- निर्भयकुमार कर्ण
विवाहित जोडी होस् वा मित्रहरूको समूह जब जीवनको व्यस्तता र दौडधूपपछि घरभन्दा टाढा कतै घुमफिर गर्न जान्छन्, फर्केर घर आएपछि आफूलाई तरोताजा र स्वस्थ महसुस गर्छन् । उनीहरू आफन्तभन्दा टाढा शहर, देशतर्फ यही सोचेर हिंड्छन् कि यस अवसरमा भरिपूर्ण मनोरञ्जन गर्छु । कुनै पनि पर्यटकको यो पहिलो र अन्तिम लक्ष्य हुन्छ । यस अन्तरालमा पर्यटकहरूलाई यो कुराको आभास हुन्छ कि बिरानो देश, बिरानो परिवेशको भ्रमण गरेपछि कस्तो शान्ति पाइन्छ र भ्रमण गर्दाको मजा कस्तो हुन्छ ।
यथार्थमा जब तपाईंको भरखरै विवाह भएको हुन्छ र घरभन्दा टाढा समय व्यतीत गर्न जब तपाईं हनिमूनको लागि जानुहुन्छ त्यो समय तपाईंका लागि सबैभन्दा सुनौलो र अनौठो प्रतीत हुन्छ । किनभने त्यहाँ माइती/ससुराली/बोसको कुनै किचकिच सुन्न पाइँदैन र आफ्नै तरिकाले केही दिनको जीवन बाच्छौं । यस्तै अवस्था विद्यार्थी, मित्र, नोकरी पेशा गर्ने व्यक्तिहरूको पनि हुन्छ, उनीहरू घुमफिर गर्न टाढा पुग्छन् । यस्तो बेलामा पर्यटनको सार्थकता सजिलै महसुस गर्न सकिन्छ । पर्यटनले संसारभरिमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक मूल्यलाई बढावा दिन्छ । यसले मान्छेलाई स्फूर्ति र आनन्द दिन्छ । बाहिरबाट घुमफिर गरी आउँदा पर्यटकले आफूलाई तरोताजा मात्र होइन, नयाँ जीवन पाएको महसुस अनुभूति गर्छन् ।
पर्यटन स्थललाई थुप्रै भागमा बाँड्न सकिन्छ । जस्तै साहसिक, सांस्कृतिक र तीर्थ । यी सबैको आआफ्नै महत्त्व हुन्छ । पर्यटकको इच्छा अनुसार अलग–अलग पर्यटन स्थलको भ्रमण गर्छन् । यस्ता स्थलहरूको संसारमा कुनै कमी छैन । भारतको केरल, शिमला, गोआ, आगरा, राजस्थान, मध्यप्रदेशको मथुरा, काशी आदि स्थान सुन्दर पर्यटक स्थल हो भने नेपालमा लुम्बिनी, काठमाडौं, पोखरा, धरान, जनकपुर आदि जुन पर्यटकको सांस्कृतिक र प्राकृतिक सुन्दरको दमले आफूतर्फ आकर्षित गर्छ ।
मानव घुमन्ते प्राणी हो । ऊ एकदेखि अर्को स्थानमा विचरण गर्न विश्वास राख्छ । यसैले संसारमा जनवरीदेखि जून, २०१४ सम्म करिब ५१७ मिलियन पर्यटक पर्यटनमा गएका थिए जबकि जनवरीदेखि जून, २०१३ सम्म २२ मिलियनभन्दा बढी थिए । भारत आउने विदेशी पर्यटकहरूमध्ये अमेरिकी नागरिकको सङ्ख्या बढी थियो । त्यस्तै पछिल्लो वर्षमा विदेश जाने भारतीय नागरिकको सङ्ख्यामा पनि अचाक्ली वृद्धि भएको थियो । भारतीय पर्यटन मन्त्रालयका अनुसार भारतमा आउने विदेशी पर्यटकको तुलनामा विदेश जाने पर्यटकको सङ्ख्या दुई गुना बढी थियो । त्यस्तै सन् २०१० मा भारतमा ५७ लाख ८ हजार विदेशी पर्यटक आएका थिए जुन बढेर २०१३ मा ६९ लाख ७ हजार भएको थियो । त्यस्तै विदेशमा भ्रमण गर्ने भारतीय पर्यटकहरूको सङ्ख्या सन् २०१० मा १ करोड ३० लाख बराबर थियो जुन २०१३ मा बढेर १ करोड ६६ लाखसम्म पुगेको थियो । त्यस्तै भारतमा एक अर्को स्थानमा पर्यटकको रूपमा घुमफिर गर्नेको सङ्ख्यामा बढोत्तरी भएको छ । यो सङ्ख्या सन् २०१० मा ७ करोड ४० लाख थियो जुन सन् २०१३ मा बढेर ११ करोड ४५ लाखसम्म पुगेको थियो । भारतीय पर्यटकको मन पर्ने स्थान सि·ापुर, बैड्ढक र मलेसिया हो । यस तथ्याड्ढबाट यो स्पष्ट छ, बढीजसो पर्यटक आफ्नै देशको भ्रमण गर्छन् किनभने मध्यमवर्गसँग पैसाको कमी हुन्छ र आफ्नै देश घुमेर आफ्नै खुशी टिप्ने प्रयास गर्छन् ।
यो भनिरहँदा के मान्नुपर्छ भने संसारभरि पर्यटन उद्योगको भविष्य उज्ज्वल छैन । यसैकारण विश्वको प्रमुख विरासत/पर्यटक स्थलहरूलाई सम्बन्धित देशले सिंगार्न प्राथमिकता दिन्छन्, जसबाट उनीहरूले बढीभन्दा बढी पर्यटकहरूलाई आफ्नो देशको यात्रा गर्न आकर्षित गर्न सकून् र देशको आम्दानी बढाउन सकून् । युरोपेली देश, तटीय अफ्रिकी देश र पूर्वी एसियाली देश, क्यानडा, स्वीट्जरल्यान्ड आदि यस्ता देश हुन्, जहाँ पर्यटन उद्योगबाट प्राप्त आयले त्यहाँको अर्थ व्यवस्थालाई सबल तुल्याएको छ । यसबाट एकातर्फ देशको अर्थ व्यवस्था बलियो हुन्छ भने अर्कोतर्फ पर्यटन उद्योगलाई बढावा दिनको लागि वन, ताल, जलप्रपातहरूको किनारा, विरासत/धरोहर स्थलको पनि विकास हुन्छ र यसबाट पर्यावरण पनि संरक्षित हुन्छ ।
संसारभरिमा ९८१ स्थललाई विश्व विरासतस्थल घोषित गरिसकिएको छ । जसमध्ये ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ अन्य स्थल छन् । भारतले विश्व धरोहर सूचीमा १४ नोभेम्बर १९९७ मा स्थान पायो । त्यस बेलादेखि आजसम्म देशको २८ धरोहरलाई यस सूचीमा स्थान प्राप्त भएको छ । जसमध्ये ताजमहल विश्वको सात प्रमुख धरोहरमध्ये एक हो । त्यस्तै नेपालको ४ धरोहरहरूले विश्व धरोहर सूचीमा स्थान पाएका छन् । जसमध्ये भगवान् बुद्धको जन्मस्थल लुम्बिनी प्रमुख छ ।
बढीजसो व्यक्तिहरू कुनै न कुनै रूपमा अशान्त छन् र हरेक पल पैसा र संसारको तामझामको पछाडि भाग्छन् । जसमा थाहा छैन कता खुशीहरू लुकेको छ । यसै कारण प्रत्येक व्यक्तिलाई एउटा अन्तरालमा आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर कतै न कतै पर्यटन स्थलतर्फ जानुपर्छ जसले थोरै समयकै लागि भए पनि शान्ति र खुशी प्राप्त होस् । –नजफगढ, पश्चिमी दिल्ली