प्रस, परवानीपुर, १३ असोज÷
नेपाल टेलिकमको फोन सेवामा नयाँ सिस्टम अपग्रेडि· भइरहेको कारण आम उपभोक्ताले दुःख भोग्नुपरेको छ ।
जेट नेटवर्क स्वापको ठाउँमा होवेइ सिस्टम राख्ने काम नेपाल टेलिकम मध्यमाञ्चल क्षेत्रीय कार्यालय वीरगंजले गरिरहेको छ ।
त्यसैले नेपाल टेलिकम सेवा प्रयोगकर्ता उपभोक्ताहरू विभिन्न समस्या झेलिरहेका छन् । नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले चाहेको बेला सम्पर्क नहुने, बैलेन्स रिचार्ज नहुने, छिनछिनमा टावर जाने, उपभोक्ता सेवा केन्द्रको नम्बर १४९८ मा फोन नलाग्नेलगायत समस्याले पिरोलिएको भिस्वाका चन्द्रभूषण पाण्डेको भनाइ छ ।
एनटिसीको यस्तो समस्याबाट ल·डी, भिस्वा, डोकैला बहुअरी, गादी, बसडिल्वा, बहुअर्वाभाटा, झौवागुठी, निर्मलबस्ती, ठोरी, सखुवापरसौनीलगायत गाविसका हजारौ बासिन्दा प्रभावित भएका हुन् । साथै ग्रामीण भेगका बासिन्दा एनटिसीमा नेट सेवा सुस्त भएकोले अन्य मोबाइल कम्पनीको सेवा प्रयोग गर्न बाध्य भइरहेका छन् । त्यस्तै बारा, रौतहट, मकवानपुरको ग्रामीण भेगमा पनि एनटिसी भरपर्दो नभएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
मध्यमाञ्चल क्षेत्रीय कार्यालय, वीरगंजका इन्जिनियर नागेश्वरप्रसाद यादवका अनुसार नयाँ सिस्टम उपग्रेडि· कार्य चलिरहेकोले केही ठाउँमा यस्तो समस्या आएको हुन सक्ने बताए ।
भिस्वाको टावर ढलेको कारण केही दिन समस्या आएको थियो । अहिले नयाँ टावर सञ्चालनमा आइसकेको छ । यो कार्यालयले जिल्लामा अहिले टावरमा तीन किसिमको सिस्टम अपलोड गर्दैछ । गाउँघरमा कम प्रयोगकर्ता भएका क्षेत्रमा ९ सय र १८ सय मेगाहर्जको सिस्टम टावरमा राख्ने काम भइरहेको छ भने घना बस्ती वा नेट सुविधा चाहिने शहरी क्षेत्रमा २१ सय मेगाहर्जको सिस्टम लागू गरिएको छ । अहिले यस्तो कार्य चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सिन्धुली, सर्लाही, धनुषा र महोत्तरी जिल्लामा भइरहेको छ ।
पर्सामा ३५, बारामा ३) र रौतहटमा ४१ वटा नेपाल टेलिकमको टावर सञ्चालनमा रहेको जनाइएको छ । पर्सामा वीरगंजका अधिकांश ठाउँ र राजमार्ग क्षेत्र, पोखरिया, बाराको कलैयामा ३ जी सेवा शरु भइसकेको छ भने रौतहट एवं अन्य जिल्लामा धमाधम कार्य भइरहेको छ ।
इन्जिनियर यादवले कहिलेकाही लोडसेडिंगका कारण युपिएसको बैट्री बैकप नपुग्दा समस्या उत्पन्न हुने बताए । तर अहिले सबै सेवा चुस्त पारिएको उनी दाबी गर्छन् । एक दुई हप्तामा समस्या समाधान हुने उनको भनाइ छ ।