बुधवारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतिर लाग्नुपूर्व एउटा नयाँ अभियानलाई जन्म दिए । उनले यस नयाँ अभियानलाई ‘मेक इन इन्डिया’–भारतमा बनाऊ संज्ञा दिएका छन् । अर्थात् अब भारत कुनै पनि विदेशी वा स्वदेशी उद्योगको स्थापनाका लागि पूर्वाधार सम्पन्न मुलुक बनिसकेको छ, लगानी गर र भारतको उन्नतिमा सहयोग गरेर आफ्नो लागि मुनाफा कमाऊ । साँच्चि नै भारतमा कस्तै पनि उद्योग स्थापनाका लागि पर्याप्त पूर्वाधार निर्माण भइसकेको छ वा पूर्वाधारको विद्यमानता छ । उद्योगका लागि पूर्वाधार भनेको जग्गा, श्रम, प्रविधि, ऊर्जा मुख्य हो । प्रधानमन्त्री मोदीले पूर्वाधारको यथेष्टता भएको विश्वासमा स्वदेशी–विदेशी निवेशकर्ताहरूलाई लगानीका लागि आह्वान गरेका हुन् र उनको आह्वानमा ५०० भन्दा बढी स्वदेशी–विदेशी ठूला लगानीकर्ताहरू भेला भए । उनको मेक इन इन्डियाको अभियानको उद्घाटनमा देखिएको विश्वसनीयता अपूर्व थियो ।
नेपालमा पनि विदेशी लगानीको आवश्यकता छ । केही विदेशी लगानीकर्ता नेपाल नआएका पनि होइनन्, तर हामीले विवशतावश विषपान गरेभैंm के बुझ्नुपर्छ भने नेपालमा लगानीमैत्री वातावरण छैन । नेपालमा दैनिक उपभोगका लागि ऊर्जाको अभाव छ । एउटा मेगा उद्योग आयो भने नेपालमा विद्यमान सबै ऊर्जा उसैलाई चाहिन्छ । एउटा उद्योग स्थापनाका लागि श्रमिक चाहिन्छ र उद्योग–श्रमिकमैत्री कानुन र वातावरण चाहिन्छ । के नेपालका कुनै पनि राजनीतिक दलले छातीमा हात राखेर शान्त श्रमिक वातावरण दिने आश्वासन दिन सक्छ ? एक त देशको युवा पुस्ता नै बढारिएभैंm विदेश लागिसकेको छ । भएका पनि उद्योग स्थापनामा होइन, उद्योगलाई चुसेर खोक्रो पारिदिने खालका छन् । नेपालमा प्रविधिको त्यतिकै अभाव छ । ठूला उद्योगलाई अनायास कुनै प्रविधि चाहियो भने उसले विदेशकै मुख ताक्नुपर्छ । भारतले त, जुन दिन प्रधानमन्त्री मोदीले मेक इन इन्डियोको शुभारम्भ गर्दै थिए, त्यही दिन एउटा विस्मयकारी समाचार आएको थियो । भारतमा निर्मित अन्तरिक्ष शटलले त्यहींको प्रविधिको आड पाएर म·ल ग्रहको प्रदक्षिणा गर्दैछ ।
नेपालका नेताहरूले पनि देशमा लगानीका लागि देश विदेशमा आह्वान नगरेका होइनन्, तर त्यो आह्वान राजनीतिक नारा मात्र हो, त्यसमा यथार्थता छैन भन्ने कुरा सबैले बुझेका छन् । मूल समस्या एउटा थप उद्योगका लागि ऊर्जा कहाँबाट आउँछ । जुन दिन नरेन्द्र मोदी भारतमा उद्योगीहरूलाई भारतमा लगानी गर्न आह्वान गर्दै थिए र विदेशी लगानीकर्ता पनि उनको आह्वानप्रति आश्वस्त थिए, त्यही दिन हाम्रा प्रधानमन्त्री सुशील कोइराला पनि न्यूयोर्क शहरमा आप्रवासी नेपालीहरूलाई नेपालमा लगानी गर्न आश्वस्त पार्दै थिए, तर कुनै नेपालीले त्यसमा कुनै प्रतिक्रिया जनाएन । सबैलाई थाहा छ, यो राजनीतिक नाराबाजी हो भनेर । उद्योग स्थापनाका लागि सबभन्दा पहिले नेपालले ऊर्जा क्षेत्रमा सक्षम बन्नुपर्छ, देशको युवाशक्तिलाई देशमा राख्ने नीति ल्याउनुपर्छ, राजनीतिक दलहरूले कहिले सिनो फेला पर्ला र लुछुँलाजस्तै कुन उद्योग आउला र आफ्नो स·ठन बनाएर त्यहाँ ताण्डव नृत्य गरूँला भन्ने धोको बिर्सनुपर्छ । अनिमात्र लगानीमैत्री वातावरण बन्छ । अनिमात्र विदेशी लगानी आउँछ ।