उद्योग नभई राष्ट्रको कल्याण छैन। उद्योगबाट उत्पादन हुन्छ, जसले उपभोक्ताको माग पूर्ति गर्छ भने निकासी गरेर देशको व्यापार सन्तुलन कायम राख्छ। त्यसैले आजको विश्वमा कसैले पनि उद्योगबिना राष्ट्र जीवित रहने सोच्नै सक्दैन। उद्योगको यस अनिवार्यतालाई भने उद्योगीहरुले जथाभावी वातावरण विनाश गर्ने, फोहर–दुर्गन्ध फैलाउने, जनस्वास्थ्यप्रति हेलचेक्रयाइँ गर्ने काम भने गर्नुहुँदैन। किनकि जनताको स्वास्थ्य राष्ट्रको मियो हो। स्वास्थ्य भएन, अर्थात् जनता स्वस्थ रहेन भने राष्ट्रको कल्पना पनि गर्न सकिन्न। बरु उद्योगबिना जेनतेन गुजारा चल्ला, जनताको स्वास्थ्य बिग्रेर एउटा भेग नै रोगग्रस्त भयो भने त्यसको भर्पाई सहस्रौं उद्योगले पनि गर्न सक्दैन। उद्योगीले उद्योग स्थापना गर्छ, त्यसबाट उत्पादन गर्छ, नाफा कमाउँछ। यस सम्पूर्ण प्रक्रियामा उसले आफ्नो लागि मात्र नाफा लिइरहेको हुँदैन। उद्योगमा कामदारहरु काम गर्छन्, तिनको रोजीरोटीको समस्या हल हुन्छ, सरकारले राजस्व प्राप्त गर्दछ जुन उसले विभिन्न कल्याणकारी कार्यहरुमा खर्च गर्दछ। यसैले जनस्वास्थ्यको सुरक्षा र उद्योगको संरक्षण एउटा राष्ट्रका लागि बराबर चाहिन्छ।
यी दुवैबीच तालमेल मिलाउन सकिएन भने राष्ट्र एकाङगी बन्न पुग्छ। जनस्वास्थ्यका लागि कि उद्योग विस्थापित गर्नुपर्छ कि उद्योगलाई प्रश्रय दिएर जनस्वास्थ्यको अवहेलना गर्नुपर्ने हुन्छ। अहिले राष्ट्रले नै औद्योगिक करिडोर भनेर गर्व गरिरहेको वीरगंज–पथलैया खण्डमा यस्तै दुरभिसन्धि खडा भएको छ। यहाँका उद्योगहरुले जथाभावी फोहर श्रीसिया नदीमा खसाल्दा नदी नालामा परिणत भएको छ, जसको दुष्परिणाम जनताले भोगिरहेको छ। नदीमा फाल्न नसकेका उद्योगहरुले राजमार्गछेउको नालाहरुमा उद्योगजन्य फोहर फ्याल्ने गरेका छन्, जसले राजमार्गमा हिंड्न दुस्सह हुन पुगेको छ। नदीको समस्त जलचर प्राणीको विनाश भइसकेको छ। धार्मिक कृत्य र मालवस्तुलाई पानी खुवाउने ठाउँ नभएर जिल्लाको एउटा भाग नै पशुविहीन हुन पुगेको छ। यस्तैमा रामपुर टोकनीमा स्थापित एउटा कारखानाले जनस्वास्थ्यसँग खेलवाड गरिरहेको छ। हिमालयन फूड्सले मासुको व्यापार गर्दछ। यसले राँगालगायत पशु काटेर विदेशमा डब्बाबन्द मासु पठाउने गर्दछ। तर यस प्रक्रियामा उसले भाँडभैलो मचाउने गरेको छ। पशुका रगतलगायत काम नलाग्ने अवयव जथाभावी बाहिर विसर्जन गरिदिने गरेको छ। जसले गर्दा रामपुरको एउटा भाग र परवानीवासीलाई बाँच गार्हो भएको छ।
अहिले यस विषयमा स्थानीय बासिन्दा र उद्योगबीच विवाद चलिरहेको छ। प्रशासन मुक दर्शक बनेको छ, किनकि उसलाई उद्योगको महत्त्व पनि थाहा छ भने जनस्वास्थ्यको पनि ख्याल छ। प्रशासनले तदारुकतापूर्वक उद्योगले उत्पादनको क्रममा उत्पन्न हुने फोहरहरु नियमपूर्वक विसर्जन गरेको छ कि छैन भन्ने कुरामा ध्यान दिने हो भने सबैको कल्याण हुन्छ। अन्यथा यस विवादबाट केहीलाई अतिरिक्त कमाइ गर्ने मेसो पुग्न जान्छ। उद्योग पनि सधैं पिरलोमा बाँच्न बाध्य हुन्छ भने जनताको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै जान्छ। बेलैमा प्रशासन सक्रिय हुनुपर्छ, उद्योग सम्बद्ध सरकारी निकाय तात्नुपर्छ र उद्योगको अस्तित्व रहोस् र जनस्वास्थ्यमा पनि प्रतिकूल असर नपरोस् भन्ने वातावरण कायम गर्न सक्नुपर्छ।