सिकेन्द्र पासवान, कलैया, १० असोज/
पाँच वर्षमा लाग्ने गढीमाई मेलामा आउने भक्तजनहरूको सुरक्षालाई ध्यान दिंदै छाडा कुकुर नियन्त्रण तथा
रेबिज रोगको भ्याक्सिन र बन्ध्याकरण अभियान बारामा शुरू भएको छ ।
जिल्ला पशु सेवा कार्यालय बारा, एनिमल वेलफेयर नेटवर्क नेपाल, हिमालयन एनिमल रेस्क्यू ट्रस्ट, एनिमल नेपाल, पशु कल्याण सञ्जाल बाराको संयुक्त आयोजना एवं ह्यमन सोसाइटी इन्टरनेसनलको सहयोगमा पशु कार्यालय कलैया र इलाका पशु कार्यालय बरियारपुरमा यस अभियान शुरू भएको जिल्ला पशु कार्यालय बाराले जनाएको छ ।
मेला भर्न आउने भक्तजनहरूलाई कुकुरले टोके पनि कुनै किसिमको सङ्क्रमण नहोस् र कुकुरको सङ्ख्यामा वृद्धि नहोस् भन्ने उद्देश्यले अभियान थालनी गरिएको वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले बताए ।
हालसम्म ५७ वटा छाउरी कुकुर्नी र ८८ वटा डाँगो कुकुरलाई बन्ध्याकरण गरिसकिएको छ । त्यसैगरी ८४ वटा छाडा कुकुरलाई रेबिज खोप दिइसकिएको छ ।
असोज ७ गतेदेखि सञ्चालन गरिएको अभियान टोलीमा डा. सुदीप कोइराला, डा. सञ्जीव पण्डित र डा. सुरेन्द्रप्रसाद कानुको सहभागिता छ । अभियान ११ गतेसम्म चल्नेछ ।
मेलास्थल आसपासका गाविसहरू गंजभवानीपुर, दहियार, बरियारपुर, मधुरीजब्दी, बबुआइन, तेलकुवा, पिप्राबिर्ता, बघवन, पत्रहटीलगायतका क्षेत्रमा यो अभियान केन्द्रित छ ।