–कुमार रुपाखेती
दशैं आयो १ दशैं खर्च पाएपछि कर्मचारीहरूको खल्ती टन्न छ । व्यापारीहरू मालामाल छन् । अर्थात् चारैतिर गहमागहमीको माहौल छ । दशैं–तिहारमा नेपालीहरूको मनपसन्द खेल ‘तास’ हो । मनपसन्द ज्युनार मासु हो र पहिरन नयाँ कपडा–लत्ता हो र पाहुनाको सेवा सत्कार गर्ने प्रमुख माध्यम दारु हो । दशैं रक्सी, मासु, तास र दारुको ऐतिहासिक मिलन गराउने चाड पनि हो ।
सरकारले ‘नखेल्नु है जुवा र तास’ घन्काइरहन्छ, नौ बजेअघि नै रक्सीपसल बन्द गराइरहन्छ । तर खाने मुखलाई जुँगाले छेक्दैन भनेभैंm पिउने–पिलाउने, खेलाउने र खेल्ने काम दशैंमा अत्यधिक हुने गर्छ । खेलप्रेमी तासका रसिकहरू घरमा रातभरि क्यासिनोभैंm तास फेटिरहन्छन् र चौबीसै घण्टा खुल्ने बार घरमै चलाइरहन्छन् । सरकारले इजाजतप्राप्त क्यासिनोहरू हाल बन्द गराए पनि घरघरै मिनी दशैं क्यासिनो धडल्लेले चलिरहन्छ । कतिपयले त दशैं खर्चमा जुवाको बजेटसमेत समावेश गरेका हुन्छन् । किनकि तासमा अचेल म्यारिज भन्ने खेल सर्वाधिक लोकप्रिय छ र एउटा सरकारी कार्यालयको तल्लोस्तरको पिएनसम्मले दश रुपियाँ काउन्ट म्यारिज खेल्ने हैसियत राख्दछ । टाउकेहरू त पचास–सय रुपियाँ काउन्टसम्म खेल्न तम्सिन्छन्, डराउँदैनन् । स्थानीय एकजना, जो दशैं र तिहारमा घरमैं मौसमी क्यासिनों चलाउँछन्, दर्जनौं जोर तास, कार्टुनका कार्टुन रक्सी र मासुको अग्रिम जोहो गरिसकेका छन् । दशैंदेखि तिहारसम्म उनको घरमा टीका थाप्न आउनेको प्रतीक्षाभन्दा जुवाडेको इन्तजार व्यग्ररूपमा गरिन्छ । यस्ता घरेलु र सिजनल क्यासिनोहरूमा खेलाडी (जुवाडे) लाई अतिथि देवो भव: झै पुजिन्छ । भनिन्छ साउन महिनामा लाग्ने बाबाधामको एक महिने मेलाको आम्दानीले मेलामा कारोबार गर्नेहरूले वर्ष दिनसम्म खान लाउन पुग्ने गरी कमाउँछन् रे । हाम्रा दशैं–तिहार विशेष जुवा कार्यक्रम सञ्चालनकर्ताले पनि यही एक महिनाको बट्टा सालभरि खाँदा रहेछन् । यिनीहरूको आम्दानी हिङ लगे न फिटकिरी माल चोखा हुँदो रहेछ । आकलझुकल कमाएकोबाट केही घूसखोरहरूले फिस्स हाँस्दै हिस्सा लिन जाँदा रहेछन् ।
बडादशैं वर्षमा एकपटक आउने हिन्दूहरूको महान् चाड हो । सरकारले जनताको सहुलियतहेतु सस्तो बजार खोल्ने, भेंडा, च्याङ्ग्रा, खसी मगाउने गर्दछ । राष्ट्र बैंकले नयाँ नोट बाँड्ने र सरकारले दशैं खर्चको नाममा आफ्ना कर्मचारीहरूलाई दशैं खर्च भन्दै एक महिनाको अतिरिक्त तलब दिने गर्दछ । भनिन्छ व्यापारी र उद्योगपतिहरूसमेत चमचा प्रवृत्तिका आफ्ना भरोसेमन्दहरूलाई काम अनुसार दाम पनि यही दशैंमा नै वितरण गर्दछन् रे ।
यसरी चारैतिरबाट अतिरिक्त माल आम्दानी हुन थालेपछि खर्च गर्ने ठाउँ पनि चाहियो । त्यसैले दशैंताका हात खाली नहुने योजना अन्तर्गत घरघरै मिनी क्यासिनो र बार दशैंदेखि तिहारसम्म बिनाब्रेक चलिरहन्छ । कतैकतै महिला खेलाडीका लागि छुट्टै महिला सेल अर्थात् महिलाहरू मात्र खेल्ने व्यवस्था पनि हुन्छ ।