नेपाली काङ्ग्रेसले लामो समयपछि तदारुकता देखाएर पार्टीभित्र अनुशासनको कारबाई गरेको छ । यद्यपि कारबाईलाई बितेको संविधानसभा निर्वाचनको बेला भएको अन्तर्घात वा विरोधलाई केन्द्र बनाइएको छ तर नेपाली काङ्ग्रेसभित्र शुरु भएको यस कारबाईले निरन्तरता पाइरहने हो भने पार्टीभित्र शुद्धीकरण हुने र अन्तर्घातको अवस्था निर्मूल हुने वातावरण बन्न सक्दछ । नेपाली काङ्ग्रेसमा अनुशासन समिति पहिले पनि थियो । पहिले पनि पदाधिकारीहरू थिए, तर समितिको अनिच्छाले वा उजुरी नपरेकोले हो, आजसम्म अनुशासन कारबाई भएको थिएन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला सम्पन्न आम निर्वाचनमा उनी हारेपछि एकपटक अनुशासन कारबाई गर्ने निकै होहल्ला चलेको हो, छानबिन समिति पनि बनेको हो, तर सन्त नेता आफैंले सबैलाई दोषमुक्त गर्दै आममाफी दिएपछि कुरा त्यसै सेलाएको थियो । अनुशासन समिति हुनु, पार्टीभित्र विभिन्न विधानविपरीत क्रियाकलाप पनि हुनु, निर्वाचनमा बागी उम्मेदवार बन्नु र पछि पार्टीमा समावेश हुनु, अन्तर्घात हुनु सामान्य रहे पनि कारबाई नहुँदा पार्टी कार्यकर्ताहरूमा मनपरी गर्ने बानी विकसित हुँदै गएको देखिएको कुरा हो ।
यसपटक अनुशासनको कारबाई हुनु, कारबाईमा पार्टीका उपल्लो तहका कार्यकर्ता–नेताहरू पनि पर्नुलाई साहसिक पाइला मान्न सकिन्छ । साथै नेपाली काङ्ग्रेसभित्र शुद्धीकरण हुनुपर्ने इच्छा पनि जागेको रूपमा यस कारबाईलाई लिनुपर्छ । हिजोको दिनमा, पार्टी नेता शक्तिशाली भएको बेला नियम नाघेर, कर्मठ र लगनशील कार्यकर्ताको बेवास्ता गरेर आफन्त, आसेपासेहरूलाई उच्च स्थानमा पुर्याउने चलखेलले नेपाली काङ्ग्रेसमा आक्रोश र क्षुब्धता नआएको होइन । आज पनि आजीवन नेपाली काङ्ग्रेसप्रति समर्पित कार्यकर्ताहरू डल्लिरहने र नयाँ भुइँफुट्टाहरूको बोलबाला बढेचढेको नदेखिएको होइन । परेको बेला पार्टीका लागि जीउज्यान दिएका तर आस्था फेर्न नसक्ने, गलत काम गरेर शक्तिकेन्द्रलाई रिझाउन नसक्ने धेरै कार्यकर्ताहरू आज पनि अवसर नपाएर मसाङ्ग्रिएर बस्नु नेपाली काङ्ग्रेसभित्र आम प्रवृत्ति देखिएको छ । किनकि अनुशासन समितिको काम निर्वाचनमा विद्रोही उम्मेदवार बन्ने, तिनका समर्थक बन्ने, घात–अन्तर्घात गर्ने मात्र होइन, अवाञ्छित क्रियाकलापको भरमा आस्थावान्, सक्रिय कार्यकर्तालाई पन्छाएर अघि बढ्न खोज्ने प्रवृत्तिविरुद्ध पनि आक्रामक हुनु हो ।
आमोद उपाध्यायको संयोजकत्वमा गठित यसपालिको अनुशासन समितिले गरेको कारबाईलाई नेपाली काङ्ग्रेस मात्र होइन, बाहिरबाट पनि गम्भीरतापूर्वक हेरिएको छ । देश अहिले सुशासनतर्फ लागेको छ, भुइँफुट्टाहरूलाई तह लगाएर कुनै पनि राजनीतिक पार्टीले आफ्नो शुद्धीकरण गर्ने बेला अहिले भएको छ । यस्ता कार्यले पार्टीमा ऊर्जा थप्छ, पार्टीलाई गतिशील र लोकप्रिय पनि बनाउँछ । किनकि अहिले अनुशासनमा परेका उच्च पदीय नामले पार्टीभित्र उत्साह र उम· जगाएको छ, पार्टीइतर क्षेत्रले पनि यस कारबाईप्रति प्रशंसाको दृष्टि प्रक्षेपण गरेको छ । अनुशासन समितिका एकजना सदस्य रमेश रिजाल यो कारबाई निर्वाचनेतर पार्टी कार्यमा पनि शुरु हुने बताउँछन् । यसले प्रजातन्त्रविरोधी माहौल बन्दै गएको नेपालमा नेपाली काङ्ग्रेसलाई लोकप्रिय बन्न मदत गर्नेछ र आम जनताको सदाशयता पनि पार्टीलाई ठोकुवा प्राप्त हुनेछ ।