प्रस, वीरगंज, १२ असोज/
१२ औं अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस आज वीरगंजमा पनि मनाइएको छ ।
राष्ट्रिय सूचना आयोगको सहकार्यमा हेल्पिङ हयान्ड पर्सा र सजग पर्साले आज घण्टाघरमा कार्यक्रम गरी सूचनाको हक तथा थाहा पाउने अधिकार सम्बन्धमा चेतनामूलक पर्चा वितरण गरेका थिए ।
कार्यक्रममा पर्साका सूचना अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना दिने कुरामा कुनै रोकावट नभएको दाबी गरे ।
उनले सरोकारवालाले सहजरूपमा सूचना पाउने वातावरण सृजना गरिएको दाबी गरे । नेपाल सरकारको सेवा प्रदायक कार्यालयहरूमा रहेको सूचनाबारे अधिकारीहरूसँग प्रत्येक महिना सञ्चारकर्मीहरूसँग अन्तक्र्रिया गराउने योजना रहेको कार्यक्रममा सप्रजिअ भण्डारीले बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सूचना लुकाउने काम अहिले पनि भइरहेको आरोप लगाए । उनले पहुँच भएकाबाहेक अन्यले सहज सूचना पाउने वातावरण बनि नसकेको भन्दै सर्वसाधरणले सहज सूचना पाउने वातावरण सृजना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
वासुदेव रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टकेन्द्र कार्की, नेपाल पत्रकार महासङ्घ पर्साका पूर्व सभापति केसी लामिछाने, जसपाल सिंह, सजगका सचिव तथा पत्रकार रितेश त्रिपाठी, विद्यार्थी नेता दिलीपराज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिकेन्द्र पासवान, कलैया/
बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सूचनाको हक जनताको नैसर्गिक अधिकार रहेको भन्दै सबैलाई सूचना उपलब्ध गराउन आफूले पहल गर्ने बताएका छन् ।
‘सूचनाको अधिकार सबै अधिकारको आधार’ भन्ने मूल नाराका साथ १२ औ अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसरमा आयोजना गरिएको डकुमेन्ट्री र स्टल राख्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सूचनाको हकले संसारमा धेरै परिवर्तन आएको भन्दै देशको परिवर्तनका लागि पनि सूचना अपरिहार्य रहेको भन्दै सूचनाबाट वञ्चित कोही नहोस् भन्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा अनिवार्यरूपमा सूचना अधिकारी राख्न प्रतिबद्ध रहेको र छिट्टै जिल्लाका सबै कार्यालयमा सूचना अधिकारी तोक्ने बताए । सूचनाले भ्रष्टाचार उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुँदा समाजमा विद्यमान कुरीति, विकृति हटाउन पनि यसले महत्त्व राख्ने हुँदा सुचनाको हकको प्रभावकारी कार्यान्वयन गर्नु–गराउनु सबैको दायित्व रहेको बताए ।
देश विखण्डन गर्ने, सार्वभौमसत्ता माथि खलल हुने सूचना नमाग्न ऐनले निर्दिष्ट गरिसकेकोले त्यस्ता सूचना नमाग्न र सञ्चार माध्यमहरूमा उजागर नगर्न उनले आग्रह गरे ।
युवा सरोकार अभियान बाराका अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षता र सूचनाको हकका लागि नागरिक अभियानको सहकार्य र राष्ट्रिय सूचना आयोगको सहयोगमा सम्पन्न सो कार्यक्रममा हरिनारायण साह, धीरेन्द्र जैसवाल, बबिता जैसवाल, रामबाबूप्रसाद कुशवाहा, राजमहम्मद राय, पुरुषोत्तम साह, परवेज आलमलगायतले सूचनाको हकबारे चर्चा गरेको आयोजक संस्थाका महासचिव श्यामबाबू यादवले बताए ।