यमुना प्रधानाङ्ग ‘मुना’
पृथ्वीको उत्पत्ति पछि विभिन्न जीवजन्तु बोटबिरुवाका साथ हाम्रो पनि उत्पत्ति भएको हो । यसमा दुई मत छैन होला । हाम्रा पुर्खा ज·ली थिए तर अरू प्राणीभन्दा चेतनशील भएका कारण मानव विकासक्रमसँगै हामीले आफूलाई परिवर्तन गर्दै यहाँसम्म आइपुगेका छौं । पहिले जातपात भन्ने पनि थिएन, महिला र पुरुष मात्र थिए । प्राकृतिक इच्छा र चाहनाले गर्दा अरू प्राणी जस्तै महिला र पुरुषबीचको सम्पर्कबाट परिवार बढ्दै गयो । सङ्ख्या बढ्दै जानेक्रममैं र कामको बाँडफाँटको क्रममा टाठाबाठाहरूले राम्रो काम गर्ने गरी विभेदपूर्ण तरिकाले जातपात छुट्याए । धर्मसंस्कृति आआफ्नै तरिकाले मनाउने रीति एवं प्रथा बसालियो । जुन आज पनि कायमै छ ।
पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा पुर्खौंदेखि महिलाहरू घरभित्रको काममात्र गर्ने गरी बाँधिदै आइरहेका छन् । आज पनि हाम्रो समाजभित्र कतिपय समुदायमा त महिलाले बाहिर खुलेर बोल्न र हाँस्नसमेत पाउँदैनन् । उनीहरूका इच्छा र चाहनालाई भित्रभित्रै कुण्ठित गर्ने काम गरिएको छ । जसले गर्दा महिलाहरू चाहेर पनि बाहिर आउन सकेका छैनन् ।
पहिला पहिला पतिको मृत्यु हुँदा पत्नीलाई पनि दहन गरिन्थ्यो । जसलाई सती जाने भनिन्छ । परिवर्तनका साथ त्यसको अन्त्य भइसकेको छ । तर आज पनि पति मरेका महिलाहरूलाई समाजमा हेर्ने दृष्टिमा पूर्णरूपले परिवर्तन हुन सकेको छैन । पहिलेको अनुपातमा हामै्र समाजका केही दिदीबहिनीको पहलमा र समाजले स्वीकारेको कारण एकल महिलाप्रति हेर्ने दृष्टिमा केही परिवर्तन आएको छ । जसले गर्दा अहिले एकल महिलाले रङ्गीन जीवन बिताउन पाएका छन् ।
हिजोजस्तो लाग्छ मेरो बाजेले भन्ने गर्नुहुन्थ्यो– “छोरी मानिसलाई पढाउनुहुँदैन । पढायो भने केटालाई चिठी लेखेर पोइल जान्छे, केटासँग भाग्छे ।” अहिले पूर्णरूपले नभए पनि केही हदसम्म चेतना भने आइसकेको छ । छोरीहरूलाई पनि पढाउनुपर्छ, अवसर पाएमा उनीहरूले पनि छोरा सरह काम गर्न सक्छन्, लैङ्गिक विभेद गर्नुहुँदैन आदि । विपन्नवर्ग, पिछडावर्ग तथा दलितवर्गमा चेतना आई नसकेको अवस्था छ । यस समाजमा छोरी भनेको अर्काको घर जाने जात हो, उनीहरूलाई विवाह गरी अर्काको घर पठाउनु मात्र आफ्नो दायित्व हो भनी सम्झिने गरिन्छ । अझै पनि कतिपय परिवारमा छोरी बोझको रूपमा रहेको छ । कारण छोरीलाई विवाह गरी पठाउनका लागि दाइजो प्रशस्त मात्रामा दिनुपर्ने हुन्छ । दाइजो दिन नसक्दा समाजमा विभिन्न घटना घट्ने गरेका देखेका छौं ।
नारी भएर जन्म भइसकेपछि पर सर्नु (महिनावारी) भनेको प्राकृतिक नियम हो । पहिले पर सर्नु पूर्व आफ्नो छोरीलाई विवाह गरी पठाउनु ठूलो धर्म ठानिन्थ्यो । जसलाई बालविवाह भनिन्छ । अहिले पनि तराई तथा पहाडका केही समुदायमा चेतना नआइसकेको कारण बालविवाह प्रथा कायमै छ । किनकि छोरी बढेपछि केटा पाउन मुश्किल हुन्छ रे १
मानव तथा अन्य प्राणीको सृष्टि हुनुमा पर सर्नुले ठूलो महत्त्व राख्दछ । यसो नहुने हो भने प्राणीहरूको सृष्टि नै हुँदैन । यति महत्त्वपूर्ण हुँदाहुँदै पनि हाम्रो समाजमा पर सर्नुलाई ठूलै अपराध गरेको वा घृणित कार्य गरेको ठानिन्छ । पहिलोपटक पर सरेकी बालिकालाई केही समुदायमा एघार/बार्ह दिनसम्म अँध्यारो कोठामा राख्ने चलन छ, जसलाई कुना लुकाउने भनिन्छ । बार्हौं दिनमा बालिकालाई बाहिर निकाली सूर्यलाई पूजा गर्ने चलन छ । बाइसौं दिनमा पानी छुने चलन छ । नेवार समुदायमा भने पहिलोपटक पर सर्नु पूर्व तथा पर सरे भने झ्यालढोका बन्द राखी एघार दिनसम्म कोठामा थुनेर राख्ने चलन छ । जसलाई गुफा राख्ने भनिन्छ । बार्हौं दिनमा गुफाबाट निकाली सोही विधिद्वारा सूर्यको पूजा गराइन्छ । त्यसपछि भोज गर्ने चलन छ । हुनेले त ठूलै भोज गर्छन्, तर नहुनेले पनि समाजमा देखाउनकै लागि ऋण काँडेर भएपनि भोज गर्दा ऋणमा डुब्ने गरेका छन् । हिन्दू परम्परा अनुसार दाजुभाइलाई पुजिन्छ । श्रीमान्लाई भगवान्को रूपमा हेरिन्छ । सूर्यलाई देवता मानी पुजिन्छ । त्यसैले हाम्रो समाजमा पर सर्नु ठूलै पाप भएका कारण दाजुभाइ, परपुरुष तथा सूर्यलाई हेर्नुहुँदैन आदि कुराले गर्दा बालिकालाई गुफा राख्ने चलन चलाएको हो जस्तो लाग्दछ । पहिलोपटक यस्तो भएको बेला तथा पर सर्नु पूर्व बालिकाहरूलाई अँध्यारो बन्द कोठामा लुकाउन जरुरी छ ? हामीहरूले तिनीहरूमाथि अन्याय गरिराखेका छौं जस्तो लाग्दैन ? स्वस्थ हावा, सूर्यको प्रकाश हाम्रो जीवनमा कति महत्त्वपूर्ण छ, थाहा हुँदाहुँदै पनि ससाना बालिकाहरूलाई यी सबैबाट वञ्चित राख्नु के उपयुक्त हुन्छ ?
मलाई लाग्छ, हाम्रो पुर्खाले पर सरेको बेला सधैंका लागि हिफाजतका साथ बसोस् भन्ने उद्देश्यले बालिकाहरूलाई नियममा बसाल्न पूर्व तयारी गराएको हो जस्तो लाग्छ । पर सरेको बेला कतै छुन नहुने, अलग्गै बस्नुपर्ने, घरधन्दाबाट टाढा राख्ने आदि गरिन्छ । त्यसो गर्नु सरसफाइको दृष्टिले राम्रो पनि हो । यस्तो भएको बेलामा स्वास्थ्य कमजोर हुने भएकोले आराम गर्न तथा स्वस्थ खानाको आवश्यकता पर्दछ । यी सबैबाट बालिकाहरूलाई नियममा बसाल्न चेतनामूलक कार्यक्रमहरू ल्याइ तथा पाठ्यपुस्तकमा पनि प्रस्टरूपले राखी सिकाउन सकिन्छ । पहिलोपटक पर सरेको बेला अँध्यारो कोठामा थुनेर राख्नु राम्रो होइन भन्ने मलाई लाग्छ । यसो गर्दा बालिकाहरूको पढाइमा समेत बाधा पुग्न जान्छ । हिन्दू धर्मावलम्बीहरूका केही समुदायमा पर सरेको बेला जानी नजानी छोएर पाप गरेका हुन्छन् । त्यसैले वर्ष दिनभरिको पर सरेको बेला गरेका पापबाट मुक्त पाउन पञ्चमी व्रत बस्ने परम्परा रहेको छ । जसलाई ऋषि पञ्चमी पनि भनिन्छ । हिजोआज देखासिखीमा अन्य समुदायले पनि पञ्चमी व्रत बस्ने क्रम बढ्दो छ ।
अन्त्यमा, यसो भन्दैमा हाम्रो रीतिरिवाज, परम्पराको पूरै विरोध गर्न खोजेको भने होइन । हाम्रा रीतिरिवाज, परम्परा धेरै राम्रा पनि छन् । तर नराम्रा परम्परालाई परिवर्तन गरी परिवर्तित समाजको निर्माण गरौं । अस्तु ।
–वीरगंज