$type=ticker$count=12$cols=4$cate=0

‘आऊ, लड र लेऊ’ सूत्रजन्य सङ्कट

SHARE:

चन्द्रकिशोर
लोकतन्त्र प्राप्तोत्तरकालमा विभिन्न किसिमको उकुसमुस विस्फोट हुनु स्वाभाविक हो । उदार लोकतान्त्रिक वातावरणको उपभोग गर्दै आआफ्ना अधिकारका लागि जागरुक हुनु र सङ्घर्ष गर्नुलाई पनि लोकतान्त्रिक मूल्यभित्रकै क्रियाकलाप मानिन्छ । यस्ता क्रियाकलापहरूले लोकतन्त्रको आयतन फराकिलो पार्ने काम गरिरहेको हुन्छ । तर जब यस्ता क्रियाकलापहरूले लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई स्खलित गर्न थाल्छ, सामाजिक सद्भावलाई तिलाञ्जली दिन थाल्छ, बृहत्तर पहिचानको भावलाई ओझेल पार्न थाल्छ त्यतिखेर चिन्ता उत्पन्न हुनु स्वाभाविक हो ।
     अहिले उठिरहेका वा उठान भइरहेका जातीय, क्षेत्रीय, धार्मिक आग्रहहरूलाई सङ्क्रमणकालको स्वाभाविक नियति मानेर स्वीकार गर्नुपर्छ भनेर व्याख्या गर्ने गरिन्छ । बहुजातीय समाजको विविधता अ·िकार गरेर त्यसलाई राष्ट्र मानी सबैलाई समेटेर हिंड्ने हो भने राष्ट्रियता र लोकतन्त्र धरापमा पर्दैन, बरु सबल बनाउने प्रक्रियाको रूपमा स्वीकार गर्नुपर्दछ । तर यतिखेर जुन रूपमा टुक्राटुक्रामा अधिकारको खोजी भइराखेको छ र जसरी गोत्र र जातिको आधारमा पहिचान र अधिकारको खोजी गर्ने निहुमा अरू जातिप्रति घृणाको विस्तार हुँदैछ, त्यसले देश निरन्तर सामाजिक रिक्ततातर्फ घचेटिंदैछ । प्रत्येक दिन समस्या थपिंदैछ । देशको शासन भार लोकादेश अनुसार सम्भालेको  नेतृत्वले राजनीतिक शक्तिहरूबीच सहमतिको बिन्दु खोजिरहेको छ, तर सबैलाई राजनीतिक मूलधारमा समेट्न सकिरहेको छैन । यतिखेरको मूल लक्ष्य संविधान लेखनको प्रक्रिया अलिकति प्रक्रियागतरूपमा अगाडि बढे पनि समग्रमा सम्पूर्ण राजनीतिक पक्षको सङ्केन्द्रित सहयोग लिन सरकार सफल हुन सकिरहेको छैन ।
    बितेको केही महिनाभित्र राष्ट्रिय राजनीतिमा कैयौं नाटक मञ्चन भयो र थुप्रै नयाँ पुराना पात्रहरू अगाडि देखिए । तर तीसँग समस्या समाधानार्थ न कुनै एजेन्डा छ न क्षमता नै । सबैमा शक्ति प्राप्त गर्ने लालसा र हठ मात्र देखिएको छ । लाग्छ खेल साँच्चिै शुरु भएको छ । तर संवेदशील पक्ष के हो भने यो खेल जनता र राष्ट्रको सशक्तीकरणको पक्षमा भइरहेको छैन ।
     हुनत अहिलेको परिस्थिति उत्पन्न हुनुमा परिवर्तनकारी राजनीतिक दलहरू चुक्नु मुख्य हो । यी दलहरूले विगतका गल्तीलाई सच्याउँदै परिवर्तनमुखीहरूको न्यूनतम सहमतिमा समग्र जाति, क्षेत्र, भाषा, धर्म र राजनीतिलाई समेटन सक्ने प्रकृतिको मानसिकता अद्यापि विकसित गर्न सकेका छैनन् । सैद्धान्तिकरूपमा सामाजिक बहुलता स्वीकार गरियो भने व्यवहारिकरूपमा अहिले पनि महेन्द्रीय राष्ट्रवाद हावी छ । तर जुन किसिमको परिस्थिति निर्माण गरिंदैछ, त्यसले लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा अवरोध मात्र सृजना गरेको छ । नयाँ नाराका साथ स्थापित हुन र राजनीतिक भोक सन्तुष्ट पार्ने खेलमैं सीमित छैन क्रियाकलापहरू ।
    सरकारले जवाफदेहितालाई सही तरिकाले जनतासम्म पुर्‍याउन सकिरहेको छैन तथा आफ्नै अन्तर्विरोधहरूमा अल्झिरहेको हुनाले जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न बाध्य भइरहेको छ । विभिन्न निहितार्थ शक्तिहरूले केही महत्त्वाकाङ्क्षी व्यक्तिहरूलाई ‘शक्तिको हरियो घाँस’ को मोह देखाइरहेका छन् । मुद्दाहरूको अराजनीतीकरण हुँदैछ । जसले भयावह शून्यतर्फ धकेल्ने काम गरिरहेको छ । जात–जात र गोत्र–गोत्रको आधारमा स·ठित हुँदै राजनीति शक्ति सञ्चय गर्ने होडले उत्पन्न केही पक्षलाई निम्नानुसार मापन गर्न सकिन्छ : लोकतान्त्रिक राजनीतिको आधाररेखा जनताको सामूहिक भावना र चाहनाको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू नै हुन् । दलहरूले नै राज्यको पुनर्संरचनाको कार्यभारलाई टेवा दिन सक्छन् । तर यतिखेर जसरी जाति र गोत्रको नाममा स·ठनहरू खोल्ने र राजनीतिक दबाब समूह बनाई सामाजिक ऐक्यबद्धता खण्डित गर्ने कार्य भइरहेको छ, यसले राजनीतिक दलहरूले जुन प्रभावकारिताका साथ सबैको भावना मुखर गर्ने भूमिका खेल्नुपर्ने हो, त्यो देखापरिरहेको छैन । दलहरू गौण बन्दैछन् र गैरसरकारी संस्थाहरू राजनीतिक शक्तिको रूपमा स्थापित हुँदैछन् । राजनीतिक दलहरूको मुद्दा उठान र व्यवस्थापन क्षमतामा र्‍हास भइरहेको छ ।
विद्वेषको विस्फोट कुनै पनि राष्ट्रको पहिचान उसको संस्कृति, भाषा, धर्म र परम्परागत मान्यता हो । बहुलवादी राजनीतिले यी सबैलाई स्वीकार गरेको हुन्छ र सम्मानित स्थान पनि दिएको हुन्छ । लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा आधारित राजनीतिको विकासले नै स्वच्छ राजनीतिको परम्परा बसाल्न सक्छ । तर यतिखेर जसरी अधिकार र पहिचान खोजीको नाममा अर्को समुदाय, जाति र धर्मप्रति घृणा फैलाउने काम भइरहेको छ, बहुसङ्ख्यक समुदाय, जाति र धर्मको संवेदनशीलतालाई उपेक्षा गरिंको छ, यसले सामाजिक एकतालाई टुक्रयाउने काम गरिरहेको छ । सहिष्णुता, सद्भाव र सम्मिलनका पारम्परिक अभ्यास निष्प्रभावित हुँदै गइरहेको छ ।
लोकतान्त्रिक अधिकार खोज्ने, तर लोकतान्त्रिक हुन नचाहने लोकतान्त्रिक समाजमा आफ्ना अधिकारप्रति संवेदनशील हुनु र त्यो प्राप्तिको लागि सङ्घर्षशील हुनु जायज हो । लोकतन्त्र आफैंमा असमावेशी वा विभेदकारी हुनुहुँदैन । तर राज्यसँग लोकतान्त्रिक अधिकार खोजी गर्नेहरू आफू पनि लोकतन्त्रको अभ्यास गर्ने सवालमा मौन हुने गरेका छन् । यति मात्र कहाँ हो र, लोकतन्त्रको नाममा अधिकार खोज्ने तर आफ्नो सरोकारको परिधिभित्र गैरलोकतान्त्रिक मान्यतालाई संरक्षित राख्न चाहने अवधारणाहरू मुखर भएर आइरहेका छन् । लोकतन्त्र त जीवन पद्धति हो र यसले व्यक्तिभित्र सन्निहित सम्भावनाहरूलाई अत्यन्त स्वतन्त्रताका साथ उजागर गर्न दिने अवसर प्रदान गर्छ । तर भइराखेको के छ भने आफ्नो जातिलाई परम्परागत रूढ मान्यताहरूकै किल्लासँग बाँधेर राख्न खोजिंदैछ । यो लोकतन्त्र बुझाइको भिन्नता मात्र होइन, सचेततापूर्वक आँखा चिम्लाइ पनि हो ।
नारा प्राथमिक, नेतृत्व गौण देशको विभिन्न भागमा नयाँ राजनीतिक शक्ति उठान गर्नेहरू पुरानै नारा अर्थात् पहिचान, प्रतिनिधित्व, पहुँच फलाक्ने गर्छन् । फरक यति मात्रै छ कि पहिले यी नाराहरू एउटा पृष्ठभूमिमा दिइन्थ्यो भने यतिखेर जाति र गोत्रको आधारमा दिने होड चलेको छ । नाराको सम्मोहनमा मान्छेहरू आबद्ध पनि भइरहेका छन् । विशेषगरी युवाहरूको संलग्नता बढी देखिएको छ । युवाहरूको दृष्टिकोण र व्यवहारमा आएको परिवर्तन, अवसरको कमि एवं निराशाले उनीहरूलाई केही हासिल गर्न र आफूलाई केन्द्रीकृत गर्न यस्ता नाराहरूको ओत लाग्न डोर्‍याइरहेको छ । पलायन वा विद्रोहमध्ये कुनै एउटा रोज्नुपर्नेमा युवाहरू विद्रोहलाई अँगालिरहेका छन् । र यही कारण हो प्रत्येक नाराका पछाडि दिग्भ्रमित युवाशक्ति गोलबन्द हुन थाल्छ । तर प्रकट भएका नाराहरू लोकतान्त्रिक बजारमा बिकाउ हुने भए तापनि नेतृत्वमा देखा परेका व्यक्तिहरूको पृष्ठभूमि लोकतान्त्रिक आन्दोलनसँग जोडिएको छ कि छैनजस्तो सवाल गौण हुने गरेको छ । भोलि लोकतन्त्र सड्ढटमा पर्‍यो भने यी उदीयमान अगुवाहरू कवच बनेर देखा पर्ने हुन कि होइनन् त्यसको लेखाजोखा छैन । निश्चितरूपमा लोकतन्त्रमा सबैलाई आफ्नो मागसँग सम्बन्धित नारा दिने छुट छ तर हाम्रोजस्तो सामाजिक, आर्थिक पृष्ठभूमि भएको मूलुक, जहाँ लोकतन्त्र सदैव दुर्घटनाको शिकार हुँदै आएको छ, उदीयमान नेतृत्वको पृष्ठभूमि पनि खोजीनीतिको विषय बन्नुपर्छ । सरसर्ती हेर्दा अनेकौ यस्ता अनुहार छन् जसको विगत जनराजनीतिप्रति इमानदार छैन ।
राज्यको देय क्षमतामा र्‍हास              सरकार सबैसँग सम्झौता गर्दै जाने र जुनसुकै सवालमा झुक्दै जाने हो भने राज्यको देय क्षमतामा र्‍हास आउँछ । राज्य विधिको शासनमा प्रभावकारी हुन्छ तर राज्यसँग प्रदान गर्ने क्षमताको पनि सीमा हुन्छ । सैद्धान्तिकरूपमा लोकतान्त्रिक राज्य जनताप्रति जवाफदेह र उत्तरदायी हुन सबै मागहरू स्वीकार गर्न सक्छ । तर त्यससँगै जोडिएर आउँछ त्यसको वितरण र व्यवस्थापन क्षमता । एक अर्का जातिसँग विपरीत मागप्रति राज्यले सम्झौता गर्दै जाँदा त्यसको संयोजन कसरी गर्ने र वैधानिकता कसरी प्रदान गर्ने जस्ता जोखिमहरू उत्पन्न हुन्छ । राज्यले तुष्ट गर्न सकेन भने राज्यप्रति भरोसा स्खलित हुन्छ जसले विखण्डन वा अराजकता निम्त्याउँछ । यस्तै पृष्ठभूमिमा राज्यको क्षमता कमजोर हुदै जाँदा नव संरक्षणवादी संस्कृतिको समाजीकरण हुँदै जान्छ र गैरराजनीति र राजनीति विरोधी शक्तिको बोलबाला बढ्दै जान्छ ।
     राजनीतिशास्त्रीहरू भन्ने गर्छन्, राज्यको लोकतन्त्रीकरण प्रक्रिया संस्थागत नभएसम्म विभिन्न समस्या आइरहन्छ । परिपक्व राजनीतिक संस्कृतिको विकास नभएसम्म पहिचानको समस्या, वैधानिकताको समस्या, जनतामा लोकतन्त्रको उपलब्धि जनस्तरसम्म पुर्‍याउने समस्या, व्यापक जनसहभागिताको समस्या, विभिन्न स्वार्थ बीच समायोजन र एकीकरणको समस्या र वितरणको समस्याजस्ता समस्याहरू रहिरहन्छ । तर यतिखेर जस्तो प्रवृत्ति मौलाइरहेको छ त्यसलाई यी मान्यताहरूको परिधिभित्र राखेर हेर्नुपर्छ कि पर्दैन त्यसबारे पनि बहस हुनुपर्छ । ‘आऊ लड र लेऊ’ सूत्र लोकतन्त्रको आयतन फराकिलो पार्न हुनुपर्छ, प्राप्त उपलब्धि विसर्जन गर्नका लागि होइन । यतिखेरको तरल परिस्थितिमा यस्ता अनुहारहरू देखिंदैछन् जसको नियत इमानदार छैन । हाम्रोजस्तो राजनीतिक पृष्ठभूमिमा दलहरूको भूमिका गौण वा निरीह बनाएर लोकतन्त्र संस्थागत हुन सक्दैन । राजनीतिको मियो दलहरू नै हुनुपर्छ । दलहरूलाई चुनौतीको संयोजन र मुद्दालाई राजनीतिक स्वरूपभित्र समाविष्ट गर्ने कार्यभारबाट विमुख पार्नुहुँदैन । यसका लागि परिवर्तनकारी दलहरूले विचारधारा अभिप्रेरित राजनीतिक–इतर गतिविधिलाई विराम दिन अग्रसर हुनैपर्छ र विशृङ्खल समाजलाई मूल प्रवाहतिर डोर्‍याउने विश्वास दिलाउन सक्नुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ‘आऊ, लड र लेऊ’ सूत्रजन्य सङ्कट
‘आऊ, लड र लेऊ’ सूत्रजन्य सङ्कट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjj_MsKLItP4669nmDUBetNPv1LD4TXirR4SLQkevtRQne0c8JLF17oVL0RZWSu-ASdQwSPJi27C5cg4WKfPoirDTvVItO-Mvx3HHHONaQ7HoePqOX6-3K-hxf6F09TsvbZk6DufBzi4hYd/s1600/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjj_MsKLItP4669nmDUBetNPv1LD4TXirR4SLQkevtRQne0c8JLF17oVL0RZWSu-ASdQwSPJi27C5cg4WKfPoirDTvVItO-Mvx3HHHONaQ7HoePqOX6-3K-hxf6F09TsvbZk6DufBzi4hYd/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/09/blog-post_535.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/09/blog-post_535.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy