नन्दप्रसाद न्यायको तिर्खा मेट्नै नपाई मरेर गए । ग·ा अधिकारी पनि खुशीले होइन, सरकारले उनको इच्छाविपरीत स्लाइनबाट पोषण दिएको हुँदा बाँचिरहेकी छन् । उनीहरूको माग सा¥है ठूलो पनि थिएन । सरकार आफैं चनाखो भएर उनलाई न्याय दिलाउनुको साटो न्यायका लागि लामो समयदेखि अनशन बसेका नन्द अधिकारीले ज्यान नै गुमाए । लोकतन्त्रमा सरकारले आप्mनो जवाफदेहीमा हत्याको मामिलामा आरोपित पक्षलाई कारबाई चलाई वस्तुस्थिति सार्वजनिक गरी, मुद्दा चलाएर न्याय स्थापना गर्नुपर्नेमा न्याय दिलाउन आलटाल गर्दा र आप्mनो लाचारी देखाउँदा एकजना नागरिकको ज्यान गएको छ । झन्डै तीन करोडको आबादी भएको मुलुकमा एकजनाको ज्यान जानु अस्वाभाविक होइन । ज्यान त कालगतिले, दुर्घटनामा परेर वा अन्य कुनै पनि कारणले जान सक्दछ । तर छोरा कृष्णप्रसादको ज्यान लिने ठूला पार्टीका कार्यकर्ता र हत्याको कारबाई होस् भनी अनशन बस्दा नन्दअधिकारीको ज्यान जानुलाई त्यही स्वाभाविकताको कसीमा राख्न सकिन्न ।
मानव हत्या जघन्य अपराध हो । कृष्णप्रसादको ज्यान लिने माओवादी कार्यकर्ता र नन्दप्रसादको ज्यान लिने सरकार दुवैले जघन्य अपराध गरेको ठहर्छ । किनकि, कृष्णप्रसादलाई जनयुद्ध भनिएको बेला हत्या गर्दा उनी किशोर मात्र थिए, उनको माओवादीविरुद्ध कुनै क्रियाकलाप थिएन । हो माओवादी भनिएकाहरूको उनीसँग केही व्यक्तिगत रिसइवी थियो । यसलाई जनयुद्धको दौरान भएको राजनीतिक हत्या भन्नै सकिन्न । नन्दप्रसादले छोराको हत्यारालाई कारबाई नगरेको हुँदा प्रजातान्त्रिक अधिकार प्रयोग गर्दै अनशन बसे । तर सरकारले उनलाई न्याय दिनुको साटो उनकै हत्या ग¥यो । हत्याको अपराध सरकारवादी मुद्दा हो । अर्थात् देशमा कसैको हत्या हुन्छ भने सरकार आफैं तातेर कारबाई गर्नुपर्दछ । तर सरकारले कृष्णप्रसादको हत्यामा कारबाई गर्न सकेन, गर्न खोज्दा ठूलो पार्टीले गर्न दिएन । अब नन्दप्रसादको हत्या भएकोमा सरकारले कसरी आफैंमाथि कारबाई गर्ने ? जनताको जीउधनको सुरक्षाको जिम्मेदार सरकार भएको र नन्दप्रसादको मृत्यु कालगतिले नभएर सरकारको निष्क्रियताजन्य अनशनबाट भएको हुँदा यो हत्या हो र सरकारले यसको दोष लिनुपर्दछ । सभ्य समाज भइदिएको भए यसरी अनशनमा बसेको व्यक्तिले ज्यान दिएपछि सरकारले राजीनामा दिइसक्नुपथ्र्यो ।
आज देशका प्रधानमन्त्री विदेशमा गएर प्रवासी नागरिकलाई आश्वस्त पार्दै हिंडिरहेका छन्–अब देशमा शान्ति आयो, सुशासन कायम भयो, तपाईंहरू पनि देश फर्कनुस्, देशको उन्नतिमा लाग्नुस् । तर प्रधानमन्त्री के बिर्सन्छन् भने आजको द्रुत सञ्चारको युगमा देशमा न्याय खोज्दाखोज्दै नन्दप्रसादहरू मरिरहेका छन्, उनका हत्याराहरू खुलेयाम घुमिरहेका छन् । गुण्डाको नाइके चरी मर्दा सदनदेखि सडक राँकिन्छ, नन्दप्रसादहरू मरिरहेका छन्, ग·ा अधिकारी भोकले थलापरिसकेकी छन् । उनको पनि मृत्यु भएपछि कृष्णप्रसादका हत्याराहरूले शान्तिको साँस फेर्छन् । किनकि उनीहरूलाई थाहा छ, सरकारले उनीहरूविरुद्ध केही गर्दैन । उनका विरुद्ध कारबाईको माग गर्नेहरू जीवित छैनन् । यस्ता घटनाहरू भइरहँदा को आश्वस्त हुन्छ, को पो प्रधानमन्त्रीको कुराप्रति विश्वस्त हुन्छ ? तर हाम्रा नेताहरूलाई त कुरा ओकल्न मात्र आउँछ, काम गर्नु नेताको होइन, मजदुरको काम भन्ठान्छन् ।