–कुमार रुपाखेती
कानुनको मातहत रहेर मुलुकभर शान्ति–सुव्यवस्था कायम गर्ने जिम्मा प्रहरीको हो । सरकारले पर्याप्त सुविधा प्रदान गर्न नसके पनि जिल्लाहरूमा प्रहरीले आप्mनै प्रयत्न र बलबुताले भ्याएसम्म शान्ति–सुव्यवस्था कायम गर्न, अपराध न्यूनीकरण गर्न नयाँनयाँ आइडिया प्रयोग गर्दै आएको छ । तर जसरी अपराध र अपराधीहरूको बिगबिगी बढिरहेको छ, त्यसको तुलनामा प्रहरीसँग न साधन छ, न स्रोत, न स्थानीयको सहयोग न सरकारबाट भरथेग । प्रहरीले जे गर्नुछ, आप्mनै स्टाफ र जवानहरूको बलबुता र काबिलियतले गर्नुपर्छ ।
नेपालमा सरकारमा रहेका राजनीतिक दलहरू प्रहरी सुरक्षाकर्मीको पक्षमा र सरकारमा नरहेका– विपक्षी दलहरू प्रहरी–प्रशासनको विपक्षमा उभिने परम्परा नै छ । ‘प्रहरी–प्रशासन मुर्दाबाद’ को नारा लगाएर घुमिरहेको सानोभन्दा सानो जुलुसमा पनि तपाईं विपक्ष्Fी राजनीतिक दलहरूको सहभागिता र स्याल हुइँया सुन्न सक्नुहुन्छ । राजधानीको एउटा प्रहरी कारबाईमा एमालेका गुण्डा ‘चरी’को हत्या हुन्छ र एमालेकै गृहमन्त्रीले मुठभेड भनेर घटना ठण्ढा पारिदिन्छन् । यदि एमाले सरकारमा नभएर विपक्षमा भएको भए वितण्डा नै मच्चिन्थ्यो ।
पञ्चायतकालमा प्रहरीहरू अलि मात्तिएका र उद्दण्ड देखिन्थे । वर्तमान सुरक्षाकर्मीहरूमा प्रजातन्त्रसँगसँगै सुधार आइसकेको छ । तर अगुल्टोले डामेको कुकुर बिजुलीदेखि तर्सन्छ भनेझैं अझै पनि कतिपय समाजमा पञ्चायती प्रहरीको डरलाग्दो करतुत र धङधङी यथावत् छ । जसले गर्दा एउटा तप्का सुरक्षाकर्मीको खेदो खन्नमा रमाइरहेको देखिन्छ ।
सबैभन्दा उदेकलाग्दो कुरा त अचेल तराईमा देख्न पाइन्छ । प्रहरीले कसैलाई अनुसन्धानका लागि पक्रेर ल्याउने बित्तिकै हुलका हुल मान्छे प्रहरी कार्यालय आएर रोटी सेक्न थालिहाल्छन् र अनुसन्धानमा अडचन हाल्ने प्रयत्न गर्छन् । अनुसन्धानपछि निर्दोष साबित भए रिहा भइहाल्छ भन्ने प्रहरीको आग्रहलाई पनि टेर्दैनन् । यस्तो अवस्थामा विवश प्रहरी कतिपय खुँखारहरूलाई रिहा गर्न बाध्य भएको लामै इतिहास छ । त्यसैले यस्ताहरूसँग ‘निप्टन’ प्रहरीले सजिलो बाटो अपनाउँछ । कि समात्दै समात्दैन, कि ‘चरी’को बाटो अपनाउँछ । राजनीतिको नाममा अपराधीकरणलाई बढावा दिने ‘छुटभैया’हरूका कारण आजित सुरक्षाकर्मी जिउँदाहरूलाई ‘चरी’ बनाई फुर्र उडाइदिन्छन् ।
तराईमा अचेल फेरि फोन आतङ्क र धम्कीको सिलसिला चलेको छ । यहाँको प्रहरीले वारि र पारि दुवैतिरको अपराधीको चियाचर्चो गर्दै डबल जिम्मेवारी निर्वाह गर्नुपर्छ । वारि र पारिका अपराधीहरूको साँठगाँठ पत्ता लगाउनुपर्छ र शङ्कास्पदहरूलाई पक्राउ गर्दा हुलतन्त्र, भीडतन्त्रको सामना गर्नुपर्छ । यस्तो हुलतन्त्रवालाहरूको काम प्रशासनको ध्यान अन्यत्र मोडी, दोषी बचाउने र प्रशासनको काममा अड·ा लगाउने मात्र हो । यस्ताहरूको लहैलहै र मायाजालमा परेर स्थानीय पत्रकारहरूसमेत वास्तविकता नलेख्ने र लहडमा लाग्ने गरेको तथा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने काममा लागेका देखिन्छन् ।
सरकारी कुनै निकायले अचाक्ली गर्दा त प्रजिअ, प्रहरी प्रमुखसँग तिनको कार्याकक्षमैं गएर प्रतिवाद गर्ने अधिकार सबैलाई छँदैछ, तर नचाहिंदो दबाबमा यदि कुनै अपराधी फुत्क्यो भने कसरी समात्ने ? किनकि खुला सिमाना यस्ता अपराधी तथा कालाबजारीहरूका निम्ति वरदान नै हो । नेपालमा अपराध ग¥यो फुत्त भारत छि¥यो, भारतमा अपराध ग¥यो नेपाल पस्यो । कतिपय अपराधीले रक्सौल अािद क्षेत्रमा सुरक्षित बसेर फोन धम्की दिने, ज्यानको धम्की दिने पुरानै कुरा हो । स्मरण रहोस् तराईमा असमानता होइन, असुरक्षा एकदमै बढेको छ ।
एउटा अचम्मको कुरा के छ भने कुनै घटनामा कुनै कारणवश प्रहरी ढिलो पुग्दा, प्रहरी समयमा आउँदैन, समयमा आएको भए यस्तो घटना हुने थिएन भनी कुर्लनेहरू नै सही सूचना पाएर दोषीलाई पक्राउ गर्दा प्रहरीमाथि ढु·ामुढा गर्ने, कार्यालय घेराउ गर्नेजस्तो दोहोरो चरित्र प्रदर्शन गर्छन् । तर यस्तालाई न जनता, न प्रहरी कसैले कारबाई गरेको इतिहास देखिंदैन । कृत्रिम अवरोध प्रहरीको लागि मात्र नभई समाजको लागि पनि अभिशाप हो ।
अर्को कुरा दोस्रो संविधानसभा निर्वाचनमा तराईबाट निर्वाचित हुने सपना बोकेका धेरैलाई पराजित गर्दै मतदाताले लोप्पा खुवाइदियो । यसरी निर्वाचन परिणामले बेरोजगारी बनेका यस्ताहरूको उत्तम रोजगार बनेको छ, प्रहरी र प्रशासनको विरोध । यस्तै कामलाई उनीहरू ‘नेतागिरी’ भन्ने गर्दछन् । अब यो जनताको विश्लेषणमा भर पर्छ, यस्तो कार्य नेतागिरी हो कि दादागिरी ।
अपराधी कसैको हुँदैन, अपराधीको जात र धर्म केही हुँदैन । अपराध र अपराधीलाई पस्त र परास्त गर्ने प्रयासको काममा कसैले भाँजो हाल्नु शान्ति, सुरक्षा बर्खिलाप कार्य ठहरिन्छ । यस्तो हठवादी नीतिले गर्दा अचेल तराईमा अपराध बढेको छ । यता त यता, उता भारतका अपराधीहरूको समेत मन बढेको र नेपालको तराई क्षेत्र भारतीय अपराधीहरूको रोजाइ बनेको छुटभैयाहरूले बुझ्नु जरुरी छ ।
हिन्दी सिनेमामा एकजना न्यायाधीशले घूस खाएर एकजना डाँकालाई निर्दोष प्रमाणित गरी रिहा गरिदिन्छन् । त्यही डाँकाले एकदिन तिनै न्यायाधीशको धनमाल लुटेर उनको हत्या गरिदिन्छ । अपराधीलाई फुत्काउँदाको गम्भीरता र खतरा सबैले मनन गर्नु जरुरी छ ।
काम गर्दा यदाकदा सुरक्षाकर्मीहरूसँग पनि गल्ती हुन्छ, सबै सुरक्षाकर्मी राम्रा हुन्छन् भन्ने छैन । सुरक्षाकर्मीमा पनि कोहीकोही बदमाश हुन्छन् । तर राम्रो काम गर्दै आएको समग्र प्रशासनतन्त्र प्रभावित हुनेगरी कसैले अतिरञ्जित र कपोलकल्पित निहु झिक्नु उचित होइन । सत्यमेव जयते सबैका लागि मननयोग्य कुरा हो, प्रहरीका लागि र नेताजीहरूका लागि पनि । कुरो र कुलो जता बगायो उतै बग्छ ।
तराईका राजनीतिक दलहरूले आप्mना नेता र कार्यकर्ताहरूलाई प्रशिक्षण दिनु जरुरी छ । राजनीतिको नाममा प्रशासन, समाज, सरकारी–गैरसरकारी कार्यालयहरूमा अनावश्यक हस्तक्षेपले मुलुकलाई अधोगतितिर पु¥याउँछ भन्ने हेक्का राख्नु जरुरी छ । सुझबुझपूर्वक गर्ने कामको अर्को नाम नै राजनीति हो । तर दुर्भाग्य यहाँ त राजनीति चलाउने माउहरू नै ‘जो अगुवा उही बाटो हगुवा’जस्ता देखिन्छन् । माउहरू नै कतिपय कार्यालयमा प्रमुखहरूकै कोठामा मान न मान मैं तेरा मेहमान बनेर काम न काजले कुर्सीमा विराजमान रहन्छन् र हाकिमहरूलाई प्रभावमा पार्न आप्mनो प्रभाव र लिङ्कको बखान गरिरहन्छन् । लुरे हाकिमहरू हो–हो भनिरहन्छन् । मन नलागे पनि टाउको हल्लाइरहन्छन् । सेरमाथि सवासेर बन्ने हाकिमको कोठामा भने यस्ता नेताजीहरू छिर्न हच्कन्छन्, बरु बाहिर घनघोर विरोध गर्दै हिंड्छन् ।
अन्तमा प्रशासनको उपल्लो तहमा बस्नेहरूले पनि इमानदारीका साथ दूधको दूध र पानीको पानी भन्ने फैसला दिन सक्नुपर्छ । तथ्यपूर्ण र न्यायस·त अनुसन्धान गर्न सक्नुपर्छ ।