभावना, चाहना र उकुसमुकुसको नियमित र सशक्त अभिव्यक्तिको माध्यम पनि हो, राष्ट्रका कर्णधारहरूको बहिरो कानमा जनताको आवाज गुञ्जित गर्ने पाञ्चजन्य हो ।
    प्रेस राज्य र जनताको सूचनाको सेतु र विश्वास र समर्थनको महत्त्वपूर्ण कडी हो । त्यसैले प्रेस लोकतान्त्रिक समाजको दर्पण हो, आवाजविहीनहरूको–उपेक्षित समुदायको–सीमान्तकृतवर्गको चोटिलो आवाज हो । आज जनताका लागि शिक्षक हो, जनताको खुला विश्वविद्यालय हो, जनजागरण, समाजको रूपान्तरण र परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने सर्वश्रेष्ठ, सर्वप्रिय, सस्तो र सुलध साधन पनि हो । त्यसैले विनयकुमार कसजूको अभिमत छ–“लोकतन्त्र (डेमोक्रेसी) जनताको मत, विचार, भोटबाट चल्छ । जनमत सही भएन भने वा जनताको आवाज सही र खुलारूपले अभिव्यक्त भएन भने लोकतन्त्र मासिन्छ । जनतालाई सुसूचित र शिक्षित बनाएर सही जनमत बनाउन र जनताको मत निर्वाधरूपमा अभिव्यक्त गर्ने काम मिडियाले गर्छ । त्यसैले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य हुन्छ । साथै जनताको पहुँच सीमित मिडियामा नभएर असीमित वा बहुल मिडियामा हुनुपर्छ ।”
    लोकतन्त्र पुनस्र्थापना गर्ने हाम्रो चाहना, समाजको लोकतन्त्रीकरण गर्ने नेपालीहरूको अठोट अरूको देखासिखी थिएन । नेपालीमात्रलाई विश्वास छ, लोकतन्त्र नै यस्तो राजनैतिक प्रणाली हो जसमा व्यक्ति र विचारको सम्मान हुन्छ ।
    प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हरिहर विरहीको कथन छ–नेपाल अधिराज्यको संविधान २०४७ घोषणा पछिको सीमित अवधिमा सञ्चारजगत्मा भएको प्रगति अन्य कुनै क्षेत्रमा भएको प्रगतिभन्दा कम छैन । सञ्चार क्षेत्रमा भएको यो प्रगति र परिवर्तनले के प्रमाणित गरेको छ भने सञ्चार माध्यमहरूको विकासका लागि लोकतन्त्र अनिवार्य छ । लोकतान्त्रिक पद्धतिबेगर यो स्वतन्त्रता र विकास असम्भव थियो ।
    “२०४७ पछिको नेपाली पत्रकारिता आशालाग्दो उद्योग र प्रतिस्पर्धी व्यवसायको रूपमा अगाडि बढेको छ । तीस वर्षसम्मको पञ्चायती शासन व्यवस्थामा पत्रकारिता कुण्ठित थियो । वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा पत्रकारिता पर्चाकारिता थियो । प्रजातन्त्रको स्थापनापछि नेपालको पत्रकारितामा व्यावसायिक प्रतिस्पर्धा आरम्भ भएको छ । यस अघिसम्मको नेपालको पत्रकारिता साहसिक र पञ्चायती व्यवस्थासँग नैतिक लडाइँ लडिरहेको स्थितिमा थियो, वरिष्ठ पत्रकार किशोर नेपालको धारणाले पनि तीस वर्षको पञ्चायती शासन वा भनौं २०४७ को संविधान प्रारम्भ हुनुभन्दा पूर्व र पश्चात्को अवस्थामा नेपाली पत्रकारिताको तुलनात्मक अवस्थालाई रेखाड्ढित गर्दछ । २०४६ को जनान्दोलन सफल गराउन निजी क्षेत्रबाट प्रकाशित पत्रपत्रिकाको ठूलो हात भएको हुनाले नै त्यसपछि नेपालको पत्रकारिता क्षेत्रमा उल्लेखनीय विकास हुँदै आएको छ, व्यावसायिक पत्रकारिताको नारा स्थापित भएको छ ।
    २०४६ पूर्वको अवस्थालाई २०६२ असार १३ मा त्रिभुवननगर नगरपालिका–११ घोराही, दाङबाट प्रकाशित ‘राप्ती समाचार साप्ताहिक’को प्रकाशकीयले बडो सटिक तवरमा प्रतिविम्बित गर्दछ, त्यसमा लेखिएको छ– “रामप्रसाद प्रदीप सम्पादक–प्रकाशक रहेको यो साप्ताहिकको २०४३ सालदेखि प्रकाशन आरम्भ भएको थियो भने २०४५ सालतिर प्रकाशन बन्द हुन पुग्यो । विभिन्न हन्डर र ठक्कर खाँदै सकी नसकी भए पनि वामे सर्दै गरेको यस साप्ताहिकमा समाचार प्रकाशन गरेको आधारमा तत्कालिन पञ्चायती व्यवस्थाका प्रशासकहरूले यसका सम्पादक र सहसम्पादकलाई गिरफ्तार गरी जेल चलान गर्‍यो । प्रेसमा ताला लाग्यो । त्यस्तो कठिन अवस्थामा यसको प्रकाशन बन्द हुनुलाई अस्वाभाविक पनि मान्न सकिंदैन, तर पनि जस्तोसुकै कठिनाईको सामना गर्नु परे पनि कसैसँग जी हजुरी नगरेर आफ्नो स्वाभिमानलाई बचाउँदै सुनौलौ भविष्यको पर्खाइमा पुस माघको लाली गुराँसको बोटझैं बाँचिरह्यो । प्रेसमा ताला लागेपछि र यसको प्रकाशन बन्द गरिदिएपछि जीवन बाँच्ने काममा यसका सम्पादक/प्रकाशक रामप्रसाद प्रदीपलाई दाङ छाड्नुपर्ने बाध्यता बन्यो । प्रेस र पत्रिकाले चुपचाप निरङ्कुश शासनका गतिविधिलाई नियाली रहे । २०४६ सालको ऐतिहासिक जनान्दोलनपछि बन्धनमा परेका अरू क्षेत्रसँगै यसले पनि स्वतन्त्रता प्राप्त गर्‍यो र यसका सम्पादक प्रकाशकले यसको पुन: प्रकाशनको जिम्मेवारी अन्य साथीहरूको काँधमा राखिदिएपछि नयाँ ढ·बाट यसको प्रकाशन शुरु हुन थाल्यो ।”
    जनान्दोलन–१ भन्दा पूर्वको अवस्थामा प्रजातन्त्रको अभावमा पत्रकारिता गर्नु जोखिम एवं चुनौतीपूर्ण भएको प्रस· स्मृतिमा आइरहने भएको हुनाले नै होला, वर्षौपछि पनि पत्रकारहरू प्रजातन्त्र, लोकतन्त्रको दिगोपनाप्रति सचेत र सजग रहेको पाइन्छ ।
    कर्ण शाहद्वारा प्रकाशित एवं सम्पादित ‘धनगढी पोस्ट’ दैनिकको २०६० साउन ११ गतेको सम्पादकीयमा लेखिएको छ–“स्वच्छ र निष्पक्ष पत्रकारितासँगै व्यावसायिकता हाम्रो विश्वास हो भन्ने हामी दोहोर्‍याउन चाहन्छौं र प्रजातन्त्र, राष्ट्रियता र जनतालाई अलिकति पनि आँच पुग्ने कृत्य र सोचका अगाडि हामी ढाल बनेर उभिने छौं भन्ने हाम्रो दृढ स·ल्प हो ।”
    त्यस्तै धनकुटा साप्ताहिक (प्रधान सम्पादक राजेश्वरबहादुर श्रेष्ठ) ले २०५९ मङ्सिर २ गतेको अड्ढमा विशेष सम्पादकीय भनेर लेखेको छ– पत्रकारिता क्षेत्रको विकास नभई प्रजातन्त्रको संरक्षण र विकास नहुने भएकोले आम नागरिकलाई सुसूचित गर्न र प्रजातन्त्रको संस्थागत विकास गर्न परिवर्तित अवस्थामा मोफसलबाट जनताको आवाजलाई प्रतिविम्ब गर्न एउटा पत्रिकाको प्रकाशनको आवश्यकता र महत्त्व सम्झी तीन वर्ष पहिले हामीले पत्रकारिताको आधारभूत मर्यादालाई आत्मसात् गर्दै धनकुटा साप्ताहिक प्रकाशन शुरु गरेका थियौं ।
    ०४६ सालसम्म मिडियामा संस्थागत लगानी थिएन तर अहिले मिडिया चाहे प्रकाशन होस् या प्रसारण आपैंmमा एउटा सशक्त शक्तिको रूपमा स्थापित हुन सकेको छ । यसै अवधिमा मुलुकमा ठूला विश्वसनीय प्रकाशन गृहहरूको स्थापना र विकास भएको छ । यसै अवधिमा सरकारी स्वामित्वमा रहेका प्रकाशन र प्रसारण संस्थाहरूको एकाधिकार एक अर्थमा समाप्त भएको छ र लगभग सम्पूर्ण महत्त्वपूर्ण क्षेत्रहरूमा निजी क्षेत्रको सहभागिता बढेको छ । अहिले निजी क्षेत्रको ठूलो लगानी मिडियामा छ । छापा, रेडियो र टेलिभिजन तीनै माध्यममा करोडौंको लगानी भएको छ । छापा पत्रकतारिताको विकासको थप आयाम भनेको प्रेस प्रविधिले मारेको फड्को हो । कम्प्युटरमा आधारित भौतिक सुविधाको प्रभावले प्रिन्टिङ सेवामा क्रान्तिकारी परिवर्तन आएको छ ।
    सूचना प्रविधिको विकासले नितान्त नौलो पत्रकारिताको विकास गरेको छ, ‘अनलाइन जर्नालिज्म’ ।
      “प्रजातान्त्रिक संविधानले मौलिक अधिकारको ग्यारेन्टी गर्दै वाक् तथा प्रकाशन स्वतन्त्रता र सूचना प्राप्तिको हकसमेत प्रदान गरेकोले यस क्षेत्रमा लगानी गर्दा प्रकाशनको हत्या हुँदैन भन्ने विश्वास पनि उद्यमीहरूमा देखिएको छ” –पत्रकार कपिल काफ्लेको विश्लेषण रहेको छ । २०४७ पछिको मिडियामा देखिएको उपलब्धिले उद्यमीहरूको त्यही विश्वासको पुस्टयाइँ गरेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोकतन्त्र र पत्रकारिता
लोकतन्त्र र पत्रकारिता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtjQIGlJObeqs2hugrkv5R-3mixSnMCh34CyRcuUHR4qcKFBuyOwRi9XymeKHZY0uJmW9MDtWvN6tmxh5ArUxqJJ5UUqbRFSmczq9SbFzCPaTWTesI3GzXmhVx0Sl9nGMtkcBjQVLcSskv/s1600/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtjQIGlJObeqs2hugrkv5R-3mixSnMCh34CyRcuUHR4qcKFBuyOwRi9XymeKHZY0uJmW9MDtWvN6tmxh5ArUxqJJ5UUqbRFSmczq9SbFzCPaTWTesI3GzXmhVx0Sl9nGMtkcBjQVLcSskv/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_354.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_354.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy