- अनन्तकुमार लाल दास
कवि शिरोमणि लेखनाथ पौड्यालको एउटा बडो मननीय पङ्क्तिको सम्झना यतिबेर हुन आएको छ । उनले भनेका छन्–“हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा ।” उनका यी पङ्क्ति दशैंको वर्णनभित्र आउँछ । उनले दशैंको वर्णन गर्न लाग्दा कसरी दशैंको अवधिमा सारा हिलो मैलो हराइसकेको हुन्छ, वर्षा खत्म भइसकेको हुन्छ, घर–आँगन सबैतिर सफासुग्घर बनाउने तयारी भइराखेको हुन्छ र सबै माता भवानीको पूजाका लागि तयार भएर बसेका हुन्छन् । यस कवितांशको आलोकमा कविले के भन्न खोजेका हुन् भने जहाँ सरसफाइ हुन्छ त्यहाँ पवित्रता हुन्छ र जहाँ पवित्रता हुन्छ त्यहीं देवीको वास हुन्छ । यस अवधिमा सरसफाइप्रति सामाजिक जागरुकताका लागि सन्देश प्राप्त हुन आउँछ ।
हाम्रो समाज, मनसुन आधारित प्राकृतिक संरचनामा हुर्केको छ । प्रत्येक वर्ष केही खास महिनासम्म वर्षा र आँधी–हुरी आउँछ । यस प्राकृतिक जलवर्षाले हाम्रो बाटोघाटो, घर–आँगन, खेत र करेसाबारी चारैतिर प्रभाव पार्छ । पहिले–पहिले त माटो, काठ र बाँसका घर हुन्थे, जो बर्सात्मा कमजोर हुन्थे । अहिले इँटका पक्की घरहरू बन्न थालेका छन् तर इँटको र· पनि बर्सात्ले गर्दा मलिन हुन्छ । शहर होस् वा गाउँ, बाटोघाटोमा सुधार भएको छ । शहरतिर अलि पक्की बाटो बनेका छन् भने गाउँघरतिर ग्रेभल बाटो बन्ने क्रम जारी छ तर पनि बर्सात्को समयमा पानी जम्ने समस्या चारैतिर छ । पानी जम्दा शहरकै कतिपय कुनाहरू दुर्गन्धित भइराखेको हुन्छ । हाम्रै शहर वीरगंजमा एक झरी पानी पर्यो भने कतिपय टोलहरूको सडकमा बाढी झैं पानी बग्न थाल्छ । कतिपय टोलहरूमा बर्सात्को पानी हप्तौं जमिरहन्छ । बर्सात्ले एकातिर बोटबिरुवा बालीनालीमा रौनक ल्याउँछ भने मानव निर्मित संरचनालाई जीर्ण, रुग्ण र मलिन बनाउँछ । दशैं पर्वको अवसरमा यसको पुनर्संरचना गर्ने कामको थालनी हुन्छ, जुन लक्ष्मी पूजाको समयसम्म पुग्दा उत्कर्षको रूप लिन पुग्छ ।
दशैंको बिदा दुर्गापूजा मान्ने वा नमान्ने सबैका लागि पुन:संरचनाको काममा संलग्न हुने अवसर हो । आफ्नो घर–आँगन वा टोल–छिमेक, खेल मैदान, सार्वजनिक भेंटघाट हुने थलो, देवालय यी सबैको सरसफाइ गर्ने मौका हो किनभने एउटा ऋतु समाप्त भएर अर्को ऋतु आइराखेको हुन्छ । यो खासगरी ससाना बालबालिकाहरूको लागि ऋतु पहिचान गराउने अवसर पनि हो । वर्षायाम समाप्त भइराखेको हुन्छ भने शरद ऋतु आइसकेको हुन्छ । यी दुई ऋतुबीच भिन्नता प्रखररूपमा देख्न सकिन्छ । बर्सात्को मौसममा आकाश कालो बादलले घेरिएको हुन्छ, गड्याङगुडुङ हुन्छ, सप्तर·ी इन्द्रधनुष देखिन्छ । कहिल्यै सेता बादलहरूले आकाश ढाकिएको हुन्छ त कहिले बादलले विभिन्न रूप धारण गरेको हुन्छ जसलाई हामी यो त हात्तीजस्तो देखियो, यो त माछापुच्छ्रे भयो आदि अनेक उपमा दिई बादलद्वारा निर्मित आकाश–चित्रको व्याख्या गर्छौ । शावर खोल्दा झमझम पानी परेझैं आकाशबाट पानी पर्न थाल्छ । लाग्छ, त्यसैगरी कसैले आकाशबाट मज्जाको पानी फुहारा राखिदिएको छ । त्यसमा पनि भिन्नता हुन्छ । कहिल्यै मुसलाधारे पानी पर्छ । यति पानी पर्छ कि केही टाढाको चीज हेर्न पनि गार्हो हुन्छ । कहिल्यै हलुका पानी पर्छ । कहिल्यै घाम लागेको हुन्छ र सँगै पानी पनि परिराखेको हुन्छ । कहिल्यै एउटै टोलमा पानी पर्छ अर्को टोल सुख्खा हुन्छ । तर शरद ऋतु आयो भने सकारै झ्याल खोल्दा बाहिर कुहिरो लागेको हुन्छ । फूलका पातहरूमा ओसको थोपा हुन्छ । राति आकाश सफा देखिन्छ । चन्द्रमा र तारा समूह चम्किलो देखिन्छ । आकाश पूरा नीलो हुन्छ सँगै दिनमा मज्जाको घाम लाग्छ तर त्यो मीठो घाम हुन्छ । यसरी दुई ऋतुहरूबीच भिन्नता देखिन्छ । अभिभावक र शिक्षकले साना विद्यार्थीहरूलाई प्रायोगिक रूपमैं ऋतुको भिन्नता छुट्याउन र सम्झाउन सक्छन् ।
दशैें त प्रकृति विहारको पर्व पनि हो । अहिले शहरिया विद्यार्थीहरू प्रकृतिसँग त्यति जोडिन पाएका हुँदैनन् । यस अवसरमा राति छतमा बसेर खुला आकाशको आनन्द बटुल्न सक्छन् । तारामण्डलका विभिन्न नक्षत्रहरूको पहिचान गर्न सक्छन् । ताराहरूको लुकामारी आफ्नै आँखाले हेर्न सक्छन् । बिजुलीको झिलिमिलीमा रमाउने बालमन ताराहरूको चम्किलो उज्यालोमा रमाउन सक्छ, जब खुला आकाश नै भूगोल पढाउने पाठशालाको रूपमा उपलब्ध हुन्छ । त्यसको विशेष लाभ अभिभावकले विद्यार्थीलाई दिन सक्नुपर्छ । शिक्षकहरूले दशैंको बेला गृहकार्यका लागि ‘प्रकृतिसँग जोडिऊ, सम्झ र सिक’ भन्ने कार्यभार दिन सक्छन् । दशैंको बेला लामो बिदा हुन्छ । सबैले पूजापाठमा रुचि न हुन पनि सक्छ, तर प्रकृति त सबैका लागि प्यारो हुन्छ । प्रकृति त सबैको हो । बिदाको बेला शिक्षक विद्यार्थीसँग हुूँदैनन्, त्यसैले अभिभावकहरूले यो समयको उपयोग प्रकृतिसँग जोडिन गराउन सक्छन् । यसका लागि अभिभावकहरूले कसरी ग्रह, नक्षत्र र ताराहरूको चिनारी गर्ने त्यसका लागि आफ्ना विद्यार्थी पढ्ने विद्यालयका शिक्षकसँग समन्वय गरेको हुनुपर्छ । पहिले–पहिले हाम्रा पुर्खाहरूसँग आकाशबारे राम्रो जानकारी थियो । उनीहरू निरक्षर थिए तर ग्रह नक्षत्रलाई चिन्थे । अहिलेका विद्यार्थीहरू ग्रह, नक्षत्र र तामण्डलको नाम बताइदिन सक्छन् । म·ल ग्रहमा छिमेकी भारतले गरेको प्रयत्नबारे सूचना दिन सक्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशमा म·लमिशन सफल भएपछि वैज्ञानिकहरूलाई के सन्देश दिए, बताइदिन सक्छन् तर आकाशका ताराहरू को के हो चिन्न सक्दैनन् । त्यसैले यो प्रकृतिसँग जोडिने पर्वको रूपमा सबै विद्यार्थीले लिन सक्छन् ।
यहाँ के प्रश्न उठ्न सक्छ भने जाडोको बिदा वा चैततिर जाँच सकिएपछिको बिदा वा असारमा हुने बर्खे बिदामा पनि प्रकृतिसँग जोडिने अवसर हुन्छ, तर कुरो के हो भने बालबालिकाका लागि प्रकृतिसँग जोडिने सबैभन्दा उपयुक्त समय शरदऋतुको कालखण्ड नै हो किनभने यस बेला न बढी जाडो हुन्छ न गर्मी । आकाश पनि प्राय: सफा हुन्छ । अरू मौसमभन्दा यस मौसममा ताराहरू पनि तुलनात्मकरूपमा चम्किला देखिन्छन् । जो विद्यार्थी प्रकृतिसँग आफूलाई जोड्न सक्छ, जो त्यसभित्र रमाउन सक्छ, जो त्यसबाट शिक्षा लिन सक्छ र प्रकृतिसँगै बाँच्न चाहन्छ, उही विजयी हुनसक्छ । मानवीय स्वभावको कतिपय कमी कमजोरी निर्मूल गर्ने पर्व पनि हो यो । अहिलेको समयमा अहड्ढार, ईष्र्या, अतिरिक्त महत्त्वाकाङ्क्षा, आफ्नैबारे सही मूल्याड्ढन गर्न नसक्नु, रिसाउनु, अर्काको प्रगतिमा दु:खित हुनु, अर्काको भलो न चिताउनु, मिहनेत नगरिकनै सफलता खोज्नु वा मिहनेत गरे पनि त्यो मिहनेतबाट आर्जन गरिएको सामथ्र्य सृजनशीलताभन्दा नकारात्मक काममा उपयोग गर्नु जस्ता प्रवृत्तिहरू अहिलेको बेला झन् मौलाएर आएका छन् ।
हाम्रो मानव मनमा रहेका यी कुराहरू हिलोमैला हुन् । यसलाई सफा नगरिकन मनको आकाश सफा हुँदैन । मन निर्मल हुँदैन । विवेक जागृत हुँदैन । मनको खुला आकाशमा विवेक एउटा जागृत तारामण्डल हो । आज हाम्रो मन मैलो छ । त्यसभित्रको विवेक हराउँदै गएको छ । यसलाई सफा गर्न सकियो, आफूभित्र रहेको विवेकको शक्तिलाई चिन्न सकियो भने त्यो आपैंmमा ठूलो विजयोत्सव हुन्छ । यस अर्थमा यो जुनसुकै धर्म मान्ने विद्यार्थी र अभिभावकहरूका लागि साझा परीक्षणको पर्व पनि हो । आफू पनि सुध्रिने र आफ्ना सन्ततिलाई पनि सुधार्ने साझा प्रयोगको अवसर हो यो ।
अहिलेको पुस्ता कम्प्युटरमा दौडिन्छ, मोबाइलमा हल्लिन्छ, टेलिभिजनमा रमाउँछ तर प्रकृतिमाझ मुग्ध भएर हराउन सक्दैन ।
एउटा पारिजातको फूल राति फुल्छ, छरछिमेकलाई सुगन्धित बनाउँछ र फेरि बिहान झर्छ । एउटा गुलाफ पहिले कोपिला बन्छ, त्यसपछि फूलको रूपमा फक्रन्छ । कसरी गुलाफको फूल काँडाहरूको बैशाखी टेकेर रमाइरहेको हुन्छ, हाँसिरहेको हुन्छ । एउटा फूलको माथिल्लो हाँगाबाट झरेको ओस एउटा पातबाट अर्को पातमा झर्दै जाँदा कस्तो स्वर निस्किन्छ ? आफ्नो सन्तानलाई मौका दिनुस्, उनीहरूलाई खुला छाडिदिनुस्, उनीहरूलाई प्रकृतिको यो नृत्य हेर्न दिनुस् । उसले प्रकृतिको यस सुन्दर अभिनयलाई आत्मसात् गरोस् । हिजो साँझ ढिलोसम्म हेरेको फूलले आज कुन रूप ग्रहण गर्यो ? उसले हेरोस्, चकित होस् र मनमनै गणना गरोस् के भयो, कसरी भयो ?
प्रकृति दर्शन कम्प्युटरको कुनै खेलभन्दा कम चमत्कारी हुँदैन । टेलिभिजनको कुनै रोचक शृङ्खलाभन्दा कम रोमाञ्चक हुँदैन र निरर्थकको फोन–संवादभन्दा कम रमाइलो हुँदैन ।
तसर्थ विद्यालयले छुट्टी दिनु अगावै दशैंलाई प्रकृतिसँग जोड्ने पर्वको रूपमा, आकाश र जमिनसँग साइनो गाँस्ने मौकाको रूपमा कसरी अनुवाद गर्न सकिन्छ ? त्यसका लागि मन्त्रणा दिनु जरुरी छ । एउटा विद्यार्थीले किन प्रकृतिबारे जान्नुपर्छ ? त्यसको व्यक्तित्व विकासमा प्रकृतिसँग मित्रता गर्दा उसले के सिक्न सक्छ, त्यो बताउनु पनि जरुरी छ । के शिक्षकहरू यो बताउन तयार छन् ? के शिक्षकहरूले अहिलेसम्म मनाउँदै आएको दशैंको पारम्परिक तौरतरिकाभन्दा फरक तरिकाले हेर्ने र बुझ्ने गरेका छन् ? धर्मनिरपेक्ष राज्यमा कसरी सबैका लागि अनुकूल हुने सन्देश दिने ? के त्यसका लागि शिक्षकहरूले आफ्नो तर्फबाट तयारी गरेका छन् ? यस अर्थमा यो शिक्षकहरूको लागि परीक्षाको घडी पनि हो । शिक्षकहरू आफ्नै अयोग्यतासँग लड्नुपर्ने र विजय प्राप्त गर्नुपर्ने बेला हो यो । आफ्नो अयोग्यताका साथ तपाईं लामो समयसम्म टिक्न सक्नुहुन्न । कसरी समयानुसार आफूलाई सान्दर्भिक बनाउने ? शिक्षाको बजारमा आफूलाई कसरी विजयी बनाउने पर्वको रूपमा शिक्षकहरूका लागि पनि प्रेरणा लिने पर्व हो–दशैें । अभिभावक, शिक्षक र विद्यार्थीवर्गमा दशैंको हार्दिक म·लमय शुभकामना १ या देवी सर्वभुतेषु बुद्धिरूपेण संस्थिता नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनम: १