पश्चातापकै अग्निमा बिस्तारै–बिस्तारै
सल्किरहेछ उनको मन
मन सागसागै मैन जसरी
पग्लिरहेछ उनको तन
ऊ आपैंmबाट बारम्बार जोगिन खोज्दा
बचाउन सकिरहेको छैन
आवेश मनको रोक्न खोज्दा
पनि रोक्न सकिरहेको छैन
शायद, यो प्रकृतिले एकपटक
आफ्नो दैनिक गति फेर्नेछ कि
हो, शायद
यसैको आशामा निराश मनले
उद्धारक प्रवृत्ति भएका सम्झी
प्रकृतिको बाटो जोहिरहेको छ
शायद युगको पर्खाइमा ऊ
विदीर्ण मनलाई सम्हाल्दै बााचिरहेको छ
पश्चात्तापको अग्निमा जब्बर तपस्वीजस्तै
अघोर पश्चातापमा लीन भई
तड्पिरहेको छ उसको अन्तर्आत्मा
खिन्नताबोध भएर तडपिरहेछ
विवशता शोध भएर खपिरहेछ
उसको अन्तर्आयामिक भावनाहरु
दिनरात क्लेश काटी–काटी
नसा–नसामा पीडा बााडी
आफ्नो जीवित भएभरका
तन्तुहरुलाई ढााटिरहेको छ
मानौं,
उसको सुकोमल अङ्गहरु
बेकाम भइरहेको छ
निर्जीव कोषहरुलाई पनि उसले
आशा–भरोसा दिइरहेको छ
दिनरात गहबाट झरेका
आासुका थोपाहरु पिइरहेको छ
उसको सुस्केराहरुबाटै
स्पष्ट बोध भइरहेको छ
शायद धरतीकै छातीभित्र
कयामत आउने पो हो कि
शायद समुद्रले खप्न नसक्ने
सुनामी पो आउने हो कि
कुनै पत्तो ठेगान छैन
हो जोसुकैको पनि आत्मालाई
छुन सक्ने खालका उसका रोदनहरु
तर कसैसाग पनि साट्न
नसक्ने उसका उत्पीडिनहरु
लाग्छ कि उसका सपनाहरु
सातौं जुनीमा पनि विपना हुन सक्दैन
लाग्छ कि उसका भावनाहरु
मरुभूमिमा कुवा नपाई
व्याकुल भइरहेको मृगतृष्णा हो
तर आखिरमा
कुनै न कुनै विकल्प त होला ?
तर समाजमा मर्यादा उखेल्ने
साहस र आाट कसैमा छैन
किनभने स्वजातीयहरुले
अन्तर्जातीयको घााटी अचेटेका छन्
धर्मको नाममा अधर्मको माला बोकेका छन्
त्यसैले झूटो आश्वासनको आडमा
उसका पवित्र भावनाहरुसित खेलवाड गर्ने
साहस कसैले गर्दैन
आखिर उसका सङ्कल्पहरु
एक चिम्टी नुनको हैसियत नभई
ढिक्काको खोजमा त छैन नि
कदापि पनि छैन
उसको सङ्कल्प, उसका अठोटहरु
एकदमै जायज छन्
नाजायज छ भने
परम्पराको नाममा कुरीति
नाजायज छ भने रुढीवादी नीति
विरोधीहरुको आत्मा कठोर छ
हुनत उसले
मात्र स्वतन्त्रता मागेको छ
उसले त केवल मित्रता चाहेको छ
मित्रताको अगाडि शत्रुता
यो कुन ग्रन्थको कतिऔं धारा हो ?
ऊ त्यही कानुनको उपधारा परिवर्तन गर्न चाहन्छ
जिन्दगी कसको प्यारो हुादैन
ऊ आफ्ना दु:खबाट छुटकारा मागेको
हो ऊ तपाईं हामी सबैभित्र लुकेको इशारा बुझेको छ
हो, उसल्ेरै स्वतन्त्रताको नारा बोकेको छ
संविधानमा प्रेमको धारा खोजेको छ ।
सल्किरहेछ उनको मन
मन सागसागै मैन जसरी
पग्लिरहेछ उनको तन
ऊ आपैंmबाट बारम्बार जोगिन खोज्दा
बचाउन सकिरहेको छैन
आवेश मनको रोक्न खोज्दा
पनि रोक्न सकिरहेको छैन
शायद, यो प्रकृतिले एकपटक
आफ्नो दैनिक गति फेर्नेछ कि
हो, शायद
यसैको आशामा निराश मनले
उद्धारक प्रवृत्ति भएका सम्झी
प्रकृतिको बाटो जोहिरहेको छ
शायद युगको पर्खाइमा ऊ
विदीर्ण मनलाई सम्हाल्दै बााचिरहेको छ
पश्चात्तापको अग्निमा जब्बर तपस्वीजस्तै
अघोर पश्चातापमा लीन भई
तड्पिरहेको छ उसको अन्तर्आत्मा
खिन्नताबोध भएर तडपिरहेछ
विवशता शोध भएर खपिरहेछ
उसको अन्तर्आयामिक भावनाहरु
दिनरात क्लेश काटी–काटी
नसा–नसामा पीडा बााडी
आफ्नो जीवित भएभरका
तन्तुहरुलाई ढााटिरहेको छ
मानौं,
उसको सुकोमल अङ्गहरु
बेकाम भइरहेको छ
निर्जीव कोषहरुलाई पनि उसले
आशा–भरोसा दिइरहेको छ
दिनरात गहबाट झरेका
आासुका थोपाहरु पिइरहेको छ
उसको सुस्केराहरुबाटै
स्पष्ट बोध भइरहेको छ
शायद धरतीकै छातीभित्र
कयामत आउने पो हो कि
शायद समुद्रले खप्न नसक्ने
सुनामी पो आउने हो कि
कुनै पत्तो ठेगान छैन
हो जोसुकैको पनि आत्मालाई
छुन सक्ने खालका उसका रोदनहरु
तर कसैसाग पनि साट्न
नसक्ने उसका उत्पीडिनहरु
लाग्छ कि उसका सपनाहरु
सातौं जुनीमा पनि विपना हुन सक्दैन
लाग्छ कि उसका भावनाहरु
मरुभूमिमा कुवा नपाई
व्याकुल भइरहेको मृगतृष्णा हो
तर आखिरमा
कुनै न कुनै विकल्प त होला ?
तर समाजमा मर्यादा उखेल्ने
साहस र आाट कसैमा छैन
किनभने स्वजातीयहरुले
अन्तर्जातीयको घााटी अचेटेका छन्
धर्मको नाममा अधर्मको माला बोकेका छन्
त्यसैले झूटो आश्वासनको आडमा
उसका पवित्र भावनाहरुसित खेलवाड गर्ने
साहस कसैले गर्दैन
आखिर उसका सङ्कल्पहरु
एक चिम्टी नुनको हैसियत नभई
ढिक्काको खोजमा त छैन नि
कदापि पनि छैन
उसको सङ्कल्प, उसका अठोटहरु
एकदमै जायज छन्
नाजायज छ भने
परम्पराको नाममा कुरीति
नाजायज छ भने रुढीवादी नीति
विरोधीहरुको आत्मा कठोर छ
हुनत उसले
मात्र स्वतन्त्रता मागेको छ
उसले त केवल मित्रता चाहेको छ
मित्रताको अगाडि शत्रुता
यो कुन ग्रन्थको कतिऔं धारा हो ?
ऊ त्यही कानुनको उपधारा परिवर्तन गर्न चाहन्छ
जिन्दगी कसको प्यारो हुादैन
ऊ आफ्ना दु:खबाट छुटकारा मागेको
हो ऊ तपाईं हामी सबैभित्र लुकेको इशारा बुझेको छ
हो, उसल्ेरै स्वतन्त्रताको नारा बोकेको छ
संविधानमा प्रेमको धारा खोजेको छ ।