प्रस, वीरगंज, १३ असोज÷
वीरगंज उपमहानगरपालिका कार्यालयले हिन्दूहरूको महान् पर्व विजयादशमीको अवसरमा वीरगंजमा लाग्ने मेलालाई दृष्टिगत गरेर सफाइ अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको वारुण यन्त्रले हिजो वैष्णवीदेवीको दरबार बनाइएको मेला क्षेत्रको मेनरोडमा पानी हालेर सफाइ गरेको थियो ।
वारुण यन्त्रले आज भने घण्टाघर क्षेत्रमा सफाइ ग¥यो । यसैगरी हालै आएको वर्षाका कारण वीरगंजको आदर्शनगर चोकदेखि गीतामन्दिर रोडसम्म वीरगंज उपमहानगरपालिकाले गरेको कालोपत्र उप्किएपछि सोको ढाकछोप गर्न उप्किएको स्थानमा बालुवा, ढु·ा र माटो बिछ्याउने काम भएको छ ।
वीरगंज उपमहानगरपालिकाले दशै अवधिमा आदर्शनगर, माईस्थान र गहवामाई मन्दिर क्षेत्रको सफाइमा विशेष ध्यान दिए पनि त्यसबाहेक क्ष्Fेत्रमा सफाइ हुन नसक्दा नगर क्षेत्रको थुप्रै स्थान दुर्गन्धित बनेको छ ।
अस्पताल एरिया, बिर्ता, मुर्ली, श्रीपुर, गहवालगायत स्थानमा फोहरको डुंगुर थुप्रिएको छ ।
यसैबीच परम्परागतरूपमा लाग्ने वीरगंजको मेला प्रहरीका कारण प्रभावित हुने भएको छ । घण्टाघरदेखि आदर्शनगरसम्मको पूmटपाथ, सडक अवरोध गरेर ग्रामीण भेगबाट आउने पसलेहरूले लगाउने मेला यसपटक प्रहरीले अवरोध गरेपछि आजको मितीसम्म लाग्न सकेको छैन र सो क्षेत्रको ट्राफिक अवस्था सुदृढ देखिएको छ ।
विगतमा नवरात्रिको दोस्रो दिनदेखि नै घण्टाघरदेखि आदर्शनगरको पूmटपाथ, सडकहरू कब्जा गर्ने होडबाजी हुन्थ्यो जसले गर्दा यहाँको ट्राफिक व्यवस्था अष्टमीसम्म नराम्ररी प्रभावित हुने गर्दथ्यो । अहिले पञ्चमीसम्म पनि सो क्षेत्र कब्जा गरेर पसल सञ्चालन गर्न प्रहरीले पूर्णतया रोक लगाएकोले ट्राफिक व्यवस्था सुदृढ भएको हो ।
ग्रामीण क्षेत्रबाट आउने मेलाका पसल सञ्चालनमा रोक लगाइएपछि सो क्षेत्रमा दशैको खरिद बिक्री
गर्नेहरूको पनि गत वर्षको तुलनामा वृद्धि भएको छ । तर मेलाको बहानाले शहरमा आएर किनमेल गर्नेहरू ग्रामीणहरूको सङ्ख्यामा भने कमी आएको व्यापारीहरूले बताएका छन् ।
निजगढ नगरपालिकामा सरसफाइ कार्य
जीतलाल श्रेष्ठ, निजगढ÷
निजगढ नगरपालिकाका विभिन्न वडाका टोल सुधार समितिले सरसफाइ कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् । चाडवाड नजिकिंदै गर्दा नगरपालिकाका वडा नं.१,२,३ भरतगंजसिगौल, ४ देखि ९ सम्म निजगढ र १) देखि १३ रतनपुरीका वडाहरूमा टोल सुधार समितिले घर आँगन अगाडिको झाडी–बुट्यान फाँड्दै सरसफाइ गरेका छन् ।
निजगढ नगरपालिका–८ बकैया टोलमा सरसफाइ गरी बिजुलीको पोलमा बत्ती राखेका छन् । त्यसैगरी धियालटोल टोल सुधार समितिले सोमवार घर आँगनमा सरसफाइ कार्य गरे ।
टोलवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुद्धिजीवी, समाजसेवीलगायत संयुक्तरूपमा सरसफाइ कार्यमा सरिक भएको समितिका सल्लाहकार धनप्रसाद बजगाईले जानकारी दिए ।
त्यसैगरी निजगढबाट रतनपुरी लाल जाने ज·ल क्षेत्रको बाटोको दुवैतर्फ झाडी सफाइ कार्य भएको छ । ५ सयभन्दा बढी रतनपुरीवासी सरसफाइमा जुटेका थिए । ट्राफिक प्रहरी कार्यालयदेखि माझी टोल जाने बाटोको दुवैतिर झाडी, बुट्यान फाँड्दै सरसफाइ कार्य गरिएको स्थानीय श्याम सिग्देलले जानकारी दिए ।
नजिकिंदो चाडवाडको बेला मात्र नभई घरआँगन, चोकचौतारालगायत सार्वजनिक स्थानमा सरसफाइ
कार्यलाई निरन्तरता दिंदा टोलवासी, नगरवासीकैं प्रतिष्ठा बढ्ने सचेत नागरिकले बताए । फोहोरका
कारण फैलन सक्ने विभिन्न रोग निमूल पार्न सरसफाइका साथै कीटनाशक औषधीसमेत प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।